मैतिदेवी

मैले धनकुटामा कक्षा १ र २ पढेपछि हामी काठमाडौ आयौ । हुन त म पहिले नै काठमाडौ आईसकेको थिए नर्सरीदेखि युकेजी मैतिदेवीको न्यू समित विद्यालयमा पढेको थिए तर मलाई हामी कहाँ बस्थ्यौ त्यो याद छैन । पछिको कुराहरु याद छ । नर्सरीदेखि युकेजीको मलाई केही पलहरु मात्र याद छ तर कसको घरममा बसेका थियौ त्यो मलाई याद छैन । पछि काठमाडौबाट हामी धनकुटा गयौ । म कक्षा १ र २ धनकुटामा पढे भने मेरो माइली दिदीले कक्षा ४ र ५मा पढ्नु हुन्थ्यो । मेरो जेठी दिदी र दाजु काठमाडौमा होस्टेलमा बस्नु हुन्थ्यो । हामीले हरेक शनिबार उहाँहरुलाई फोन गथ्यौ ।

दुई वर्ष यहाँ पढिसकेपछि, हामी काठमााडौ आएका थियौ । बुवाले काठमाडौमा पढाउने जागिर पाउनु भएको थियो । त्यसबेला निकोन हवाइजहाज थियो । हामी त्यसमै चढेको थियौ । त्यो मेरो पहिलो अनुभव थियो हवाइजहाज चढेको ।

काठमाडौमा कान्छा काका बस्नु हुन्थ्यो । उहाँ मैतिदेवी मन्दिरको पछाडि डेरा लिएर बस्नु हुन्थ्यो । हामी एयरपोर्ट पुग्दा उहाँ लिन आउनु भएको थियो । बुवा पछि मात्र आउनु भएको थियो ।

मैतिदेवी आएको केही समयसम्म मलाई धनकुटा धेरै याद आइरह्यो । मलाई फेरि धनकुटा जान मन थियो । धेरै माया लाग्दो रहेछ आफू हुर्केको ठाउँको ।

हामी सबै जना न्यू समित विद्यालयमा पढ्थ्यौ । म कक्षा ३ मा भर्ना भएको थिए । सुरुमा धेरै नौलो लागेको थियो । सबै कुरा नौलो लागेको थियो तर बिस्तारै बानी हुँदै गएको थियो । सुरुमा काठमाडौ धेरै भीड लागेको थियो तर यी भीडले पछि आफ्नो बनाइसकेको थियो ।

धनकुटा झै यो विद्यालयमा खेलकूददेखि अरु गतिविधिहरु हुन्थ्यो र म साहित्यमा पनि भाग लिन्थे । भाग लिन धेरै रमाइलो लाग्थ्यो । पढाइमा भन्दा पनि अरुमा रुचि राख्थे ।

गर्मी, दशै, तिहार र जाडोमा एक महिना छुट्टी हुन्थ्यो । खुशीको साथ साथै दुः खी पनि हुन्थे । खुशी एक महिना छुट्टी भयो भनेर र दुः खी यस प्रकार कि हामीलाई धेरै गृहकार्य दिइथ्यो । सान्ने काम बाहेक अरु गृहकार्य नै हुँदैन थियो । तर म गृहकार्य छिटो सकेर म साथीहरुमा खेल्न जान्थे । साथीहरुको घर नजिकै थियो । आउने जाने भइरह्थ्यो । 


Comments

Popular Posts