बदलिएको जिवन

      साँझको समय थियो । म आज निकै खुशी थिए किनकि मेरो मिल्ने साथी अमित अमेरिकाबाट आउदैँ छन् त्यो पनि सधैको लागि । आठ वर्षपछि आउँदै छन् । त्यसैले म सिगारिदै थिए । उनलाई एयरपोर्टमा लिन जानु छ । त्यही क्रममा, ढोकाको घण्टी बज्यो । आमाले ढोका खोल्नु भयो । पक्कै साया होलीन् । उनीलाई आइज भनेको थिए । उनी केही बेरमै मेरो कोठामा आइन् । ढोका ढकढकाइन् र मैले भने, “भित्र आइज ।”

     साया भित्र छिरिन् र भित्र छिर्ने बितिकै भनिन, “ओहो, के हो तेरो पारा ?” उनीले मलाई जिस्काउदै भनिन् ।

    “तँलाई थाहा छ त । अनि मलाई किन जिस्काउस् ?”

    “तँलाई आजसम्म यति राम्ररी भएको देखेको थिइन ।” सायाले फेरि जिस्काइन् ।

    “तँ चुप लाग । मैले रिसाए झै गरे ।”

     म नेल पोसिल लगाउदै थिए भने सायाले मलाई निहालेर हेर्दै थिइन् । हामी दुवै जना खाटमा थियौ । त्यही क्रममा, वातावरणको मौनता तोड्दै सायाले भनिन्,“अमितलाई थाहा छ के तैले उसलाई मन पराउछेस् भनेर ?”

     “अमितलाई थाहा छैन तर मलाई विश्वास छ उनले मलाई माया गर्छन् र मेरो मायालाई स्वीकार्ने छन् ।”

     “तँलाई विश्वास छ नि उनले तेरो मायालाई स्वीकार्ने छन् भनेर ?” सायाले शङ्का गर्दै प्रश्न गरिन् । 

     “तैले भन्न खोजेको के ?” म रिसाउदै प्रश्न गर्छु ।

     “अमित अमेरिका बसेको ८ वर्ष भइसकेको छ । यतिका वर्षमा कोही त खोजिसकेका होलान् । तँलाई राम्रो साथीको रुपमा मात्र हेरेका हुन सक्छ ।” सायाले भनिन् ।           

     “तँ चुप लाग ।” म रिसाउदै भन्छु । सायाको कुरा सुनेपछि मेरो मनमा चिसो प¥यो र उनीले भनेको कुरालाई मैले मनमा लिए । म आफ्नै संसारमा हराउन पुग्छु । वातावरणमा मौनता छाएको थियो । हामी दुवै जनाले एक अर्कोलाई हेरौ । त्यही क्रममा, मौनता तोड्दै मैले भने,“यदी गर्लपे्रण्ड भएमा मलाई भनिहाल्थे तर उनले यस विषयमा केही भनेका छैनन् । अमितले मलाई बाहेक अरु कसैलाई मन पराउदैनन् ।”

     सायाले केही भन्ने उचित सोचिनन् । म खाटबाट उठे र लुगा लगाए । कालो प्यान्ट र सेतो टि–सर्ट लगाए । कपाल छोडे । अनि साया र म स्कुटरमा चढे । अमितको अवतरण बेलुकाको ८ः३० र हामी १५ मिनेटमै पुग्यौ । मेरो घर अर्थात् कोटेश्वरबाट १५ मिनेट मात्र लाग्थ्यो ।  अमितसँग भेट्न हतार भइसकेको थियो ।

     अमित र म बच्चादेखिका साथी हौ । सबैको हामीलाई जिस्काउथे । सुरुमा त लाज लाग्थ्यो र जब समय बित्दै गयो म अमितलाई मन पराउन थाले । अमित र म कहिले पनि छुटेनौ तर उनी अमेरिका गएपछि मेरो मन धेरै रोएको थियो । मैले पनि अमेरिकाको लािग धेरै प्रयमस गरे तर असफल भए र यही पढे । मैले र अमितले सायालाई १०+२ पढ्दा देखि चिनेका हौ । छिटो समयमै हामी ल्निे साथी भएका थियौ । कक्षा १२ ‘केपछि अमितले अमेरिकाको लागि अपलाई गरे र केही दिनमै भिसा आएको थियो । भिसा आइसकेपछि मात्र अमितले हामीलाई भनेका थिए । मेरो मन रोएको थियो । बाहिर झूटो मुस्कान थियो र बधाई दिए । मैले पनि धेरै प्रयास गरे तर असफल भए ।

     हामी ८ः०० बजे पुग्यौ । म हतारिदै भित्र छिरे र यता र उता हेरौ । एक कुनामा अंकल र आन्टीलाई देख्यौ । उहाँहरुको नजिक गयौ र नमस्ते गरौ । उहाँहरुले पनि नमस्ते फर्कोउनु भयो । हामीलाई देखेर खुशी हुनुभयो र आन्टीले मलाई हेर्दै भन्नुभयो,“तिमी त अमित गएपछि त हामीलाई भेट्न पनि आउदैनौ । कहिले काँही आएको भए हुन्थ्यो नि । अमित गए तापनि हामी त थियौ ।”

     मलाई के भनु जस्तो भयो । आन्टीले भनेको कुरा ठीक हो । अमित नभए पनि अंकल र आन्टीलाई भेट्न गएको भए हुन्थ्यो नि । उहाँहरुले मलाई बस्न आग्रह गर्नु भयो । मेरो नजर घडीमा र अवतरण बोर्डमा हुन्थ्यो । मलाई अमितलाई हेर्न मन थियो । नर्भस् भएको थिए । आठ वर्षपछि हाम्रो भेट हुँदै थियो । कति धेरै कुराहरु भन्नु थियो र आफ्नो मनको कुरा पनि व्यक्त गर्नु थियो । कति लामो समय लागेको । एक मिनेट पनि एक घण्टा लागेको । हेर्दा हेर्दै ८ः३० बज्यो र मेरो नजर अवतरण बोर्डमा गयो र अवसोस्को कुरा एक घण्टा ढिलो भनि देखायो । मन खिन्न भयो । आधा घण्टा त एक घण्टा जस्तो लागेको थियो र अब एक् घण्टा कसरी बिताउने भयो । सायाले मलाई निहाललेर हेर्दै थिइन् र मुस्कुराउदै थिइन् । यस्तो बेलामा पनि कसरी मुस्कुराउन सकेकी ।

     हेर्दा हेर्दै ९ः३० बज्यो र अमितको प्लेन अवतरण देखायो । म निकै उत्साहीत भए । त्यही क्रममा, सायाले मलाई हेर्दै भनिन्,“बधाई छ, तँलाई । तेरो राजकुमार आउँदै छन् ।”

    “चुप लाग तँ ।”

