ट्रान्सक्रिप्ट

स्नातक डिग्री अन्तिम वर्षको जाँच सकियो । म नतिजा कुरेको थिए । म दोधारमा थिए कि म यही पढ्नु कि बाहिर पढ्ने । बाहिर गएर पढ्ने ईच्छा थियो । तर त्यस समय म जान पाइन ।

एक दिनको कुरा हो । कान्तिपूर पत्रिकामा कान्तिपूर सिटी कलेजको विज्ञमपन देखे । मास्टस् डिग्रीको लागि रहेछ । स्नातक डिग्रीको नतिजा कुरेकाले पनि प्रवेश परिक्षा दिन पाइने र पढ्न पाइने भनेर लेखेको रहेछ । सोचे कि एक दुई महिनापछि नतिजा आउँछ र म बाहिर जान्छु तर त्यो भएन ।

मैले प्रवेश परिक्षा दिए र नाम पनि निस्कियो । म कान्तिपूर सिटीमा पढ्न थाले तर मेरो ट्रान्सक्रिप्ट नै आएन । मेरा साथीहरुको ट्रान्सक्रिप्ट आइसकेको थियो । पूर्वाञ्चल विश्वविद्यालमा सोध्यो पठाइसक्यो भन्छ । काठमाडौमा भएको पूर्वाञ्चल विश्वविद्यालको अफिसलाई सोध्दा विरान्टनगरबाट आएको छैन भन्छ । धेरै चकर लगाए । बुवाले पनि धेरै चोटि पहल गर्नुभएको थियो । मैले आफ्नो ट्रान्सक्रिप्ट एक वर्षपछि मात्र पाएको थिए । सोचे कि मेरो ट्रान्सक्रिप्ट हरायो । त्यस बेला सोचे कि नतिजा कुरेर बसेको भएका भए, मेरो एक वर्ष खेर जाथ्यो ।

Comments

Popular Posts