लेखहरु

सन् २०१० को कुरा हो । मैले ‘द काठमाडौ पोप्ट’ र ‘द राइजिङ नेपाल’ मा आफ्नो लेखहरु पठाएको थिए र छापिएको थियो । छापिएर आउँदा धेरै खुशी भएको थिए । त्यसभन्दा पनि आफ्नै नाम आउँदा र आफ्नो नाम आफ्नै पढ्दा धेरै खुशी भएको थिए ।

सुरुमा मैले ‘द राइजिङ नेपाल’ मा छापिएको थियो । यस पत्रिकामा मैले विभिन्न लेखहरु पठाएकोे थिए । पैसा चाँहि एक महिनापछि पाएको थिए । 

‘द राइजिङ नेपाल’ पछि मैले ‘द काठमाडौ पोप्ट’ मा पठाए । ‘द काठमाडौ पोप्ट’ मा मेरो चारवटा लेखहरु छापिएको थियो । ती लेखहरु फिल्महरु कै बारेमा छापिएको थियो । विभिन्न विषयमा पठाए नि फिल्महरुकै बारे छापिएको थियो । चारवटा लेखहरु पछि पनि पठाइ रहे तर पछि छापिन छोड्यो । मैले एक वर्षसम्म कोसिस गरे तर पछि छापिन छोड्यो । छापिन छोडे पनि लेख्न छोडिन । अहिले पनि पत्रिकाहरुमा पठाइ रहन्छु । त्यसले मलाई हौसला दिएको छ ।

Comments

Popular Posts