मेरो अधुरो प्रेम
१
बिहानको ८ः०० बजिसकेको थियो र म चाँहि मस्तसँग सुतिरहेको थिए । त्यही क्रममा, आमाले मैले ओढ्दै गरेको सिरक तान्नु भयो र भन्नुभयो, “यो केटालाई कति सुत्नु परेको ? स्कूल जानु पर्दैन ? कति अन्छी गरेको ।”
“स्कूल जाने बेला नै भएको छैन ।”
“लौ, यो केटो के भन्छ ? स्कूल जाने बेला भएको छैन रे ? बिहानको ८ः०० बजिसकेको छ ।”
“आठ बजिसक्यो ?” म हतारिदै उठे । बिहानको नित्त काम सकेर म किचेनमा गए । आमाले खाना टेबुलमा राखिदिनु भएको थियो । म हतारिदै खाँदै थिए र आमाले मलाई हेर्दै भन्नुभयो, “मेरो छोरोलाई कहिले समयमा उठ्न आउँदैन र सधै खान हतार गर्नु पर्छ ।”
म चाँहि सुनि मात्र रहे । त्यही क्रममा, आभास भनि बोलाएको सुने । फेरि बोलाएको सुने । अनि जुठै हात लिएर बाहिर हेरे । मेरा मिल्ने साथीहरु आएका रहेछन्–हरि र महेश । अनि मैले ढोका खोलिदिए र भने, “तिमीहरु मेरो कोठामा बस्दै गर । म आइहाले ।”
दुवै जनाले टाउको हल्लाएर हुन्छ भने । अनि म किचेनमा ग र हतारमा खाना खाइसकेको थिए र म आफ्नो कोठामा गए । मलाई देखेर हरिले भयो, “यो केटोलाई कहिले हतार हुँदैन ।”
“हो भनेको । यसलाई कहिले हतार हुँदैन ।” महेशले थप्यो ।
“अनि हतार केका लागि गर्नु ?” मैले मुस्कुराउँदै भने ।
“हजुरलाई किन हतार गर्नु पयो र ? परिक्षामा हजुर टप वानमा पर्नु हुन्छ । हामी त पछाडि पछौ । त्यसको साथ साथै, हजुरको घरमा बुवा र आमाले हेर्दिनु हुन्छ । त्यसको साथ साथै, दिदीले पनि हेर्दिनु हुन्छ । हाम्रो पो कोहि छैन ।” हरिले भ¥यो र दुवै जना मुस्कुराए ।
मैले दुवै जनालाई हेर्दै भने, “डाढेहरु ।” अनि हामी तीनै जना मुस्कुरायौ ।
दुवै जनाले भनेको कुरा ठीक थियो । बुवा विभिन्न कलेजहरुमा नेपाली पढाउनु हुन्थ्यो । आमाले चाँहि राष्ट्र बैकमा काम गर्नु हुन्थ्यो । दिदी अहिले कक्षा ११ मा पढ्दै हुनु हुन्थ्यो । उहाँ सधै प्रथम हुने । उहाँले पनि मलाई सिकाउनु हुन्थ्यो । सानैदेखि बुवा र आमाले हामीलाई समय निकाहलेर पढाउनु हुन्थ्यो । केही नआए हामी पनि सोध्यौ । त्यसैले हाम्रो पढाइ राम्रो भएको ।
अनि म हतारिदै लुगा लगाउछु र हामी तीनै जना स्कूलतिर लाग्यौ । हरि र महेश मेरा पहिलादेखिका साथी हौ । हामी तीनै जना भक्तपुरमै बस्छौ र नजिकैको स्कूलमा पढ्छौ । अहिले हामी कक्षा आठमा पढ्छौ । दुवै जनाको पढाइ हेर्ने हो भने दुवै जनाको पढाई ठीकै थियो । पढाइ ठीकै भए तापनि हरि राम्रो गितार बजाउथ्यो भने महेश राम्रो लेख्थ्यो । स्कूलको गतिविधिहरुमा प्राय प्रथम नै हुन्थे ।
हामी तीनै जना गफ गर्दै स्कूलतिर जाँदै थियौ । त्यही क्रममा, हरिले भ¥यो, “यो हाम्रो स्कूलदेखि मलाई रिस उठेको छ ।”
“कि नि ?” महेशले प्रश्न गयो ।
“नेपाली नयाँ वर्षको भोलिपल्ट किन स्कूल लाग्नु पर्ने ? किताब पनि सधै आइसकेको छैन । मलाई त अल्छी पो लागेको छ ।” महेश निराश भएको थियो ।
“हो, भनेको । मलाई पनि अल्छी लागेको छ । एक हप्तापछि लागेको भए नि हुन्थ्यो नि ।” मैले भने ।
“तिमीहरुलाई अल्छी ।” हरि हाँस्दै भयो ।
“हो नि । हामी अल्छी । हजुर चाँहि जाँगरिलो हुनु हुन्छ ।” म र महेश हाँस्यौ । गफ गर्दा गर्दै हाम्रो स्कूल आइपु¥यो । अनि हामी आफ्नो कक्षा हेर्दै थियौ । केही लाइनको लागि घण्टी बज्यो र हामी लाइनमा बस्यौ । विद्यार्थीहरु थोरै नै आएका थिए । लाइन सकेपछि कक्षा सुरु भयो । सुरुका केही दिनहरु पढाइ त्यति नै भएन र नयाँ शिक्षकहरुसँग् परिचय मात्र भएको थियो । नयाँ विद्यार्थीहरु त्यति आएका थिएनन् ।
२
स्कूल सुरु भएको एक हप्तापछिको कुरा हो । नयाँ विद्यार्थी आउने क्रममै थियो । त्यही क्रममा, पहिलो विषय पढ्दै गर्दा एक जनाले “मे आई कमिइन् सर ?” एक केटीको आवाज आयो ।
“हुन्छ ।” सरले भन्नुभयो । अनि उनी भित्र छिरिन् । मैले वास्ता गरेको थिइन । उनी मेरो बेच खाली नै थियो । यस पालिदेखि बेचमा आफूले भने अनुसार बस्न पाइएको थिएन । हरि र महेश पछाडिको बेचमा थिए । उनी मेरो नजिक आएपछि मात्र याद गरेको थिए । उनी मेरो बेचमै बसिन् । मैले नक्कली मुस्कान दिए भने उनीले पनि नक्कली मुस्कान थिइन् । त्यही क्रममा, सरले भन्नुभयो, “तिम्रो परिचय पाऊ ।”
उनी उठिन् र भनिन्,“मेरो नाम कुसुम अधिकारी हो ।” सरले बस भन्नुभयो । सरले बस भन्नुभयो र पठाउन थाल्नु भयो ।
कक्षा सक्किएपछि हामी तीनै जना सँगै निस्कियौ । त्यही क्रममा, हरि र महेशले मलाई जिस्काउन थाले । हरिले मलाई हेर्दै भ¥यो, “हामी पछाडि बसेको केही फाइदा भएन ।”
“हो, भनेको । कोहीलाई अघाडि बसेको फाइदा भएको छ ।” अनि दुवै जना मुस्कुराए । मैले पनि दुवै जनालाई हेरे र भने, “तिमीहरुलाई मदेखि के समस्या छ ? जहिले पनि ईष्या गछौ ।”
“हो, हामीलाई तँदेखि धेरै ईष्या हुन्छ । सबैले तँलाई मात्र प्राथमिता दिन्छन् । के गर्नु ? अब त तेरो बेचमा राम्ररी केटी पनि छ । कति भाग्यमानी ।” अनि दुवै जना हाँसे ।
“केही राम्ररी पनि छैन । तिमीहरुलाई कुसुमसँग बस्न मन छ भने बस ।” मैले भने ।
“ओहो, हाम्रो मित्रलाई नाम पनि थाहा रहेछ ।” अनि दुवै जना मज्जाले हाँसे । मेरा साथीहरुलाई जिस्काउन पनि सानो वहाना चाहिन्छ ।
“चुप लाग्न तिमीहरु दुवै जना । काम छैन । जेपायो तै कुरा गर्छन् ।” गफ गर्दा गर्दै मेरो घर आइपुग्यो । दुवै जनालाई बाई गरे ।
सबै बित्दै गयो तर कुसुम र मेरो त्यति बोलचाल हुँदैन थियो । वास्तवमा भन्ने हो भने मेरो भन्दा उनीको पढाइ राम्रो थियो । क्लास टेसमा उनी प्रथम हुन्थिन् । प्रथम हुनुको कारण उनीले उत्तर राम्रोसँग दिन्थिन् र अक्षर पनि राम्रो थियो । उनी प्रथम हुँदा मलाई रिस उठेको थियो । म दोस्रो भएको थिए । सधै प्रथम भइरहेको मान्छे म तर जिवनमा पहिलो पटक दोस्रो भएको थिए । क्लास टेसमा मेरो यस्तो अवस्था भएको हो । अरु परिक्षामा मेरो के हुन्छ ? अनि म धेरै मिहिनत गरेर पढ्न थाले । दिदीले मेरो सोभाव याद गर्नु भएको थियो । ममा केही भए पनि परिवर्तन आएको थियो ।
एक हप्तापछि दिदी मेरो रुममा आउनुभयो । म पढ्दै थिए । मेरो नजिक आउँदै भन्नुभयो, “आभास, तिमीलाई आजकाल के भएको छ ? तिमीलाई म निराश देख्छु ।”
मैले दिदीलाई हेरे र आफ्नो सबै कुरा व्यक्त गरे । दिदीले मेरो कुरा ध्यान दिएर सुन्दै हुनु हुन्थ्यो र कुरा सुनिसकेपछि दिदीले भन्नुभयो,“यसमा निराश हुनु पर्ने केही छैन । जिन्दगीमा यस्तो मोड आउँछ । सायद तिमीलाई अरु व्यक्तिहरुले पहिले जितेको थिएन । त्यसैले तिमी निराश भएको हौ । तिमीलाई कुसुमले किन जितिन् थाहा छ ?”
“किन ?” मैले भने ।
“किनकि उनीले सायद भिन्न तरिकाले सोच्छिन् । पढ्ने तरिका बेग्लै होला । तिमी निराश भएर केही हुने वाला छैन । तिमी कुसुमसँग साथी बन र उनीसँग केही कुरा सिक । घमण्ड र रिस दुवै राम्रो होइन । अरुबाट पनि सिक्ने गर । शान्त हुनु ।” दिदीले यति भनेर आफ्नो कोठामा जानुभयो । दिदीको सुनिरहे । प्राय आफ्नो कुराहरुरु दिदीलाई सुनाउथे र दिदीको कुरा मान्थे पनि । दिदीले भनेपछि म शान्त पनि भए ।
३
खाजा खाइसकेपछिको कक्षा नेपाली विषय थियो तर सर बिरामी भएर नेपाली कक्षा खाली भयो । कक्षा खाली भएपछि साथीहरु हल्ला गर्दै थिए भने कुसुम चाँहि पढ्दै थिइन् । त्यही क्रममा, मैले उनीलाई हेर्दै भने, “हाई ।”
“हाई ।” उनीले मलाई नहेरिकन भनिन् ।
कुसुम विज्ञान पढ्दै थिइन् । अनि मैले उनीलाई हेर्दै भने, “मलाई एउटा प्रश्न सोध्नु थियो ।”
उनीले मलाई अचम्म पाराले हेरिन् र भनिन्,“के प्रश्न हो ?”
मैले गणितको किताब निकालले र मलाई नआएको प्रश्न उनीलाई सोधे । सुरुमा त उनी अचम्म परेकी थिइन् । सोचिन् होला म प्रथम हुने मान्छे किन प्रश्न गरेको ? तर पनि उनीले मलाई सिकाइन् । कति सरल तरिकाले सिकाएकी थिइन् । सरले भन्दा पनि उनले सिकाएको मैले बुझेको थिए । त्यस पश्चात मलाई केही नआएको कुसुमलाई सोध्न थालेको थिए । पछि कुसुम र म खाली समयमा सधै पढ्न थालेका थियौ । पढाईले नै हामीलाई मिल्ने साथी बनाइदिएको थियो ।
प्रथम परिक्षा सक्कियो र एक हप्ता जस्तो छुट्टी भयो । हामी दुवै जनाको परिक्षा राम्रो भएको थियो ।
..................................................................................................................
दिउँसोको समय थियो । म आफ्नो कोठामा थिए । एक हप्ता छुट्टी भएर के गर्नु गृहकार्य निकै थियो । छुट्टीम आनन्दले पनि बस्न नदिने । एक प्रकारले रिस उठ्यो । त्यही क्रममा, ढोकाको घण्टी बज्यो र म खोल्न जाँदा मेरा दुई जना साथी आएका रहेछन् र हामी तीनै जना मेरो कोठामा थियौ । वातावरणमा केही क्षणको लागि मौनता छाएको थियो । दुवै जनाको नजर ममा थियो । त्यही क्रममा, हरिले भ¥यो, “आजकाल तँलाई के भएको छ ?”
“के भएको छ र मलाई ?” मैले हरिलाई हेर्दै भने ।
“स्कूलबाट फर्केने बेलामा हामीसँग त्यति हिड्दैनस् । कुसुमसँग मात्र हुन्छस् । हामीलाई त समय छैन ।” हरिले मुख बिगा्रदै भ¥यो ।
मैले उनको बिगा्रलै गरेको मुख हेर्दै भने, “किन बिगा्ररेको ? म तेरै साथी हुँ । कुसुम पनि साथी हो । यसको मतलब यो होइन कि नयाँ साथी पाएर मैले तिमीलाई बिर्सेको ।”
“हामीलाई त त्यस्तै लागिरहेको छ । तेरो पारा हेर्दा तेरो लभ कुसुमसँग परेको छ ।” महेशले थ¥यो ।
यसको जवाफ मसँग पनि थिएन । म मौन नै थिए । यस विषयमा मैले सोचेको पनि थिइन । म मौन भएको देखेर महेशले भ¥यो, “किन मौन भएको ? कुसुमको नाम लिने बित्तिकै मौन भयो त केटो ।” अनि दुवै जना मुस्कुराए ।
अनि मैले भने, “तिमीहरु कुसुम कुरा गर्न आएका हौ या मलाई भेट्न ।” म रिसाउँदै भने ।
“न रिसा न । हामी त तँलाई भेट्न आएका हौ ।” हरिले मुस्कुराउदै भ¥यो । अनि हाम्रो सामान्य गफ गर्न थाल्यौ र छुट्टीमा धुम्ने योजना भनायै । महेशलाई धेरै खानु र धुम्नु पर्ने । मलाई धुम्न त्यति रुचाउदिन थिए तर दुई जनाको लागि भए पनि म धुम्न गएको थिए ।
..................................................................................................................
हेर्दा हेर्दै प्रथम परिक्षाको नतिजा आउने दिन । शनिबारको दिन बिहान को ९ः०० बजे नतिजा बाढ्ने दिन । म र दिदी गएका थियौ । मलाई थाहा थियो कि कुसुम नै प्रथम हुन्छिन् भनेर र म त्यसैमा खुशी थिए । मैले यता र उता हेर्न थाले तर मैले कुसुमलाई देखिन । सोचे कि उनीले नतिजा लिन आएकी छैनन् । सर दिदीसँग कुरा गर्दै हुनुहुन्थ्यो भने मेरो ध्यान चाँँहि कुसुममै थियो । उनी किन आइनन् भन्नेमा थियो । केही क्षणपछि हामी स्कूलबाट निस्कियौ । स्कूलबाट निस्किदा पनि बाटामा कुसुमलाई देख्छु कि भन्ने भयो । बाटोमै मैले नतिजा हेरे । म दोस्रो भएको रहेछु तर पनि म खुशी थिए ।
भोलिपल्ट, सधैझै म, हरि र महेश स्कूल सँगै गएका थियौ । दुवै जना पास भएका थिए । उनीहरुले मलाई जिस्कारि रहेका थिएकि म दोस्रो भए र कुसुम प्रथम भएकाले । मैले केही प्रतिक्रिया देखाउन जरुरी देखिन । देखाए भने झन् जिस्काउनछन् । त्यसैले म मौन नै थिए ।
कक्षा सुरु भयो । पहिलो घण्टी गणितको थियो । कुसुम ध्यान दिएर सुन्दै थिइन् । तयही क्रममा, मैले एउटा कागजमा तिम्रो कति आयो परिक्षामा भनि लेखे र उनीको छेऊमा राखे । उनीले मलाई हेरिन् । अनि उनीले मैले लेखेको पढिन् र लेखिन् ९०% र तिम्रो ?
“मैले लेखे ८९% । भरे सँगै फर्किने ल ।”
उनी मुस्कुराइन् । कक्षा सकिएपछि म र कुसुम सँगै घर फर्किन थाल्यौ । उनी कोटेश्वरमा बस्दिरहेछिन् । बाटोमा हिड्दा हिड्दै मैले उनीलाई सोधे,“अरु बेला तिमी स्कूल आउँछौ ?”
“कहिले बुवाले त कहिले दादाले पु¥यादिनु हुन्छ । स्कूल छुट्टी भएपछि दादाले लिन आउनु हुन्छ ।”
“तर आज किन लिन आउनु भएन ?”
“आज दादाको फुर्सद भएन ।”
“फर्किने बेलामा सँगै फर्किन मिल्दैन ?” मैले उनीलाई प्रश्न गरे ।
हामीले एक अर्काैलाई हेरौ । वातावरणमा मौनता छाएको थियो । नबोलिकन मेरो घर आइपुग्यो । कति छिटो घर आइपुगेको । एक पलको लागि लाग्यो कि घर टाढा भइदिएको भए हुन्थ्यो । पहिलो पटक घर नजिक भएकोमा पछुतो भयो । अनि मैले उनीलाई हेर्दै भने, “मेरो घर आइपुग्यो ।”
“ओके बाई ।” कुसुमले मुस्कुराउदै भनिन् र उनी आफ्नो बाटो लागिन् । म उनी गएको हेरिरहे ।
..................................................................................................................
त्यस पश्चात हामी प्राय सँगै हुन थालेका थियौ । घर पनि प्राय सँगै जान थालेका थियौ । उनी सार्वजनिक यातायातमा जान थालेकी थिइन् । हामीलाई सँगै देखेर कक्षाका साथीहरुले हामीलाई जिस्काउथे । परेवाको जोडि भन्थे । मन मनै त रमाइलो लाग्थ्यो तर बाहिर देखाउन जरुरी देखिन । बाहिर उनीहरुसँग झगडा गरेको झै गर्थे । मनमनमै मैले उनीलाई मनपराउन थालेको थिए । पे्रम प्रस्ताव राख्ने कुरा मनमा नआएको होइन तर उनीले अस्वीकारिन् भने ? दोस्ती तोडिन् भने ? यही सोच आएर नै मैले पे्रम प्रस्ताव राखिन । कुसुम, म, हरि र नरेश एउटै समूह भएका थियौ । शुक्रबारको दिन प्राय नजिकैको ठाउँक गएर पानी पुरी र चटपट्टे खान्थ्यो । कुसुमलाई पानी पुरी निकै मन पर्ने तर मलाई चाँहि मन पर्दैन थियो तर उनीको लागि खाइदिन्थे । उनीले पानी पुरी खाँदाको खुशी बेग्लै थियो र उनी खुशी हुँदा म पनि खुशी हुन्थे । उनी मेरो आस पास हुँदा म बेग्लै महशुस गर्थे । हरि र महेशले मलाई निहालेर हेरिरहेका थिए । त्यहि क्रममा, हरि मेरो नजिक आयो र मेरो कानमा भ¥यो, “पे्रम प्रस्ताव कहिले राख्छन् ?”
