कसैले नखोलेको किताब

 


       एक कोठाको कुनामा धुलो टाँसिएको अवस्थामा पर्न थालेको छु मलाई यहाँ ल्याएको धेरै वर्ष भइसकेको तर मेरा पानाहरु अझै पनि कडक छन् खोलिएका छैनन्

       जब पहिलो पटक पसलबाट ल्याइए मलाई लाग्यो कि अब मेरा शब्दहरुले कसैको रातभरि जागरामय बनाउने , कसैलाई रुवाउने कसैलाई मुस्कान ल्याउने तर उल्टो भएको मलाई सेल्फमा सजावट झै राखियो मानिसहरु मेरो छेउबाट हाँस्दै, कुरा गर्दै जान्छन् तर कोहि पनि मेरा पानाहरु खोलेर हेर्देनन्

       मेरा भित्री पात्रहरु अझै निद्रामा छन् नायिका अझै प्रतिक्षामा छिन्, नायक अझै आफ्नो सङ्र्षमा अड्किएको पात्रहरु मेरा पानाभित्र चुपचाप अड्किएका छन् किनकि कसैले तिनीहरुलाई जीवन दिन खोजेका छैन्न्

       कहिलेकाँही धुलो सफा गर्दा हातहरु मेरा आवरण छोएर जान्छन् त्यो क्षणमा सास अड्काएर प्रतिक्षा गर्छुमलाई पढ्छन् भन्ने आश गर्छु तर हात फेरि अर्को किताबतिर जान्छ फेरि अँध्यारोमा फर्केन्छु

       तर अझै पनि आशावादी छु किनकि किताबको सौन्दर्य यही हो जबसम्म कुनै आँखाले हाम्रो कथा पढ्दैनन्, हामी कहिल्यै पुराना हुँदैनौ एकदिन कुनै उत्सुक आत्माले मलाई खोल्ने अनि धुलो मेटेर आफ्नो सम्पूर्ण संसार उसको हृदयमा बनाइदिने छु

Comments