मेरो प्यारो धनकुटा

म घरको कान्छी छोरी हूँ । मेरा दुईवटा दिदीहरु र एउटा दाजु हुनु हुन्छ । सानो भएर होला मलाई सबैले माया गर्थे । दुःख के हो त्यति मैले थाहा पाइन । 

मेरो जन्मको कुरा गर्दा म तेह्रथुममा जन्मेको हूँ ।तेह्रथुम पौठाक भन्ने ठाउँमा भएको हो । हुन त मेरो जन्म तेह्रथुममा भए तापनि मलाई यस ठाउँमा म धेरै समय बिताउन पाइन । मेरो हुर्कोइ धनकुटाको पारख्रीबासमा भएको थियो । मेरो समय प्राय धनकुटामै बित्यो ।  मेरो पढाई पनि त्यही भएको थियो । मेरा धेरै साथीहरु पनि त्यही ठाउँमा छन् । 

धनकुटा ठाउँले मलाई धेरै दिएको छ । राम्रा र असल साथी दिएको छ । अहिलेसम्म ती साथीहरुसँग मेरो राम्रो सम्बन्ध छ । त्यसको साथ साथै मेरो साहित्य यात्रा वा मेरो रुचि साहित्यमा बढाउनमा यो ठाउँको धेरै प्रभाव पारेको थियो । म हरेक साहित्य प्रतियोगितामा भाग लिन्थे । मैले पुरस्कार नजिते पनि भाग लिन कहिले छोडिन । 

साहित्यमा रुचि बढेको थियो नै र बोल्ने कुराहरुमा मेरो विकास बढ्न थालेको थियो । आफ्नो काम आफै कसरी गर्ने यस ठाउँमा सिकेको थिए । 

शुक्रबारको दिन म कहिले बिर्सिन । हरेक शुक्रबार कक्षा हुँदैन थियो र विभिन्न प्रतियोगिता हुन्थ्यो । साहित्यमा त रुचि नै थियो र त्यसको साथ साथै खेलकुदमा रुचि थियो । हरेक शुक्रबार केही न केही गराउथ्यो र त्यसैले मलाई शुक्रबार कहिले आउँछ जस्तो लाथ्ग्यो ।

प्रतियोगिता त हुन्थ्यो नै । छुट्टीको दिन साथीको घर जान्थ्यौ । र खेल्थ्यौ । घर पनि नजिकै थियो । हामी सबैलाई व्काटर दिइएको थियो । हरेक कर्मचारीलाई व्काटर दिइएको थियो । त्यसैले सबैले घर नजिक थियो र सबैले एक अर्कोलाई चिथ्यौ र धेरै खेल्थ्यौ । होमवर्क पनि सँगै गथ्यौ ।

धेरै रमाइलो ठाउँ लाथ्ग्यो र अहिले पनि राम्रो लाग्छ । कसैले मलाई जन्म दलो सोध्यो भने म धनकुटा हो भन्छु किनभने मलाई यो ठाउँले धेरै दिएको छ । मलाई तेह्रथुमको त्यति याद छैन र धनकुटा जति प्यारो छ जति तेह्रथुम  छैन । 

Comments

Popular Posts