मेरो पहिलो कमाइ

एसएलसी सकेपछि, मैले पढाउन थाले । आफै पढेको  विद्यलालय यूनिक बोर्डिग विद्यालयमा नर्सेरीलाई पढाउन थाले । एसएलसीको नतिजा नआउजेल मैले त्यस विद्यालयमा पढाएको थिए ।

यो विद्यालयमा पढाउन थालेपछि मैले कुराहरु  सिक्ने अवसर पाएको थिए । हुन त मलाई शिक्षक हुने रहर थिएन तर फुर्सदको समय हुँदा गरे । मैले साढे दुई महिनासम्म पढाए । मैले पढाउदा साना नानीहरुलाई कसरी पढाउने र कसरी सम्झाउने आदि बारे थाहा पाए । उनीहरुलाई कुराहरु बुझाउने बारे थाहा पाए । शिक्षकहरुसँग मात्र नभएर मेरो सम्बन्ध विद्यार्थीहरुसँग पनि राम्रो थियो । विद्यार्थीहरुले मलाई पिछा गर्थे ।

मैले त्यो विद्यालयमा पढाइसकेपछि पनि मलाई शिक्षकहरुले मलाई फेरि आइदियोस् जस्तो गर्थे र कक्षा १२ पढिसेकपछि म फेरि पढाउन गरे ।

मैले सुरुमा पढाउदा पैसा पनि पाएको थिए । त्यो मेरो पहिलो कमाइ थियो । आशा गरेको थिइन पैसाको तर पाउँदा मैले आधा आमालाई दिएको थिए । भिन्न अनुभव भएको थियो त्यस बेला ।

Comments

Popular Posts