मेरो जन्मदिन

म कक्षा ५ वा ६मा पढ्दा खेरीको कुरा हो । मेरो जन्मदिन नजिकिदै थियो । मेरो दिमागमा एउटा कुरा आएको थियो, घरमा मेरा मिल्ने साथीहरुलाई बोलाउने । यो कुरा आफ्नो दाजु र दिदीहरुलाई भन्न धेरै कोसिस गरे तर सकिन । बोल्न खोज्छु तर सकिन ।

अन्तमा असार २२ गतेको दिन आयो । मैले ४ जना साथीहरुलाई भनेको थिए । स्कूल छुट्टी भएपछि उनीहरुलाई घरमा लिएर आए । मनमा डर थियो । मैले घरमा यस बारेमा केही भनेको थिइन । घरमा गएपछि दाजुले सानो केकहरु ल्याउनु भएको थियो । केही घण्टापछि उनीहरुलाई पुयाएर घर फर्किए । घर फर्किएपछि दाजुले भन्नुभयो कि साथी बोलाउने इच्छा भएको भए भनेको भए हुन्थ्यो ।

यो दिन कहिले बिर्सिन । धेरै उपहारहरु पाएको दिए यो दिन । तीता मीठा यादहरु छ । एक प्रकारको डर, खुशी, उमंग, मुस्कान र गाली थियो । धेरै रमाइलो भएको थियो । जन्मदिन मैले पहिलो पटक मनाएको थिए त्यो पनि मिल्ने साथीहरुसँग ।


Comments

Popular Posts