“यो केटो के भन्छ ?” मैले बिस्तारै भने र मैले कुरा थाहा नपाए जस्तो गरे ।
“हामीलाई केही थाहा पाएको छैन भन्ठाइराहेको होला ।” हरिले मलाई जिस्काउदै भने ।
“के कुरा ?” मैले कुरा नबुझेझै गरे ।
“कुसुम र तेरो चक्कर । कक्षामा सबैलाई थाहा पाइसकेका छन् ।”
“हामी मिल्ने साथी मात्र होऊ । जे पायो तेही नबोल ।”
“साथी मात्र हो कि अरु हामीलाई थाहा छ ।” हरिले मुस्कुराएर भने । मैले चाँहि वास्ता नै गरिन ।
समय बित्दै गयो र परिक्षामा कहिले उनी प्रथम हुन्थिन् त कहिले म हुन्थे । हेर्दा हेर्दै कक्षा ८ को अन्तिम परिक्षा अर्थातर जिल्ला स्तरको परिक्षा सुरु भयो । निकै मिहिनेत गरेर पढेको थिए । दस दिनसम्म परिक्षा चलिरहेको थियो । परिक्षा सक्किदा सबै जना खुशी थिए तर म चाँहि थिइन । अब छुट्टी हुन्छ र मेरो भेट कुसुमसँग हुँदैन भनेर मन अशान्त भएको थियो ।
दुई हप्ता जस्तो छुट्टी हुने भएको थियो । अहिलेको जमाना जस्तो सामाजिक संजाल थिएन । ल्यान्डलाइन मात्र थियो । मसँग त कुसुमको नम्बर पनि थिएन । म यी दुई हप्ता निकै छटपटीने वाला थिए । एक दिन पनि एक वर्ष जस्तो लाग्ने ।
४
कक्षा नौको कक्षा सुरु भयो र म निकै खुशी भएको थिए । कुसुमसँग मेरो भेट हुने आशले निकै उत्साहित भएको थिए । कक्षा ९ सुरु भएको दिन र सुरुका दिनहरुमा प्राय कमै विद्यार्थीहरु हुने गर्छन् । म हतारिदै स्कूल पुगेको थिए । म स्कूल पुगिसक्दा कुसुम आइसकेकी थिइन् । दुई हप्तापछि उनीलाई देख्न पाउँदा म निकै खुशी भएको थिए । पछाडिबाट मलाई दुई जनाले जिस्काइरहेका थिए । म मौन नै थिए ।
समय बित्दै गयो । हामी चार जना निकै मिल्ने साथी भइसकेका थियौ । त्यसको साथ साथै, हामी चार जना सँगै बसेर पढ्ने भएका थियौ । हामीसँग बसेर पढ्ने भएर होला महेश र हरिको पनि पढाइ राम्रो हुँदै गएको थियो । टप १० मा आइसकेका थिए । उनीहरुको पढाइ राम्रो भएकाले सबै जना डाढा गर्न थालेका थिए । उनीहरुको पढाइ राम्रो भएकाले हामीसँग पढ्ने धेरै भएका थिए । चार जना हुँदा म कुसुमसँग जिस्किन पाउथे । अब त राम्रोसँग बोल्न र जिस्किन नपाउदिन थिए । केही क्षण त सँगै बिताउन पाउथे तर धेरै जना भएपछि नपाउने भए ।
समूहमा पढ्दा पनि म उनीलाई कागजमा लेखेर उनीको कपीमा राखिदिन्थे र उनीले पढेर मलाई जवाफ दिन्थिन् । यो क्रममा निकै दिनसम्म चलिरह्यो तर एक दिनको कुरा हो । मैले कागज लेखेर उनीलाई दिने क्रममा थिए र त्यही क्रममा, सिर्जनाले देखिन् । देखेपछि उनीले भनिन्,“ओ हो, आभासले कुसुमलाई लभ लेटर दियो ।” त्यति भनेर उनीले कागज आफ्नोतिर ल्याइन् । अनि पढ्न थालिन् ।
“आज तिमीलाइ कस्तो राम्री देखिएकी छौ । पढिसकेपछि हामीसँगै निस्कियौ ल । तिमीलाई धेरै माया छ ।”
सबै जनाले त्यो कागजमा लेखिएको पढ्न थाले र हामीलाई हेर्न थाले । हामी दुवै जना नर्भस भएका थियौ र एक अर्कोलाई हेरौ । वातावरणमा मौनता छाएको थियो । हामीले केही भन्छौ कि भनेर हाम्रा साथीहरु कुरिरहेका थिए । वातावरणको शून्यतालाई तोड्दै भावनाले भनिन्, “के हो हाम्रो साथीका चाला माला ?” उनीले हामीलाई जिस्काउदै भनिन् ।
“हामी साथी मात्र हौ चाँहि भन्ने सोच थियो भने त्यो नभने नि हुन्छ । यो नोटल अर्कै कुरा बताइरहेको छ ।” दिपकले हामीलाई हेर्दै मुस्कुराए ।
अनि मैले भने, “हो, हामीले एक अर्कोलाई मन पराउछौ ।”
सबै जनाले हामीलाई हेरिरहेका थिए । त्यही क्रममा, भावनाले भनिन्,“हामीले कस्तो थाहा नपाएको त हौ तिमीहरुको लभ । कसरी सुरु भयो त ?”
“तिमीहरु पढ्न आएका हौ कि हाम्रो लभ स्टारी सुन्न ?” मैले भने ।
“अनि तिमीहरु चाँहि के गर्दै थियौ त ?”सिर्जनाले भनिन् र उनीसँग सबै जना मुस्कुराए । यो दिन यसरी नै बित्यो । कुसुम र म धुम्न पाएनौ । हाम्रा साथीहरुले हाम्रो योजना बिगा्रदेका थिए । त्यस पश्चात हाम्रा साथीहरुले हामीलाई देख्ने बित्तिकै जिस्काउन थालेका थिए । बाहिर रिसाए जस्तो गरे पनि मन मनै मुस्कुराइरहेको थिए । अझै जिस्काइदिए जस्तो लागेको थियो ।
..................................................................................................................
हेर्दा हेर्दै कक्षा नौ बाट हामी कक्षा दसमा पुग्यौ । एसएलसीको तयारी गर्ने समय । यस समय कक्षा नौ र दसको गरेर एसएलसीमा परिक्षामा आउथ्यो । हामीलाई तनाव थियो । बिहान र बेलुका पनि कक्षा हुन्थ्यो । धेरै समय त स्कूलमै बित्थ्यो । समय बित्दै थियो । एसएलसीको तयारी हुदै थियो र रातिको ११ः०० बजेसम्म पढेर बस्थे । कडा मिहिनेत गदैै थिए । कुसुम पनि मिहिनत गरेर पढ्दै थिइन् । कक्षामा साथीहरुले हामीलाई जिस्काउदै थिए कि एसएलसीमा कसले जित्ट भनेर ।
हेर्दा हेर्दै चैत्र १५ गते आयो र हाम्रो परिक्षा पनि सुरु भयो । सुरुको दिन अङ्ग्रेजी विषयको थियो । परिक्षा बिहानको ७ बजृे सुरु हुने र दस बजे सक्किथ्यो । परिक्षा केन्द« चाँहि नजिकै थियो । हरि र महेश मेरोमा आए र हामी तीनै जना केन्द्रमा पुग्यौ । हामी ६ः३० बजे पुग्यौ । आएका विद्यार्थीहरु पढ्दै थिए भने हामी कुन कक्षामा प¥यौ भनि हेर्न थाल्यौ । हामी एउटै कक्षामा परेका थियौ । कुसुम पनि एउटै कक्षामा थिइन् र म निकै खुशी भएको थिए । मेरो नजर कुसुममा पुग्यो र कुसुम चाँहि आफ्ना साथीहरुसँग थिइन् । उनीले मलाई त्यति ध्यान दिएकी थिइनन् । उनी आफ्ना साथीहरुसँग नै व्यस्त थिइन् । त्यसैले मैले उनीलाई बोलाउन उचित सोचिन । म आफ्ना साथीहरुसँग केही क्षणपछि पढ्न थाले । ६ः४५ बजे घण्टी बज्यो र हामी सबै जना कक्षामा छि¥यौ र आ–आफ्नो नम्बर हे¥यौ र आफ्नो ठाउँमा बस्यौ । । गार्ड सरले हामीलाई उत्तर पुस्तिका दिनुभयो । मैले आफ्नो नाम,स्कूल र नम्बर लेखे । म त अगाडिको बेचमा बसेको थिए । अगाडिको अक्षरको कारण म अगाडि बस्नुपर्छ र यही बेफाइदा हो । ७ः०० बज्यो र सरले प्रश्न पत्र बाँड्नुभयो । मैले प्रश्नहरु हेर्न थाले र प्रश्नहरु मेरा लागि सजिलै थियो । म उत्तर लेख्दै पछाडि फर्किथे र कुसुमलाई हेर्दै उत्तर लेख्थे । उनी ध्यान दिएर उत्तर लेख्दै थिइन् । डाढे तीन घण्टापछि मैलृ उत्तर लेखिसकेको थिए । एक चोटि आफूले लेखेको हेरे र हेरिसकेपछि मैले आफ्नो उत्तर पुस्तिका सरलाई दिएर बाहिर निस्किए । बाहिर निस्किएर म आफ्नो साथीहरुलाई कुरे र त्यहि क्रममा, मैले आफ्नो प्रश्न पत्र हेरे । कति आउँछ भनि हिसाब गरे र मैले ९०% अनुमान गरे । आफूले राम्रो गरे छु भन्ने भयो । हेर्दा हेर्दै १० बज्यो र मेरा साथीहरु अखाए र कुसुम पनि । मलाई देख्ने बित्तिकै हरिले भ¥यो, “हाम्रो साथीहरु आभास र कुसुमको जाँच त राम्रो भयो होला । एक जनाले जाँच पनि डाढे दुई घण्टामा पनि प्रथम हुन्छन् । हामीलाई त तीन घण्टाले पनि पुग्दैन । आभासले कसरी आधा घण्टा अघाडि सक्छ ? अचम्म पर्छु ।”
“तँलाई जति सिकाएपनि उस्तै हो । पढ्नकाको अल्छी । पढ्न त अल्छी छस् नै अरुको कुराहरु पनि राम्ररी सुन्दैनस् । अनि कसरी राम्रो हुन्छ त ?” अनि म मुस्कुराए ।
“मेरो त परिक्षा राम्रो भयो । गुपमा पढेर मलाई त फाइदा नै भयो ।” महेशले भ¥यो ।
त्यही क्रममा, कुसुमले भनिन्, “मेरो त एउटा प्रश्नको उत्तर नै बिग्रियो ।” कुसुमले आफ्नो अनुहार बिगा्रदै भनिन् ।
“आफ्नो त धेरै प्रश्नहरु बिग्रिदा त केही भएको छैन । तिमी एउटा प्रश्नको कुरा गछौ ।” हरिले भ¥यो ।
कुसुम र मलाई रिस उठ्यो । कुसुमले हरिलाई हेर्दै, “आफूले राम्रोसँग पढ्ने भए पो एक अंकको महत्व थाहा हुन्छ ।”
“बल्ल गतिलो जवाफ पायो हरिले ।” महेशले मुस्कुराउदै भयो ।
“कति हल्ला गरेको हौ ।” मैले भने । कुसुमले केही बोलेकी थिइनन् ।
“अब त घर जायौ हो । भोलिको लागि पढ्नु छ ।” मैले फेरि भने । गफ गर्दा गर्दै मेरो घर आइपुग्यो र मैले सबैलाई बाई गरे । कुसुमलाई हेरे र उनी गम्भीर नै थिइन् । उनीलाई एउटा प्रश्न बिग्रि पनि चिन्ता लिन्थिन् । घर पुगेपछि सबै जनाले परिक्षा कस्तो भयो भनि सोध्नुभयो र मैले राम्रो भयो भने । भोलिपल्ट नेपालीको परिक्षा थियो । समय बित्दै गयो र परिक्षा सक्कियो । सबै परिक्षा राम्रो भयो । एक प्रकारले म खुशी थिए किनकि परिक्षा सक्कियो । तीन महिना जस्तो छुट्टी हुन्छ । दुःखी यस कारणले कि अब साथीहरु मिस हुने भयो ।
परिक्षाको अन्तिम दिन । हामी साथीहरुले एक अर्कोेको सर्टमा लेख्यौ । जब कुसुमको सर्टमा लेख्ने क्रम आयो र म निकै भावुक भएको थिए । अब हाम्रो भेट हुँदैन भन्ने भाव आउन थाल्यो । मेरो आँखा रसाउन थाल्यो । उनीले मलाई हेरिन्, र भनिन्, “के भयो तिमीलाई ?”
मैले केही होइन भने । अनि मैले उनीको सर्टमा शुभकामना भनि लेखे र मलाई नबिर्स भनि लेखे । कुसुमले पनि मेरो सर्टमा लेखिन् । घर गएर हेर्न हतार भइसकेको थियो । अनि हामी सबै साथीहरु फोटो खिच्यौ । हरिको क्यामेरा थियो । उनले अरुलाई भनेर हाम्रो फोटो खिच्यौ । अनि केही क्षणपछि हामी चार जना नजिकैको चिया पसलमा गयौ । सबै जनाले अब के गर्ने, के पढ्ने र कता क पढ्ने कुराहरु गर्दै थिए । त्यही क्रममा, कुसुमले विज्ञान पढ्ने कुरा गरिन् । त्यहि क्रममा, कुसुमले मलाई हेर्दै भनिन्, “आभास, तिमी कुन विषय पढ्छौ ?”
“विज्ञान ।”
“ए ।”
“म त आर्टस् पढ्छु ।” हरिले बिचैमा बोल्यो ।
“म पनि आर्टस् नै पढ्छु ।” महेशले पनि भ¥यो ।
अनि मैले भने, “अब हामी एउटै कलेजमा पढ्ने ।” मैल कुसुमलाई हेर्दै भने ।
“मेरो प्राथमिकता भनेको सेर्ट जेभियर्स कलेज हो । मेरो त्यहाँ नाम निस्कियो भने म त्यही पढ्छु ।” कुसुमले भनिन् ।
“अनि नाम निस्किएन भने ।” मैले भने ।
“तीन महिना चाँहि के गछौ ?” मैले भने ।
“मैले त सोचेको छैन । अनि तिमी चाँहि के गछौ ?”
“फोटोगा्रफी सिक्ने योजना गरेको छु ।”
“ओके ।”
“हामी पनि छौ हौ ।” हरिले भ¥यो ।
“हो भनेको । कुसुम भएपछि आभासलाई केही चाहिदैन ।” महेशले भ¥यो ।
“हो । हामी नङ्ग र मासु हौ ।” कुसुमले मुस्कुराउदै भनिन् । हरि र महेश पनि हाँसे । म चाँहि गम्भीर नै भएको थिए । कुसुमले मलाई याद गरेकी थिइन् र मलाई हेर्दै भनिन, “आभास, तिमीलाई के भयो रु तिमी गम्भीर देखिन्छौ ?”
“केही होइन ?” मैले उनीलाई हेर्दै भने । हरि र महेशले मलाई हेरे । उनीहरुको भावले बताउथ्यो कि म केही बोल्न खोज्दै छु तर सकेको थिइन । अनि हामी चिया पसलबाट निस्कियौ । बाटोमा त्यति गफ पनि भएन । हरि, महेश र कुसुम चाहिँ गफ गर्दै थिए तर मलाई आफ्नो साथीहरुसँग छुट्टीनु पर्छ भन्ने पिर थियो विशेष गरी कुसुम । आफ्नो संसारमा हराएको थिए । आफ्नो घर आएको पनि थाहा पाइन । अनि हरिले मलाई जिस्काउदै भ¥यो, “कस्तो आफ्नो घर पनि आएको थाहा नपाएको । कसको संसारमा हराएको हो कुन्नि ?”
तीनै जना मज्जाले हाँसे । अनि मैले केही नभनिकन सबै जनालाई बाई गरे र तीनै जना आ–आफ्नो बाटो लागे । म चाँहि पछाडि फर्केर कुसुमलाई हेरिरहेको थिए ।
..................................................................................................................
मैले फोटोगा्रफीको कक्षा सुरु गरिसकेको थिए । सुरु गरेको एक हप्ता भएको थियो । यो एक हप्ता मेरो भेट कोहीसँग भएन । कुसुमको घरमा फोन गर्ने कोसिस धेरै चोटि गरेको थिए तर सकेको थिइन । डर थियो कि कुसुमको बुवाआमाले फोन उठाउनु हुन्छ कि भनेर । नराम्रो सोच्नु हुन्छ कि भन्ने भयो । एक हप्तापछि मैले आँटेर कुसुमलाई फोन गरे । तीन घण्टापछि फोन उठ्यो र उताबाट आवाज आयो ।
“हेलो ।”
मैले अनुमान गरिसकेको थिए कि आवाज कुसुमको आमाको हो भनेर ।
“हेलो । नमस्ते अण्टी । म कुसुमको स्कूलदेखिको साथी हो । म आमासँग बोल्न सक्छु ?” मैले एकै चोटि भने ।
“हुन्छ ।” अण्टीले भन्नुभयो । अनि कुसुमलाई बोलाएको सुने ।
“हेलो ।” कुसुमले भनिन् ।
“हेलो ।” मैले भने ।
“आभास तिमी ?” उनी अचम्मको साथ साथै खुशी हुँदै बोलिन् ।
“के छ तिम्रो खबर ?” मैले भने । कुसुमको आवाज सुनेर म खुशी भए ।
“म ठीक छु । तिम्रो के छ खबर ?” कुसुमले भनिन् ।
“म पनि ठीक छु । भोलि भेट्न मिल्छ ?” मैल भने ।
“कसरी भेट्नु ? कहाँ भेट्नु ।” कुसुम नर्भस हुँदै भनिन् ।
“भक्तपुर आउन । हरि र महेश पनि आउँछन् ।”
“कति बेला ?”
“११ः०० बजे । ”
“म कोसिस गर्छु ।”
“कोसिस होइन । आउनु नै पर्छ ।” मैले भने ।
“अहिले म फोन राख्छु ।” यति भनेर उनीले फोन राखिन् ।
मलाई छटपट भ¥यो । भोलि आउँछिन् कि आउदिनन् । केही समयपछि म हरिको घरमा पुगे । हरि टि.भी हेर्दै थिए । त्यही क्रममा, मैले हरिलाई भोलिको योजना बारे बताएको थिए । उनी दङ्ग परेका थिए । उनलाई धुम्न पाएपछि केही चाहिदैन थियो । त्यही क्रममा, हरिले भ¥यो, “महेशलाई भनिस् त ?”
“भरे भन्छु ।” मैले भने ।
“मलाई अल्छी लागेको छ । बरु महेशको घर जाऊ ।”
मैले सजिलै हुन्छ भने । हरि तयार भयो र हामी महेश भएतिर गयौ । महेशको घर १० मिनेटमै पुग्यौ । महेश घरमै थियो र हामीलाई देखेर महेश खुशी भएको थियो । केही क्षण महेशको घर बसेर हामी नजिकै धुम्न गयौ । धुमिसकेपछि हामी चिया पसलमा छि¥यौ । तीन वटा चिया र तीन पेल्ट चिकेन मःम अर्डर गरौ । अर्डर गरिसकेपछि हरिले भ¥यो,“भोलिको लागि आभास निकै खुशी छ ।” हरिले मलाई जिस्काउदै भ¥यो ।
“किन नि ।” महेशले पनि जिस्काउदै भ¥यो । दुवै जनाले मलाई हेरे ।
“के भन्छन् केटाहरुले ।” हुन त म खुशी नै थिए किनकि भोलि कुसुमसँग भेट हुँदै थियो ।
“हेर दङ्ग परेको हाम्रो साथी ।” हरिले भ¥यो ।
“लभ परेपछि के के हुन्छ हुन्छ हौ ।” महेशले जिस्काउन थाल्यो ।
“चुप लाग तिमीहरु ? केही काम छैन । खाली मलाई मात्र जिस्काउछौ ।”
त्यही क्रममा, चिया आयो । चिया पिउदै महेशले भ¥यो,“कलेज हेर्न थाल्यौ त ?”
“छैन ।” हरिले र मैले भ¥यौ ।
हामी तीनै जना कहाँ पढ्ने कुरामा छलफल गर्न थाल्यौ । कलेजको कुरा गर्दा मलाई कुसुमको याद आयो । उनलाई सोध्न मन थियो । एउटै कलेजमा हुन पाए हुन्थ्यो । अनि हामीले अर्डर गरेको मःम आयो । हरिलाई मःम देख्ने बित्तिकै हतारिदै खान थाल्यो । मःमको क्रेजि थियो । मःम खाइसक्यौ र पैसा तिरेर हामी आ–आफ्नो बाटो लाग्यौ । भोलि दुवै जनालाई मेरो घरमा आउन भने र सँगै निस्कनेमा सहमत गरौ ।
..................................................................................................................
भोलिपल्ट म बिहानको कक्षा सकेर घर हतारिदै पुगे र म घर पुगेको पाँच मिनेटमै मेरा साथीहरु आइपुगे । उनीहरु आएपछि मेरो नजर घडीमा गयो र समय भएको थियो ९ः४९ । अनि म हतारिदै तयार भए र हामी तीनै जना भक्तपुर चोकमा पुग्यौ । मेरो नजर घडीमै थियो । कति बेला आउछिन् जस्तो भएको थियो । एक मिनेट पनि एक घण्टा लाग्ने रहेछ । हेर्दा हेर्दै ११ः२० भइसकेको थियो तर उनी आइनन् र उनी यतिजेल नआउँदा मेरो मन उदास भयो । त्यही क्रममा, हरिले भ¥यो,“कुसुम नआउने जस्तो छ । हामी जाऊ ।”
“एक छिन कुर्ने कि ?” मैले भने ।
“कति कुर्ने हो ? कुर्दा कुर्दै जिन्दगी जाला जस्तो छ ।” हरिले फेरि थप्यो ।
“एकछिन मेरा लागि भए पनि कुरुम न ।” मैले गम्भीर हुँदै भने ।
“हुन्छ । ११ः३० बजेसम्म कुरौ न । आइनन् भने हामी तीन जना धुम्न जाने ।” हरिले भ¥यो ।
मैले टाउको हल्लाएर हुन्छ भने । मलाई उनीसँग धुम्ने रहर थियो तर त्यो पूरा भएको देखिन । ११ः३० बज्यो र नभन्दै कुसुम आइन् । म निकै खुशी भएको थिए । उनी हाम्रो नजिक आउँदै हाई भनिन् । उनीलाई देख्ने बित्तिकै हरिले भ¥यो,“तिमी कति ढिला आएको ? हामीले सोच्यौ कि तिमी आउँदैनौ ।”
“मैले त त्यस्तो सोचेको थिइन । हरिले मात्र सोचेको थियो । मलाई थाहा थियो कि तिमी आउँछौ भनेर ।” मैले भने र महेश मुसुक्क हाँस्यो ।
“आई एम सरी ।” कुसुमले हामीलाई हेर्दै भनिन् ।
“हामी धुम्न जाऊ हौ । यही बस्ने योजना छ कि ?” महेशले हतारिदै भ¥यो ।
अनि हामी सबै जना भक्तपुर दरबारतिर लाग्यौ । भक्तपुर दरबार जाने गाडी चढ्यौ । पछाडिको सिट खाली थियो र हामी त्यही बस्यौ । म र कुसुमसँगै बसेका थियौ । हामी दुवै जना एक् अर्कोलाई हेरेर मुस्कुराएका थियौ । कसैृले नदेख्ने गरि मैले कुसुमको हात समाए र कुसुम लजाएकी थिइन् तर आपति जनाएकी थिइनन् । हामी कुरा गरेका थिएनौ तर हाम्रा आँखाहरुले कुरा गरिरहेका थिए । मौनतामा पनि कुरा गरिरहेका थियौ । आधा घण्टापछि हामरुी भक्तपुर दरबार पुग्यौ । कुसुमलाई फोटो खिच्न मन पथ्यो । हरिले क्यामरा ल्याएको थियो । हामीले धेरै खिचेका थियौ । फोटो खिच्नभन्दा पनि मलाई कुसुमसँग धुम्न पाउँदा म निकै खुशी थिए । हामी दुवै जनाले फोटो खिच्न पाएका थियौ । डेढ घण्टा धुमिसकेपछि हरिले भ¥यो,“साथीहरु मलाई भोक लाग्यो । गले पनि । नजिकै गएर खायौ न ।”
“यसलाई २४ घण्टा भोक लाग्छ र धेरै बोल्नुपर्छ । यसलाई लिएर हिड्न साह«ै लोदर लाग्छ ।” महेशले रिसाएझै गरेर भ¥यो ।
“सबै मान्छे कुसुम र आभास जस्ता पढ्थे हुँदैनन् ।” हरिले भ¥यो ।
महेश मुस्कुरायो र म मनमनै मुस्कुराए । त्यही क्रममा, कुसुमले भनिन्,“हो, म पढते । तिमीलाई केही समस्या छ ? हरेक पल कुसुम पढते भन्छौ । सक्छौ भने तिमी पनि पढेर देखाउन । हरेक कुरामा मेरो पढाइसँग जोड्नु त पर्देन नि ?” कुसुम रिसाउदै भनिन् । हुन पनि कुसुमको कुरा ठीकै हो । हरेक कुरामा पढाइसँग जोड्ने गथ्यो । कहिले काही मलाई पनि त्यति मन पर्देन थियो तर हरिले मन दुखाउछ भने म मौन रहे । कुसुमले के यति भनेकी थिइन् साथी त गम्भीर भयो । मौन रह्यो । वातावरणमा मौनता छा¥यो र हामी केही नबोलिकन खाजा खाने ठाउँमा गयौ । सबै जनाले मःम अर्डर गरौ र मःमसँगै कोका कोला पनि अर्डर गयौ ।
..................................................................................................................
