कक्षा ११ को नतिजा


कक्षा १२ मा त पुगियो तर कक्षा ११को नतिजाले मेरो अप्रेक्षा पूरा गरेन । मैले सोचेको थिए कि मेरो ५५ प्रतिशत भन्दा धेरै आउँछ। आफूले परीक्षा राम्रो गरे जस्तो लागेको थियो । अन्नपूर्ण पोष्टमा नतिजा छापिएको थियो । मैले पत्रिका किनेर ल्याए र म दोस्रो डिभिजनमा पास भएको थिए । म निकै खुशी भएको थिए नतिजा हेरेर । सोचे कि मेरा जरुर  ५५ प्रतिशत भन्दा माथि आयो त्यस्तो भएन ।

मार्क सिट केही हप्ता पछि आयो । आएपछि मेरो सात्तो गयो । आफूले अप्रेक्षा गरेको भन्दा धेरै कम अङ्क आएर पास भएको रहेछु । ५० प्रतिशत पनि आएको थिएन । धेरै विद्यार्थीहरुको नेपालीमा थोरै अङ्क आएको थियो । हामीहरुले सरहरुसँग कुरा गयौ । पछि यो कुरा सेलायो ।

मेरो घरमा चाँहि मार्क सिटको कुरा चलिरह्यो । मैले आफ्नो मार्क सिट दुई हप्तासम्म देखाइन । पछि आफैले देखाए । खुशी नै थिइन । बुवा आमाले भन्न त केही भन्नु भएन तर मेरो मनमा उंमग थिएन । त्यसले मलाई राम्रो पढ्न र हौसला गरायो । यो उति थोरै आयो भनेर मैले कक्षा १२ मा जोशिएर पढे ।

Comments

Popular Posts