बाजी र मज्जाक

कक्षा ९ मा पढ्दा धेरै सम्झनाहरु छन् । कक्षा ८ मा म नियमित कक्षा गएको थिए । मैले कक्षा कहिले पनि छोडिन । त्यसैले नियमित विद्यालय गएकोमा पुरस्कार पाएको थिए तर कक्षा ९ मा आएपछि मैले दुई हप्ता छुटेको थियो । मलाई ठेउलाहरु आएको थियो । निको हुन धेरै समय लागेको थियो । दुई हप्तापछि विद्यालय जाँदा नजान पाए हुन्थ्यो जस्तो लाग्ने रहेछ  । त्यसबेला भर्खेर नयाँ सत्र सुरु भएको थियो ।

कक्षा ९ मा पढ्दा अर्को घटना सम्झन्छु । कक्षा १० मा पढ्ने  दुई जनासँग धेरै मिल्थे । उनीहरुसँग मैले एउटा बाजी हारेको थिए । हामीले एउटा सरलाई मन पराउदैन थियौ । त्यति राम्रो पढाउने पनि होइन । एउटै विषयमा धेरै समय लगाउने । उनीहरुले  त्यो झगडा गर्नु भनेका थिए । मैले हुन्छ भने । हारे भने उनीहरुले भनेको मान्नु पर्ने थियो । मैले सहमत जगाने । पछि एक हप्तापछि उनीहरु मेरो नजिक आए । उनीहरुले बाजीको बारे सम्झाए जुन मैले गम्भीर रुपमा लिएको थिइन ।

उनीहरुको अनुसार मैले एक जनालाई प्रेम प्रस्ताव राख्ने जुन मैले असहमत भएको थियो । अन्तमा मैले सहमत जनाए । मैले सानो नोटमा ‘आई लभ यू’ लेखे । मैले प्रेम प्रस्ताव राख्ने व्यक्तिलाई खोजे र उनी खाजा खाँदै थिए । मैले डराएर त्यो नोट दिए । सुरुका केही दिनहरुमा उसले मैले साँच्चिकै प्रेम गर्छु भन्ने सोचेका थिए तर पछि यो कुरा सेलाउदै गयो ।

अहिले यो पल सम्झदा हाँस्न मन लाग्छ । मैले के गरे छु जस्तो लाग्छ । केटा केटीको दिमागमा के आउँछ आउँछ रु त्यस बेला मैले के गरे जस्तो लाग्छ । आफ्नै गल्ती हो जस्तो लाग्छ । मैले बाजी नलगाएको भए हुन्थ्यो जस्तो लाग्यो । अहिले पनि लाग्छ । त्यो घटनापछि धेरैले हामी बीच प्रेम छ भन्ने सोचे जुन कुरा झुटो थियो । कहिले काँही सम्झदा नराम्रो लाग्छ । कहिले काँही मज्जाकले नराम्रो बाटो लाग्ने रहेछ । मज्जाक गर्नु हुँदैन रहेछ ।



Comments

Popular Posts