    केही क्षणपछि हामीले अमितलाई देख्यौ । हामीलाई देखेर हात हल्लाए र हाम्रो नजिक आए । बुवा र आमालाई हग गरे । अंकल र आटी खुशी देखिनु हुन्थ्यो जुन सोभाविक हो । अनि मलाई हेर्दै हाई भने र मैले पनि हाई भने । मेरो मन घड्कियो जुन उनले सुने कि सुनेनन् ।

    त्यही क्रममा, अमितले मलाई हेर्दै भने,“तिमी त कस्ती नराम्ररी भए छौ ।” उनी मुस्कुराए ।

      “अँ हो । तिमी पनि कस्तो नराम्रो भए छौ ।” म पनि मुस्कुराए ।

      “अब घर जाऊ । भोलि कुरा गरौ ।” अंकलले भन्नुभयो र हामी सहमत भयौ । उनले बाइ गरे र म अमित गएको हेरिरहे । त्यही क्रममा, सायाले मलाई चिमाटिन् र भनिन्, “आज यही सुत्ने हो ?”

     “हँ ? होइन । घर जाने ।” मैले नर्भस् हुँदै भने । अनि हामी आ–आफ्नो घर लाग्छौ ।

     अमित आफ्नो परिवारसँग घर पुग्छन् । अमित भक्तपुरमा बस्छन् । ट्राफिक जाम नभएर अमित घर छिट्टै पुग्छन् । गाडीबाट निस्किसकेपछि अमित निकै खुशी हुँदै घर हेर्छन् र घर हेर्दै भन्छन्,“घर आउनुको मज्जा अर्के छ ।”

    “बािहर नै बस्ने विचार छ कि ।” आमाले भन्नुभयो । अनि सबै जना हाँस्नु भयो र सबै जना घर भित्र छिर्नु भयो । त्यही क्रममा, अमितको बुवाले भन्नुभयो, “अमित, तिमी गलेका छौ र भोक पनि लागेको होला । खाएर आराम गर ।”

    “हुन्छ ।”

     बिहानको ९ः३० बजिसकेको थियो र मलाई अमितसँग भेट्न हतार भइसकेको थियो । अमित उठे कि सुतिरहेका छन् थाहा छैन । घरमा फोन गर्न मन थियो तर गर्न सकिन । केही क्षणपछि घरमै निर्णय गरे । खाना खाए र एक घण्टापछि म आफ्नो घरबाट निस्किए । निकै ट्राफिक जाम थियो र डेढ घण्टा लाग्यो पुग्नको लागि ।

     ढोकाको घण्टी बजाए र केही क्षणपछि आन्टीले ढोका खोल्नु भयो । आन्टीलाई देखेर मैले नमस्ते गरे र आन्टीले पनि नमस्ते फर्काउनु भयो । अनि मैले आन्टीलाई हेर्दै भने, “अमित कता छन् ?”

     “अमित अहिले सुतिरहेका छन् ।”

     “त्यसो भए पछि आउँछु नि ।”

     “एकछिन त बस ।”

     “होइन आन्टी । म पछि आउँछु ।”

     अनि म त्यहाँबाट निस्किए । म घर पुग्दा साया मलाई कुरेर बसेकी रहेछिन् । उनीलाई देखेपछि सम्झे कि उनीलाई मैले बोलाएको थिए । उनीको नजिक जाँदै भने,“आई एम सरी ।”

     “मलाई बोलाएर तँ चाँहि कता गएको ?” उनी रिसाउदै भनिन् । 

     “अमितको घर ।”

     “मलाई घर बोलाएर तँ चाँहि अमितको घर ।”

     “आई एम सरी ।” मैले कान समाए ।

    “अमितको चक्करमा आफ्नै साथीलाई बिर्सिदिएको हो । अब त यो हर रोज हुने होला ।” सायाले मुख बिगा्रदै भनिन् ।

   “त्यस्तो होइन । तँ बाहेक मेरो अरु को छ र ? अमित आए तापनि तँ सधै छस् । अमित आफ्नो ठाँउमा र तेरो आफ्नो ठाउँमा छ । तुलना गर्न मिल्दैन र गर्न मिल्दैन । कुरा बुझेको हो ? अब त नरिसान । आफ्नै साथीसँग रिसाउदैनन् के । अब त हाँस्न हो ।”

   सायाले मलाई हेरि दिनन् म चाँहि उनीहलाई हेरिरहे । साया नबोलेपछि मैले उनीलाई काउकुति लगाइदिए र उनी हाँसिन् । केह क्षणपछि मैले भने, “आई एम सरी ।”

  “ठीक छ । माफ गरिदिए ।” अनि हामी मुस्कुरायौ ।

 ...............................................................................................................................................................................................

    दिउँसोको एक बजिसकेको थियो । अमित उठे र फ्रेस भएर बैठक कोठामा आउँछन् । आमा र बुवा गफ गर्दै हुनु हुन्थ्यो । आज बुवाले छुट्टी लिनु भएको थियो । अमित बुवाको छेऊमा बसे । आमाले अमितलाई हेर्दै भन्नुभयो,“अमित, तिमी राम्ररी सुत्यौ ?”

    “हजुर सुते । हजुरहरुले खाना खानु भयो ?” अमितले भने ।

    “हामीले त खाइसक्यौ ।” आमाले भन्नुभयो ।

    “बुवा, तपाईले आज अफिस नजाऊ भएको ?”

    “हो, आज मैले छुट्टी लिएको छु ।” बुवाले भन्नु भयो । 

    अमितको बुवा नेपाल राष्ट्र बैकमा काम गर्नु हुन्छ । पाँच वर्षपछि रिटाएरअमन्ट्को जिन्दगी हुने छ । आमा चाँहि गृहिणी हुनु हुन्छ । अमित घरको एक मात्र सन्तान हुन् । उनले एमबीए अमेरिकाबाट सकेका हुन् । उनलाई अमेरिका बस्न पुगेको थियो र नेपालमा केही गर्ने योजना बनाए र नेपाल फर्किए । 

    त्यही क्रममा, अमितको बुवाले भन्नुभयो, “अब तिमी के गर्ने योजना गरेका छौ ?”

    “म दुई ÷तीन वर्ष बैकमा काम गर्छु र व्यापार गर्छु ।”

    “ए ।”

    “तिमीलाई भोक लाग्यो होला । किचेनमा जाऊ । म खाना तताइदिन्छु ।”

    “हुन्छ ।” अनि दुवै जना किचेनमा जान्छन् ।

 

   दुई दिनपछिको कुरा हो । साँझको समय थियो र म अमितको घरमा थिए । हामी दुवै जना चिया पिउदै थियौ र त्यही क्रममा, अमितले भने,“आजकाल तिमी के गर्दै छौ ?”