हेर्दा हेर्दे एसएलसीको नतिजा आयो । मैले स्कूल टप गरे र कुसुम दोस्रो । मैले धेरै कलेजहरुमा प्रवेश जाँच दिए । कुसुम र मैले सबै कलेजहरुमा नाम निकायौ तर कुसुम सेट मेरिस्मा भर्ना भइन् । एउटै कलेजमा पढ्यौ न भनेको तर उनी मानिनन् । म चाँहि डेभियर एकेडेमीमा भर्ना भए । हाम्रो भेट कम हुने भयो । मेरा मिल्ने दुई जना साथीहरु चाँहि त्रिचन्द«मा भर्ना भएका थिए । सुरुका दिनहरुमा त हाम्रो भेट भइरहेको थियो । धेरै ठाउँहरु पनि धुमेका थियौ । हाम्रो सम्बन्ध राम्रोसँग हुँदै गएको थियो र फोनमा पनि कुरा हुने गथ्यो । उनीका बुवा र आमाले मलाई चिनिसक्नु भएको थियो । उनीले आफ्नो कलेजमा भएका गतिविधि बारे सबै व्यक्त गर्थिन् । के भयो, कसले के भयो, साथीहरुले के भने र कति जनासँग झगडा परेको छ सुनाउथिन् । म पनि कलेजको बारे सुनाउथे । त्यसको साथ साथै, हाम्रो भेट बाहिर हुन्थ्यो । कहिले काँही उनीले आफ्नो साथीहरु पनि लिएर आउथिन् । उनीको साथीहरुको नाम पनि थाहा पाइसकेको थिए । मेरा साथीहरु पनि परिचित भइसकेकी थिइन् । डेभियर एकेडेमीमा मेरो मिल्ने साथी अनिस र निश्चल भएका थिए । अनि कुसुमको चाँहि शितल र नबिन भएका थिए । हेर्दा हेर्दे पहिलो वर्ष सकियो । मेरो त निकै राम्रो भएको थियो । अनि कुसुमको पनि राम्रो भएको रहेछ । दुई हप्ता जस्तो छुट्टी भएको थियो । छुट्टीको मौका हुने बित्तिकै हरिले धुम्ने प्रस्ताव राख्थ्यो । यस पालि चाँहि मेरा कलेजका साथीहरु, स्कूलका साथीहरु, कुसुमका साथीहरु धुम्ने योजना बनायौ र हामी पाटन धुम्न गयौ । यस दिन हामी निकै धुम्यौ र रमाइलो पनि गरौ । रमाइलो भए तापनि कुसुमसँग समय बिताउन पाएको थिइन । उनी फोटो खिच्न नै व्यस्त थिइन् ।
..................................................................................................................
कक्षा १२ सुरु भयो र कक्षा १२ कक्षा ११ भन्दा निकै गाह्रो रहेछ । कक्षा ११ भन्दा निकै मिहिनेत गरेर पढ्न थाले । फुर्सदको समयमा कुसुमलाई फोन गर्थे । कक्षा १२ मा आएपछि हाम्रो भेट त्यति हुँदैन न त फोनमा नै । कक्षा १२ सुरु भएको केही महिनासम्म त हाम्रो सम्बन्ध राम्रैसँग चलिरहेको थियो तर पछि केही महिनापछि हामीले एक अर्कोलाई समय दिन पाएका थिएनौ । उनीमा परिवर्तन आएको महशुस गर्दे थिए । उनीलाई भेट्न बाृेलाउदा कहिले पढ्नु भ भन्थिन् त कहिले के । बहाना निकै बनाएको जस्तो लाग्न थालेको थियो । फुर्सद भएको बेला उनीसँग समय बिताउन चाहन्थे तर उनी मदेखि भागिरहेकी थिइन् । एक दिन मैले उनीलाई फोन गरे र तीन घण्टीमै उनीले फोन उठाइन् ।
“हेलो ।” मैले भने ।
“हेलो ।” उनीले भनिन् ।
“के छ तिम्रो खबर ?”
“मलाई ठीक छ । तिम्रो ?” उनीले बोल्न नखोजे जस्तो गरेर बोल्दै थिइन् ।
“मलाई ठीक छैन ।” म अर्के तरिकाले बोल्दै थिए ।
“के भयो तिमीलाई ?”
“तिमीले मलाई समय नै दिँदैनौ । मलाई बेवास्ता गरेको जस्तो महशुस गर्दे छु । तिमीले मलाई किन बेवास्ता गरेको ?” म रिसाउदै भन्छु ।
“हैन तिमी मसँग किन बिना कारण रिसाएको ? तिमी आजकाल मलाई शङ्का गछौ । तिमीलाई थाहा छँदै छ त म पढाइमा व्यस्त हुन्छु त्यसैले तिमलाई समय दिन पाउदिन ।”
“पहिला दिन्थ्यौ त । अहिले के भयो र ? अहिले चाँहि के कुराले रोक्यो ?” म झन् रिसाउदै भन्छु ।
“तिमी यस्तो वकवास कुरा नगर । तिमीले यही कुरा गर्न मलाई फोन गरेको ?” उनीले रिसाउदै भनिन् ।
“मलाई जवाफ चाहियो ।” म झन् रिसाउदै भन्छु । मलाई जवाफ सुन्नु थियो ।
मेरो कुरा सुनेर कुसुमले फोन राखिन् । त्यस पश्चात मैले उनीलाई धेरै चोटि फोन गर्थे तर उनीले मेरो फोनको जवाफ दिन छाडेकी थिइन् । मेरो ध्यान उनीतिर नै थियो । पढ्दा पनि उनीलाई सम्झदै थिए । मलाई किन वेवास्ता गर्दै थिइन् । मबाट के गल्ती भयो ? मलाई जान्नु थियो । कलेजमा मेरो बानी व्यवहार निश्चलले ध्यान गरिरहेको रहेछ । कलेन छुट्टी हुँदै बित्तिकै उनले मलाई बोलायो । कुसुमको व्यवहार परिवर्तन भएपछि म आफूलाई सम्झालन कोसिस गर्दे थिए । त्यसको साथ साथै, कक्षा सकिने बित्तिकै म कोहिसँग नबोलिकन सिधै घर जान्थे । आज चाँहि निश्चलले मलाई बोलायो । म रोकिए र मेरो नजिक आउँदै भ¥यो,“तिमीसँग कुरा गर्नु छ ।” निश्चलले गम्भीर हुँदै भ¥यो ।
“मलाई हतार छ ।” मैले उनीलाई नहेरिकन भने ।
“आज तिमीसँग कुरा गर्नु छ ।”
“के कुरा ?” अनि मैले निश्चललाई हेरे ।
“खाजा खाने ठाउँमा जाऊ ।”
मैले हुन्छ भने । हामी दुवै जना खाजा खाने ठाउँमा ग¥यौ । खाजा खाने ठाउँ सधै भीड हुन्थ्यो । बस्ने ठाँउ पनि हुँदैन थियो । हामी दुवै जनाले बल्ल तल्ल अगाडिको सिट भेट्यौ । उनले कुर्सीमा आफ्नो झोला राखेर खाजा अर्डर गर्न गए । म चाँहि यता र उता हेर्दे थिए । केही क्षणपछि निश्चल खाजा अर्डर गरेर आए । उनले मलाई निहालेका थिए । अनि मलाई हेर्दे निश्चलले भने,“तिमीलाई आजकाल के भएको छ ? निराश देखिन्छौ ।”
“त्यस्तो केही भएको छैन ।” मैले निश्चललाई नहेरिकन भने ।
“तिमीलाई केही न केही भएको छ । तिम्रो भावले बताइरहेको छ कि तिमीलाई केही न केही भएको छ । केही कुराहरु लुकाइरहेका छौ ।”
वातावरणमा मौनता छाएको थियो । मैले उनलाई हेर्न सकेको थिइन । के भन्नु जस्तो भएको थियो । त्यही क्रममा, उनले मलाई भने,“तिम्रो मिल्ने साथी हूँ । कुसुमको कारणले तिमी बदलिएका हौ ?”
कुसुमको नाम लिने बित्तिकै मेरो भाव अर्के भएको थियो । उनले मेरो भाव निहालिरहेका थिए । मैले केही भन्छु कि भनि कुरिरहेका थिए । केही क्षणपछि मैले निश्चललाई सबै कुराहरु व्यक्त गरे । मेरो कुरा सुनिसकेपछि निश्चलले भने,“तिमी आफूलाई समय दिने गर । सायद कुसुमलाई पनि समय चाहिएको हुन सक्छ । तिमीहरु छुट्टै कलेजमा छौ । आफूले सोचेको जस्तो हुँदैन । कुसुमलाई केही समस्या परेको हुन सक्छ जुन तिमीलाई भन्न उचित सोचिनन् । आफ्नो नजर मात्र नहेर । कहिले काँही आफूले सोेचेको हुँदैन । स्कूलको जस्तो हुँदैन ।”
निश्चलले भनेको कुरा ठीक हो तर मेरो मनले मानेको थिएन । मलाई लाग्दै थियो कि कुसुमले मसँग केही कुरा लुकाइरहेकी छिन् । त्यही क्रममा, निश्चलले अर्डर गरेको मःम हाम्रो टेबुलमा आयो । हामी केही नबोलिकन मःम खायौ । निश्चलले मेरो जवाफ कुरेर बसेका थिए । मनको कुरा निश्चललाई व्यक्त गर पनि मन शान्त थिएन । खाइसकेपछि हामी केही नबोलिकन निस्कियौ ।
..................................................................................................................
समय बित्दै गयो । कुसुम र मेरो सम्पर्क निकै पातलिदै गएको थियो । न त उनीलाई मसँग बोल्न मन थियो न त भेट्न । यही कुरामा हाम्रो झगडा हुन्थ्यो । उनीले मलाई बेवास्ता गर्दा मेरो ईगोलाई हट् भएको हुन्थ्यो । उनीले कहिले पनि राम्रोसँग जवाफ दिन छाडेका थिइन् । हेर्दा हेर्दे कक्षा १२ को परिक्षा सक्कियो र सक्किएको दिन मैले उनीलाई फोन गरे । उनीले नै फोन उठाइन् ।
“हेलो ।” मैले भने ।
“आभास, तिमी ?” उनीले अचम्मको तरिकाले भनिन् । लागिरहेको थियो कि उनीलाई मसँग कुरा गर्न मन छैन ।
“तिमीलाई ठीक छ ?” मैले सोधे ।
“म ठीक छु । तिमीलाई ?”
“ठीक छ ।” भन्न त मन थियो कि तिमीले मलाई बेवास्ता गरेदेखि मेरो केही ठीक छैन तर भन्न सकिन ।
“म तिमीसँग भेट्न चाहन्छु ।”
“हुन्छ ।”
“भक्तपूरको चोकमा आउन ल । ११ः०० बजे ।”
“हुन्छ ।”
यति भनेर उनीले फोन राखिन् । म चाँहि भोलिको प्रतिक्षामा थिए । एक मिनेट पनि एक घण्टा जस्तो लागेको थियो । मन छट्टपट्टीन थाल्यो । राति निद्रा लागेन । कति बेला सुते आफूलाई नै थाहा छैन । मनमा कुरा खेलाउदा खेलाउदै निदाएको थिए ।
भोलिपल्ट । म हतारिदै उठे । घडी हेरे ७ः३० बजिसकेको थियो । मलाई ११ः०० कति बेला हुन्छ जस्तो भएको थियो । मलाई हतास भएको देखेर आमाले भन्नुभयो,“आज यो केटोलाई के को हतास भएको छ ? पहिला यस्तो हतास भएको कहिले देखेको थिइन ।”
“त्यस्तो केही होइन ।” यति भनेर म आफ्नो कोठामा गए । दराज खोले र लुगा हेर्न थाले । नीलो टि–सर्ट हेरे र कालो पाइन्ट निकाले । प्रेस भए र खाना खाएर हतारिदै घरबाट निस्किए । ११ः०० बज्नु अगाडि नै भक्तपुर चोकमा पुगे र कुसुमलाई कुरे । केही क्षणपछि कुसुम आइन् । मैले हाई गरे र उनीले पनि हाई गरिन् । अनि दुवै जना नजिकैको खाजा पसलमा पुग्यौ । चिया अर्डर गरौ । हामी केही क्षण मौन नै रह्यौ । म चाहन्थे कि उनी पहिला बोल्यौ । उनी मलाई हेर्नुको छट्टा यता र उता हेर्दै थिइन् । उनी मौन भएका कारण मैले उनीलाई हेर्दे भने, “तिमीलाई आजकाल के भएको छ रु तिमीले किन मलाई बेवास्ता गरिरहेकी छौ ? मबाट केही गल्ती भएको छ ?”
अनि बल्ल उनीले मलाई हेरिन् । केही क्षण उनीले केही बोलिनन् । सायद मेरो प्रतिक्रिया आउँछ भनेर होला । अनि उनीले मलाई हेर्दे भनिन्,“तिमी मलाई बिर्सिदेऊ ।”
उनीले यो भन्दा म आकाशबाट छरेझै भयो र भने,“यो तिमी के भन्दै छौ ?”
“हो, तिमी सही सुन्दै छौ ।”
“किन तिमी यस्तो गर्दे छौ ? म तिमीलाई बिर्सेन सक्दिन ।”
“तिमीले मलाई बिर्सेनै पर्छ ।”
“तर किन ?” म रिसाउदै भने ।
“म अरु कसैलाई मन पराउन थालेको छु ।”
म के बोल्नु जस्तो भयो । मेरो मुटु सिसाझै छुटेको थियो । म उनलाई हेरे र उनीलाई हेर्दे भने,“यो तिमी के भन्दै छौ ? तिमी कसलाई मन पराउन थाल्यौ ?” म भावुक हुँदै उनलाई सोधे । मलाई नरमाइलो लागेको थियो ।
हामीले एक अर्कोलाई हेरौ । हामी मौन थियौ र म उनीको जवाफको प्रतिक्षामा थिए । उनी मलाई हेरि हेरिन् मात्र । मलाई जान्नु थियो कि उनीले कसलाई मन पराउछिन् भनेर । वातावरणको मौनता तोड्दै भने,“मेरो प्रश्नको जवाफ कोही त ? म तिम्रो जवाफ कुरिरहेको छु ।”
“तिमीले उनलाई चिन्छौ ।” उनी नर्भस हुँदै भनिन् ।
“को हो ?” मलाई रिस उठ्नुको साथ साथै, उत्सुकता भयो ।
“अनिश ।” कुसुमले भनिन् ।
“के ?” मैले ठूलो स्वरले भने । ठूलो स्वरको कारणले छेऊमा बसेका मानिसहरुले हामीलाई नै हेर्न थाले । मैले अरुको वास्ता नगरिकन मैले फेरि उनीलाई हेर्दे भने,“योे तिमीले के भन्दै छौ ? यो कहिलेदेखि ?”
“हो, तिमीले जे सु¥यौ त्यही सत्य हो । म अनिशलाई मन पराउन थालेको छु । उनले पनि मलाई मन पराउछन् । जब तिम्रो साथीहरु र मेरो भेटघाट भएको थियो त्यस पश्चात हाम्रो भेट हुन थालेको हो । वास्तवमा तिमीभन्दा धेरै राम्रो लाग्छ र माया पनि गर्छन् । मलाई बुझ्छन् । मैले अनिशलाई केही भन्नु पर्देन । उनले मेरो मनको कुरा बुझ्छन् । मलाई केही चाहियो भने आफै ल्याइदिन्छन् । उनको कारणले म धेरै खुशी छु । जिन्दगी भनेको के हो मैले उनको सङ्गत गरेपछि मात्र थाहा पाए । तिमी त सिर्फ किताबमा फोक्स छौ । जिन्दगी के हो तिमीले राम्ररी बुझेकै रहेन छौ ।”
उनले यतिभन्दा आकाशबाट झरेझै भएको थियो । म केही नबोलिकन त्यस पसलबाट निस्किए । बोल्न मन भए पनि मैले बोलिन किनकि म कुसुमलाई निकै माया गर्छु र उनको इज्जत पनि । त्यस दिनपछि मेरो जिन्दगी निकै परिवर्तन आएको थियो । म बाहिर जान छोडेको थिए । मेरा साथीहरु मलाई भेट्न आउथे र म उनीहरुसँग त्यति बोल्दिन थिए । मौन नै बस्न मन लाग्थ्यो । निकै चोटि सोध्थे मेरो बारे तर म मौन नै रहन्थे । कहि न कहि मेरा साथीहरुले थाहा पाइसकेका थिए तर मेरै मुखबाट सुन्न चाहन्थे । त्यसको साथ साथै, मलाई कोठामा नै बसेको देखेर मेरा बुवा आमाले मलाई निकै सोध्नु हुन्थ्यो तर मैले केही व्यक्त गर्न सकिन । बुवा र आमाले पछि दिदीलाई भन्नुभयो र दिदीले मलाई सोध्नुभयो । मैले दिदीलाई सबै कुराहरु व्यक्त गरे । मेरो कुरा सुनिसकेपछि दिदीले भन्नुभयो,“सोच कि कुसुम तिम्रो लागि नै कहिले थिइनन् । तिमीले उनीलाई माया गछौ । खासमा भन्ने हो भने, तिमी दुवै जना परिपक्क भएका छौ । अहिले तिमीहरुलाई माया भनेको के हो, भावना भनेको के हो, आत्मीयता भनेको के हो बुझेका छैनौ । केही हदसम्म बुझेका हुन्छौ । त्यसैले तिमीले जुन कुरालाई माया सम्झेका छौ त्यो माया नहुन सक्छ । समय दियौ आफूलाई । समयले तिमीलाई सबै कुरा बुझाउने छ । अहिले तिमी आफ्नो जिन्दगी बनाउ । पढाइ राम्रो बनाऊ । आफ्नो जिन्दगी राम्रो बनायौ भने माया आफै आउँछ । मायाको लािग त समय छँदै छ नि ।”
अनि मैले दिदीलाई हग गरे । मन केही केही हदसम्म हल्का भएको थियो । दिदी आमाको रुप त्यति कै भएको होइन रहेछ । दिदीसँग कुरा गरेपछि मेरो मन शान्त भएको थियो ।
..................................................................................................................
समय बित्दै गयो । मेरो सम्पर्क कोहीसँग भएको थिएन । कुसुमलाई नसम्झेको होइन । फोन गर्न मन लाग्थ्यो तर सकिन । म साथीको नाताले फोन गर्न चाहन्थे तर सकेको थिइन । सोचे कि कहि कतै मन मेरो पल्लियो भने ? त्यसैले मैले फोन गर्नु उचित सोचिन । नतिजा नआउजेल म कलेज हेर्न थाले । मलाई दाँतको चिकित्सक हुनु थियो । दिदीले बङ्गलादेशमा पनि हेर्नु भन्नुभएको थियो । मैले बङ्गलादेशमा पनि हेरे । केही कलेजहरु हेरेपछि एउटा कलेज हेरे । सबै बुझे । केही हप्तापछि नतिजा पनि आयो । कक्षा ११ र १२ गरेर ८०% आएको थियो । नतिजा आइसकेपछि मलाई कुसुमसँग कुरा गर्न मन लाग्यो । अनि मैले फोेन गरे । तीन घण्टापछि फोन उठ्यो ।
“हेलो ।” उताबाट आवाज आयो । कुसुमको ममीको आवाज थियो ।
“हेलो । आटी म कुसुमको साथी । कुसुमसँग कुरा गर्न मिल्छ ?”
“कुसुम त घरमा छैन । तपाई को बोल्नु भएको ? केही काम थियो ?”
