साथीहरुलाई समय नदिएकोमा पछुतो

स्नातक डिग्री पढ्दा राम्रा साथी पाए तर कहिलेकाँही लाग्छ कि मैले आफ्ना साथीहरुलाई समय दिन सकिन । आफ्नो स्वभावको कारणले गर्दा समय दिन पाइन । म धेरै किताबहरु पढ्न थालेको थिए । म किताबको किरो भइसकेको थिए । त्यसैले गर्दा म आफ्ना साथीहरुसँग धुम्न जान्न थिए । म उनीहरुसँग धुम्न जानुको सट्टा म पुस्तकालय जान्थे र त्यही हराउथे । म किताबहरुमा हराउथे । म दिनभर नै पुस्तकालयमा हुन्थे र साँझको ६ः०० बजे मात्र घर पुग्थे ।

म पुस्तकालयमा हुन्थे र मेरा साथीहरु घुम्न जान्थे । म घुम्न जान्न भन्ने थाहा पाएपछि मलाई भन्न छोडेका थिए । मलाई किताबहरु बाहेक अरु केही नजरत आउँदैन थियो त्यस बेला । त्यस दिन वर्षमा म आफ्ना साथीहरुसँग कम मात्र धुमेको थिए ।

अहिले सम्झदा नरमाइलो लाग्छ । उनीहरुसँग घुम्न जाँदा मेरो के बिर्गिन्थो र । घुम्ने बेलामा घुम्न गए भन्ने हुन्थ्यो । उनीहरुसँग घुम्न गएको भए, म सबैसँग धेरै नजिक हुन्थे । उनीहरुसँग राम्रो सम्बन्ध हुन्थ्यो । उनीहरुलाई समय दिएको भए हुन्थ्यो । आफ्ना साथीहरुसँग रमाइलो गर्थे । आफ्नो जिन्दगी अर्को हुन्थ्यो कि ।

Comments

Popular Posts