मुटुको धड्कन



भनु त धेरै थियो तिमीलाई

तर शब्दहरु हराए ।

तिमी मुस्कुराउदा मात्र पनि

मेरो संसार सजाए ।

ती चञ्चल आँखामा हराउँदा

समय रोकिएझै लाग्छ ।

तिमीसँगै हुँदा मात्रै यो मन

निकै ढुक्क झै बाँच्छ ।

 

शीतल पवन बनि तिमी

मेरो जीवनमा आयौ ।

रङ्गहीन यो मेरो कथामा

सुन्दर रङ्ग भरिदियौ ।

ज्सरी जून र ताराको

कहिल्यै नटुट्ने साथ हुन्छ ।

मेरो माया पनि तिमीलाई

सधै अटल र खास हुन्छ ।

Comments

Popular Posts