जागिर नपाएको पिडा

मैले सन् २०१४ जुलाई ९, २०१४ मा थेसिस सके अर्थात मेरो मास्टस् डिग्री सकियो । मैले जागिर खोज्न थाले । जागिर खोज्न त खोजे तर कही पाइन । धेरै ठाउँमा आवेदन हाले तर मलाई कहिबाट खबर आएन । म धेरै निशास भएको थिए ।

धेरै ठाउँमा आवेदन हाल्दा अन्तर्वार्तामा पनि बोलाएनन् । अनुभव पनि धेरै चाहिएको माग्ने । काम नै नदिए पछि कहाँ बाट ल्याउनु अनुभव ? जहाँ गए पनि चिनेको हुनु पर्ने । आफ्नो मान्छे नभएपछि कहाँ बाट पाउनु जागिर ? जागिर नपाउँदा दिक्क लाग्ने । पढेको छु तर जागिर नपाउने । बुवा आमासँग पैसा कति माग्नु ? आफ्नै कमाइ हुँदा पो रमाइलो हुन्थ्यो ।

कहिले लाग्थ्यो कि म विदेश जाऊ र त्यही गएर भाडा माजू । नेपालमा भाडा माजू भने, इज्जत हु्ँदैन । विदेशमा गए कामको इज्जत त हुन्छ । यहाँ सानो काम गयो भने पलानाको छोरीले यस्तो गरि भन्ने हुन्छ ।

मलाई दुई वर्ष अर्थात् २०१६ फ्रेसबरीसम्म गाह्रो भएको थियो । म दिक्क भइसकेको थिए । म कहाँ जाऊ र कसो गरु भएको थियो । 

Comments

Popular Posts