मेरो साथीले लगाएको गुण

हेर्दा हेर्दै कक्षा १० मा पुगियो । फलामे गेटको तयारी । मलाई डर लागेको थियो । फेल हुन्छुकि भनेर । बिहानदेखि बेलुकासम्म विद्यालयमा नै हुन्थे । सरहरुले सिकाउने त छँदै छ तर साथीहरुले  पनि नआएको सिकाउथे । हेर्दा हेर्दै एसएलसी आयो । केन्द्र कता परेको थियो अहिले म सम्झन सक्दिन तर केन्द्र घरबाट नजिक थियो ।

म आफूलाई भाग्यमानी सोच्छु । त्यसबेला मेरो मिल्ने साथी मेरै छेऊमा थिइन् । उनीले मलाई गणित र विज्ञान सिकाएकी थिइन् । अरु नआएको विषयहरुमा पनि सिकाएकी थिइन् । उनीले आफ्नो उतर लेखिसकेपछि मेरो पनि उतर लेखेकी थिइन् । उनीले गरेर मैले दोस्रो डिभिजनममा पास गरेको थिए । त्यस बेला उनीले मलाई धेरै मदत गरेकी थिइन् । यदी उनी त्यो ठाउँमा नभएको भए मैले धेरै चोटि एसएलसी दिनुपथ्यो होला ।

म कहिले काँही सोच्छु कि मैले कति चोटिमा एस.एल.सी पास गर्थे होला । यति बेला म कहाँ हुन्थे होला । मैले पढ्थे मौका पाउथे कि पाउदिन थिए भन्ने कुराहरु दिमागमा आउँछ । मैले अर्को विद्यालयबाट एस.एल.सी दिएको भए के हुन्थ्यो जस्तो लाग्छ । पास हुन्थे कि हुन्न थिए मलाई नै थाहा छैन ।

म जिन्दगी भर उनीलाई यो गूण बारे कहिले बिर्सिन । उनीले गरेर मैले एसएलसी पास गरेको थिए ।

Comments

Popular Posts