गलत जानकारी

म कक्षा ९ मा पढ्दा अर्को घटना सम्झना आउँछ । मभन्दा एक ब्याच जुनियरले आफ्नो हातमा मेहदी लगाएकी थिइन् । मैले उनीलाई सोधे कसले लगाएको भनेर किनकि मलाई राम्रो लागेको थियो । उनीले नाम भनिन् र मैले राम्रो मान्छेले लगाएको रहेछ भने । यही शब्दले नराम्रो काण्ड मचाएको थियो ।

भोलिपल्ट मेहदी लगाएकी दिदी मलाई खोज्दै आइन् । मलाई नराम्रोसँग गाली गरिन् । उनले राम्रो व्यक्तिले राम्रोसँग लगाएकी रहेछिन् लागि व्यंग्य सोच्छिन् । नराम्रो अर्थमा बुझिन् । मैले उनीलाई सम्झाउन धेरै कोसिस गरे तर सकिन । मैले बोल्ने मौका नै पाइन । म बोल्न खोज्थे तर उनी बोलेको बोलै गरिन् ।

आधा घण्टासम्म उनी मात्र बोलिरहेकी थिइन् । म मौन बस्न रुचाए । बोलिसकेपछि यनी आफ्नो साथीसँग गइन् । म चाँहि जसले यस्तो काण्ड मचाइन् उसलाई गएर सबै सम्झाए र मलाई नराम्रो बनाएकोमा दुःख व्यक्त गरे । पछि मलाई गालि गर्ने दिदीलाई पनि भने । उनीले मेरो कुरा बुझिन् कि बुझिनन् त्यो थाहा पाइन तर हाम्रो संवाद कम भएको थियो ।

Comments

Popular Posts