पोखरा

मैले पोखराको सुन्दरातको बारेमा त सुनेको थिए । पोखरा देख्न पाएको थिइन तर सन् २०१३ मा पोखरा जाने मौका पाए । म, मेरो बुवा र आमा गएका थियौ । पोखरामा बुवाको काम भएकाले हामीले जाने मौका पाएका थियौ । म र आमा चाँहि २५ जनवरी, २०१३ मा बुवाको साथीहरुसँग गाडीम गएका थियौ । भोलिपल्ट बुवाको उडान थियो । गाडीमा बोल्दै र बाहिको दृश्य हेर्दै पोखरा पुगेका थियौ ।पोखराको माउटेन कैलाशमा बसेका थियौ । केही आराम गरेपछि, बेलुका ८ बजे खान थाल्यौ । खाना मिठो लागेको थियो ।
भोलिपल्ट हामी फेवा तालमा गएका थियौ । धेरै ठूलो रहेछ ताल । दिनभर धुम्दा पनि नभाउने । यो तालमा माछापुछ्रे र अन्नपूर्ण हिमालको मनोरम दृश्य देख्न सकिन्छ । यी दृश्यहरुले सबैको मनलाई आनन्द र हर्स प्रदान गर्दछ । घाम झुल्किदा र अस्ताउदाको दृश्य पनि एकदमै हर्सलाग्दो र मनलाई प्रफुल्लित बनाउने हुन्छ ।

ताल धुमेपछि हामी डेभिज फल्स गएका थियौ । डेभिज फल्स नाम राख्नुको कारण मैले त्यति बेला थाहा पाए । डेभी नाम गरेकी एक स्विस पर्यटक यस झरनाबाट खसेर बेपत्ता भएको हुनाले यस झरनाको नाम डेभिज फल्स रहन गएको हो । एउटा प्राकृतिक सुरुंगको माध्यमबाट यो झरना लगभग ५०० फिट माथिबाट जमिनस्तरभन्दा १०० फिट तल सम्म झर्दछ । सन् १९६१ मा फेवा तालमा पौडदै गर्दा एक जना स्विस पर्यटक अप्रत्यासित रुपले आएको बाढीको कारण पानीमै बगीन र उसलाई उसको श्रीमानले जोगाउन सकेन यसै प्रकार, त्यस महिलाको शरीर कहिले पनि भेटाउन सकिएन जसको फलस्वरूप यस पाताले छाँगोलाई त्यस महिलाको नाम बाटै डेभिज फल नामाङ्कित गरियो ।

डेभिज फल्स धुमि सकेपछि हामी गुप्तेश्वर गुफा गएका थियौ । त्यस गुफाबाट डेभिज फल्सबाट खसेको झरना हेर्न सकिन्छ । यो गुफा भित्र मन्दिर थियो र गाई बनाएर राखिएको थियो । यो गाईमा गुच्चा झारेमा दूध सक्थ्यो ।
बेलुका हामी सेभेन लेक गएका थियौ । यो लेक बेलुका राम्रो देखिथ्यो । सूर्य अस्ताएको त्यो लेकबाट राम्रो देखिथ्यो ।
हामी अर्को दिन सारणकोट गएका थियौ । हामी सूर्य उदाएको हेर्न गएका थियौ । बिहान नै हामी सारणकोट पुगेका थियौ । फोटोहरु खिच्यौ ।


यदी दिन हामी अन्तरराष्ट्रिय संग्रहालय गएका थियौ । संग्रहालय निकै राम्रो लागेको थियो । संग्रहालयमा तीन मुख्य प्रदर्शनी हलहरू छन् ः ग्रेट हिमालयको हल, हल अफ फेम र हिल अफ वर्ल्ड माउन्टेनन्स। संग्रहालय भित्र, प्रसिद्ध शिखरहरूमा प्रख्यात प्रदर्शनी, प्रसिद्ध पर्वतारोहीहरूको वर्णन, हिमालको संस्कृति र जीवन शैली, वनस्पति र भूगोल जस्ता जीवजन्तुले नेपाली जनताको परम्परागत संस्कृति र मूल्यमान्यताको प्रतिनिधित्व गर्ने प्रयासमा हो ।

पोखरालाई हेर्दा धेरै विकसित रहेछ । बाटो राम्रो लागेको थियो । बाटो विकसित थियो । त्यसको साथ साथै प्राकृतिक रुपमा धेरै राम्रो ठाउँ रहेछ । चारैतिर हरियाली र तालहरु भएका । साथ साथै काठमाडौ जस्तो ट्राफिक जाम त्यति नहुने । कही कतै फोहोर र धूलो नभएको । कति सफा छ ठाउँ । यही बस्न मन लाग्ने ।

Comments
Post a Comment