शौचालय

म कक्षा २ मा पढ्दाको कुरा हो । १२ बजे खाना खाने समय हुन्थ्यो । घर नजिकै थियो । खाना खाइसकेपछि साथीहरुसँग खेल्न गए ।

एक बजे कक्षा सुरु भयो । सामाजिक शिक्षाको कक्षा थियो । म हर रोज यो कक्षामा शौचालय जाने आग्रह गर्थे तर पाँचौ दिनपछि म्याडमले जान दिनु भएन । मलाई शौचालय जानु थियो । सहन सकिन । लुगामै गरे र लुगा नै भिजेको थियो । मलाई अप्ठ्यारो लागेको थियो । म चुप लागेर बसे ।

घर जाने बेलामा मैले आफ्नो प्रक सफा गर्न थाले र घर फर्किए । बाटो भरि मेरा साथीहरुले प्रकको बारे सोधे तर म मौन नै थिए ।

अर्को दिन कक्षामा सबै जनाले मेरो बारे थाहा पाए । मलाई गाह्रो र असहज भएको थियो । म के बोल्ने भएको थियो । त्यस बेला म्याडमले शौचालय जान दिएको भए के हुन्थ्यो र । अहिले पनि उहाँलाई सम्झि छु र यो घटना सम्झेर कहिले काँही हाँस्न मन लाग्छ ।


Comments

Popular Posts