सर र म्याडम

कक्षा ७ मा पढ्दा पनि मैले खेलकुद र साहित्य कहिले छोडिन । भाग लिन्थे । हुन त यस विद्यालयमा पढेपछि मेरो पढाइ राम्रो हुँदै गएको थियो । म पहिला धेरै विषयहरुमा फेल हुने व्यक्ति, यस विद्यालयमा आएपछि म एउटा मात्र फेल हुन थाले । यस विद्यालयमा सर र म्याडमहरु राम्रा हुन्थ्यो तर मलाई दुई जनासँग  रिस उठेको थियो ।

हामीलाई गणित पढाउने सर राम्रो त पढाउनु हुन्थ्यो तर धेरै कुट्नु हुन्थ्यो । उहाँको पढाउने तरिका एक् तर्पी मात्र थियो । आयो, पढायो र गयो । विद्यार्थीहरुर्ला बुझ्यो, बुझेन कहिले नसोध्ने । गृहकार्य पनि आफू चेक नगर्ने । अरुलाई गर्न लगाउने । अन्र्तरक्रिया नै थिएन । गाली र धेरै कुटाइ खाइयो । धेरै रिस उठ्थ्यो । सर नआइदिए हुन्थ्यो जस्तो लाग्थ्यो । पढाउन त राम्रो तर विचित्र लाग्थ्यो ।

सरको साथै एक जना म्याडम हुनु हुन्थ्यो जसले नेपाली पढाउनु हुन्थ्यो । उहाँ पनि धेरै गालि गर्ने र कुट्ने । कविता याद गर्न लगाउने । याद नगरे सजाय दिने । मलाई रिस उठ्थ्यो म्याडमसँग । मलाई दिक्क पनि लाग्थ्यो सर र म्याडम देखेर । पछि भेटेको बेला उहाँहरुलाई भए र आफ्नो गल्ती स्वीकानु भयो ।

Comments

Popular Posts