   “जागिर खोज्दै छु ।”

   “ओके । तिमीलाई कस्तो जागिर गर्न मन छ ?”

   “बैकमा गर्न मन छ । अनि तिम्रो के छ त योजना छ त ?”

   “दुई /तीन वर्षसम्म बैकमा काम गर्छु । अनि व्यापार गर्छु ।”

   “ओके ।”

   त्यही क्रममा, आन्टी आउनु भयो र मलाई हेरेर भन्नुभयो, “आध्या, खाना खाएर जानु ल ।”

   “नाइँ आन्टी, म निस्किहाल्छु । म एकछिन बसेर निस्कि छु ।”

   “खाएर गए राम्रो ।”

   “नाँइ आन्टी पर्दैन ।”

   अनि आन्टी किचेनमा जानुभयो । अमित र मेरो कुरा त्यति भएन । चिया पिइसकेपछि म निस्कि एभने अमित लापटपमा व्यस्त भए । म प्राय ः उनलाई भेट्न जान्थे तर अमित कम नै बोल्थे । सोचेको प्रश्नको जवाफ दिन्थे । उनी कम बोलेको देखेर मलाई बेग्लै आभास आउथ्यो । मलाई नरमाइलो लागेको थियो ।

   एक दिन सायालाई फोन गरेर घरमा बोलाए । साया र म मेरो कोठामा थियौ । र खाटमा बसेका थियो । सायाले मलाई हेर्दै भनिन्,“तैले मलाई किन  तुरुन्त बोलाएको ? अनि तँ उदास देखिछेस्् । तँलाई के भयो ?”

   “अमित मसँग राम्ररी बोल्दैन । सोधेको प्रश्नको जवाफ मात्र दिन्छन् । त्यसको साथ साथै, मलाई त्यति ध्या न दिदैनन् । मलाई वास्तै गर्दैनन् । पहिलो जस्तो छैनन् । उनले मलाई मलाई वास्ता नगर्दा र राम्ररी नबोल्दा मलाई नराम्रो लाग्छ । मेरो मनमा चिसो परेको छ ।” म भावुक हुँदै भन्छु ।

   सायाले मलाई गम्भीर भएर हेर्दै थिइन् र मलाई हेर्दै भनिन्, “त्यस्तो नसोच । धेरै वर्षपछि आएर त्यस्तो फिल भएको । अमित अमेरिका नगएको भए अवस्था सामान्य हुन्थ्यो । अमेरिका गएपछि तिमी यहाँ र अमित उता । तिमीहरुलाई एक अर्कोको जिन्दगीमा के भइरहेको छ थाहा छैन । समय अनुसार मानिसहरुको प्राथमिकता परिवर्तन हुन्छ र मानिसहरु पनि परिवर्तन हुन्छन् । अमित र तँलाई समय चाहिएको छ । त्यसैले अमितलाई आफ्नै ठाउँमा रमाउन देऊ । तँ हरपल उनको अघि र पछि लागिछस् भने तेरो महत्व कम हुन्छ र त्यसको साथ साथै उनलाई रिस उठ्छ ।”

    वातावरणमा मौनता छाएको थियो । मैले सायालाई हेर्न सकेको थिइन । म मौन नै थिए । त्यसको साथ साथै, मनमा धेरै प्रश्नहरु थिए । के अमित साँच्चिकै परिवर्तन भएका हुन् ? साँच्चिकै उनको मनमा अर्को छिन् कि ? अमितलाई किन समय चाहियो ? म आफ्नै संसारमै हराउन थाले । डर लाग्न थालेको थियो । अनेक सोच आउन थालेको थियो ।

 

     समय बित्दै गयो । अमित आएको एक महिना भइसकेको थियो र उनले ग्लोबल आइएमई बैकमा जागिर पाए भने म चाँहि खोज्दै थिए । त्यसको साथ साथै सायाले पनि जागिर पाइन् । उनीले चाँहि एनजियोमा फाइनास विभागमा पाएकी थिइन् । अब त हामी तीनै जनाको भेट कम हुने भयो । अमितसँग झन् भेट नहुने भयो । सोचेको थिए कि अमितसँग मेरो धेरै कुराहरु हुने छन् र म आफ्नो मनको कुरा व्यक्त गर्ने छु तर त्यो हुन सकेन ।

    कहिले काँही म अमितलाई भेट्न भनि उनीको अफिसमै जान्थे तर अमितलाई बोल्ने फुर्सद नै हुँदैन थियो । उनले मलाई वास्ता नगर्दा र मसँग कुरा नगर्दा चिन्त दुख्थ्यो । तर देखाउन सकिन । अमितसँग बस्न मन थियो र धेरै कुराहरु गर्न मन थियो तर सकिन । किन अमित मसँग दूर जाँदै छन् ? उनले साँच्चिकै वास्ता गर्न छोडेका हुन् ?

................................................................................................................................................................................................

    दिउँसोको समय थियो र म आफ्नो कोठामा थिए । हिन्दी सिरिस् हेर्दै थिए । त्यही क्रममा, आमा मेरो काठामा आउनु भयो र भन्नुभयो, “आध्या ।”

   “हजुर ।” मैले आमालाई हेरिकन भने ।

   “तिम्रो लागि भनि हामी केटाहरु हेदै छौ ।”

   आमाले यति भनिसक्दा मैले ल्यापटप बन्द गरे र आमालाई रिसाउदै भने,“तपाईहरुलाई कस्तो हतार ? मैले त जागिर नै पााएको छैन । पहिला त जागिर गर्न छ दिनु ।”

   “यो सुनेको छ हामीले धेरै महिना भइसकेको छ । जागिर पाएकै छैनौ । जागिर त बिहे गरेपछि गर्दा पनि हुन्छ । जागिर नभए पनि श्रीमान्ले तिमीलाई पालिहाल्छन् । हामीले केटा खोज्दा राम्रो परिवारको खोज्दिछौ । यदी हामीले खोजेको चिन्त बुझ्दैन भने तिमीले खोज्दा नि हुन्छ । कि खोजिसकेकी छौ ?”

   “मैले कोही केटा हेरेको छैन न त मलाई बिहे गर्नु नै छ । तपाईलाई गर्न मन तपाई नै गर्नु ।” मैले रिसाउदै भने र ल्यापटमा सिरिस् हेर्न थाले ।

   “यो केटीलाई केही कुराको मतलब नै छैन । आफ्नो जिन्दगीमा केही कुराहरुमा गम्भीरता नै छैन । बच्चा जस्तो व्यवहार छ । कसरी जागिर पाउछे र केटा पनि ?” यति भनेर आमा मेरो कोठाबाट निस्किनुभयो र मैले आमाको कुरा ध्यान दिइन ।

 

     अमितले जागिर गरेको ६ महिनाभन्दा धेर भइसकेको थियो । शनिबारको दिन थियो । तीनै जना खाना खाँदै हुनुहुन्थ्यो । त्यही क्रममा, अमितको बुवाले अमितलाई हेर्दै भन्नुभयो, “तिमीले जागिर पनि पा¥यौ । अब त तिमीले बिहे गर्नु पर्छ ।”

     अमितले बुवालाई हेर्छन् र भन्छन्, “खासमा मैले पनि यस विषयमा कुरा गर्नु थियो ।” असमत नर्भस् भएका थिए ।

     “भन न । के कुरा हो ?”

