मैले नबोलेको र नभेटेको मान्छे

म कक्षा ६ मा पढ्दा खेरीको कुरा हो । मेरो एक जना मित्रले खाजा खाने समयमा आएर भनिन्,“तिमीहरुले प्रिति जिन्टा हेर्ने हो ?”

हामी सबै जना एकछिन छक्क पयौ र हुन्छ भयौ । उनले एक जना म्याडमलाई देखाइन् जो स्कूलमा नयाँ थिइन् । म त हेरेको हेरै भए । त्यस समय प्रिति जिन्टा खूब मन पथ्यो । आफूलाई मन परेको हिरोइनको अनुहार मिल्दा हिरोइन नै अगाडि आएको जस्तो हुँदो रहेछ ।

म यति केटा भएको भए ठाउँको ठाउँ प्रेम प्रस्ताव राख्थे जस्तो भएको थियो त्यस बेला । त्यस बेला शिक्षकहरुसँग बोलेकै हुन्थे तर त्यो म्याडमसँग बोल्ने आँट आएको थिएन । पछि केही सिप नचलेपछि मैले लेखेको चिट्ठी लेखे र पछि मेरा दुई जना मित्रहरुले मैले नपाउने गरि त्यो चिट्ठी दिए । मलाई त्यो चिट्ठीको बारेमा केही थाहा पाइन ।

पछि म्याडमले मलाई चिट्ठी पठाउदा पो थाहा पाए । त्यस बेला के लेखेको थियो मैले बिर्से तर चिट्ठी आदन प्रदान गरिसकेपछि पनि हामी धेरै दिसमम बोलेका थिएनौ ।

पछि म्याडम स्कूल छोड्ने थाहा पाएपछि मात्र बोल्न गएको थिए । त्यो नै हाम्रो अन्तिम भेट थियो । उनले नयाँ सत्र सुरु हुनु अगाडि छोडिन् र मैले कक्षा ६ पनि अर्को स्कूलमा गए । उनी कहाँ गइन् अहिलेसम्म थाहा छैन । फेसबुक खोज्दा पनि मैले भेटिन । अगाडिको नाम मात्र थाहा छ तर थर नै बिर्से ।

अहिले मलाई कहिलेकाही उनीको याद आउँछ । विशेष गरी प्रितिको चलचित्र टि.भि हेरेको बेला म धेरै सम्झन्छु । कहिले काही कसरी भेट्ने भनि सम्झन्छु । तर भेट्न असफल भएको छु ।
   

Comments

Popular Posts