“त्यस्तो केही काम होइन । नतिजा आएर फोन गरेको ।” यति भनेर मैले फोेन राखे , म आतुर भएको थिए उनको नतिजा बुझ्न । त्यति मात्र होइन उनीसँग एक चोटि भेट्न पाए हुन्थ्यो ।
नतिजा आइसकेपछि मैले बुवा र आमालाई बङ्लादेश जाने योजना बताए । बुवा र आमाले हुन्छ भन्नुभयो । अनि केही दिनमै जाने कुरा भयो र बुवाले सुरुका दिन गाह्रो हुन्छ त्यसैले दिदीलाई लिएर जान आग्रह गर्नु भयो । एक हप्तापछि गाने कुरा भयो । यही समय मलाई कुसुमसँग कुरा गर्न मन लागेको थियो । धेरै कोसिस गरेको थिए उनीसँग कुरा गर्न असफल भएको थिए । फोन गर्दा आन्टीले नै उठाउनु हुन्थ्यो । उहाँले कुसुम घरमा छैन भन्नु हुन्थ्यो । मलाई थाहा छैन कि उनी साँच्चिकै बाहिर हुन्थिन् कि घरमै । एक प्रकारले मलाई आफ्नै साथीसँग रिस उठेको थियो तर पनि म केही गर्न सक्दिन । कुसुमले अनिशलाई नै साथ दिन्छिन् । त्यसैले मौन नै थिए । हेर्दा हेर्दे मेरो जनो दिन पनि आयो । मेरो साथमा दिदी जाँदै हुनु हुन्थ्यो ।
आइतबारको दिन थियो र बिहानको ११ः०० बजेको प्लाइन्ट थियो । हामी एयरपोर्ट ९ः०० बजे नै पुग्यौ । बुवा र आमा पनि साथमा हुनु हुन्थ्यो । बुवाभन्दा आमा निकै भावुक हुनुभएको थियो । केही क्षणपछि हामीले बुवा र आमालाई बिदा मागेर एयरपोर्ट भित्र छिरौ । एयरपोर्टको सबै काम सक्कियो र हामी बोड्ङिको लागि कुग्यौ । दिदीले आफ्नो झोलाबाट किताब निकाल्नु भयो र पढ्न थाल्नु भयो । मेरो दिदीलाई एकदम पढ्न मन लाग्ने । फुर्सद हुने बित्तिकै पढिहाल्नु हुन्थ्यो । पढ्न निकै जाँगर चल्थ्यो । म चाँहि एमपिथि पेपर निकालेर गीत सुन्न थाले । दुई घण्टाको समय कटाउन निकै गाह«ो हुँदो रहेछ । गीत सुन्दा पनि दिक्क लाग्ने । हेर्दा हेर्दे ११ः०० बज्यो र हामी प्लेन चढ्यौ । केही क्षणपछि टेप अप ग¥यो । जब टेप अप ग¥यो, मैले झ्यालबाट हेरे । एक प्रकारले नराम्रो फिल भएर आयो । आफ्नो परिवारबाट टाढा जाँदा नरमाइलो लाग्ने रहेछ । दिदी पढ्दै हुनुहुन्थ्यो भने म चाँहि सुते । काठमाडौबाट बङ्लादेश पुग्न १ घण्टा २५ मिनेटपछि हामी बङ्लादेशको एयरपोर्टमा आइपुग्यौ । ल्याड भइसकेपछि दिदीले मलाई उठाउनुभयो र एयरपोर्टको काम सकिसकेपछि हामी बाहिर निस्कियो । बङ्लादेशमा बुवाको चिनेको साथी हुनु हुन्छ र बुवाले कुरा गरिसक्नुभएको थियो । एयरपोर्टमा अंकल लिन आउनुभएको थियो । एयरपोर्टमा उहाँले हाम्रो नेमप्लेट लिएर आउनुभएको थियो । हामीले देख्यौ र उहाँको नजिक गयौ र नमस्ते गरौ । उहाँ अलिकति मोटो र हाइट ठीकको । गहूगोरो र कपाल फुलेको थियो । निकै फर्मल भएर आउनु भएको थियो । हामीले आ–आफ्नो परिचय दियौ । उहाँको नाम रमेश शर्मा रहेछ र ढाकामा सानो पसल थियो त्यो पनि लुगाको पसल । परिचय भएपछि हामी एयरपोर्टबाट निस्कियौ । उहाँले गाडी लिएर आउनु भएको रहेछ । गाडीमा बसुजेल हामी त्यति बोलेका थिएनौ । अंकलले सोधेको प्रश्नमा अँ, हो र छोटो उत्तर मात्र दियौ । हामी दुवै जना कम बोल्ने व्यक्तिमा पथ्यौ । एयरपोर्टबाट अंकलको घर त्यति टाढा रहेन छ । गाडीम्बाट जम्मा २० मिनेट रहेछ । गाडीबाट हामी तिनै जना निस्कियौ र निस्किएपछि अंकलले बाहिर बाटै घर देखाउदै भन्नुभयो,“यो मेरो घर ।”
घर निकै ठूलो रहेछ । आँगन पनि ठूलो थियो र निकै धेरै फूलहरुले भरिएको थियो । गाडीबाट सूटकेश निकालिसकेपछि हामी भित्र छिरौ । भित्र छिर्दा पनि घर निकै ठूलठूला कोठा थिए । म अचम्ममा परेको थिए । घर बंगला जस्तो थियो । हामी सामान्य घरमा बसेका लागि अंकलको घर अर्के लाग्ने । केही क्षणपछि अंकलले भन्नुभयो, “तिमीहरु बैठक कोठामा बस्दै गर । म केही क्षणमा आइहाले ।”
हामीले हुन्छ भयौ । अनि उहाँ माथिको कोठातिर जानु भयो । हामी चाँहि यता र उता हेर्न थाल्यौ । केही क्षणपछि अंकल र अंकलको साथमा दुई जना आउनु भएको थियो । उहाँहरु आइसकेपछि हामीले नमस्ते गरौ । उहाँहरुले पनि नमस्ते फर्काउनु भयो । उहाँको नाम शर्मिला शर्मा रहेछ र उहाँहरु साथमा छोरी थिइन् । छोरीको नाम समिक्षा शर्मा रहेछ । उनी पनि डेण्टल पढ्ने तयारीमा थिइन् । घर जति ठूलो भए पनि जिवन शैली सामान्य जस्तो देखिन्थ्यो । हामी सामान्य गफ गर्न थाल्यौ । त्यही क्रममा, अंकलले म र दिदीलाई हेर्दे भन्नुभयो,“मेरो छोरीले पनि डेण्टल पढ्छु भन्छे र कलेज हेर्दे छिन् । त्यसैले दुवै जनाले प्रवेश जाँच दिन जाँदा हुन्छ नि । साथी भएपछि सजिलो हुन्छ ।”
वातावरणमा मौनता छाएको थियो । मलाई अप्ठ्यारो लागेको थियो । हामीले एक अर्कोलाई हेरौ । सायद उनीलाई पनि अप्ठ्यारो लागेको होला । वातावरणको मौनता तोड्दै अंकलले भन्नुभयो,“अहिले आराम गर्नु । भोलि कलेजहरु हेर्नु र तयारी पनि गर्नु ।”
हामीले टाउको मात्र हल्लायौ । त्यस पश्चाल अंकलले हाम्रो कोठा देखाइदिनु भयो । कोठा निकै ठूलो थियो र मिलाएर राखिएको थियो । एउटै कोठामा पाँचदेखि छ जना एउटै कोठामा अट्ने । सामानहरु एउटा कुनामा राख्यौ र हामी आराम गरौ । म त दुई घण्टा सुते छु । म उठिसकेपछि फ्रेस भए र किचेनमा गए । मैले मेरो दिदीलाई देखिन न त अरुलाई नै । किचेनमा नदेखेपछि म बैठक कोठामा पुगे । दिदी बैठक कोठामा किताब पढ्दै हुनु हुन्थ्यो । मलाई देखेपछि किताब छेऊमा राख्नु भयो
“भोक लाग्यो ?” दिदीले मलाई सोध्नुभयो र मैले हो भनि टाउको हल्लाए । हामी किचेनमा छिरौ । दिदीले खाना पक्किनुभयो । दिदीले अघि खाइसक्नुभए छ ।
..................................................................................................................
साँझको समय थियो । अंकलले हामीलाई एकछिन भए पनि धुमाउनु लग्नु भयो । समिक्षा पनि थिइन् । उहाँले हामीलाई नजिकैको ठाउँहरु लिएर जानुभयो । साँझको समय सूर्य अत्ताएको निकै राम्रो देखिएको थियो । त्यसको साथ साथै, हावा निकै लागिरहेको थियो । मन निकै आनन्दित भएको थियो । त्यही क्रममा, मेरो आँखा समिक्षातिर गयो । उनी फोटो खिच्दै थिइन् । उनीसँग सानो क्यामेरा थियो । केही क्षणपछि अंकल हाम्रो नजिक आउनुभयो र भन्नुभयो,“तपाईहरुलाई कस्तो लागिरहेको छ ?”
“राम्रो ।” दिदीले भन्नुभयो ।
“समिक्षा ।” अंकलले बोलाउनु भयो र समिक्षा आइन् । समिक्षा आइसकेपछि अंकलले समिक्षालाई हेर्दे भन्नुभयो, “समिक्षा, हाम्रो पनि फोटो खिच्दिौ न ।”
“हुन्छ ।” उनीले टाउको हल्लाउदै भनिन् र उनीले हामी तीनै जनाको फोटो खिचिदिइन् । मेरो पनि फोटो खिचिदेऊ भन्न मन थियो तर भन्न सकिन । राम्ररी चिना जान भएको छैन । कसरी भन्नु ? केही क्षण धुमेर घर फर्कियौ ।
५
हामी सबै जना खाना खाँदै थियौ । त्यही क्रममा, अंकलले भन्नुभयो,“समिक्षा, तिम्रो पनि प्रवेश जाँच दिनु नै पर्छ । तिमी र आभास कलेजहरु हेर्न आऊ र तयारी पनि सँगै गर ।”
समिक्षाले मलाई हेर्दे थिइन् । सायद उनीलाई जान मन थिएन । उनीलाई एक्लै जान मन थियो होला । मैले उनीको भाव बुझेर नै अंकललाई भने,“समिक्षालाई किन दुःख दिनु । म र दिदी गइहाल्छौ ।”
“होइन । तिमीहरुले ढाका राम्ररी देखेका छैनौ । त्यसैले समिक्षा पनि हुन्छिन् । त्यस्तो अप्ठ्यारो मान्नु पर्देन । तिमी र समिक्षा एउटै विषय पढ्ने हो । तिमीहरुलाई सजिलो हुन्छ ।”
दिदी र मैले हुन्छ भनि टाउको हल्लायौ । समिक्षाले पनि हुन्छ भनिन् । अनि खाना खाइसकेपछि हामी तीनै जना कलेजहरु हेर्न गयौ । सबै कुराहरु बुझेर हामी घर फर्कियौ । बुझेका कलेजहरुमा एक हप्तापछि प्रवेश परिक्षा थियो । अनि म पढ्न थाले । एक हप्तापछि हामी दुवै जना परिक्षा दिन गयौ । प्रवेश परिक्षा दिएको केही दिनपछि हामी दुवै जनाको नाम ढाका डेण्ल कलेज अस्पतालमा निस्क्यिो । त्यसको साथ साथै, हामी दुवै जनाले छात्रवृतिमा पनि नाम निकालेबा थियौ । बुवा र आमा निकै खुशी हुनु भएको थियो ।
कलेजमा मेरो नाम निस्किएपछि मात्र दिदी फर्किनु भयो । दिदी फर्केदा मदाई नरमाइलो लागेको थियो । दिदी मसँगै बस्थे हुन्थ्यो जस्तो लागेको थियो तर दिदीको पनि पढाइ थियो ।
कलेजको पहिलो दिन । म बिहान ५ः०० बजे उठे । अनि तयार भए । कक्षा ६ः २० सुरु हुने थियो । घरबाट हिडेर २० मिनेटमा पुगिन्छ । म तयार भइसकेको थिए तर मैले तर मैले समिक्षालाई देखिन । एकछिन प्रतिक्षा गरे । उनी १० मिनेटपछि हतारिदै आइन् । मलाई देखेर जाऊ भनिन् र हामीसँगै गाडीमा गयौ । खासमा मलाई हिडेर जान मन थियो । नजिकै हुँदा के गाडी चढ्नु जस्तो लाग्छ । गाडी भएकोले सजिलो भएको थियो तर हामी बीच त्यति संवाद भएन । न त संवाद नै भयो न त हामीले एक अर्कोलाई हेरौ । म त नर्भस भएको थिए । जिन्दगीमा म पहिलो पटक घरबाट बाहिर गएको थिए त्यो पनि लामो समयको लागि । कलेज बाहिर अंकलले गाडी रोक्दिनु भयो । हामी बाहिर निस्किने क्रममा, अंकलले भन्नुभयो,“राम्ररी जानु । आभास, तिमीलाई केही समस्या परे समिक्षालाई भन्नु । अप्ठ्यारो नमान्नु है ।”
मैले हुन्छ भनि टाउको हल्लाए र अंकल हामीलाई कलेज छाडेर फर्किनुभयो । समिक्षा चाँहि अगाडि हिडँ्दै थिइन् र म उनको पछि लागे । कलेज निकै ठूलो थियो । भित्र छिरेपछि समिक्षाले सोधपुछमा गरेर हाम्रो कक्षाको बारे सोेधिन् र त्यस पश्चात हामी आफ्नो कक्षामा छि¥यौ । कक्षा दोस्रो तल्लामा थियो र हामी भित्र छि¥यौ । कक्षामा केही विद्यार्थीहरु थिए । हामी दुवै जना खाली सिट भएको ठाउँमा गयौ । खाली सिट बीचमा थियो । सिटमा बस्न त बसियो तर समिक्षाले मलाई हेरिन् । जब उनीले मलाई हेरिन् अनि मैले बुझे । उनीलाई अप्ठ्यारो लागेको जस्तो छ । त्यसैले म अर्को सिटमा गएर बसे । उनी बसेको सिटको पछाडि खाली थियो र त्यही बसे । समय भएको थियो ६ः३० । सर भित्र छिर्नु भयो । सरले सुट लगाउनु भएको थियो । हाइट ठीकको थियो । अनुहार गहुगोरो थियो । त्यसको साथ साथै, उहाँले चस्मा लगाउनु भएको थियो । उहाँको कपाल अलिकति पुलिसकेको थियो । सायद उहाँको उमेर ४५ नागिसकेको हुनुपर्छ । कक्षा छिरिसकेपछि उहाँले आफ्नो परिचय दिनुभयो ।
“गुड मडिङ्ग । मेरो नाम अमर हो । म तपाईलाई ओरल आनाटोमि पठाउछु । आज परिचयबाट सुरु गरौ र त्यस विषयमा के पढ्नु पर्छ म तपाईलाई बताउने छु ।” उहाँले अङ्ग्रेजीमा भन्नुभयो । बिस्तारै बोल्नु हुने रहेछ । अनि सबै जनाले आ–आफ्नो परिचय दियौ । विभिन्न देशहरुबाट विद्याथीहरु पढ्न आएका थिए । विशेष गरी सार्क देशहरुबाट आएका थिए । परिचयपछि सरले हामीलाई ओरल आनाटोमि बारे हामीलाई जानकारी गराउनु भयो । त्यस पश्चात अरु विषयहरु थिए । आजको दिन ४ वटा विषयहरुको परिचय भयो । जम्मा गरेर १२ वटा विषय पढ्नु पर्ने । दिनमा ६ वटा विषय हुन्थ्यो । हरेक विषय एक घण्टाको हुन्थ्यो र बीचमा खाजा खाने समय थियो । बिहानको ९ः०० बजे खाजा खाने समय हुन्थ्यो । कक्षा सकेपछि सरले हामीलाई भन्नुभयो, “अब तपाईहरुलाई कलेज देखाउछौ । निकै ठूलो छ र सुरुका दिनहरुमा तपाईहरुलाई अलमल्ल हुन सक्छ । पछि तपाईहरुलाई बानी पर्छ ।” अनि हामी सबै जना कक्षाबाट निस्कियौ । उहाँले हामीलाई अर्को भवनमा लग्नुभयो । त्यस भवनमा लाइब्रेरी मात्र थियो र दुई तल्लामा कम्युटर लाप थियो । सरले किताबहरु कति वटा लिएर जान पाइन्छ र लापमा कति बेरसम्म बस्न पाइन्छ बारे जानकार गराउनु भयो । निकै ठूलो थियो । त्यो लाप चाँहि प्रयोगशाला थियो । त्यस पश्चात हामीलाई सरहरुको डिपार्टमेन्ट देखाइदिनुभयो । त्यसको साथ साथै, केही समस्या परे, कता जाने, पैसा तिर्ने डिपाटेमेन्टदेखि सबै कुराहरु बुझाउनु भएको थियो । कलेज हेरिसकेपछि म प्रकारले खु्शी थिए किनकि मलाई लाग्यो कि म राम्रो कलेजमा छु । १२ बजिसकेको थियो । कक्षा सक्किएर पछि हामी बाहिर निस्क्यिौ । समिक्षाले आफ्नो झोलाबाट निकालिन् र त्यही क्रममा, मैले उनीलाई भने,“बुवालाई फोन गर्न लागेको हो ?”
समिक्षाले मलाई हेर्दे हो भनिन् ।
“बुवालाई किन दुःख दिनु । हिडेर जान मिल्दैन ?”
उनीले मलाई अचम्म पाराले हेरिन् । सायद उनीलाई हिडेर जान मन थिएन । उनी मौन नै रहिन् र उनी मौन नै भएर मैले भने,“हिड्न मन छैन भने, गाडीमै जाँदा हुन्छ ।”
उनीले मेरो कुरालाई ध्यान दिएकी थिइनन् र फोन गरिन् । अंकलले के भन्नुभयो कुन्नि तर उनीले हस् र हुन्छ बाहेक अरु केही भनेकी थिइनन् । फोन राखिसकेपछि उनीले भनिन्,“हिडेर जाऊ ।” म अचम्म परे । सोचेी अंकलले झ्याउनु भएर होला । बाटो भरि हामी नबोलि हिडिरहेका थियौ । नबोलि घर पुग्यौ । आन्टी घरमा हुनु हुन्थ्यो । म सिधै आफ्नो कोठामा गए । लुगा फेरे प्रेस भएर तल आए । आन्टी बैठक कोठामा पढ्दै हुनु हुन्थ्यो । मलाई देखेपछि मुस्कुराउनु भयो र मलाई हेर्दे भन्नुभयो, “आऊ, बस ।”
अनि म सोफामा बसे र बसिसकेपछि आन्टीले भन्नुभयो,“भोक लाग्यो होला । खाना तताइदिन्छु नि ।”
“पर्देन आन्टी । भोक लागेको छैन । कलेजमै खाएको थिए ।”
त्यही क्रममा, समिक्षा आइन् र भनिन्,“ममी, मलाई त भोक लागेको छ ।”
अनि आन्टीले किचेन छिर्नु भयो र खाना तताउन थाल्नु भयो । समिक्षा आन्टीको पछि लागिन् । केही क्षणपछि आन्टी आउनुभयो । म चाँहि उहाँले पढ्दै गरेको किताब हेर्दे थिए । त्यही क्रममा, आन्टी बैठक कोठामा आउनु भयो र भन्नुभयो,“बाबु, अलिकति भए पनि खान आऊ । मैले खाना तताइदिएको छु ।”
मैले नाइ भन्न सकिन र म किचेन छिरे । आन्टीले खाना फर्किनु भयो र म किचेन छिरे । आन्टीले खाना पस्किनु भयो । मासु रहेछ त्यसैले समिक्षाले मज्जाले खाँदै थिइन् । खाइसकेपछि मैले खाएको भाडा माज्न थाले । आन्टीले यो के गरेको भन्दै हुनु हुन्थ्यो । मान्नु भएको थिएन तर पनि मैले जिद्दी छोडिन । अन्त्यमा आएर मैले नै भाडा माज्न सगाए ।
..................................................................................................................
बिहान सधै अंकलले कलेज पु¥याइदिनु थियो भने घर फर्किदा हामी हिडेर जान्थ्यौ । बिस्तारै हामी खुलेर कुरा गर्न थालेका थियौ । पढ्दा पनि सँगै बसेर पढ्न थालेका थियौ । सुरुका दिनहरुमा मलाई समिक्षा निकै घमण्डी लाग्थ्यो तर पनि बोल्दै गएपछि त्यस्तो लाग्न छोडेको थियो ।
दुई महिनापछिको कुरा हो । हामी कलेजको लाइब्रेरीमै थियौ र पढिरहेका थियौ । त्यही क्रमममा, मैले समिक्षालाई हेर्दे भने,“समिक्षा ।”
“हजुर ।” उनीको ध्यान किताबमै थियो ।
“म ढाकामा नयाँ छु । म राम्ररी धुम्न पाएको छैन । तिमी बाहेक मैले अरुलाई राम्ररी चिनेको पनि छैन । तिमीले मलाई धुमाइदिन्छौ ?” मैले उनीलाई एक नासले हेरिरहेको थिए ।
अनि उनले किताब र कपी बन्द गरिन् र मलाई हेरिन् । मुस्कुराउदै भनिन्,“हुन्छ । म तिमीलाई हररोव धुमाउछु तर तिमीले मलाई हररोज पढाउनु पर्छ । सरले पढाएको केही बुझ्दिन । त्यसको साथ साथै, अब चाँहि हामी बिहान पनि हिडेर कलेज आउने ।”
मैले सजिलै हुन्छ भने । अनि हामी केही क्षण लाइबे्ररीमा बसेर पढेर घर फर्कियौ ।
..................................................................................................................
साँझको समय थियो । सायद पाँच नागिसकेको थियो । म आफ्नो कोठामा थिए र म टेबुलमा बसेर पढ्दै थिए । त्यही क्रममा, ढोकामा ढकढकाएको आवाज आयो र मैले आए हुन्छ भने । म पढ्नमै ध्यान दिइरहेको थिए । समिक्षा कोठामा छिरिन् र मेरो नजिक आइन् । मैले पढ्दै गरेको किताब र कपी बन्द गरिन् । समिक्षा मुस्कुराइन् । मैले उनलाई हेर्दे भने,“यो तिमीले के गरेको ?”