     “म अमेरिकामा पढ्दा एउटा केटीलाई मन पराउन थालेको थिए । उनीले पनि मन पराउनछिन् ।”

     “उनीको नाम के हो ?” आमाले भन्नुभयो ।

     “सध्या बस्नेत ।”

     “ए । उनी अहिले कहाँ बस्छिन् ? पविारकति जना हुनु हुन्छ ?”

     “सध्याको एक जना दिदी हुनु हुन्छ । दिदीको बिहे भइसक्यो । बुवा सरकारी कलेजमा नेपाली शिक्षक हुनु हुन्छ । आमा पनि काम गर्नु हुन्छ । सध्या मसँगै नेपाल फर्केकी हुन् ।”

     “ए । अब हामीलाई कहिले भेटाउछौ ?” बुवाले भन्नुभयो ।

     “म सध्यासँग कुरा गर्छु ।”

     “हुन्छ । तिम्रो खुशी हाम्रो खुशी हो ।” आमाले भन्नुभयो । अमित निकै खुशी भएका थिए । खाना खाइसकेपछि अमित आफ्नो कोठामा जान्छन् र आफ्नो खाटमा बस्छन् । अनि सध्याको नम्बर डायल गर्छन् । एकै घण्टीम फोन उठाउछिन् ।

     “हेलो ।” सध्याले भनिन् ।

     “हेलो । कस्तो एकै घण्टीमा फोन उठाएकी ।” अमितले सध्यालाई जिस्काउदै भने ।

     “अनि तिमी के गर्दै ?”

     “तिमीसँग कुरा गर्दै ।”

     “तिमी कति जिस्किनु पर्ने ?”

     “तिमीलाई मन परेन ?” अमित जिस्किदै भने ।

     “चुप लाग ।” सध्या रिसाउदै भनिन् ।

     “तिमीलाई खुशीको खबर सुनाउनु पर्ने छ ।”

     “के भन न ।”

     “त्यति छिट्टै कहाँ भन्छु र ।” अमित जिस्किने मुडमा थिए ।

     “आज बेलुका भेट्यौ न ।”

     “कहाँ ?”

     “लाजिम्पाटको क्याफेमा आउन । ६ः०० बजे आउन ।”

     “हुन्छ ।”

     बेलुकाको ६ः०० बजे, लाजिम्पाटको क्याफेमा अमित सध्यालाई कुरेर बसेका थिए । अमित कुनाको टेबुलमा बसेका थिए । ६ बजेर १० मिनेटमा सध्या क्याफेमा आउँछिन् । पहेलो रङ्गको कुर्ता लगाएकी थिइन् । आँखा ठूला थिए । त्यसको साथ साथै हाइट राम्रो थियो ५ प्रिट ९ ईन्च । सध्यालाई देखेर सबैले मोडल हुने भन्थे ।

     सध्या यता र उता हेर्दै थिइन् । त्यही क्रममा, उनीले अमितलाई देखिन् । उनले हता हल्लाउदै थिए र सध्या अमित भएको ठाउँमा जान्छिन् । अमितलाई देखेर हाई भन्छिन् ।

     “हाई ।” अमित मुस्कुराउछन् ।

     “अनि मलाई किन बोलाएको ?”

     “खुशीको खबर सुनाउन ।”

     “भन न छिटो ।”

     त्यही क्रममा, वेर्टर दुवै जना भएको ठाउँमा आउँछन् । मेनु दिएर जान्छन् ।  

     “पहिला खानाको अर्डर गयौ र म खुशीको खबर सुनाउछु ।” अमित मुस्कुराउछन् । दुवै जनाले चिनेर मःम, पिज्जा, चाउमिन र कफी अर्डर गर्छन्  र अर्डर गरिसकेपछि सध्याले भनिन्, “अब त भन न ।”

     “बुवा र आमालाई हाम्रो बारे सबै कुरा भनिसके । तिमी र तिम्रो परिवारलाई भेट्न चाहनु हुन्छ ।”

     सध्या खुशी हुनुको साथ साथै दुःखी । अमितले सध्यालाई हेरिरहेका थिए र सध्याले जवाफ कुरेर बसेका थिए । त्यही क्रममा, मौनता तोड्दै अमितले भने, “के भयो तिमीलाई ? तिमी खुशी छैनौ र ?”

     “खुशी छु तर.....”

     “तर के ?” अमित अचम्मित भए ।

     “यति छिट्टै ? केही समय कुर्न सक्किन ?” सध्याले अमितलाई हेर्दै भनिन् ।

     “किन नि ?” अमितको भाव परिवर्तन भएको थियो ।

     “हामी दुवै जनाले काम गर्न थालेको एक वर्ष पनि भएको छैन । किन हतार ?”

     “तिमीलाई मेरो माया लाग्छ कि लाग्दैन ?” अमित गम्भीर देखिन्थे ।

     “लाग्छ तर अहिले मलाई बिहे गर्नु छैन । यस बारे मलाई सोधेको भए हुन्थ्यो ।” सध्या रिसाउछिन् ।

     “यो तिमी के भन्दै छौ ?”

     “हो, म ठीक भन्दै छु ।”

     वातावरणमा मौनता छाएको थियो । दुवैले एक अर्कोलाई हेरे । त्यही क्रममा, अमित र सध्याले अर्डर गरेको खाना आयो तर दुवै जनालाई खान मन भएन । त्यही क्रममा, अमितले सध्यालाई हेर्दै भने, “एक पटक मेरो बुवा र आमालाई भेट ।”

     “हुन्छ तर म बिहेको लागि तयार छैन ।”

     अमितले हुन्छ भने तर मनमा चिसो परेको थियो । दुवै जनाले चिनेको धेरै वर्ष भइसकेको थियो । अमितलाई बिहे गर्न मन भइसकेको थियो । सध्यालाई माया गर्छन् त्यसैले उनीको मन दुखाउन चाहदैन थिए ।

