मेरै गल्ती

कक्षा ११ मा पढ्दा मलाई एउटा घटनाको याद आउँछ । म कक्षा १२ मा पढ्ने एक जना दिदीसँग धेरै मिल्थे । हाम्रो घर जाने बाटो एउटै थियो । घर फर्कदा सँगै जान्थ्यौ र धेरै गफ पनि गथ्यौ ।

एक दिनको कुरा हो । मैले उनीलाई कक्षा सके पछि मलाई कुर्न भने । उनीले हुन्छ भनिन् । कक्षा सकेपछि मैले उनीलाई धेरै चोटि खोजे तर भेटिन । पछि उनीको कक्षामा गए । उनीको साथीहरु मात्र थिए र उनीको साथीलाई उनीको बारेमा सोधे । उनी घर गएको बताइन् । त्यो दिन अन्तिम विषयको कक्षा भएको थिएन र मैले सोचे उनीको घरमा काम थियो र घर गइहालिन् ।

म घर पुगेको केही समयपछि उनीको घरमा फोन गरे तर उनी घर पुगेकी थिइनन् । म अचम्म परे । पछि बेलुका फोन गरे । फोन गर्दा घरमा उनलीलाई परिवारले गालि गर्नु भएको रहेछ ।उनी कलेज छोडेर साईबर वा केटा भेट्न गएको शङ्का गर्नु भएको रहेछ । उनी रुन थालिन् । उनीले सोचिन् कि मैले नराम्रो कुरा उनीको घरमा लगाए । मैले उनीलाई सम्झाउन कोसिस गरे तर त्यस दिन सकिन । मलाई नराम्रो अनुभव गएको थिए । त्यस दिन मेरो मुड खराब भएको थियो ।

भोलिपल्ट उनीले कक्षा सकेपछि मलाई भेटिन् र हाम्रो संवाद भएको थियो । त्यसपछि हाम्रो झगडा त्यति भएको थिएन । त्यसपछि हामी धेरै मिल्ने साथी भएका थियौ । पछि हाम्रो सम्पर्क हुन कम भएको थियो । आफ्नै व्यस्तताको कारणले त्यति कुरा गर्दैनौ । कहिले काँही फेसबुकमा कुरा हुन्छ तर पहिला जस्तो हुँदैन ।

मैले त्यस बेला फोन नगरेको भए हुन्थ्यो जस्तो लाग्छ । नगरेको भए उनीको बुवा आमाले उनीलाई गाली गर्नु हुने थिएन । र उनीको चिन्त दुख्ने थिएन ।  यो कुराले मलाई पछिसम्म पोलि रह्यो । उनी यो कुरा बिर्सि सकिन् होला ।

Comments

Popular Posts