कलेजको भ्रमण

खुट्टाको समस्या हुँदा हुँदै म कलेजको भ्रमणमा गएको थिए । खुट्टाको दुःख त थियो तर मेरा साथीहरुको कारण मैले आफ्नो दुखाइ बिर्सेको थियो ।
Image may contain: 1 person, standing, hat, shorts, outdoor and nature

बिहानको ८ः०० बजे सबै जना भेला भएर पुतलीसडकबाट ईलामको लगि निस्क्यिौ त्यो पनि कलेजको गाडीमा । ईलाम नआउजेल हामी गफ गर्दै, गीत गाउँदै र नाच्दै बितायौ । बेलुका ७ वा ८ बजे ईलाम पुग्यौ र एक होटेलमा बस्यौ । खाइसकेपछि सबै सुत्न गयौ ।

Image may contain: 1 person

भोलिपल्ट उठेर र नास्ता खाएर हामी फोटोग्राफीको लागि हामी ईलामका विभिन्न ठाउँहरुमा गयौ । फोटो त खिच्यौ र त्यसको साथ साथै भिडियोग्राफीपनि सिकियो । म पहिलो पटक ईलाम गएको थिए । मलाई यो ठाउँमा मन परेको थियो । चारैतिर हरियाली छ । मोहित बनाउने ख्याले थियो यो ठाउँ ।

ईलाम धुमेपछि हामी धरान पनि गएका थियौ । म धेरै वर्षपछि धरान गएको थिए । मलाई धरान र धनकुटा मन पर्नुको कारण एक त हरियाली छ, अर्को बाटो, मौसम र खाना । चारैतिर हरियाली छ र बाटो सबैभन्दा राम्रो लाग्छ नेपालभरिमा । मौसम पनि राम्रो लाग्छ । त्यसको साथ साथै यहाँको खाना पनि मीठो लागेको थियो ।
Image may contain: 1 person

हामी धरान धुमेको भोलिपल्ट दार्जीलिङ गएका थियौ । दिनभर धुमेका थियौ । यो ठाउँ मन परेको मध्ये एक हो । धेरै सफा ठाउँ हो । सफा हुनुको साथ साथै खाना पनि  मिठो लागेको थियो धरान पछि ।

Image may contain: 5 people



















यसरी हामी धुम्दै, सिक्दै र रमाइलो गर्दै अन्तिम दिन अर्थातर ५औ दिन चितवन हुँदै काठमाडौ फर्कियौ । चितवन मेरो दोस्रो चोटि थियो । केही घण्टा धुमेर हामी काठमाडौ फर्केएका थियौ ।
Image may contain: 6 people

मलाई काठमाडौ फर्किएपछि मलाई काठमाडौमा बस्न मन नै भएन । मलाई फर्किन मन नै थिएन । काठमाडौ बाहिर राम्रो ठाउँहरु रहेछन् भन्ने मैले यो भ्रमणबाट थाहा पाए ।


Comments

Popular Posts