अङ्क थपेको दिन

म कक्षा ६ मा पढ्दा बुवा आमा युकेबाट फर्कनु भएको थियो । दुई वर्ष बसेर फर्कनु भएको थियो । गर्मीको समयमा फर्किनु भएको थियो । हामी सबै जना धेरै खुशी थियौ । सबैभन्दा धेरै खुशी म थिए । हामीलाई भनि धेरै सामानहरु ल्याइदिनु भएको थियो ।

यही क्रममा मेरो फाइनल जाँचको नतिजा पहिले थाहा थियो । म धेरै विषयमा फेल भएको थिए । घरमा सधै गालि नै खाने काम हुन्थ्यो तर मैले गालि नै पचाइ सकेको थिए ।

मैले त्यस बेला धेरै बाठो भएको थिए । मैले नजिकको पसल गए र रातो कलम किने र उतर कपीमा अङ्क मिलाएर थपे । कसैलाई शङ्का पनि भएन बुवा बाहेक । उहाँले कपी राम्ररी चेक गर्नु भयो र स्कूलमा गएर बुझ्नुभयो र पछि मैले अङ्क थपेको थाहा पाउनु भयो । नराम्रोसँग गालि खाएको थिए ।

यो घटना सम्झदा रमाइलो लाग्छ र के गरे छ जस्तो लाग्छ । 

Comments

Popular Posts