कलेजको बँसाइ सराइ

मैले १२ पढिसकेपछि आफूले पढेको विद्यालयमा पढाउन थाले । नतिजा नआउजेल त्यही पढाउन थालेको थिए । कक्षा १२ को परीक्षा चाँहि राम्रो गरेको थिए । मलाई गाह्रो लाग्ने विषय वातावरण पनि राम्रो गरेको थिए । यसपालि चाँहि राम्रो अङ्कले पास हुन्छु भन्ने थियो ।

नतिजा नआउजेल मैले कलेजहरु खोज्न थाले । त्यही क्रममा मैले शेफर्ड कलेज मिडिया टेक्नोलोजीमा बुझ्न गए । यो कलेजसँग रमाइलो घटना छ । कलेज बुझ्न जाँदा यो कलेज चाबहिलमा थियो । प्रवेश परीक्षा र भर्ना गर्न जाँदा तीनकुनेमा भयो । पहिलो वर्ष तीनकुनेमा भयो । दोस्रो वर्षमा भाटभटेनी, नक्सालमा कलेज सयो । सकिने बेलामा कालोपुलमा भयो । दीक्षान्त समारोहको फारमा भर्न जाँदा नायँ बानेश्वरमा सयो ।

स्नातक डिग्री पढ्दा धेरै बँसाइ सरियो । भर्ना गर्नु अगाडि र दीक्षान्त समारोहको फारमसम्म ५ ठाउँ सयो कलेज । अहिले सम्झे भने धेरै हाँस्न मन लाग्छ । यति धेरै चोटि आफ्नो डेरा पनि सकेको पनि थिइन होला ।

Comments

Popular Posts