खुट्टाको समस्या

मास्टस् डिग्रीको दोस्रो सेमेन्टरमा पढ्दा हाम्रो भ्रमण जानु पर्ने थियो । फोटोग्राफीको लागि हाम्रो कक्षाका साथीहरु भ्रमण जाने भयौ त्यो पनि ईलाम ।

मलाई एउटा घटना याद छ । भ्रमण जानु अगाडिको कुरा हो । म र एक जना साथीसँग गफ गर्दै आफ्नो कक्षामा जाँदै थियौ । त्यही क्रममा मेरो दायाँ खुट्टा मर्क्कियो । नराम्रोसँग दुख्यो । हिड्न पनि सकिन । मेरो साथीले मलाई कक्षासम्म पु¥याउन सहयोग गरे ।

खुट्टाा मर्क्किएको दिन नै मेडिकेयर अस्पतालमा जचाउन गयौ । डाक्टरले एक्स—रे गर्नु भएको थियो । डाक्टरले त्यस बेला फिजियोथेरापी गराएको भए, मेरो खुट्टा निको हुन्थ्यो । अहिलेसम्म मेरो खुट्टा दुख्छ । जिममा गएर ट्रेडमिलमा कुन्नु हुँदैन । खुट्टा धेरै दुख्छ । जाडो महिनामा धेरै दुख्छ । कहिलेकाँही लाग्छ यो खुट्टा दुखेर म केही गर्न सक्दिन । 

Comments

Popular Posts