     आइतबारकोे दिन । अमित र सध्या दुवै जना अफिसमा थिए । नेपालमा आएपछि दुवै जना एउटै अफिसमा काम गर्न थालेका थिए । दुवै जना त्यति बोलेका थिएनन् । अमितको नजर सध्यातिर थियो भने सध्याको ध्यान कामतिर थियो । हेर्दा हेर्दै खाजा खाने समय भयो  र खाजा खाने समयमा दुवै जनाको कुरा भएन । अमितलाई नराम्रो आभास भएको थियो र मनमा चिसो फिल भयो । आफ्नै गल्ती भएको जस्तो भएको थियो ।

    दुई दिनपछिको कुरा हो । दुवै जना बैकको छेऊमा भएको क्याफेमा जान्छन् । मःम र कफ अर्डर गर्छन् । अर्डर गरिसकेपछि अमितले भने, “आई एम सरी, सध्या ।”

    “केही छैन । म यो शनिबार दिउँसोको २ः०० बजे आफ्नो परिवारलाई लिएर आउँदै छौ ।”

    “हुन्छ ।” अमित एक प्रकारले खुशी थिए त एक प्रकारल दुःखी । खुशी यस प्रकारले कि सध्याको परिवरसँग भेट हुँदै छ र दुःखीयस प्रकारले कि उनी अमितसँग बिहे गर्न मानेकी छैनन् ।

    “अनि घरमै भेट्ने कि बाहिर ?” अमितले भने ।

    “बाहिर । बर्गर हाउस क्याफे, लास्मिपाटमा भेट्नौ न ।”

    “हुन्छ ।”

    अमित काम सकेर बेलुकाको ८ बजे घर पुग्छन् । केही समयपछि अमित किचेनमा आउँछन् । बुवा र आमा अमितलाई कुरेर बस्नु भएको थियो र आमाले अमितलाई हेर्दै भन्नुभयो, “सगै खायौ ।”

    “हुन्छ ।”

    आमाले सबैलाई पस्किनु भयो र सबै जना खाना खान थाल्नु भयो । आमाले अमितलाई हेर्दै भन्नुभयो,    “छोरा, तिमीलाई के भयो ? दुई ÷ तीन दिन भयो तिमी गम्भीर देखिन्छौ ? के भयो ?”

    “सध्या र मेरो भेट भएको थियो । यो शनिबार बर्गर हाउस क्याफे, लास्मिपाटमा दिउँसोको २ः०० बजे बोलाएकी छिन् । परिवारलाई पनि दिाएर आउँछिन् ।”

    “यो त खुशीको खबर हो । अनि यो खुशीको खबरमा तिम्रो मुहार किन अँध्यारो ?” आमाले भन्नुभयो ।

    “सध्या अहिले बिहे गर्दिन भन्दै छिन् ।”

    “किन नि ?” आमाले मुख बिगा्रदै भन्नुभयो ।

    “अझै काम गर्न चाहछिन् ।”

    “विवाह पछि हामीले काम गर्न दिन्छौ नि ।” बुवाले भन्नुभयो ।

    “मैले पनि त्यही भनेको ।” अमितले भने ।

    “यो शनिबार हाम्रो भेट हुन्छ र हाी उनीलाई सम्झाउछौ ।” बुवाले भन्नुभयो ।

    अमितले टाउको हल्लाएर हुन्छ भने तर उनलाई सध्याको बानी थाहा थियो । सध्याको दिमागमा एक पल्ट नाइँ भनेपछि सक्कियो । सम्झाउन निकै गाह्रो थियो । जिद्दी पन धेरै थियो ।

................................................................................................................................................................................................

    शनिबारको दिन थियो र समय भएको थियो र समय १ः१५ भएको थियो । अमित र अमितको परिवार घरबाट निस्किनुभयो । केही क्षणमा पुग्नु भयो । क्याफे निकै भीड थियो । अमितले खाली ठाउँ हेर्दै थिए । त्यही क्रममा, अमितको नजर बीचको टेबुलमा पुग्यो र त्यही गए बस्नुभयो । सध्या र सध्योको परिवारलाई कुरेर बस्नुभयो । २ः१५ मा सध्या र सध्याको परिवार आउनुभयो । एक अर्कोालाई देखेर नमस्ते गर्नुभयो ।

    दुवै जनाको परिवार मौन नै हुनु हुन्थ्यो । वातावरणमा मौनता छाएको थियो । केही क्षणपछि वेर्टर टेबुलमा मेनु लिएर आउँछन् । मेनु टेबुलमा थियो र त्यही क्रममा, अमितको बुवाले भन्नुभयो, “केही लिनु हुन्छ ?”

    “केही बेरपछि ।” सध्याको बुवाले भन्नुभयो ।

    “खासमा अमितले सध्याको बारे भनिसकेका छन् । हामी चाहन्छौ कि अमित र सध्याको विवाह होस् ।” अमितको बुवाले भन्नुभयो ।

    “हामी पनि त्यति चाहन्छौ ।” सध्याको आमाले भन्नुभयो ।

    “तर म यति छिट्टै विवाह गर्न चाहन्न ।” सध्याले रिसाउदै भनिन् ।

    “तर किन ?” अमितको बुवाले गम्भीर हुँदै भन्नुभयो ।

    “मैले जागिर गरेको एक वर्ष  पनि भएको छैन । दुई वर्ष जति बिहे गर्ने योजना छैन ।”

    “बिहे पछि हामीले तिमीलाई जागिर गर्न दिन्छौ । अमित हाम्रो एउटा मात्र छोरा हो । अमितको खुशी हाम्रो खुशी हो । तिमीलाई हामी केही कुराको कमी हुन दिँदैनौ ।”

    “होइन अंकल । म पहिला जागिर राम्रोसँग गर्न चाहन्छु ।”

    “सध्या जागिर गर्न दिन्छु  भन्नु भएको छ । हेर छोरी राम्रो केटा भन्ने बित्तिकै पाइदैन । तिमी र अमितले एक अर्कोलाई चिनेको धेरै वर्ष भएको छ । बिहे समयमै गर्नु पर्छ ।”

    सध्या आफ्नै जिद्दीपनमा थिइन् र आमा र बुवा सम्झाउदै हुनु हुन्थ्यो । केही सिप नलागेपछि सध्या क्याफेबाट निस्किन् र अमित पनि सध्याको पछि लागे । सध्यालाई धेरै चोटि बोलाए तर सध्याले सुनिनन् । बुवा र आमाले सध्यालाई धेरै चोटि सम्झाउने कोसिस गर्नु भयो । अन्त्यमा आएर सध्याले मानिन् । विवाह पाँच महिनपछि हुने भयो अर्थात् मंसिरमा हुने भयो । अमित धेरै खुशी भएका थिए भने सध्या खुशी नभए तापनि बुवा र आमाको लागि खुशी थिइन् ।

 

    “आमा, बुवा कता हुनु हुन्छ ?” म कोठामा छिर्दै भने ।

    “आफ्नो कोठामा हकेही काम थियो र बुवासँग ?” आमा मेरो पछि पछि आउँदै भन्नु भयो । म बुवाको कोठामा छिरे । बुवा ओछ्यानमा बसेर किताबमा पढ्दै हुनु हुन्थ्यो । म बुवाको नजिक गए । म नजिक आएको देखेर बुवाले किताब छेऊमा राख्नुभयो र भन्नुभयो, “के भयो छोरी ?”