“किताब र कपी बन्द गरिदिएको ।” उनीले मुस्कुराउदै भनिन् र उनीलाई मजा लागिरहेको थियो । अनि म उठे र फेरि भने,“म कस्तो ध्यान दिएर पढ्दै थिए ।” म रिसाएझै गरेर भने ।
“त्यस्तो ध्यान दिएर पढ्न पन पर्देन । किताबभन्दा पनि अरु संसार पनि छ ।”
“त्यसो पो । कस्तो पो छ संसार । मलाई भनि दिनुहोस् त ।” म उनीको नजिक गए । हामी दुवै जनाले एक अर्कोलाई हेरौ । मेरो धड्कन धड्किन थाल्यो । त्यसको साथ साथै, उनीको सास म महशुस गर्दे थिए । केही क्षणपछि आन्टीले समिक्ष्क्ष भनि बोलाएपछि मात्र हामी होशमा आयौ । उनी ढोकामा छेऊमा पुगेपछि उनीले भनिन्,“तयार हौ है । बाहिर एकछिन निस्कने ।” उनीले मुस्कुराउदै भनिन् । म पनि मुस्कुराए र तयार भए । तयार भइसकेपछि म तल गए र समिक्षा मलाई कुरेर बसेकी थिइन् । उनीलाई दखेपछि मैले भने,“निस्कियौ ।”
उनी बैठक कोठाबाट निस्किन् र किचेनमा गइन् । किचेनमा आन्टी हुनु हुन्थ्यो । सायद आन्टीलाई भन्न गएकी होलिन् । किचेनबाट निस्किसकेपछि समिक्षाले निस्कियौ भनिन् ।
“हामी कता जान लागेको ?” मैले प्रश्न गरे ।
“तिमीलाई कता जान मन छ त्यहि जाने ।” उनीलाई जिस्किने मुडमा थिइन् ।
“तिमीले जता लाग्छौ म त्यहि जाने ।” मैले पनि जिस्किने तरिकाले भने ।
“साँच्चिकै तिमी म जहाँ जान्छु तिमी त्यही जान्छौ ?” उनी मलाई हेर्दे मुस्कुराइन् ।
“साँच्चिकै भनेको । तिमी जहाँ जहाँ म त्यही ।” मैले पनि उनीलाई हेर्दे मुस्कुराए ।
हामी गफ गर्दे पार्कमा पुग्यौ । घर नजिक रहेछ पार्क । हामी भित्र छि¥यौ । मानिसहरुको निकै भीड थियो । हामी गफ गर्दे पार्क धुम्न थाल्यौ । त्यही क्रममा, मैले उनीलाई हेर्दे भने,“ढाकामा बसेको कति भयो ?”
“म सानैदेखि यही बसेको हो । ढाका बसेको त १५ वर्ष भयो होला ।”
“ए ।” निकै भएको रहेछ । घरको तिमी मात्र हो छोराछोरी ?
“हो । म मात्र । अनि तिम्रो घरमा तिमी र तिम्रो दिदी मात्र हो ।”
“हो ।” अनि वातावरणमा मौनता छाएको थियो । पार्क निकै ठूलो र सफा थियो । त्यही क्रममा, मैले समिक्षालाई हेर्दे भने, “तिमी मान्छे हेर्दा राम्ररी छौ । तिम्र्रो पढाइ पनि राम्रो छ । तिमीलार्ई मन पराउने धेरै छन् होला ।”
समिक्षा मज्जाले हाँसिन् र भनिन्,“मन पराउनेमा तिमी पनि पछौ कि के हो ?”
म मौन नै रहे र उनीलाई हेरे । आजकला उनीसँग बस्न राम्रो लाग्न थालेको थियो । म उनीलाई हेरेको हेरै भने र समिक्षाले मलाई भनिन्,“के सारो मलाई मात्र हेरिरहेको ?” उनी मुस्कुराइन् ।
“केही होइन ।”
“मन पराउने धेरै छन् तर त्यस्तो कुरामा चासो दिन्न । माया भन्ने कुरा समय आएपछि गर्ने हो । अहिले सिर्फ पढाइमा ध्यान दिन चाहन्छु । अनि तिम्रो सुनाऊ ।”
समिक्षाल यति भन्दा मैले कुसुमलाई सम्झिए र त्यही संसारमा हराए । समिक्षाले मलाई धेरै चोटि बोलाएपछि मात्र होशमा आए । उनीले मलाई हेर्दे भनिन्,“ओई, तिमी कता हराएका ? आफ्नो गर्लप्रेण्डलाई सम्झेको ? उनकै संसारमा हराएको ?” उनीले मलाई जिस्काृदै भनिन् ।
“त्यस्तो केही होइन ।” म गम्भीर हुँदै भने । एकछिन हिडेर हामी पार्कबट निस्कियौ । निस्किएपछि केही क्षणपछि बाटोमा उनीले पानीपुरी देखिन् । उनी खुशी हुँदै मलाई पानी पुरी खाना जाऊ भनिन् । मैले केही भन्न नपाइ उनी पानी पुरी भए ठाउँमा गइन् । म उनको पछि लागे । नेपालमा हुँदा कहिले काँही खान्थे । समिक्षा निकै खुशी हुँदै खाँदै थिइन् । उनीले मलाई खान आग्रह गर्दे थिइन् र मैले पनि खाने । नेपालको भन्दा मीठो रहेछ । पानी पुरीको साथ साथै, चट्पटे सिन खायौ । उनी खुशी थिइन् । हामी धुम्दै थियौ । उनीले यता र उताको विवरण दिदै थिइन् र हामी घर ढिलो पुग्यौ ।
आन्टीले ढोका खोल्नुभयो । अंकल पनि आइसक्नुभएको थियो । अंकलले हामीलाई देखेर सोध्नुभयो,“तिमीहरु कता गएका थियौ ?”
“यही नजिकै धुम्न । आभासले ढोका धुमेकै छैन । त्यसैले यही नजिकै लिएर गएको ।”
“ए । ठीकै छ । फुर्सद भएको समयममा अरु ठाउँ पनि धुमाइदिनु ।”
“हुन्छ ।”
“खाना खाने होइन ?” आन्टीले सोध्नुभयो ।
खासमा त्यति खाना मन थिएन तर आन्टीलाई नाइ भन्न सकिन । थोरै भए पनि खाए । समिक्षाले पनि थोरै खाइन् । वास्तवमा भन्ने हो भने आन्टीले साहै मीठो खाना बनाउनु हुन्थ्यो । खाना खाइसकेपछि म आफ्नो रुममा गए । प्रेस भए । आज मेरो मन निकै खुशी भएको छ । सायद समिक्षाको साथ भएर होला । म आफ्नै संसारमा हराए र मुस्कुराउन थाले ।
..................................................................................................................
म काम गर्न थालेको थिए । अंकलको पसलमा मैले सगाउन थालेको थिए । दुई / तीन घण्टा सगाउथे । मलाई पैसा पनि दिनु हुन्थ्यो । मलाई अप्ठ्यारो लागेको थियो । मैले अंकललाई भनेको थिए कि म अर्के ठाउँमा बस्नु र काम पनि गर्छु तर अंकलले माग्नु भएको थिएन । अंकलको साथ साथै, आन्टीले पनि माग्नु भएको थिएन । उहाँको जिद्धीको कारणले नै त्यही बसे र अंकलको आग्रहमा नै मैले पसलमा काम गर्न थालेको थिए र काम गर्न थालेपछि मैले घरबाट पैसा माग्न छोडेको थिए । आफूलाई पकेट मनि आइरहेको थियो । त्यसको साथ साथै, फुर्सदको समयमा समिक्षा र म धुम्न जान्थ्यौ । हेर्दा हेर्दे हामी नजिक भइसकेका थियौ । मिल्ने साथी भएका थियौ । समिक्षाले मेरो बारेमा के सोच्छिन् थाहा छैन तर मैले उनीलाई मन पराउन थालेको थिए । आफ्नो मनको कुरा आफैसँग राखिरहे । सोचे कि सहि समय कुर्ने विचार गरे । हामी बीचको दोस्ती मलाई गुमाउनु थिएन । त्यसैले जे हुँदै थियो त्यसैमा खुशी थिए । म मन खुलेर रमाइरहेको थिए । समिक्षाको साथ थियो मलाई । उनीको साथ पाउँदा म निकै खुशी थिए । यो साथ म गुमाउन चाहन्न ।
..................................................................................................................
दुई वर्षको पढाइ भर्खर सकियो र दुई हप्ताको छुट्टी थियो । परिक्षा किएको दिन । बेलुकाको समय थियो । हामी खाना खाँदै थियौ । त्यही क्रममा, मैले अंकललाई हेर्दे भने, “अंकल, अब दुई हप्ता छुट्टी छ । म नेपाल जानु छ । दिदीको विवाह हुँदै छ ।”
“बधाई छ । अनि कहिले जाने त ?”
“सकेसम्म त भोलि नै । दिदीको विवाह दुई दिनपछि छ । मैले टिकट लिइसकेको छु । साँझको ६ बजेको फाइन्ट छ ।”
“ए । म तिमीलाई एयरपोर्टसम्म पु¥याइदिन्छु ।” अंकलले भन्नुभयो ।
मैले समिक्षालाई हेरे । उनी उदास थिइन् । समिक्षलाई लिएर जान मन थियो तर अंकल र आन्टी मान्नु हुन्न जस्तो लाग्यो । फेरि म हतारमा नेपाल जाँदै थिए । समिक्षासँग यस बारे मैले केही भन्न मौका पाइन । उनी मौन नै थिइन् । किचेनको काम सकेर आफ्नो कोठामा गए र म आफ्नो लुगा प्याकिङ गर्न थाले । केही क्षणपछि समिक्षा आइन् तर ढोकाबाट चि¥याएर हेर्दे थिइन् तर बोल्न सकेकी थिइनन् । पछाडि फर्केर हेर्दा मैले उनीलाई देखे । उनीको आँखामा अाँसु थियो । म उनीको नजिक गए । केही क्षण मौनता छाएको थियो । हामीले एक अर्कोलाई हेर्दे थियौ । मौनतालाई तोड्दै मैले उनीलाई हेर्दे भने,“के भयो तिमीलाई ? किन रोएकी ?”
उनीले मलाई हग गरिन् । अनि मैले भने, “के भयो तिमीलाई ?”
“तिमी जाँदै हौ ।”
“अरे । म कहाँ सधैको लागि जाँदै छु त ? म आइहाल्छु ।”
अनि उनीले मलाई हेरिन् । मलाई हेर्दे भनिन्,“मलाई बिर्सि गयौ भने ?”
“तिमीलाई म कहाा बिर्सिन्न सक्छु र ! तिमी त मेरो मनमा छौ । दुई हप्ताको त कुरा हो । कि तिमी पनि मसँग जान्छौ त ?” मैले मुस्कुराउदै भने ।
हामी भित्र छिरौ र उनीले पनि सहयोग गरिन् । केही समय हामी एक अर्कोसँग बितायौ । छतमा गएर गफ गर्न थाल्यौ । वास्तवमा भन्ने हो भने म आज निकै खुशी थिए किनकि मैले थाहा पाए कि समिक्षाको मनमा मेरो लागि माया रहेछ भनेर । छतमा आकाश हेर्दे गफ गर्ने क्रममा, समिक्षाले भनिन्, “दुई हप्ता म सरी बिताउनु ?”
“म तिमीलाई फोन गरिहाल्छु नि ।”
“तिम्रो फेसबुक छ ?” समिक्षाले मलाई सोधिन् ।
“हँ । फेसबुक ?” म अचम्म परे ।
“फेसबुक अहिलेको सोसल मिडिया हो ।” समिक्षाले आफ्नो मोबाइल निकालिन् र फेसबुक बारे विवरण दिइन् । नेपाल गरेर खोल्ने कुरा गरे । खासमा मेरो मोबाइल थिएन । बुवा र आमासँग कुरा गर्दा समिक्षाको फोन प्रयो ग गर्थे ।
..................................................................................................................
दिउँसोको डाढे तीन बजेको थियो । हामी सबै जना गाडीमा बसेका थियौ । समिक्षा र म चाँहि पछाडिको सिटमा थियौ । हामी दुवै जना मौन नै थियौ र हामी दुवै जना एक अर्कोलाई हेर्दे थियौ । उनी भावुक भएकी थिइन् । हामीले एक अर्कोलाई मन पराउछौ नभइकन एक अर्कोको मनको कुरा थाहा पाइसकृेका थियौ । मौनतामै हामी एयरपोर्ट पुगेका थियौ । अनि हामी सबै जना गाडीबाट निस्कियौ । अनि अंकलले मलाई हेर्दे भन्नुभयो,“राम्ररी जानु र हामीलाई फोन गर्नु ।”
“हुन्छ ।” मैले भने ।
मैले समिक्षालाई हेरे । उनीको भावले बताइरहेको थियो कि म उनीलाई छोडेर सधैको लागि जाँदै छु । बसै जनालाई बाई गर्नुभयो र मैले पनि बाई गरे । समिक्षाले बाई गर्दा मलाई नराम्रो लागेर आयो । दुई हप्ता छोडेर जाँदा त समिक्षा निकै भावुक भएकी थिइन् । सधैको लागि छोडेर गए भने के हुन्छ होला । म भित्र छिरे र समिक्षालाई हेरे । समिक्षा गइसकेकी रहेछिन् । मैले आफ्नो सकेर बोडिङ्गको लागि कुरेर बसे । मेरो ध्यान समिक्षातिर नै थियो । मलाई नेपाल फर्केन नै मन भएन । उनकै संसारमा हराएको थिए । त्यही क्रममा, बोडिङ्गको लागि बोलाइयो र म भित्र छिरे । अनि आफ्नो सिटमा बसे । मलाई झ्यालको सिटमा बस्नु थियो । मेरो छेऊमा बस्नेलाई आग्रह गरे र म झ्यालको सिटमा बसे र बाहिर हेरे ।
६
साँझको समय थियो । नेपालको एयरपोर्टमा थिए । बुवा लिन आउनु भएको थियो र हामी ट्याक्सीमा गयौ । बुवाले मेरो पढाइको बारे, बसाईको बारे इत्यादी बारे सोध्नु भयो । हामी बीच सामान्य गफ भयो । म ट्याक्सीबट बाहिर हेर्दे थिए । दुई वर्ष अगाडि जस्तो थियो र आज पनि त्यस्तै रहेछ । आधा घण्टापछि हामी घर पुग्यौ । आमाले ढोका खोल्नु भयो । मलाई देखेर हुनुभयो । त्यसको साथ साथै, दिद पनि निकै खुशी हुनु भयो र म आफ्नो कोठामा गए । एकछिन आफ्नो कोठा हेरे र आफ्नो सामान राखे । प्रेस हुन म बाथरुम गए र प्रेस भइसकेपछि म किचेनमा गए । खाना पाइसकेको रहेछ । बैठक कोठामा बुवा, आमा र दिदी हुनु हुन्थ्यो । बिहेको कुरा गर्दे हुनु हुन्थ्यो । म भित्र छिरे । त्यही क्रममा, आमाले भन्नु भयो,“छोरालाई भोक लाग्यो होला । खान जाऊ ।”
“होेइन । खान त एकछिनमा खाऊला । अनि तयारी कस्तो हुँदै छ ?” मैले दिदीलाई हेर्दे भने । दिदी मौन नै हुनु हुन्थ्यो । बुवाले वातावरणको मौनता तोड्दै भन्नुभयो,“दिदीले नै मन पराएकी हुन् र सँगै पढेका हुन् । हामीले भेट्दा पनि राम्रो लागेको थियो । अनि विवाहको पक्का भएको हो । तिम्रो भिनाजुले आईटीमा काम गर्नुहुन्छ । केही महिनापछि अमेरिका जाँदै हुनु हुन्छ । अमेरिकामा नै काम पाउनु भएको हो । उता जानु अगाडि नै विवाह गर्ने कुरा भएको हो । हामीलाई हतार भएको त थिएन ।” बुवा र दिदी दुवै जना भावुक हुनुभएको थियो । म दिदीको छेऊमा गएर हग गरे । म दिदीको लागि निकै खुशी थिए ।
विवाहको तयारी हुँदै थियो । यता र उता गर्दे व्यस्त भए । समिक्षालाई सम्झिएको थिए तर व्यस्त भएका कारण मैले म्यासेज पठाउन पाएको थिइन । त्यसको साथ साथै, मसँग न त मोबाइल थियो न त ल्यापटप । सोचे कि दिदीको बिहेसकेपछि फोन किन्छु र म्यासेज पठाउछु ।
७
दिदीको विवाह सम्पन्न भइसकेपछि मैले बुवालाई मोबाइलको कुरा व्यक्त गरे र बुवाले सजिलै हुन्छ । भोलिपल्ट जै किनेर ल्याइदिनुभयो । म निकै खुशी भए । बच्चा जसरी खुशी हुन्छन् म त्यही नै खुशी भएको थिए । मोबाइल पाएपछि मैले फेसबुकको ब्अअयगलत बनाए र आफ्नो फोपाइल फोटो पनि राखे । फेसबुक भनाइसकेपछि मैले समिक्षालाई साथीको लागि अनुरोध पठाए र केही क्षणमै उनीले अनुरोध स्वीकारिन् र म्यासेज पठाए ।
“के सारो हराएको ?”
“म व्यस्त भएको थिए ।”
“फुर्सद त एकछिन थियो होला ।” उनी रिसाझै भनिन् ।
“अहँ । एकछिन पनि फुर्सद थिएन ।” मैले जिस्किदै भने ।
“कस्तो मान्छे होला ?” उनी रिसाएझै गरिन् ।
“अनि हजुरले पनि मलाई म्यासेज पठाए हुन्थ्यो नि ।” मैले पनि रिसाएझै गरेर भने ।
उताबाट केही जवाफ आएन । मैले हेलो भने । के भयो भनि म्यासेज पठाए तर पनि उताबाट केही जवाफ आएन । मैले एक घण्टासम्म कुरे तर उताबाट केही जवाफ आएन । जवाफ नआएपछि मैले आफ्ना स्कूलका साथीहरुलाई खोज्न थाले । मेरा स्कूलका दुई जना मिल्ने साथीहरुलाई खोजे । महेशलाई त भेटे तर हरिलाई चाँहि भेटिन । महेशलाई म्यासेज पठाए । त्यही क्रममा, मलाई कुसुमलाई हेर्न मन लाग्यो र खोजे । धेरै जना देखायो । एक एक जनालाई हेर्न थाले र बल्ल भेटे । फोटोहरु धेरै थिएनन् । फोटोहरु बाहिरको थियो । सायद पढ्नको लागि गएकी होलिन् । कुसुमको फोटोहरु हेर्दा हेर्दे महेशको म्यासेज आयो ।
“के छ साथीको खबर ? कहाँबाट सम्झिस् ?”
“मनदेखि नै सम्झेको हो ।”
“तँ कहाँ छस् आजकाल ?”
“म अहिले नेपालमा छु । अहिले छुट्टीमा आाएको । अब केही समयपछि ढाका फर्किछु । तँ र हरिसँग भेट्न मन छ ।”
“हुन्छ । मेरो भोलि फुर्सद छ र हरिलाई पनि खबर गर्छु नि ।”
“हुन्छ । मलाई खबर गर्नु । धेरै गफ गर्न मन छ ।”
“मलाई पनि गफ गर्न मन छ । धेरै वर्ष भइसक्यो ।”
अनि मैले पनि अरु साथीहरुलाई पनि खोजे । भेटे जति सबैलाई साथीको लागि अनुरोध पठाए र समिक्षाको म्यासेज आयो कि आएन भनि हेरे । अहिलेसम्म आएको थिएन । उनीको म्यासेज नआएपछि मैलै नै पठाए ।
“अहिलेसम्म रिसाएको ?” मैले पठाए तर पनि उताबाट केही म्यासेज आएन । सोचे कि मुड ठीक भएपछि आफै म्यासेज पठाउछिन् ।
..................................................................................................................
साँझको ६ः०० बजेको थियो र हामी तीनै जना बौद्धमा भेट हुने कुरा भएको थियो । बौद्ध निस्किनु अगाडि समिक्षाको म्यासेज आयो कि आएन भनि हेरे र म्यासेज आएको थिएन । के भए छ भन्ने भयो र मैले नै आइ एम सरी भनि पठाए । घरबाट निस्किदासम्म मेरो दिमागमा समिक्षाको मात्र ख्याल आइरहेको थियो । उनीलाई के भयो ? किन मेरो म्यासेजको जवाफ दिएकी छैनन् । किन मसँग रिसाएकी हुन् ? किन मलाई वेवास्ता गरेकी हुन् ? कि अंकल र आन्टीले हाम्रो सम्बन्ध बारे थाहा त पाउनु भएन ? मनमा धेरै प्रश्नहरु आउन थालेका थिए । म आफ्नै संसारमा हराउन थालेको थिए । त्यही क्रममा, सह–चालकले बौद्धमा कोही छ भन्दा म आफ्नो संसारमा यर्थाथमा आए । अनि मैले पैसा तिरे र बौद्धमा ओलिए । बौद्ध स्तूपको अगाडि उभिए र घडी हेरे । १५ मिनेट बाँकी थियो । एकछिन भए पनि म बौद्ध स्तूप धुमे र फोटोहरु खिचे । खिचेका फोटोह हेर्न थाले । राम्रो आएको रहेछ । घर पुगेपछि समिक्षालाई पठाइदिने याृेजना गरे । केही क्षण स्तूप धुमे । मन निकै रमाएको थियो । निकै समयपछि म यसरी धुमेको थिए । त्यसको साथ साथै, आफ्नो देशमा धुम्नु भनेको एक प्रकारले आनन्द दिँदो रहेछ । धुमिसकेपछि मैले समय हेरे । चार बजिसकेको रहेछ र म बाहिर निस्किए । मैले न त हरिलाई देखे न त महेशलाई नै । एकछिन भए पनि कुरेर बसे र फेरि फोटोह हेर्ने थाले । त्यस पश्चात मैले मोबाइलमा डाटा अन गरे र समिक्षालार्ई पठाइ दिने । यस समयसम्म पनि समिक्षाले केही जवाफ दिएकी थिइनन् । के भयो र उनीलाई ? घर पुगेपछि फोन गर्ने निर्णय गरे । त्यही क्रममा, हरि मेरो नजिक आयो र भ¥यो,“के छ साथी ?” हात मिलादै भयो ।
“मेरो ठीक छ यार । तेरो के छ यार ?”
