मेरो नयाँ विद्यलाय

मैले क्याम्ब्रिज विद्यालय पढेको १ वर्षपछि मैले अर्को विद्यालय गए । कक्षा ८ देखि १० सम्म यूनिक बोर्डिग विद्यालयमा भर्ना भए । यस विद्यायमको निर्देशक मेरो बुवा हुन्थ्यो । बुवा निर्देशक भएकाले कहिले काँही डर चाँहि हुँदो  रहेछ ।

यो विद्यालयमा भर्ना भएपछि मैले साहित्य लगायत अरुमा पुरस्कार पाएको थिए । यसको साथ साथै मेरो पढाइ राम्रै हुँदै गएको थिए । राम्रो यस अर्थमा कि म बुझेर गर्न थालेको थिए । शिक्षकहरु राम्रो हुनु हुन्थ्यो । राम्ररी बुझाएर पढाउनु हुन्थ्यो । मैले बुझेर पढ्न थालेको थिए । विद्यार्थीहरुलाई नआउनेल नरिसाईकन सिकाउनु हुन्थ्यो ।

पढाइ, शिक्षक त राम्रो नै थियो तर साथीहरु राम्रो पाएको थिए । एक अर्कोलाई सहयोग गर्ने र नआएको कुराहरु सिकाउने गर्थे । यसले गर्दा मैले नजानेको कुराहरु सिक्न पाएको थिए ।

अहिले पनि यो विद्यालयको साथीहरुसँग भेट भइरहन्छ । धेरै कुराहरु सम्झना आउँछ र धेरै बेर हाँस्छौ पनि । 

Comments

Popular Posts