    “मैले जागिर पाए ।”

    “ए । कता ?”

    “यही नजिकको स्कूलमा । कक्षा १ देखि ४ सम्मलाई अङ्ग्रेजी विषय पढाउने भए ।” मैले बुवालाई हेर्दै भने ।

    “जागिर पाएछौ खुशी लाग्यो तर अरुतिर गरेको भए हुन्थ्यो । स्कूलमा त थोरै पैसा दिन्छन् ।”

    “अहिले स्कूलमा काम गर्दै गर्छु र अरु ठाउँमा पनि खोज्दै गर्छु ।”

    “हुन्छ । अनि काम कहिलेदेखि सुरु गछौ त ?”

    “भोलिदेखि ।”

    “ए ।” बुवाले भन्नुभयो । आमा चाँहि हाम्रो कुरा सुन्दै हुनु हुन्थ्यो । अनि आफ्नो कोठामा गए । खुशीको खबर सुनाउन भनि अमितलाई फोन गरे तर मेरो फोन उठाएनन् । घर गएर सुनाउने निर्णय गरे । केही क्षणपछि मैले सायालाई फोन गरे । केही घण्टीपछि मात्र सायाले फोन उठाइन् ।

    “के भयो ?” सायाले भनिन् । उनी आफ्नो काममा व्यस्त थिइन् ।

    “मैले जागिर पाए नि ।” मैले खुशी हुँदै भने ।

    “बधाई छ । अनि कहाँ पाइस् त ?” साया खुशी हुँदै भनिन् ।

    “स्कूलमा ।”

    “ठीक छ । जे भए पनि जागिर पाइछस् । राम्ररी गर । अनि अमितलाई भनिस् त ?”

    “फोन गरेको उठाएनन् । पछि भन्छु । ”

    “ल ठीक छ । म अहिले फोन राख्छु ल । काम धेरै छ ।” अनि सायाले फोन काटिन् ।

................................................................................................................................................................................................

    शनिबारको दिन थियो । मैले अमितलाई फोन गरे तर उनीले फोन उठाइनन् । अनि म हतारिदै खाना खाएर निस्किए । जब घर पुगे बाहिरबाट ढोठा बन्द थियो । मैले फेरि अमितलाई फोन गरे तर उठेन । म अचम्म परे । न त अमितले फोन उठाउ छन् न त घरमै हुन्छन् । अमितको फोन नउठाएपछि मैले सायालाई फोन गरे । सायाले एकै घण्टीमा उठाइन् ।

    “हेलो ।” मैले भने ।

    “हेलो । तेरो के छ खबर ?”

    “तँ अहिले कहाँ छेस् ?”

    “घरमा । के भयो ?”

    “तँसँग काम  थियो ।”

    “के काम ?”

    “घरमै आइजन ।”

    “हुन्छ ।”

    म केही क्षणमै घरमै पुगे र म घर पुगेको केही क्षणमा साया पनि आइपुगिन् । हामी दुवै जना मेरो कोठामा थियौ । मलाई हेर्दै सायाले भनिन्, “के भयो तँलाई ? किन मलाई बोलाएकी ?”

    “किन ? के भयो ?”

    “न त मेरो फोन उठाउछन् न त घरमै भेटिछन् ।”

    “अमित आफ्नो काममा व्यस्त भए होला । बैकको काम कहाँ सजिलो हुन्छ र ?”

    “व्यस्त भए पनि आफ्नो साथीलाई किन वास्ता नगरको ?” म रिसाउदै भने ।

    “अमितलाई आफ्नो स्पेस चाहिएको छ । हरपल उनलाई फोन गर्न जरुरी  छैन न त भेट्न । तैले कहिले काँही अति गर्छस् त्यसैले फोन उठाउदैनन् । केही कुरन त हुँदैन । मलाई थाहा छ कि तैले अमितलाई मन  पराउछेस् तर तैले कहिले अमितको नजरबाट हेरेकी छेस् ? तँ आफ्नै नजरबाट हेर्दै छस् । अरुको पनि आफ्नै सोच हुन्छ । तँ बच्चा जस्तो व्यवहार देखाउछेस् । सानो कुरामा पनि चिन्त बुझ्दैन । तँ अमितको पछि लाग्न छोड । यही अमितले तँलाई मन पराउने भए तँलाई फोन गर्थे तेरो फोन उठाउथे । त्यसको साथ साथै, हामी अब बच्चा रहेनौ । गा्रे अप अध्या । हरपल बच्चाको जस्तो कुरन नगर । अबदेखि अमितको कुरा गर्ने हो भने मलाई नबोला । म सुन्दिन । तँ पनि यस्तो कुरा नसोच ।” सायाले यति भनेर मेरो कोठाबाट निस्किन् । साया रिसाएकी थिइन् । मसँग केही शब्दहरु नै थिएनन् । म साया गएको हेरिरहेको थिए । सायाको शब्दहरुले मेरो मनमा चिसो प¥यो । के साँच्चै म बच्चा जस्तो व्यवहार देखाइरहेको छु ? के अमितले मलाई मन पराउदैन र ? दिमागमा धेरै प्रश्नहरु नाच्न थालेका थिए । के अब साया मसँग बोल्न छाड्छिन् ? कुरा खेलाउदा खेलाउदै मन रुन थाल्यो । आँखाहरु आँसुले भरिए । आफूलाई नराम्रो सोच्न थाले । के म साँच्चिकै नराम्रो छु ?

    म आफ्नो काममा व्यस्त हुन थाले । म साया र अमितलाई धेरै सम्झिन्थे तर फोन गर्न सकेको थिइन । सायाको कुराले मेरो मनमा छाप बसिसकेको थियो ।

    हेर्दा हेर्दै मैले काम गर्न थालेको तीन महिनाभन्दा धेर भइसकेको थियो । बच्चाहरुलाई पढाउन धेरै गाह«ो हुँदो रहेछ । आफू पनि बच्चा हुनु पर्ने रहेछ । उनीहरुको अनुसार पढाउनु पर्ने र उनीहरु कै मनोविज्ञमन बुझेर पढाउनु पर्ने । विद्यालयमा म त्यति बोल्दिन थिए । वा बोल्न रुचाउदिन थिए । विद्यालय जान्थे र काम सकेपछि घर फर्केन्थे । धेरै जनालाई मलाई घमण्डी सोच्थे तर उनीहरुको कुरा त्यति सुन्दिन थिए र वास्ता पनि गर्दिन थिए ।

    छुट्टीको दिन थियो । म आफ्नो कोठा सफा गदै थिए । त्यही क्रममा, मेरो मोबाइलको घण्टी बज्यो । अनि मोबाइल हेरे । अमितको रहेछ र म खुशी हुँदै फोन उठाए ।

    “हेलो ।” उनले भने ।

    “हेलो ।” मैले भने ।

    “सँच्चै छौ नि ?”