“मेरो पनि ठीक छ । तै त उतै रहेछस् ।”
“हो र ? म त ढाकका गए पछि मोटाएको छु । तँ बोरु उस्तै रहेछस् ।” हामी दुवै जना मुस्कुरायौ । त्यही क्रममा, मैले भने,“महेश कोई त ?”
“आउँदै होला । म त्यसलाई फोन गर्छु ।” हरिले भयो र गोजीबाट मोबाइल निका¥यो र महेशलाई फोन गयो । केही घण्टीमै फोन उठायो र हरिले हुन्छ बाहेक अरु केही भनेको थिएन । दुई जनाको कुराको कुरा सक्किएपछि हरिले मलाई हेर्दे भयो,“महेश यही नजिकै आइपुग्यो छ । आइहाल्छ ।”
“अनि हामी कता बस्ने त ?” मैले प्रश्न गरे ।
“महेशलाई आउन देन । उसलाई यहाँको बारे थाहा छ ।” यति नभन्दै महेश माइक्रोबाट ओल्लेको देख्यौ । महेश पनि उस्तै रहेछ । केही परिवर्तन नआएको । पैसातिर महेश हामी भएतिर आयो । हामीलाई देखेर निकै खुशी देखिएको थियो । हामीलाई देखेर हग गयो र मलाई हेर्दे भयो,“तेरो के छ खबर ?”
“ठीक छ । अति तेरो ?”
“मेरो पनि ठीक छ ।”
“भित्र गएर कुरा गरौ न ।” हरिले भयो ।
महेशले हामीलाई एउटा क्याफेमा लिएर गयो र हामी तीनै जना क्याफेको छतमा बस्यौ । छतबाट बौद्ध निकै राम्रो देखिएको थियो । हामी बसेको केही क्षणमै वेटर दाईले मेनु हाम्रो अगाडि राखिदिनुभयो ।
“केही अर्डर गर्ने कि ?” महेशले भयो ।
“एकछिमा अर्डर गयौ न । बल्ल त भेटेका छौ । अनि तिमीहरुको सुनाऊ न ।” मैले भने ।
“म त कर्भस पढ्दै छु । बिहान कलेज गयो र कलेजबाट घर । कहिले काँही अल्छी लाग्यो भने, महेश र म धुम्न जान्छौ । हाम्रो चाँहि भेट भइरहन्छ । हाम्रो त यस्तै छ । तेरो सुनान ।” हरिले भयो ।
मैले सबै कुरा सुनाए तर समिक्षाक कुरा लुकाए । भन्न त मन थियो तर अहिले सहि समय होइन भनि लुकाए । मेरो कुरा सुनिसकेपछि महेशले भयो, “अनि उता चाँहि तेरो गर्लप्रेण्ड छ कि छैन ?”
“छैन । पढाइको चाप हुन्छ र पढाइको तनाव हुन्छ । यता र उता गर्ने पाउदिन र फुर्सद नै हुँदेन । यहाँको जस्तो हुँदैन ।” मैले भने ।
“तेरो कुसुमसँग कुरा हुन्छ कि हुँदैन ?” हरिले भयो ।
“छैन । तिमीहरुको हुन्छ ?” मैले भने ।
त्यही क्रममा, महेशले भयो, “कुसुमको त ब्रेक अप भयो । अनिश र कुसुम के भयो कुन्नि । तँ बङ्लादेश गएको केही दिनमै ब्रेक अप भएको थियो ।”
“ए ।” मैले यति भने । अरुलाई धोका दिँदा यस्तै हुन्छ । त्यही क्रममा, वेटर भाइ हाम्रो छेऊमा आए । अनि हामीले अर्डर गरौ र हामी गफ गर्न थाल्यौ । विद्यालयमा हुँदादेखिको कुरा गर्न थाल्यौ । कति रमाइला थिए ति पलहरु । फर्केर जान पाए नि हुन्थ्यो ।
केही क्षण गफ गरिसकेपछि हामी आ–आफ्नो घर फर्कियौ । आज आफ्नो अतितमा फर्किन मा लाग्यो । त्यसको साथ साथै, म आज निकै खुशी थिए । आफ्नो मिल्ने साथीहरु भेट हुँदा म निकै खुशी भएको थिए । घर पुगेपछि आफ्नो पूराना फोटोहरु हेर्ने थाले । फोटोहरुको साथ साथै, डायरीहरु हेर्न थाले । कुसुमले लेखेका पत्रहरु पनि मैले सम्हालेर राखेको थिए । ती देखेर म मुस्कुराए । कुनै सम्बन्धहरु मीठा र राम्राा हुन्छन् ।
..................................................................................................................
हेर्दा हेर्दे मेरो फर्किने समय भएको थियो । एयरपोर्टमा दिदी र भिनाजु पनि आउनु भएको थियोे । साँझको समय थियो । मनमा खुशी र दुःख दुवै थियो । आमा र दिदी दुवै जना भावुक हुनु भएको थियो । खुशी समिक्षाले भेट्न पाइन्छ भनेर र दुःख परिवारलाई छोडेर जाँदै छु भनेर । मैले सबै जनालाई बिदाई मागेर भित्र छिरे । भित्र छिरेपछि बाहिर हेरे र सबै जना हुनुदो रहेछ र मैले फेरि बाई गरे । बाई गरेपछि म लाइनमा बसे र आफ्नो टिकट लिएर बोडिङ्गको लागि बसे । मेरो ध्यान समिक्षातिर नै थियो र मैले आफ्नो पकेटबाट मोबाइल निकाले र डाटा अन गरे । फेसबुक खोले र समिक्षाको फोपाइल खोले । त्यति पोष्टहरु थिएन र मैले म्यासेज पठाए ।
“हेलो । के छ खबर ?” हुन त उनी अनलाइन थिइनन् । मनमा छटपटी हुन थाल्यो । कति बेला समिक्षाले जवाफ दिलिन् । त्यसको साथ साथै, कति बेला समिक्षासँग भेट हुन्छ र समिक्षालाई हग गर्न मन छ । समिक्षाको यादमा म निकै डुबेको थिए र निकै बेर बोडिङ्गको लागि बोलाएपछि मात्र म होशमा आए र म प्लेनमा चढे । मनमा धेरै उमङ्ग थियो । केही घण्टाको यात्रापछि म बङ्लादेश पुगे । एयरपोर्टको सबै काम सकेपछि म एयरपोर्टबाट निस्किए । मलाई लिन भनि अंकल र समिक्षा लिन आउनुभएको थियो । समिक्षालाई देखेर म निकै खु्शी भएको थिए तर बाहिर देखाउन सकिन । म अंकल र समिक्षको नजिक गए र भने, “तपाईहरुले यति दुःख नगरेको भए हुन्थ्यो । म आफै आइहाल्थे नि, अंकल ।”
“यसलाई के दुःख भन्छौ ? तिमी त आफ्नै परिवार जस्तो लाग्छ । अब जाऊ ।”
“हुन्छ ।”
समिक्षाले मलाई हेरिरहेकी थिइन् । अंकलले नदेख्ने गरि मलाई आँखा झिम्काइन् । उनीलाई थाहा थियो कि म केही गर्न सक्दिन यस समय र उनीले मलाई जिस्काएको जिस्काए गरिन् । म मौन नै बसे र म मौन बसेको देखेर उनी मुस्कुराइन् । केही क्षणपछि हामी घर पुग्यौ र म आफ्नो कोठामा पुगे आफ्नो सामान एक कुनामा राखे र खाटमा पल्टिए । म के पल्टिएको थिए, ढोकामा ढकढकाएको आवाज आयो । सुरुमा त खोल्न अल्छी गरे । पछि फेरि ढकढकको आवाज आयो र म उठे ढोका खोले । समिक्षा आएकी रहेछिन् ।
“के सारो हो ? आउने बित्तिकै सुतिदिएको । मलाई त बाल नै छैन ।” उनी कोठामा छिर्दे भनिन् र उनी रिसाएकी थिइन् ।
“गलेको थिए त्यसैले आराम गर्दे थिए । आराम गरेपछि म बोल्न आइहाल्थे त । रिसाइहाल्नु पर्छ त ?”
“मेरो त केही वास्ता छैन तिमीलाई त ?” उनीले झन् रिसाउदै भनिन् ।
“हजुरलाई चाँहि वास्ता भए जस्तो नि म नेपाल हुँदा मलाई म्यासेजको जवाफ दिए जस्तो नि । म चाँहि रिसाउनु पर्ने ।” मैले उनीलाइ्र्र जिस्काउदै भने ।
“तिमीसँग म नसक्ने रहेछु । कुरा कति जानेको ।”
“हजुरलाई रिसाउन कति आएको ?” म झन् जिस्किने मुडमा थिए । म उनीलाई हेरिरहेको थिए ।
“म त तिमीसँग बोल्दिन ।”
“नबोले मेरो कुरा सुन मात्र ।”
“कस्तो मान्छे होला ।”
“बाँदर जस्तो ।” म मुस्कुराए ।
वातावरणमा मौनता छाएको थियो । हामीले एक अर्कोलाई हेरौ । त्यही क्रममा, म समिक्षाको नजिक गए । समिक्षाको ढुकढुकी मैैले सुन्न सक्थे । उनी नर्भस् पनि भएकी थिइन् । म उनीलाई किस गर्न चाहन्थे तर असफल भए । त्यही क्रममा, समिक्षालाई आन्टीले बोलाए जस्तो लागयो र हामी झसङ्ग भयौ र समिक्षा तल गइन् । उनी आत्तिदै तल गइन् । म उनी गएको हेरिरहेको थिए ।
समय बित्दै गयो । हामी झन् नजिक हुँदै गएका थियौ । हामी जहाँ गए पनि साथ हुन्थ्यो । त्यही कारणले हाम्रा साथीहरुले हामीलाई जिस्काउथे । मन मनै अझै जिस्काएदियोस् जस्तो लाग्थ्यो । हेर्दा हेर्दे हाम्रो कलेज र पढाइ पनि सक्कियो । इन्टर्नशिप गर्नृु पर्ने थियो । मलाई नेपालमा गर्न मन थियो त्यसैले मैले कलेजको डिमार्टमेन्टसँग कुरा गरे तर गर्न नमिल्ने कुरा गर्नु भयो । इन्टर्नशिप कलेजले नै टोकिदिएको थियो । भागय बस् समिक्षा र मेरो इन्टर्नसिप एउटै अस्पतालमा थियो तर समयले हामीलाई साथ दिएको थिएन । समिक्षाको ड्युटी बिहानको थियो भने मेरो दिउँसो । केही क्षण मात्र हाम्रो कुरा हुन्थ्यो । समय मिलेसम्म एक अर्कोलाई समय दिएका थियौ । इन्टर्नशिप भन्नु मात्र हो । धेरै कामहरु हुन्थ्यो तर पनि हामी आफ्नो काम रमाएर गर्दे थियौ ।
८
इन्टर्नशिप गरेको आठ महिना भइसकेको थियो र इन्टर्नशिप पनि सक्कियो । इन्टर्नशीप सक्किएको केही दिनपछिको कुरा हो । हामी सबै जना बैठक कोठामा थियौ । अङ्कल टि.भी हेर्दे हुनुहुन्थ्यो भने आन्टी किताब पढ्दै हुनु हुन्थ्यो । समिक्षाले मलाई जिस्काउदै थिइन्् । मैले नजिस्काउन आग्रह गर्दे थिए । अङ्कल र आन्टीले देख्नु भयो भने ? मलाई डर थियो । यति अङ्कल र आन्टीले नराम्रो सोच्नुभयो भने । त्यही क्रममा, मैले अंकललाई हेर्दे भने,“अङ्कल ।”
“हजुर ।” अङ्कलको नजर टि.भीमै थियो भने समिक्षाका अनुहारमा कहि न कहि डर थियो । सायद हाम्रो सम्बन्धको बारेमा भन्छु भने भयो होला ।
“म नेपाल फर्केन चाहन्छु । नेपालमै केही गर्न चाहन्छु ।” मैले यति भन्दा समिक्षाको भाव नै परिवर्तन भइसकेको थियो । उनी गभ्भीर भइन् भने अंकलले टि.भी अफ गर्नु भयो । मलाई हेर्दे भन्नुभयो, “यहाँ तिमीलाई केही समस्या भयो ? यहाँ पनि त जागिर पाइन्छ ।”
“मलाई यहाँ बस्न गाह्रो होइन । हुन त तपाईले भने जस्तै यहाँ पनि जागिर गर्न सक्छु तर मलाई नेपालमै गर्नु छ ।”
“बुवा र आमालाई भयौ त ?”
“भनि सके । उहाँहरु खुशी हुनु हुन्छ ।”
“अनि कहिले फकिन्छौ त ?”
“अर्को हप्ता फर्केने योजना छ । टिकट लिएको छैन । हेर्दे छु ।”
“ठीकै छ त ।”
वातावरणमा मौनता छाएको थियो । समिक्षाले मलाई भावुक नजरले हेरिन् । अनि उनी बैठक कोठाबाट आफ्नै कोठातिर गइन् । मलाई उनीको पछि जानु थियो तर अङ्कल र आण्टीले नराम्रो सोच्नु हुन्छ भन्ने भयो । त्यसैले म बैठक कोठामै बसे । मेरो ध्यान समिक्षातिर नै थियो ।
..................................................................................................................
मैले निकै समिक्षाको ढोका ढकढकाए तर उनीले ढोका नै खोलिनन् । नखोलेपछि मैले भने, “प्लिज, एक चोटि ढोका खोल न । तिमीलाई एक्कासि के भयो ? तिमी केही त बोल न । मेरो पनि कुरा त सुन ।”
मैले उनीलाई नेपाल जाने कुरा भनेको थिइन त्यसैले उनी मसँग रिसाएकी र नबोलेकी । केही क्षणपछि उनीले ढोका खोलिन् । उनी रोएकी थिइन् । उनीले मलाई हेर्न जरुरत सोचिनन् र उनी मलाई नहेरिकन खाटमा बसिन् । म चाँहि उनीको नजिक गए र भने, “के भयो तिमीलाई ?”
न त उनीले मलाई हेरिनन्न त जवाफ नै दिइनन् । उनी मौन भएको देखेर मैले फेरि उनलाई सोधे, “के भयो तिमीलाई ? किन मौन भएको ? केही त बोल ।”
समिक्षाले मलाई हेरिन् र उनीको आँखा रसाएका थिए । मलाई भावुक तरिकाले हेर्दे भनिन्, “तिमी नेपाल जाँदै छौ । तिमीले मलाई किन नभनेको ? तिमीलाई मेरो माया पनि लाग्दैन रहेछ ।”
“तिमीलाई कसले भ¥यो कि मलाई तिम्रो माया लाग्दैन भनेर ? तिमी पनि मसँगै जान्छौ कि ?”
“कस्तो मज्जाक गरेको तिमीले ?”
“तिमी पनि नेपाल आउन । तिमी नेपाल नगएको धेरै वर्ष भइसकेको छ । मसँगै आउन ।”
“बा आमाले दिनु हुन्न ।”
“म कुरा गर्छु नि ।”
“तिमीलाई नेपाल किन जानु ? तिमी यही बस्न सक्दैनौ ?” उनीले गम्भीर भएर सोधिन् ।
“बस्न त मलाई यही मन छ तर नेपालमा पनि राम्रा अवसरहरु छन् । त्यसको साथ साथै, आफ्नो घरमा बस्नुको आनन्द अर्के छ । तिमी मसँग नरिसाउन । एक हप्ता हामीसँग समय छ । त्यसैमा खु्शी हौ न ।”
मैले उनीलाई सम्झाउने क्रममा थिए र बल्ल उनी मुस्कुराइन् र हामीले हग गरौ । एक हप्तासम्म त हामीले एक् अर्कोलाई समय दियौ र विभिन्न ठाउँहरु पनि धुम्यौ । मैले निकै फोटोहरु खिचे । एक प्रकारले मेरो मन दुःखी थियो । मैले समिक्षालाई छोडेर जाँदै छु । हुन त फेसबुक छ तर प्रत्यक्ष रुपमा कुरा गरेको जस्तो हुँदैन । मन भारि भएर आएको थियो तर देखाउन सकेको थिइन । आफूभन्दा धेरै माया गर्छु समिक्षालाई । हुन त समिक्षा मेरो पहिलो माया होइन तर उनीसँग म धेरै रमाउछु, खुशी हुन्छु र उनीसँग मैले आफ्नो जिन्दगी बाँचेको छु । सानो कुरामा पनि रमाउन थालेको थिए । त्यसैले उनीलाई छोडेर जान मन थिएन तर नेपालमा मैले आफ्नो संसार देखेको थिए ।
..................................................................................................................
नेपाल फर्किने एक अगाडिको कुरा हो । म प्याकिङ गर्दे थिए । त्यसै बीचमा समिक्षा मेरो नजिक आइन् र उनी खाटमा बसिन् । मलाई हेर्दे भनिन्,“तिमी साँच्चि जान लागेको ?” उनीले मुख बिगा्रदै भनिन् ।
“तिमी गम्भीर नहोऊ न । म तिमीलाई फोन गरिहाल्छु नि । नेपाल गएपछि बुवा र आमाालाई हाम्रो बारेमा भन्ने छु ।”
“बुवा र आमाले हामीलाई स्वीकार्नु हुन्छ त ?”
“किन नस्वीकार्नु ? हाम्रो पविारले एक अर्कोलाई राम्ररी चिन्नु हुन्छ । तिमीलाई भेटेपछि झन् स्वीकार्नु हुन्छ ।” म मुस्कुराए र उनी पनि मुस्कुराइन् । सोचे कि मेरो कुरा सुनेर मुस्कुराएकी हुन् तर होइन रहेछ । मैले उनीलाई हेर्दे भने, “मेरो कुरा सुनेर कस्तो राम्रोसँग मुस्कुराएकी ।”
“होइन हो । तिम्रो कुराले म मुस्कुराएको होइन ।”
“अनि के कुराले मुस्कुराएको त ?”
“गेस गर न ।”
“तिम्रो बिहे ?” म हाँसे ।
“हो । तिमीले ठीक भ¥यौ । बुवाले केटा खोजिसक्नु भएको छ ।” उनी मुस्कुराइन् । म पनि मुस्कुराए र भने, “को केटा रहेछ ?”
“तिमी पनि । खासमा अर्के कुरामा म मुस्कुराएको । तिमीले थाहा पायौ भने, तिमी पनि खुशी हुन्छौ ।”
“के हो त्यस्तो ?” म झन् उत्साहित हुँदै भने ।
उनीले मलाई हेर्दे मुस्कुराइन् र भनिन्,“म पनि नेपाल जाँदै छु त्यो पनि तिमीसँग ।”
“हो र ? यो कसरी भयो ?” म अचम्मको साथ साथै खुशी हुँदै भने ।
“मैले बुवालाई नेपाल धुम्ने योजना भने । उहाँलाई मैले तिमीसँग जाने योजना बताए र उहाँले सजिलै मान्नुभयो ।”
“अनि टिकट भयो त ? प्याकिङ गरौ त ?”
“सबै भइसक्यो ।” उनी खुशी देखि थिइन् । उनी मात्र होइन, म पनि खुशी भएको थिए । वातावरणमा मौनता छाएको थियो । हामी एक अर्कोलाई देखेर दंग भयौ ।
..................................................................................................................
हामी एयरपोर्टमा थियौ र दिउँसोको १२ः३० बजेको थियो । हाम्रो फाइन्ट २ः३० बजेको थियो । अंकल र आन्टी एयरपोर्टमा हामीलाई पु¥याउन आउनु भएको थियो । गाडीबाट हामी निस्कियौ । हामीले सुटकेशहरु निकाल्यौ । अंकल र आन्टीले हामीलाई हेर्दे भन्नुभयो, “राम्ररी जानु । राम्रोसँग काम गर्नु र समिक्षाको राम्रो ख्याल राख्नु ।”
“हुन्छ ।” मैले भने । केही क्षण हामी कुरा गरौ । दश मिनेटपछि अंकल र आन्टीले हामीलाई बिदाई गर्नु भयो र हामी भित्र छिरौ । अंकल र आन्टीले हामीलाई हेरिरहनु भएको थियो । हामीले भित्रको काम सकेर बोडिङ्गको लागि कुरेर बसेका थियौ । मैले समिक्षालाई जिस्काउदै थिए । मान्छेको अगाडि कति जिस्काएको भनि अर्को सिटमा जान्थिन् र म उनीको पछि लाग्थे । एयरपोर्टमा पनि निकै फोटोहरु खिच्यौ । मानिसहरुले हामीलाई हेरिरहेका होलान् तर हामीले अरुको वास्ता गरेका थिएनौ । हामी आफ्नै संसारमा हराएका थियौ । केही क्षणपछि बोडिङ्गको लागि बाोलाइयो र हामी आफ्नो ठाउँबाट बोडिङ्गको लागि गयौ र प्लेनमा चढ्यौ । हामी आफ्नो सिट खोज्न थाल्यौ र हाम्रो सिट अन्तिमा थियो । खासमा मलाई झ्यालको सिटमा बस्न मन थियो तर समिक्षाको जिद्दीको अगाडि मेरो केही चलेन । उनीले झ्यालबाट हेर्दे मलाई उनीको कुरा सुनाउदै थिइन् । उनीलाई झ्यालबाट बाहिर हेर्न र फोटो खिच्न धेरै मन पथ्यो । कसलाई चाँहि झ्यालबाट बाहिर हेर्न मन पर्देन र । केही क्षणपछि प्लेन टेक अप भयो । समिक्षा टेक अप हुँदा निकै रमाएकी थिइन् । झ्यालबाट हेर्दे थिइन् टेक अप भएको ।
डेढ घण्टापछि नेपालको एयरपोर्टमा हामी आइपुग्यौ र काम सकेर हामी बाहिर निस्कियौ । बुवा र आमालाई कुरेर बस्नु भएको थियो । म बुवा र आमालाई देखेर निकै खु्शी भएको थियो । म नजिक पुगेपछि बुवाले मलाई हेर्दे भन्नुभयो,“रामोसँग् आयौ ? गाह्रो त भएन ?”
