नृत्यको डर

म कक्षा ८ मा पढ्दाको कुरा हो । एउटा कार्यक्रमको लागि नृत्य गर्नु पर्ने । हुन त मलाई नृत्य गर्न आउँदैन थियो । तैपनि म पनि नाच्ने भनि सहभागि भएको थिए । विचरा मेरा साथीहरु । उनीहरुले मलाई धेरै चोटि नृत्य सिकाउन प्रयास गरे तर मैले सकिन । मलाई एउटा पनि नृत्यको कुनै पनि भाग आउँदैन थियो । मुस्किलले एक दुईवटा गर्न पनि एक हप्ता लाग्ने । मेरा साथीहरु वाक्क दिक्क भएका थिए । म पनि आफ्नो नाच देखेर वाक्क भए । मलाई धेरै चोटि सम्झाउथे र सिकाउथे पनि तर अन्तमा मैले त्यस सहभागीबाट निस्के । आफूलाई अप्ठ्यारो भएको थियो ।

मलाई त्यसभन्दा अगाडि पनि एक पल्ट कक्षा ५ वा ६ मा पढ्दा नृत्य सिक्दा सरले नराम्रोसँग कराउनु भएको थियो । मलाई उहाँले नृत्यको कक्षाबाट नै निकाल्नु भएको थियो । त्यसपछि मैले नृत्य कक्षामा म कहिले गइन ।

अहिले पनि मलाई विवाह र पार्टीमा नाच्नु प¥यो भने, मलाई लाज लाग्छ । लाजभन्दा पनि अप्ठ्यारो लाग्छ । म नाच्नको डरले कुनामा लुक्छु । मलाई नाच्नको डरले भाग्ने गरेको छु । नाच्छु भन्छु तर सक्दिन । आँट आउँदैन । धेरै चोटि कोसिस गरे तर सकिन । मैले नाचेको देखे भने, मानिसहरु हाँस्छन् जस्तो लाग्छ । 

Comments

Popular Posts