चितवन भ्रमण

कक्षा १२ मा पढ्दा कलेजको शैक्षिक भ्रमण लगेको थियो । हामीलाई चितवन लगिएको थियो । काठमाडौ बसोबास गरिरहेको मान्छे म, काठमाडौ बाहिर गएको थिइन । चितवन मेरो भ्रमण थियो । 

चितवन हामी तीन दिन जति बसेका थियौ । गर्मी ठाउँ । चिसो पानी खोल्दा पनि तातो आउने । गर्मी ठाउँ भए तापनि ठाउँ राम्रो लागेको थियो । 

चितवनमा हामी गाउँमा गएका थियौ । त्यहाँको समुदायको बारेमा थाहा पाउने मौका पाए । त्यसको साथ साथै संग्रहालय पनि थियो । हामी हेर्न गएका थियौ । नेपाली संस्कृति देखिन्थ्यो । नेपालको पोशाक राखिएको थियो । राम्रो लागेको थियो । 

सौराह पनि गएका थियौ । जङ्गल हेर्न थाल्यौ त्यो पनि हात्ति चढेर । लडिछ कि भन्ने थियो । हामी चार जना बसेका थियौ हात्तिमा । 

चितवनको केही ठाउँ धुम्दा काठमाडौभन्दा चितवन धेरै रमाइलो लागेको थियो । गर्मी बाहेक सबै राम्रो लागेको थियो । खाना पनि मीठो थियो । एक पल्ट धुम्ने ठाउँ रहेछ । 

Comments

Popular Posts