मेरो पहिलो क्रस

म कक्षा ७ मा पढ्दाको कुरा हो । म स्कूलको बसमा जान्थे । हामी साथीहरु विद्यालयको विद्यार्थीहरुलाई बाई गथ्यौ । त्यही क्रममा गाडी गैरीघारामा रोकियो । त्यस बेला मेरो आँखा एक केटामा पुग्यो । उनी सिद्धार्थ वनस्थलीमा पढ्ने रहेछन् । उनीलाई पनि बाई गरे । उनले पनि बाई गरे । यो हर रोज चल्यो ।

एक दिन पानी परेको थियो । उनलाई मैले देखिन । मन छट्टपटीन थाल्यो । केही बेरपछि गाडी चल्यो र म पछाडि फर्किए । उनी थिएनन् । मन उदास भयो । दिनभर उनको यादमा डुबेको थिए ।

भोलिपल्ट उनीलाई देखे । मन खुशी भयो । उनलाई बाई गरे । हाम्रो संवाद केही भएको थिएन । यो चलेको दुई महिनापछिको कुरा हो । मैले एक जना भाइलाई उनको नाम सोध्न लगाए । उनले झ्यालबाट सोधे र उनले ज्ञानु भने । मनमा लडु पुट्यो । अनि भोलिपल्ट प्रेम पत्र लेखे तर दिन सकिन । पछि मेरो साथीले त्यो बुकमा भेटिन् र उनले अर्को दिन झ्यालबाट पालिन् र मैले लेखेको भनि मलाई देखाइन् ।

अवसोस्को कुरा हो । मेरो प्रेम प्रस्तावको जवाफ आएन । म धेरै दिनसम्म कुरे तर जवाफ आएन । मैले हार खाए । पछि मैले स्कूल छोडेर अर्को स्कूलमा गए । स्कूल छोडेर गएको एक महिनापछि एक साथीले फोन गरिन् र भनिन् कि ज्ञानु त्यस स्कूलमा पढ्न आएका रहेछन् । मलाई नराम्रो अनुभव भयो । मैले स्कूल नछोडेको भए हुन्थ्यो जस्तो लाग्यो ।

कहिले काही म उसलाई सम्झन्छु । फेसबुकमा खोजेको थिए तर अनुहार आफूले सम्झेको अनुहार मिल्दैन । 

Comments

Popular Posts