मेरो हालत नराम्रो भएको दिन

कक्षा ३ सम्म मेरो पढाई राम्रो थियो । कक्षा ४मा पुग्दा पनि राम्रो थियो तर कक्षा ४ को बीचमा ठीक ठीकै हुँदै गयो । गणित गाह्रो नलागे पनि म फेल भएको थिए ।

कक्षा ४ मा म पढ्दा पढ्दै बुवाले युकेमा एम.एको लागि छात्रवृति पाउनुभयो र जानु पनि भयो । बुवा गएपछि आमा पनि जाने तयारीमा हुनुभयो । त्यसको लागि हामीले ममीलाई अङ्ग्रेगी सिकायौ । धेरै सिकाउँदा पनि नआउने । दिन र रातै भरि अङ्ग्रेजी बोलेर वाक्क दिक्क लगाउनु हुन्थ्यो । मलाई हिन्दी फिल्म इंग्लिश विंग्लिश हेर्दा मलाई आफ्नो र आफ्नो आमाको धेरै याद आउँछ । यो फिल्म हेर्दा मैले मेरी आमालाई अङ्गेजी नआउदा कस्तो गरेको थिए, यो फिल्ममा पनि त्यस्तै छ । त्यसैले यो फिल्म मेरै लागि बनाएको जस्तो लाग्छ ।

बुवा गएको केही महिनापछि आमा पनि जानुभयो । बुवा आमाले छोडेपछि मेरो हालत नराम्रो भएको थियो । मेरो ध्यान पढाईममा कम हुँदै गएको थियो । हुन त पढाईमा त कमजोर त होइन तर मेरो ध्यान पढाईमा कम हुन थालेको थियो । बुवा आमा गएपछि मेरो दिन खराब चलेको जस्तो लाग्थ्यो ।

आमा गरेपछि म हर रोज रुन्थे । बुवा र आमाले फोन गर्दा बाथरुममा गएर रुन्थे । म उहाँहरु कहिले आउनु हुन्छ जस्तो लाग्थ्यो ।  दिन गर्दै बस्थे । मलाई फकाउन रोज दाजुले चकलेट किनि दिनुहुन्थ्यो र मलाई धुमाउन साईकलमा लग्नु हुन्थ्यो । यो धेरै दिनसम्म चलेको थियो  । स्कूलमा पनि बस्न मन लाग्दैन थियो र आधा छुट्टी लिएर घर फर्केने गर्थे । हर रोज मनले आमा नै खोज्ने गथ्यो । आमा बेगर घर नरमाइलो लाग्ने रहेछ । यो धेरै महिनासम्म चलिरहेको थियो । पछि आफै बानी बस्दै गयो ।

Comments

Popular Posts