“अहँ ।” मैले भने र मैले समिक्षालाई देखाउदै परिचय गराए । बुवा र आमा समिक्षालाई देखेर खुशी हुनुभएको थियो र हामी घरतिर लाग्यौ । घर पुगेपछि मैले समिक्षालाई दिदीको रुम देखाइदिए । उनीले आफ्नो सुटकेश राखिन् र म आफ्नो कोठामा छिरे । आमा मेरो नजिक आएर भन्नुभयो, “भोक लाग्यो होला ।”
“पर्देन । म एकछिन आराम गर्छु र पछि आफै बनाएर खान्छु ।” म अनि आराम गरे र समिक्षा पनि । म उठ्दा साँझको ६ः३० बजेको थियो र म प्रेस भएर किचेनमा पुगे । किचेनमा समिक्षा र आमा हुनु हुन्थ्यो । गफ गर्दे खाना बनाउदै हुनु हुन्थ्यो । म किचेन छिरेको देखेर आमाले भन्नुभयो, “छोरालाई भोक लागिसक्यो होला । अब केही समयमै खाना पाकिसक्छ ।”
“हुन्छ । बुवा कता हुनु हुन्छ ?” मैले आमालाई हेर्दे भने । समिक्षाले मलाई हेरेर मुस्कुराइन् । म केही प्रतिक्रिया नदिइकन आमाको जवाफलाई कुरेर बसेको थिएए । आमाले बुवाले आफ्नै कोठामा हुनु हुन्छ भन्नुभयो र म बुवा भएतिर गए । यो दिन गफ गर्दे बितायौ ।
..................................................................................................................
समिक्षालाई मैले विभिन्न ठाउँहरु धुमाउदै थिए । उनी निकै रमाएकी थिइन् र निकै फोटोहरु खिचेकी थिइन् । बीच बीचमा सबैले उनीको फोटोहरु बिग्रारदिन्थे र उनी मसँग रिसाएझै गर्थिन् । त्यसको साथ साथै, उनीले भिडियोहरु पनि बनाउथिन् । उनीलाई हरेक क्षणको केद गर्थिन् ताकि पछि यादगार होस् भन्ने सोच थियो ।
साँझको समय थियो र हामी बौद्धमा थियौ र क्याफेमा बसेर कफी पिउदै थियौ । सूर्य अत्ताउदै हेर्दे थियौ र मैले भने, “तिमीलाई एउटा कुरा भन्नु थियो ।”
“भन न ।”
“मैले हाम्रो बारेमा बुवा र आमा भन्ने योजनामा छु ।”
“कहिले ?”
“एक ÷ दुई दिनमा ।”
“यति छिट्टै ?”
“हो । अहिले भनेर भने पछि ढिलो हुन्छ । कुरा मात्र गर्ने हो । विवाह त पछि गर्दा हुन्छ । तिमीले पनि आफ्नो करियर बनाउनु छ ।”
वातावरणमा मौनता छाएको थियो । मैले उनीलाई हेरिरहेको थिए । उनी नर्भस जस्तो देखिएकी थिइन् । सायद उनीलाई अहिले यो सम्बन्धमा भन्न जरुरी सोचिनन् । त्यसैले मौनता तोड्दै मैले उनीलाई हेर्दे भने, “के भयो ? के सोचमा गयौ ? खुलेर कुरा गर न ।”
“तिमीले भने जस्तै मलाई करियर बनाउनु छ । अहिले हतार छैन । ”
“मैले पनि हतार गरेको छैन । अरुकोबाट हाम्रो सम्बन्धको बारे सुन्नुभन्दा हामीले भनि रहनु जरुरी छ । हामीले बुवालाई सबै कुराहरु खुलेर राख्यौ । उहाँहरुले हाम्रो कुरा बुझ्नु हुने छ ।”
उनीले हुन्छ भनिन् । म एक प्रकारले खुशी भए । थाहा छैन् कि उनीले मनदेखि नै हुन्छ भनेकी हुन् या होइन तर मेरो मन एक प्रकारले शान्त भएको थिए । मलाई यो पनि थाहा छ कि हाम्रो बुवा र आमाले हाम्रो कुरा बुझ्नु हुने छ ।
..................................................................................................................
बेलुकाको खाना खाएर हामी सबै जना बैठक कोठामा थियौ । त्यही क्रममा, मैले बुवालाई हेर्दे भने, “बुवा, मैले तपाईहरुलाइ केही भन्नु छ ।”
“भन न ।” बुवाले मलाई नहेरिकन भन्नुभयो । उहाँ प्राय बेलुकातिर पत्रिका पढ्नु हुन्थ्यो । यो उहाँको पुरानो बानी नै हो । समिक्षाको ध्यान मतिर नै थियो ।
“समिक्षा र म एक अर्कोलाई मन पराउछौ ।”
वातावरणमा शान्त छाएको थियो । बुवाले पढ्दै गरेको पत्रिका टेबुलमा राख्नुभयो भने आमाले मलाई हेर्दे हुनु हुन्थ्यो । दुवै जना छक्क पर्नु भयो । वातावरणको मौनता तोड्दै बुवाले भन्नुभयो, “अनि यस बारे समिक्षाको बुवा र आमालाई थाहा छ त ?”
“थाहा छैन । पहिला तपाईलाई नै भनेको हो ।” म एक प्रकारले नर्भस भएको थिए ।
“मलाई त केही आपति छैन । म समिक्षाको बुवा र आमासँग कुरा गर्छु नि त ।”
“हामीलाई अहिले विवाह गर्न हतार छैन । हाम्रो पढाइ भर्खेर सक्किएको छ । जागिर गरेपछि विवाह गर्ने योजना छ ।”
“ठीकै छ तर पनि उता भनिरह्यो भने पनि सजिलो हुन्छ । म त खुशी छु । चिनेकै परिवारमै सम्बन्ध हुने भयो ।”
हामी पनि खुशी भएका थियौ । बुवाले पछि समिक्षाको परिवारलाई भन्नुभयो । उहाँहरु पनि खुश हुनु भएको थियो । समिक्षा पनि खुशी देखिन्थिन् । समिक्षाको साथ साथै, मेरो दिदी पनि खुशी हुनु हुन्थ्यो ।
..................................................................................................................
हामी दरबार मार्गमा थियौ । समिक्षा मभन्दा धेरै खुशी देखिन्थिन् । हामी हिमालय जावामा थियौ । उनीलाई खुशी देखेर मैले भने, “आज तिमीलाई म निकै खुशी देख्छु ।” मैले जिस्काउदै भने ।
आाफूले पिउदै गरेको कफी टेबुलमा राखिन् र मलाई हेर्दे भनिन्, “म खुशी हुनुको कारण तिमी नै होऊ । तिम्रो कारणले म निकै खुशी छु । झन् नेपाल आएपछि म आफूलाई पाएको छु । सायद यतिको खुशी छु । आफूलाई भाग्यमानी सोच्छु किनकि मैले तिमीलाई पाए र तिम्रो परिवारले दिएको मायाले मैले आफ्नै परिवारसँग छु जस्तो लाग्छ । अहिलेको समयमा यति धेरै माया गर्ने मान्छे भेट्न गाह्रो हुन्छ ।”
“तिमीले मलाई फुर्काेएको हो ?” मैले उनीलाई जिस्काउदै भने ।
“यस्तो गम्भीर कुरामा पनि तिमीलाई मज्जाक सुज्जि छ ।” उनी सिरियस् हुँदै भनिन् ।
“तर साँच्चि भन्ने हो भने तिमीलाई पाएपछि म निकै भाग्यमानी छु जस्तो लाग्छ । म आफूलाई भाग्यमानी ठाग्छु ।” मैले मुस्कुराउदै भने । यस पश्चात हामी दुवै जना गफ गर्दे खाना थाल्यौ । गफ गर्दा गर्दे बेलुका भइसकेको थियो । त्यही क्रममा, समिक्षाले बाहिर जाऊ भनिन् र उनी बाहिर निस्किन् । म उनको पछि गए । बाटो खाली नै थियो । उनी आफ्नै सूरममा डान्स गर्दे थिइन् । म चाँहि उनीलाई हेरेर मख्ख थिए । उनी डान्स गर्दे थिइन् मलाई बोलाउदै थिइन् । त्यही क्रममा पानी प¥यो र समिक्षालाई पानी परेको मन पथ्यो । पानी भिज्न मन पथ्यो । मलाई भिज्न त्यति मन पर्देन्थ्यो । पानीको मौसम नै मलाई मन नपर्ने मौसम हो । अल्छी लाग्थ्यो मौसम ।
उनी डान्स गर्दे थिइन् र मैले एक बाईक रफ्तारमा आएको देखे । मैले उनीलाई बचाउन नजिक जाँदै थिए तर उनीको दूर्घटना भयो र उनी भुँइमा लडिन् भने बाईक त्यस ठाउँबाट भाग्यो । मैले ट्याक्सी बोलाए र मैले नजिकैको अस्पताल पु¥याए । उनीलाई आपतकालीन सेवामा लगियो । म बाहिर कुरेर बसेको थिए । १५ मिनेटपछि डाक्टर मेरो नजिक आए र भने, “आई इम सरी । सि ईस नो मोर । उहाँको मृत्यु अस्पताल आउनु अगाडि नै भएको थियो ।” यति भनेर डाक्टर निस्किनुभयो र म चाँहि आफूलाई सम्हाल्न सकेको थिइन । म अनि आपलकालीन कोठामा गए र उनीलाई हेरे । मेरो आँखाबाट आँसु झरे । उनी उठिदिए हुन्थ्यो जस्तो लाग्यो । मेरै गल्ती थियो किनकि मैले उनीलाई बचाउन सकिन । यही कुराले सधै भरि सताइरहने छ । त्यही क्रममा, मेरो फोनको घण्टी बज्यो । उठाउने हिम्मत नै भएन । धेरै चोट फोनको घण्टी बजिरह्यो र अन्त्यमा मैले फोन उठाए ।
“हेलो ।” बुवाले भन्नुभयो र म मौन नै थिए । म बोल्न सकेको थिइन । बुवाले भन्नुभयो तर म मौन नै थिए । म बोल्न सकेको थिइन । बुवाले धेरै चोटि हेलो भन्नुभयो र के भयो भनि सोध्नुभयो । मैले सिर्फ समिक्षाबाट भनिरहे ।
“के भयो र समिक्षालाई ?” बुवाले आत्तिदै भन्नुभयो ।
अनि मैले सबै कुरा व्यक्त गरे र बुवा हतारिदै अस्पताल आउनु भयो र आमा पनि आउनु भएको थियो ।
बुवालाई देखेपछि मैले हग गरे र रुन थाले । मैले रुदै बुवालाई भने, “मैले समिक्षालाइृ बचाउन सकिन बुवा । मैले समिक्षाको बुवा र आमालाई के जवाफ दिनु ?”
“तिम्रो गल्तीले भएको होइन छोरा । आफूलाई सम्हाल ।” बुवा र आमाले मलाई सम्झाउदै हुनु हुन्थ्यो । केही क्षणपछि उहाँहरुले समिक्षालाई हेर्नुभयो । आमा निकै भावुक हुनु भएको थियो । बुवाले त्यति क्रममा, समिक्षाको बुवा र आमालाई फोन गर्नु भयो र सबै कुरा व्यक्त गर्नु भयो । उहाँहरु बिहान मात्र आउनुभयो । जब उहाँहरु आउनु भयो, मैले उहाँहरुसँग कुरा गर्न सकिन । समिक्षालाई देखेर निकै रुनु भएको थियो । आफ्नो छोरा छोरीहरुलाई गुमाउदा बुवा र आमलाई निकै गाह्रो हुन्छ । संसारमा निस्वार्थ माया सिर्फ बुवा र आमाले गर्नु हुन्छ । मेरा बुवा र आमाले अंकल र आण्टीलाई सम्झाउदै हुनु हुन्थ्यो । त्यही क्रममा, समिक्षाको आमाले भन्नुभयो, “यो कसरी हुन पुग्यो ? हाम्रो छोरीको जिम्मा तपाईहरुलाई दिएका थियौ । आभास त समिक्षाको साथमा थियो तर उसले बचाउन सकेनन् । सोचेको थिए कि उनले हाम्रो छोरीलाई निकै माया गर्छन् तर होइन रहेछ ।”
मेरो बुवा र आमाले अंकल र आण्टीलाई सम्झाउदै हुनु हुन्थ्यो तर आण्टी सम्झने पक्षमा हुनु हुन्थेन । म र अंकल जिउँदो लाश जस्ता भएका थियौ । आण्टी मेरो नजिक आउनु भयो र भन्नुभयो, “यो सब तिमीले गरेर भएको हो । तिम्रो विश्वासमा मैले आफ्नो छोरीलाई नेपाल पठाएको थिए । तिमै्र कारणले मेरो छोरीको मृत्यु भएको हो ।” उहाँले भावुक हुँदै भन्नु भएको थियो ।
मैले आन्टीलाई राम्रोसँग हेर्न पनि सकेको थिइन र मैले भने, “मलाई माफ गर्नु होस् आन्टी । म समिक्षालाई निकै माया गर्गे र अहिले पनि गर्छु तर समिक्षको हत्यारा होइन । मैले उनीलाई बचाउन धेरै कोसिस गरे तर सकिन । कहि न कहि म दोषि हुँ तर म समिक्षाको हत्यारा होइन । समिक्षाको मृत्यु दुर्घटनामा भएको हो ।” म झन् रुन थाले ।
..................................................................................................................
समिक्षाको लासलाई जलाइदै थियो । उनीको लास सँगै सँगै म पनि जलिरहेको थिए । म निकै रोएको थिए । मैले आफूलाई सहाल्न सकेको थिइन । लास जलिसकेपछि सबै जना गइसक्नुभयो थियो तर म निकै बेर त्यही बसिरहे । भोलिपल्ट दिउँसो मात्र घर गएको थिए र घर पुग्ने बित्तिकै म आफ्नो कोठामा गए । ढोका बन्द गरे । म आफ्नो खाटमा बसे र उनकै यादमा डुबेको थिए । आजसम्म म यति रोएको कहिले थिइन । कुसुमले छोडेर जाँदा त्यति राम्रो फिल गरेको थिइन ।
समय बित्दै गयो । म कोठाबाट निस्किन छोडे । कोठामा नै बस्थे र समिक्षाको फोटोहरु हेर्थे । त्यति मात्र होइन म दुखी आत्मा भएको थिए । गीतहरु पनि रुवाउने मात्र सुन्थे । आफूलाई मन पर्ने काम पनि गर्न छोडेको थिए । केही चिजमा मन लाग्न छोडेको थियो । मेरो अवस्थामा देखेर बुवा र आमा चिन्तित हुनु हुन्थ्यो । मलाई यो दुर्घटनाबाट निस्किन धेरै अनुरोध गर्नु हुन्थ्यो । मैले उहाँहरुको कुराहरुलाई वास्ता गरेको थिइन । मैले उहाँहरुको कुराहरुलाई वेवास्ता गरेपछि मेरो दिदी आउनुभयो । मैले ढोका बन्द गरेको थिए र दिदीले ढोका ढकढकाउनु भयोे । निकै बेर ढकढकाएपछि मात्र मैले ढोका खोले । दिदीलाई देखेपछि मैले उहाँलाई अंगाले र निकै बेर रोए । उहाँले मलाई सम्हाल्दै हुनु हुन्थ्यो । केही क्षणपछि हामी खाटमा बस्यौ । मेरो आँसु पुस्दै दिदीले भन्नुभयो, “यसरी कसरी तिम्रो जिन्दगी चल्छ ? तिमीले आफ्नो जिन्दगीलाई हेर्नु पर्छ र बुवा र आमालाई पनि हेर्नु पर्छ । त्यति मात्र होइन आफ्नो भविष्य पनि हेर्नु पर्छ । जे हुनु थियो त्यो भइसकेको छ र त्यसमा तिम्रो गल्ती छैन । त्यो सिर्फ एक दुर्घटना थियो । त्यसलाई नराम्रो सपना सोचेर बिर्सिदेऊ । तिम्रो राम्रो भविष्य छ । त्यसरी नबस ।”
“मेरो कारणले समिक्षाको दुर्घटना भएको हो । मैले बचाउन सकिन र म पछुताइरहेको छु । म समिक्षा बिना बाँच्न सक्दिन । म उनी बिना अधुरो छु । मेरो लक्ष्य नै छैन । म केका लागि बाँच्नु ?” म रुँदै आफ्नो भावना व्यक्त गर्छु ।
“यसरी हुँदैन । यदी उनी छैन भन्दै यस्तो हालत गर्ने होइन नि । समिक्षाले कही न कही तिमीलाई हेरिरहेकी छिन् । यस्तो हालत देखेर के उनी खुशी छिन् त ?”
म मौन नै भए दिदीको कुरा सुनेर । सायद दिदीले भनेको कुरा ठीक थियो तर मेरो मनले अर्के भनिरहेकी थियो । यस्तो समयमा दिमाग र दिलले काम गर्देन । भन्नलाई धेरै सजिलो छ तर त्यसबाट बाहिर निस्किन धेरै गाह«ो हुन्छ । त्यसको साथ साथै, बुवा र आमाले मलाई विवाह गर्न धेरै चोटि सम्झाउनु भयो । केटीहरुको पनि तस्बिरहरु देखाउनु भएको थियो तर मैले वास्ता गरेको थिइन । एक दिन अति भएपछि मैले आमालाई भने, “तपाईलाई मैले कति चोटि भन्नु कि मलाई विवाह गर्दिन । केटीहरु फोटो पनि नदेखाउनु होस् । म सिर्फ समिक्षाको हुँ । सिर्फ उनीको । म उनी बाहेक अरुको हुन सक्दिन । म अरुलाई माया गर्न सक्दिन । मेरो मनमा सिर्फ उनीको लागि हो । म मेरो माया अरुलाई बाँड्न सक्दिन ।” म निकै भावुक भएको थिए ।
मलाई भन्दा पनि आमालाई रिस उठेको थियो र मलाई हेर्दे भन्नुभयो, “तँ केसारो जिद्धी भएको ? आफ्नै मात्र सोच्ने ? आफ्नो आस पास भएको व्यक्तिहरुको बारेमा नसोच्ने ? आफ्नो मान्छेहरुलाई के बितिरहेको छ त्यस बारे नसोच्ने ? निकै स्वार्थी भइछस् । अब त मैले हार मारिसकेको छु र अबदेखि म केही भन्दिन ।” उहाँ रिसाउदै निस्किनु भयो । म आमा गएको हेरिरहे ।
समय बित्दै गयो । बुवा, आमा र मेरो संवाद हुन छोडेको थियो । उहाँहरु मदेखि निकै रिसाउनु भएको थियो । यो क्रम निकै दिनसम्म चलिरहेको थियो । हामी आ–आफ्नो जिद्धीपनमा अडिरहेका थियौ । मौनता छाएको थियो । मौनतामा पनि केही थियो र अन्त्यमा आएर मैले हार माने । आमा निकै खुशी हुनु भएको थियो र उसैसँग विवाह गर्छु भने । आमा र बुवाले नै केटी हेर्नु भयो । हेरिसके पछि आमाले भन्नुभयो, “हामीले तिम्रो लागि केटी हेरिसकेका छौ । हामी भोलि हेर्न जाँदै छौ । बिहानको ११ बजे ।”
मैले टाउको मात्र हल्लाए । मलाई विवाह गर्नु नै थिएन । मन र दिमागले समिक्षालाई बिर्सेन सकेको थिइन । कसरी अरुलाई आफ्नो जिन्दगीमा सामेल गर्नु ? यदी विवाह गर भने, के हालत हुन्छ मलाई नै थाहा छैन । यति थाहा छ कि म आफ्नो हुने वाला बुढीलाई माया गर्न सक्दिन । बुवा र आमाको लागि मात्र गर्दे थिए । सायद म आफू खुशी हुन सक्दिन न त अरुलाई खुशी दिन सक्दिन । अब त मायामा विश्वास लाग्न छोडिसकेको छ ।
..................................................................................................................
