कसैले नखोलेको किताब
म एक कोठाको कुनामा धुलो टाँसिएको अवस्थामा पर्न थालेको छु । मलाई यहाँ ल्याएको धेरै वर्ष भइसकेको छ तर मेरा पानाहरु अझै पनि कडक छन् र खोलिएका छैनन् ।
जब म पहिलो पटक पसलबाट ल्याइए र मलाई लाग्यो कि अब मेरा शब्दहरुले कसैको रातभरि जागरामय बनाउने छ, कसैलाई रुवाउने छ र कसैलाई मुस्कान ल्याउने छ तर उल्टो भएको छ । मलाई सेल्फमा सजावट झै राखियो । मानिसहरु मेरो छेउबाट हाँस्दै, कुरा गर्दै जान्छन् तर कोहि पनि मेरा पानाहरु खोलेर हेर्देनन् ।
मेरा भित्री पात्रहरु अझै निद्रामा छन् । नायिका अझै प्रतिक्षामा छिन्, नायक अझै आफ्नो सङ्र्षमा अड्किएको छ । पात्रहरु मेरा पानाभित्र चुपचाप अड्किएका छन् किनकि कसैले तिनीहरुलाई जीवन दिन खोजेका छैन्न् ।
कहिलेकाँही धुलो सफा गर्दा हातहरु मेरा आवरण छोएर जान्छन् । त्यो क्षणमा म सास अड्काएर प्रतिक्षा गर्छु–मलाई पढ्छन् भन्ने आश गर्छु तर हात फेरि अर्को किताबतिर जान्छ । म फेरि अँध्यारोमा फर्केन्छु ।
तर म अझै पनि आशावादी छु किनकि किताबको सौन्दर्य यही हो जबसम्म कुनै आँखाले हाम्रो कथा पढ्दैनन्, हामी कहिल्यै पुराना हुँदैनौ । एकदिन कुनै उत्सुक आत्माले मलाई खोल्ने छ । अनि म धुलो मेटेर आफ्नो सम्पूर्ण संसार उसको हृदयमा बनाइदिने छु ।
Comments
Post a Comment