पढ्ने बानीको विकास

जेठ महिनाको अन्तिम साता एसएलसीको नतिजा आएको थियो । नतिजा कम्युटरबाट हेरेका थियौ । म दोस्रो डिभिजनमा पास भएको थिए । घरमा सबै जना खुशी हुनुभएको थियो । नतिजा आएपछि कलेज खोज्न थाले । अनि मैले रिलायन्स इन्टरनेशनल एकेडेमीमा प्रवेश परीक्षा दिए । मैले आर्टस् लिएर पढेको थिए । मैले प्रवेश परीक्षामा नाम निकाले । कलेज मेरो घरबाट नजिक थियो । १० मिनेट जस्तो थियो ।

यो कलेजमा पढ्न थालेपछि मेरो पढाइमा धेरै राम्रो भएको थियो । म फेल हुने व्यक्ति पास हुन थालेको थिए । बुझ्न थालेको थिए । मलाई दुई जना शिक्षकहरुको बाट प्रभाव परेको थियो ।

एक शिक्षक हुनु हुन्थ्यो । मेजर अङ्ग्रेजी पढाउनु हुन्थ्यो । पढाउन त ठीकै हो तर किताबहरु बारेमा धेर ज्ञान थियो । किताबहरु कुन पढ्दा राम्रो हुन्थ्यो सबै भन्नुहुन्थ्यो । उहाँ कै कारणले मैले किताबहरु पढ्न थाले । ११ को बोर्डको जाँच सकिएर एक महिना छुट्टी भएको थियो । त्यही क्रममा मैले धेरै किताबहरु पढे । खासगरी उपन्यासहरु । चाल्र्स डिकेन्स, जेन अस्टे्न, डि.एच. लरेन्स आदि जस्ता लेखकहरुको उपन्यासहरु पढ्न थाले । यी लेखकहरुको आँखाबाट उनीहरुको भोगेका कथाहरु र उनीहरुको देशबारे जान्ने मौका पाए । दुःख, सुखका कुरा थाहा पाए । घरमै सानो पुस्तकालय भएकाले मलाई पढ्न धेरै सजिलो भएको थियो । त्यसबाहेक मेरी माइली दिदी एक पुस्तकालय जार्थिन् र किताबहरु ल्याउर्थिन् म र दिदी मिलेर धेरै पढ्थ्यौ । त्यही क्रममा मेरो पढ्ने विकास भएको हो ।

Comments

Popular Posts