हामी तीनै जना तयार भ¥यौ । मलाई आमाले हेर्नुभयो र भन्नुभयो, “दाह्री काटेको भए हुन्थ्यो ।”
“होइन । यतिकै ठीक छ ।” मैले आमालाई हेरिकन भने ।
आमाले मलाई फेरि हेर्दे भन्नुभयो,“तिमीलाई दाह्री काटेको कस्तो राम्रो देखिन्छ । मेरो छोरालाई फिल्मको हिरो जस्तो देखिन्छ ।” आमा मुस्कुराउनु भएको थियो र म चाँहि मौन नै थिए । म निस्किए र म निस्किएको देखेर आमा पनि निस्किनु भयो । बुवा चाँहि हामीलाई बाहिर कुरिरहनु भएको थियो र हामी सँगै निस्कियौ । हामीलाई आधा घण्टाभन्दा बेसी लागेको थियो बानेश्वर पुग्न । टाफ्रिक जाम निकै थियो । बुवा र आमा केटीका तारिफ गर्दे हुनु हुन्थ्यो भने म उहाँहरुको कुरै सुनेको थिइन ।
हामी बानेश्वरमा पुग्यौ र बुवाले पकेटबाट मोबाइल निकाल्नुभयो र फोन गर्नुभयो ।
“हेलो । हामी बानेश्वर चोकमा आइपुग्यौ ।” बुवाले भन्नुभयो ।
उताबाट सायद लोकेशन भन्दै हुनुहुन्थ्यो । लोकेशन अनुसार हामी घरमा पुग्यौ । घर डाढे तल्लाको थियो । मिठो निलो रङको थियो र हामी भित्र छियौ । समिराको बुवा र आमा बाहिर नै हुनु हुन्थ्यो । हामीलाई देख्ने बित्तिकै नमस्ते गर्नु भयो र बुवा र आमाले नमस्ते फर्कोउनु भयो । समिराको बुवा र आमाले हामीलाई बैठक कोठामा लिएर जानु भयो र सोफामा बस्न आग्रह गर्नु भयो । केही क्षण बुवा र आमा गफ गर्दे हुनु हुन्थ्यो । पारिवारिक गफ हुँदै थियो । म चाँहि मौन नै थिए र आधा भन्दा धेर गफ सुनेको थिइन । गफ गर्दे गर्दा समिराको आमाले कोठाबाटै समिरालाई बोलाउनु भयो र त्यही मैले उनीको नाम थाहा पाएको थिए र बोलाएको केही क्षणमै उनी आइन् । म यता र उता हेर्दे थिए । समिराले हामीलाई नमस्ते गर्दे थिइन् । त्यही क्रममा, आमाले मलाई कोटाउनु भयो र मैले आमालाई हेरे । आमाले ईसाराले गर्दे नमस्ते गर्न अनुरोध गर्नु भयो । मैले समिरालाई राम्ररी नहेरिकन नमस्ते गरे । फर्कोइन् कि फर्कोइनन् त्यो पनि मैले पनि याद गरिन । म आफ्नै सुरमा थिए । आमा समिरासँग कुरा गर्दे हुनु हुन्थ्यो । त्यही क्रममा, आमाले मुस्कुराउदै भन्नुभयो,“हाम्रो छोरा र समिराको जोडी राम्रो देखिन्छ ।” मलाई हेर्दे भन्नुभयो । सायद मैले केही प्रतिक्रिया दिन्छु कि भन्ने आश थियो । आमाले बोलिसकेपछि समिराको आमाले भन्नुभयो, “विवाह हामीले गर्ने होइन । त्यसैले दुई जनाले एक अर्कोले मन पराउनु पर्छ । दुई जना गुलमिल हुनुपर्छ । समिरा, आभासलाई हाम्रो घर देखाइदेऊ ।”
“हुन्छ ।” समिरा नर्भस भएकी थिइन् र हामी घर हेरौ । उनीले घरको वर्णन गर्दे त थिइन् तर मेरो ध्यान थिएन । मेरो मनमा धेरै कुराहरु खेलिरहेका थिए । मैले उनीलाई कसरी अस्वीकार गरौ ? आफ्नो अतितको बारे व्यक्त गरौ कि नगरौ ? आफ्नो मनमा भएका सबै कुराहरु व्यक्त गरौ जस्तो लाग्यो ।
मैले उनीलाई नहेरिकन भने,“तपाईलाई केही कुराहरु भन्दै भन्नै पर्छ ।”
“हुन्छ ।” उनीले अचम्मित पाराले हेर्दे भनिन् ।
मैले उनीलाई आफ्नो प्रेम कहानी सुनाए र प्रेम कहानी सुनाएपछि मैले फेरि भने,“म आफ्नो लागि होइन । आफ्नो बुवा र आमाको लागि बिहे गर्दे छु । मलाई नै थाहा छैन कि मैले तपाईलाई बिहे पछि समिक्षा जस्तो माया गर्न सक्छ कि सक्दिन । तपाईको खुशी मसँग बिहे गर्ने र नगर्ने ।”
समिराले मलाई हेरिरहिन् । थाहा छैन कि उनको मनमा के छ र मेरो बारेमा मे सोचिन् । हामी दुवै जना बैठक कोठामा पुग्यौ । हामी दुवै जनालाई सँगै देखेर आमा निकै खुशी देखिनु भएको थियो । केही क्षण कुरा गरिसकेपटि हामी समिराको घरबाट निस्कियौ । घर पुगेपछि आमाले मलार्ई हेर्दे भन्नुभयो,“तिमीलाई समिरा कस्तो लाग्यो ?”
“तपाईलाई कस्तो लाग्यो ?” मैले आमालाई नहेरिकन भने ।
“मलाई त राम्रो लाग्यो ।”
आमाको खुशी देखेर मैले हुन्छ भने र म आफ्नो कोठामा गए । मैले समिक्षाको फोटो आफ्नो पर्सबाट निकाले र म रुन थाले । समिक्षलाई धोका दिए जस्तो महशुस गरे । आफूलाई धोेका थिउ जस्तो महशुस गरे । लाग्दै थियो कि मैलृे धेरै जनाको लाइफ बर्बाद दिँदै थिए तर म बाध्या थिए । मैले नाइ भन्न सकेको थिइन ।
..................................................................................................................
समिराले पनि हुन्छ भनिन् । दुवै जनाको परिवारले मिले बिहेको साईत निकाल्नु भयो र साईत बैशाख महिनामा निक्लेको थियो । एक महिना पनि थिएन । दिदी पनि आउनु भएको थियो । प्राय सबै काम दिदीले नै गर्नुभएको थियो । म चाँहि त्यति केही नगरिकन बसेको थिए । भन्ने हो भने समिरा र मेरो भेट एक चोटि मात्र भएको थियो त्यो पनि उनकै घरमा । सायद उनीलाई बिहे गर्नुको कारण मेरी आमा हुन् तर उनीले मलाई किन स्वीकारीन् मलाई नै थाहा छैन । उनीलाई मेरो अतितको बारेमा थाहा थियो र यो पनि थाहा थियो कि म उनीालाई माया गर्न सक्दिन तर पनि किन बिहेका लागि हुन्छ भनिन् । सायद उनीलाई मेरो जस्तो बाध्यता थियो होला ।
हेर्दा हेर्दे मेरो बिहेको दिन आयो । हामी दुवै जना बिहेको मण्डपमा थियौ । कति लामो बिहे । अल्छी नै लाग्ने । मैले पहिले भनेको थिए कि मलाई छोटो बिहे गरौ तर मेरो परिवारले मान्नु भएन । बिहे सकेर घर फर्केदा बेलुका भइसकेको थियो । म केही नबोलि आफ्नो लुगा चेज गर र भुँइमा ओछ्यान मिलाए र सुते । समिरा अचम्म परिन् । म केही नबोलि सुतेको थिए । उनीलाई हेरेको पनि थिइन । त्यसैले अचम्म परिन् । बिहान म ढिलै उठे । उठ्दा समिरा थिइनन् र मैले चासो दिइन । केही क्षणपछि म किचेन छिरे र समिरा किचेनमा थिइन् र चिया पकाउदै थिइन् । उनीले मलाई देखेर मुस्कुराइन् तर मैले मुस्कुराउन जरुरी देखिन ।
दुई दिनपछि हाम्रो विवाहको पार्टी थियो । म अल्छी गर्दे तयार भए । पार्टी सुरु हुनु अगाडि फोटोगा्रफरले फोटो खिच्ने कुरा गरेको थियो । दिदीले नै बोलाउनु भएको थियो । मलाई मन थिएन तर दिदीको अगाडि मेरो केही चलेको थिएन त्यसैले मन नलागि नलागि उनीसँग फोटो खिच्न गए । हामी दुवै जना गम्भीर भएर फोटो खिचेका थियौ । फोटोगा्रफरले हामीलाई मुस्कुराउन आग्रह गर्थे तर म मुस्कुराउन सकिन । फोटो खिचिसकेपछि हामी पार्टी भेनुमा पुग्यौ । मानिसहरु हामीसँग फोटो खिच्न आउँछन् र मलाई चाँहि मन परेको थिएन । पार्टी सक्कियो र घर पुगेर म लुगा पेरेर भुँइमै सुते ।
..................................................................................................................
समिराले काम गर्न थालेकी थिइन् । उनी बैकमा काम गर्थिन् र बिहान नै खाना खाएर जान्थिन् । घर आउँदा ढिलै हुन्थ्यो । घरको सबै काम गर्थिन् तर म चाँहि केही गर्दिन थिए । बिहान ढिलै उठ्थे । खाना खान्थे र फेरि सुत्थे । बुवा र आमालाई मदेखि दिक्क हुनु भएको थियो । धेरै चोटि मलाई गर्न अनुरोध गर्नु भएको थियो तर मैले वेवास्ता गरिन । मसँग केही जवाफ नै हुँदैन थियो । म अतितको पानाबाट निस्किन सकेको थिइन । समिरा मेरो नजिक आउथिन् र मसँग बोल्न खोज्थिन् तर म नै उनीबट टाढा भाग्थे । उनीले मलाई केही भनिन् वा सोधिन् भने म रिसाउथे र झकिदै बोल्थे । मैले उनीसँग राम्ररी बोलिन तर उनी हरपल मसँग् राम्ररी बोल्थिन् र मुस्कुराइरहन्थिन् ।
शनिबारको दिन थियो । ममी र समिरा किचेनमा हुनु हुन्थ्यो र खाना पकाउदै हुनु हुन्थ्यो । त्यही क्रममा, आमाले समिरालाई हेर्दै भन्नुभयो,“तिमी मेरो छोरासँग खुशी छौ ?”
“अँ, छु ।” उनीले आमाले नहेरिकन भनिन् ।
“मेरो छोरा तिमीसँग राम्रोसँग त बोल्छ नि ?” आमाले समिरालाई निहाल्दै हुनु हुन्थ्यो । सायद आमाले हाम्रो सम्बन्धबारे थाहा पाइसक्नु भएको थियो । समिराबाट सुन्न चाहनु हुन्थ्यो । सायद आमालाइ लाग्यो होला कि मेरो कारण समिरालाई केही समस्या प¥यो ।
“आभास मसँग राम्रोसँग बोल्नु हुन्छ । हाम्रो निकै कुरा हुन्छ ।” समिराले मुस्कुराइन् तर नक्कली मुस्कुराहट थियो । उनीको मुस्कुराहट र आँखाका भावहरु अर्के थियो । केही भन्न खोजिरहेका थिए । यसपछि आमाले केही सोध्न जरुरी सोच्नु भएन । समिराको पिडा अर्के थियो ।
समय बित्दै गयो । मेरो जिन्दगी सुतेरै बितेको थियो र समिक्षाको काम गरेर । मलाई निकै माया गर्थिन् र मेरो निकै स्याहार गर्थिन् । यस्तो गरेको देखेर मैले उनीलाई यस्तो नगर भन्थे । मलाई मन परेको छैन भे तर पनि मलाई माया र स्याहार गर्न छोडेकी थिइनन् । मलाई निकै रिस उठ्थ्यो र झर्को लागेर आउथ्यो । मेरो नजिक आउन खोज्थिन् तर म पर जान्थे र वास्ता गर्दिन थिए । छुट्टीको दिन धुम्न जाऊ भन्थिन् तर म एउटा कानले सुनेर अर्को कानले उडाइदिन्थे ।
एक दिनको कुरा हो । उनले मलाई खाना खान बोलाइन् तर म सुनेको नसुनै गरे । निकै चोटि बोलाइन् सुति नै रहे । म नबोलेपछि उनी मलाई बोलाउन कोठामा नै आइन् । मेरो कम्मल निकालिन् र भनिन्, “खाना पाकिसक्यो । खाना आउनु । हामी सबै तपाईलाई कुरेर बसेका छौ । आउनुहोस् न । सधै बसेर खाऊ ।”
उनीले यति के भनेकी थिइन् म निकै रिसाए र भने,“तेरो खाना तै खा । मलाई कति वाक्क लगाएको । एक चोटि वास्ता नगरेपछि चुप लागेर बस्नु नि । कति मेरो पछि लागेको । मलाई तेरो जरुरत छैन न त तँसँग बसेर खाना खानु छ । म तँलाई माया गर्दिन । तँ जा यहाँबाट ।” यति भनेर म आफ्नो खाटमा सुते र उनी केही नबोलि किचेनतिर गइन् । पछि कति बेला अफिस गइन् थाहा छैन ।
..................................................................................................................
समिराले घर छोडेर गएको दुई हप्ता भइसकेको थियो । उनीको चालचुल थिएन र घरमा कचकच गर्ने मान्छे थिएन । एक प्रकारले मलाई आनन्द भएको थियो । आमा र बुवा मसँग रिसाउनु भएको थियो । आफ्नै सुरले जिन्दगी चलिरहेको थियो ।
एक दिनको कुराको हो र दिउँसोको समय थियो । म टि.भी हेर्दे थिए । त्यही क्रममा, आमा मेरो नजिक आउनुभयो र मलाई हेर्दे भन्नुभयो, “आभास, तिमीले जिन्दगीमा के गर्दे छौ ?”
“केही होइन ।” मेरो ध्यान टि.भीतिरै थियो ।
आमाले रिसाउदै टि.भीको रिमोर्ट खोसि दिनुभयो र टि.भी अफ गरि दिनुभयो । आमा मसँग रिसाउदै भन्नुभयो,“तँलाई कसैको माया लाग्दैन ? तँ किन यस्तो स्वार्थी भएको ? आफ्नो र हाम्रो बारेमा त सोचेनस् तर समिराको बारेमा पनि सोचिनस् ।”
“मैले बिहे गर्दिन भनेको थिए त । तपाईको जिद्दीको कारणले यस्तो भएको हो ।”
“हाम्रो कारणले होइन । हामीले त तिम्रो राम्रो भविष्य होस् र समिक्षाको मृत्युको कारण तिमी होइन र त्यसबाट निस्काल्न हामीले तिम्रो बिहे गरिदियौ । समिराले तिम्रोबारे सबै थाहा पाएर पनि तिमीसित बिहे गरिन् । हरपल मसँग तिम्रै मात्र कुरा गर्थिन् । तिमीलाई जे मनपर्छ त्यति गर्ने प्रयास गर्थिन् । तिमी समिरासँग रिसाउदा र झर्किदा पनि सहेर बसिन् । सोचिन् कि उनीको माया र स्याहारले तिमीमा परिवर्तन आएन । अति भएपछि उनीले यो घर छोडेर सधैको लागि गरिन् । अब उनी कहिले फर्किनन् र तिमी समिक्षाको यादमौ बस । तिमीले एक असल व्यक्ति गुमायौ र तिमीले अब पछुताउने छौ । तिमीले माया गर्ने मान्छे गुमायौ ।” आमाले यति भनेर मेरो कोठाबाट निस्किनुभयो । आमा निकै भावुक हुनुभएको थियो र म आफूलाई नै नरमाइलो फिल भयो । यस रात मलाई निद«ा परेको थिएन । म यस दिन निकै छटपटीए ।
समिरा घर नहुँदा उनीको महशुस हुन थालेको थियो । उनीको माया र स्याहारको महत्व बुझ्न थाले । सुरुमा त उनीको गरेको किचकिच नराम्रो लाग्थ्यो । त्यो कचकच थिएन, त्यो त मेरो लागि माया थियो । उनीले हररोज मलाई ख्याल राखिन् । म आफ्नो अतितबाट निस्किन सकेको थिइन तर समिराले मलाई आफ्नो अतितबाट निस्काल्न खोज्दै थिइन् । मेरो अतित थाहा हुँदा हुँदै उनीले मलाई स्वीकारेकी थिइन् तर यसको बदलामा मैले के गरे ? उनीलाई कहिले माया गरिन न त इज्जत नै गरे । आफूसँग हुनजेल महत्व हुँदैन रहेछ र हुँदा त्यस व्यक्तिको महत्व थाहा हुँदो रहेछ । आज मलाई समिराको महत्व बुझे । मै नै गलत रहेछु । म आफ्नो अतितबाट नै निस्कन नसकेको र आफ्नो भविष्य राम्रो बनाउनेतिर नै लागिन ।
..................................................................................................................
साँझको समय थियो र म समिराको यादमा डुबेको थिए । त्यही क्रममा, मेरो आँखा नजिकको टेबुलमा प¥यो र त्यसको टेबुलमा एउटा डायरी थियो । राम्रो खाले डायरी थिर्यो र मैले डायरी पल्टाउन थाले । डायरी त समिराको रहेछ र पढ्न थाले । पढ्दै जाँदा मैले बुझे कि मलाई निकै माया गर्दि रहेछिन् र मेरो बारेमा सिर्फ राम्रो लेखेकी थिइन् । पढ्दै गर्दा अन्तिम पानाममा गयो । अन्तिम पाना पढ्दा म निकै भावुक भएको थिए र त्यसको साथ साथै, मलाई निकै पछुतो भयो । अन्तिम पानामा यस्तो लेखिएको थियो ः–
प्रिय परनिता,
म हार मानिसकेको छु । हरेक मानिसहरुको आफ्नो अतित हुन्छ तर सधै अतितमै बस्ने होइन नि । मैले कोसिस गरे आभासलाई आफ्नो बनाउने तर मैले सकिन । उनी मेरो हुन सकेनन् । उनीले सिर्फ समिक्षालाई माया गर्दा रहेछन् जुन उनीको अतित हो । उनी अतितबाट बाहिर निकाल्न धेरै कोसिस गरे तर सकिन । हाम्रो भेट हुँदा उनीले सबै कुरा व्यक्त गरेको थिए जुन मलाई निकै राम्रो छ जस्तो लागेको थियो । ईमान्दार लाग्नुको साथ साथै, मन राम्रो छ जस्तो लागेको थियो । सोचे कि आफ्नो प्रेमीलई माया गर्ने मान्छे, मलाई कुनै न कुनै दिन माया गर्ने छन् । कुनै दिन मलाई बुझ्ने छन् तर त्यो दिन कहिले आएन । मेरो मायाले उनलाई जित्न सकेन । मैले हार माने । त्यसैले म यो घर छोडेर जाँदै छु । घरलाई छोडेर होइन आभास छोडेर जाँदै छु । सायद म उनीको लायक छैन । म उनीलाई डिभोस दिँदै छु ।
समिरा
यो पढ्ने बित्तिकै म घरबाट निस्किए र म समिराको घर गए । मैले घण्टी बजाए र केही क्षणपछि आमाले ढोका खोल्नुभयो । मलाई अचम्म पाराले हेर्नु भयो र उहाँ रिसाउनु भएको थियो । मैले उहाँको भाव बुझिसकेको थिए र उहाँलाई हेर्दे भने,“आमा, मलाई एक चोटि समिरासँग भेट्नु छ ।” म भावुक हुँदै भने । उहाँले केही भन्नु भएन र ईशाराबाट नै भित्र जान भन्नुभयो र मलाई सोफामा बस्न अनुरोध गर्नुभयो र उहाँ माथिको कोठामा जानुभयो । बीस मिनेटपछि समिरा तल आइन् । म उनीलाई नै हेरि रहे र उनी सोफामा बसिन् । वातावरणमा शून्यता छाएको थियो । उनी यता र उता हेर्दे थिइन् । म चाँहि उनीलाई निहालेर हेरिरहे । मलाई थाहा छ कि मेरो कारणले उनीको मन दुखेको छ । उनीले मलाइई हेरिनन् । सायद आफ्नो आँसु लुकाएकी थिइन् । केही क्षणपछि म उनीको नजिक गए र उनीलाई हेर्दे भने, “मलाई थाहा छ मेरै गल्ती हो । माफीको लायक छैन । मैले तिमीलाई कहिले माया गरिन न त इज्जत नै गरे । आज म तिमीलाई माफी माग्न आएको हूँ । तिमी नहुँदाको पीडा बुझे । तिम्रो महत्व बुझे । पहिले नै मैले माया गुमाइसकेको छु र अब तिमीलाई गुमाउन चाहन्न । म तिमीलाई लिन आएको । सँगै घर फर्कियौ न ।”
उनीले मलाई हेरिरहिन् । उनीको आँखा आँसुले भरिएका थिए र केही भन्न खोज्दै थिइन् तर सकेकी थिइनन् । केही क्षणपछि उनीले के सोच्चिन् मलाई अगालिन् र निकै रोइन् । मैले उनीलाई रुन दिए । केही क्षणपछि मैले उनीको आँसु पुसिदिए । अनि मैले भने, “अब घर जाऊ ।”
उनीले हुन्छ भनिन् र केही क्षणपछि हामी घर फर्कियौ । मेरी आमा समिरालाई देखेर निकै खुशी हुनु भएको थियो । त्यस पश्चात हाम्रो जिन्दगी राम्रो हुँदै गएको थियो । म हरपल उनीको साथ थिए । सँगै धुम्न जान्छौ । त्यसको साथ साथै, मैले जागिर पाए र दुई वर्षपछि हाम्रो छोरीको जन्म भयो । छोरीको जन्मपछ झन् राम्रो हुँदै गयो । निकै राम्रोसँग जिन्दगी चलिरहेको छ ।
जिन्दगीमा धेरै चोटि माया गरिन्छ । मानिसहरुको कारण आफ्नो जिन्दगी कस्तो हुन्छ थाहा हुन्छ । मैले समिक्षालाई गुभाए र मेरो जिन्दगी बदलियो । मेरो जिन्दगीमा समिराको आगमन नभएको भए, म आफ्नो जिन्दगी कता पुग्थ्यो आफूलाई थाहा छैन तर समिराको मायाको कारण मैले आफूलाई चिन्ने मौका पाए । आफ्नो भविष्य बारे सोच्न थाले । आफूलाई बुझ्ने व्यक्ति कमै हुन्छन् तर आफूले चिन्नुपर्छ ।
Comments
Post a Comment