    “अँ । अनि तिमीलाई ?”

    “अँ । मलाई पनि सँँच्चै छ । सुन न, आज तिमीलाई फुर्सद भए । मेरो घरमा आउन ।”

    “केही थियो कि ?”

    “छ । तिम्रो लागि सप्रराइज छ ।”

    “के हो त्यस्तो सप्रराइज ?” म मन मनमै खुशी भए ।

    “सप्रराइज कहाँ फोनमा भन्नु ? दिउँसोतिर आउन ।”

    “हुन्छ ।” मैले भने र अमितले फोन राखिदियो । अमितले फोन गर्दा म निकै खुशी भएको थिए । त्यसको साथ साथै, सप्रराइज भन्दा म निकै खुशी भएको थिए । सोचे कि उनले मलाई प्रेम प्रस्ताव राख्ने छन् र म उनको प्रेमलाई स्वीकार्ने छु ।

    मैले आफ्नो काम गरे र फ्रेस भए ।  अनि तयार भएर घरबाट निस्किए । केही क्षणपछि म अमितको घर पुगे र ढोकाको घण्टी बजाए । आन्टीले ढोका खोल्नु भयो र मलाई देखेपछि मुस्कुराउनु भयो । म पनि मुस्कुराए । मलाई भित्र आउन आग्रह गर्नु भयो । म भित्र छिरे । अमित र साया बैठक कोठामा गफ गर्दै थिए । सायालाई देखेर म अचम्म गरे र म दुवै जनाको नजिक गए । अनि सायालाई हेर्दै भने, “तँ पनि यहाँ ?”

    “हो । अमितले बोलाएको हो ?”

    “हो । मैले तिमी दुई जनालाई बोलाएको हूँ । खासमा तिमी दुई जनासँग मेरो काम थियो ।”

    “मेरो बिहे हुँदै छ । तिमी दुई जनाले सहयोग गर्नु पर्छ ।”

    “के ? यो तिमी के भन्दै छौ अमित ?” म सोफाबाट उठे ।

    “तिमी किन अचम्म परेको ?” अमित मलाई हेर्दै भने ।

    “तिम्रो जिन्दगीमा म बाहेक अरु कोही हुन सक्दैन र तिमीले म बाहेक अरुलाई अरुलाई माया गर्न सक्दैनौ ।” म भावुक हुनुको साथ साथै रिसाएको थिए ।

    “तिमी यो भन्दै छौ अध्या ? तिमी त मेरो मिल्ने साथी मात्र हौ । मैले तिमीलाई त्यस्तो नजरदे कहिले हेरिन ।” अमित पनि सोफाबाट उठे ।

    “तिमी मेरो मात्र हौ । अरुको पनि हुन दिन्न ।” म रिसाउदै भने ।

    “अध्या, तँ के भन्दै छस् ? बच्चाको जस्तो हरकत नगर्न ।”

    “तिमी म बाहेक अरुलाई माया गर्न सक्दैनौ ।” म झन् रिसाए । मेरो ध्यान अमिततिर नै थियो ।

    अमित र साया मलाई सम्झउदै थिए । म सम्झिने मोडमा थिइन । अन्तमा आएर अमितले मलाई एक थप्पड हाने र भने,“हरपल बच्चा जस्तो हरकत गछौ । माया जर्बरजस्ती गरेर हुँदैन । तिमीलाई म सिर्फ साथीको नजरले मात्र हेर्छु । तिमी हरपल तिमी आफ्नो नजरले हेछौ । गा्रे अप अध्या ।”

    मेरा आँखाहरु आँसुले भरिएका थिए र म त्यहाँबाट निस्किए । साया र अमितले म गएको हेरिरहेका थिए । केही क्षणपछि अमितले सायालाई हेर्दै भने, “तिमी आफ्नो साथीलाई सम्झाऊ । आज मैले अध्यलाई थप्पड हाल्नु प¥यो । म बाध्य भएको थिए । हरपल बच्चा जस्तो । अफिसमा आएर डिर्टभ हुन्छ । हरपल गफ गर्न त फुर्सद हँुदैन ।”

    “मैलृ पनि सम्झाउन कोसिस गरे तर सकिन । हामीले भनेको कुरा अहिले बुझ्दिनन् । त्यसैले उनीलाई आफ्नै हालमा छाडिदेऊ । पछि आफ्नै बुझ्छिन् ।” सायाले भनिन् ।

    मलाई धेरै रिस उठेको थियो । म घर पुगेर धेरै रोएको थिए । सोचेको थिए कि अमितले मलाई प्रेम प्रस्ताव राख्ने छन् तर मैले सोचेको जस्तो भएन । मन शान्त थिएन । त्यसको साथ साथै म स्कूलमा पढाउन छोडेको थिए । स्कूmबाट धेरै चोटि फोन आएको थियो तर मैले फोन उठाएको थिइन । धेरै भइसकेको थियो न त म स्कूल गएको न त फोन नै उठाएको । त्यसको साथ साथै, बुवा र आमाले ममा आएको परिवर्तन याद गर्नु भएको थियो । 

    साँझको समय थियो । म आफ्नो कोठामा थिए र म खाटमा पल्टिएको थिए । त्यही क्रममा, आमा र बुवा मेरो ढोका ढकढकाउनु भयो । केही क्षणपछि मैले ढोका खोले र बुवा र आमा भित्र आउनुभयो र खाटमा बस्नुभयो । म चाँहि मौन नै थिए । मलाई हेर्दै बुवाले भन्नुभयो,“छोरी, आजकाल तिमीलाई के भएको छ ? मौन् छौ । बोल्न पनि छाड्यौ । स्कूल पनि जान छाड्यौ । कसैसँग झगडा प¥यो ?”

