२०५८, जेठ १९

मैले न्यू समित विद्यालयमा ४ वर्ष पढे । कक्षा ७ क्याम्ब्रिज विद्यलाय, पूरानो बानेश्वरमा पढ्न थाले । यस विद्यलायमा मैले एक वर्ष पढे । यस विद्यालयमा मैले धेरै नौटकी गरेको थिए जुन आफूले भन्न पनि नमिल्ने छ ।

यस विद्यालयमा पढ्दा एउटा नराम्रो घटना घटेको  थियो । २०५८ साल १९ को दिन हो । यस दिन राजपरिवारका १० सदस्यको हत्या भयो जसलाई दरबार हत्याकाण्ड भनिन्छ । राजकुमार दिपेन्द« वीर विक्रम शाहले आफ्ना परिवारको हत्या गरिएको भनिन्छ । यो हामीले जेठ २० गते मात्र थाहा पायौ । त्यस बेलो विद्यालय १५ दिनको लागि छुट्टी भएको थियो । विद्यालय छुट्टी भयो भनेर आफू धेरै खुशी भएको थिए । विद्यार्थीलाई छुट्टी भएपछि के चाहियो र । दिनभर टिभी हेर्न पाइयो भन्ने भयो तर त्यस्तो भएन । दिनभर दरबार हत्याकाण्ड बारे दिइरहेको थियो । आफू त्यसबेला त्यति राजनीतिका कुराहरु बुझ्दिन थिए । छुट्टी भयो भनेर खुशी थिए तर देश दुखि थियो । देशमा कफ्र्यू लगाइएको थियो ।

१५ दिनपछि विद्यालय खुल्यो । १५ दिनपछि विद्यालय खुल्दा म दुखि भएको थिए । विद्यालय जान नपाए हुन्थ्यो जस्तो भएको थियो ।

Comments

Popular Posts