    म मौन नै थिए । वातावरणमा मौनता छाएको थियो । बुवा र आमा मलाई निहालेर हेर्दै हुनु हुन्थ्यो । बुवा र आमालाई के जवाफ दिनु ? जवाफ छ तर कसरी भन्नु ?म मौन नै बस्ने निर्णय गरे ।

    म मौन भएको देखेर बुवाले भन्नुभयो,“तिमी किन मौन छौ ? किन नबोलेको ?” बुवा र आमा चिन्तित हुनु हुन्थ्यो ।

    “म तपाईहरुलाई केही समयपछि भन्ने छु ।”

    “अहिले भन्न मिल्दैन ।”आमाले भावुक हुँदै भन्नु भयो ।

    “मलाई केही समय दिनु न ।” मैले बुवा र आमालाई हेर्दै भने ।

    “हुन्छ ।” अनि बुवा र आमा मेरो कोठाबाट निस्किनुभयो ।

    म अमितलाई अरुको भएको हेर्न सक्दिन । बुवा र आमालाई अमित र मेरो बारे कसरी भन्नु । बुवा र आमाले के सोच्नु हुन्छ ? दिमागमा धेरै प्रश्नहरु छन् । मेरो दिमाग र मनले एक अर्कोलाई साथ दिएको थिएन र मेरो मन अर्को संसारमा थियो ।

................................................................................................................................................................................................

    अर्को दिन । म १०ः३० बजे स्कूल पुगे र प्रिसिपल भएको कोठामा गए । ढोका बन्द थियो र मैले ढोका ढकढकाए । भित्रबाट आउनुहोस् भन्ने आवाज आयो । अनि म भित्र छिरे । सरले मलाई अचम्म पाराले हेर्नु भयो र मलाई बस्न भन्नुभयो ।

    “अनि यत्रो दिन तपाई कता हराउनु भएको थियो ? खबर त गर्नु पर्छ नि । तपाईले न त फोन उठाउनु भयो न त खबर नै गर्नु भयो ।” सर रिसाउदै भन्नु भयो ।

    “आए एम सरी सर ।” मैले भने ।

    “स्कूल नआउनुको कारण ?”

    “म आफ्नै व्यक्तिगत कारणले गर्दा म नआएको । म खासमा तपाईसँग कुरा गर्न आएको हूँ ।”

    “के कुरा हो ?”

    “म राजीनाम दिँदै छु ।” मैले राजीनाम लेखेको अगाडि राखे भने सरले अचम्म तरिकाले मलाई हेर्नु भयो । 

    “यो तपाई के भन्दै हुनु हुन्छ ?”

    “हो, सर ।”

    “तर किन ?”

    “म बाहिर जान तयारी गर्दै छु । त्यसैले म स्कूल छाड्दै छु ।” मैले सरलाई हेर्दै भने ।

    मेरो कुरा सुनिसकेपछि सरले मलाई हेर्दै भन्नुभयो,“ठीक छ । अब मैले के भन्नु र ?”

    अनि म स्कूलबाट निस्किए । हो, म बाहिर जान तयारी गर्दै थिए । यो कुरा मैले कसैलाई भन्न जरुरी सोचिन । घर पुगेपछि सिधै आफ्नो कोठामा गए र ढोका बन्द गरे । आमा अचम्म परेर म आफ्नो कोठामा गएको हेर्दै हुनु थियो । म नबोलिकन भित्र छिरेको थिए र ममा आएको परिवर्तन देखेर छक्क पर्नु भएको थियो ।

    म दिनभर अनलाइन पढ्न थाले । आईईएलटीएस घरमै बसेर पढ्न थाले । त्यस दिनदेखि म सिर्फ खाना खान मात्र किचेनमा जान्थे । म बुवा र आमासँग कम बोल्न थालेको थिए । म खाना खाइसकेपछि सिधै आफ्नो कोठामा जान्थे र पढ्न थाल्थे । म अमितसँग पनि कुरा हुँदैन थियो । मलाई कुरा गर्न मन हुन्थ्यो तर सक्दिन थिए । त्यसको साथ साथै, मैले फेसबुक बन्द गरेको थिए किनकि म दुई जनाको तस्बिरहरु हेर्न सक्दिन थिए । मलाई ईष्र्या हुन्थ्यो । मलाई रिस र जलनको कारणले गर्दा म बाहिर जान म भएको हो । “”

    एक हप्तापछिको कुरा हो । हामी सबै जना खाना खाँदै थियौ । यो हप्ता हामी एक अर्कोसँग कुरा गर्न पाएका थिएनौ । म नबोलिकन खाना खाँदै थिए र त्यही क्रममा बुवाले मलाई हेर्दै भन्नुभयो,“छोरी ।”

    “हजुर ।” मैले खाना खाँदै भने । मैले बुवा र आमालाई नहेरिकन भएको थिए ।

    “तिमीलाई आजकाल के भएको छ ? त्यति बोल्दा पनि बोल्दैनौ । स्कूल पनि जाँदैनौ । के भएको छ तिमीलाई ? केही समस्या छ भने हामीसँग सेयर गर ।”

    “मलाई केही पनि भएको छैन । मलाई स्कूलमा काम गर्न मन नभर छोडिदिए । अरुतिर खोज्दै छु ।” मैले बाहिर जाने कुरा भन्न जरुरी सोचिन । पछि भन्ने निर्णय गरे ।

    आमाले मलाई निहाल्दै भन्नुभयो,“होइन, छोरी । तिमीलाई केही त भएको छ ।”

    “केही भएको छैन, आमा । केही भएको भए, म भनिहाल्थे नि ।” म दुवै जनालाई नहेरिकन भने । बुवा र आमाले मलाई निहालेर हेर्दै हुनुहुन्थ्यो । उहाँहरुलाई सङ्केत भइसकेको थियो कि म खुशी भैन भनेर ।

१०

    डेढ महिनापछिको कुरा हो । मैले आईईएलटीएस जाँच दिए र मेरो राम्रो स्कोर आएको थियो । मेरो ८.५ आएको थियो । म निकै खुशी भएको थिए । मैले सबै तयारी गरेको थिए । भिसाको लागि मात्र तयार गर्न बाँकी थियो । मैले अमेरिकाको विश्व विद्यालय पनि हेरिसकेको थिए । उताबाट सबै आइसकेको थियो । मैले बुवा र आमालाई नभनिकन भिसाको लागि अपलाई गरे ।

    अपलाई गरेको एक हप्तापछिको कुरा हो । मलाई अमेरिकी दूतावासबाट फोन आयो त्यो पनि अन्तर्वार्ताको लागि बोलाइयो । सोमबार बिहान ९ः३० बजेको अन्तर्वार्ता थियो । मैले ईन्टनेटबाट कसरी तयारी गर्ने हेरे । एक प्रकारले नर्भस र डर थियो । युवाहरुलाई भिसा दिने कम हुन्छ र त्यसको साथ साथै उनीहरुको मुडमा भर हुन्छ ।

    हेर्दा हेर्दै सोमबार पनि आयो । म बिहान नै उठे । म उठ्दा बिहानको ५ः३० बजेको थियो । म आफ्नो काम सकेर तयार हुने क्रममा थिए । आठ बज्न दस मिनेटमा बे्रकफास्ट खान थाले । हतारमा खाँदै थिए र त्यही क्रममा, आमाले भन्नुभयो,“आज तिमीलाई के भयो ? किन हतारिदै खाएको ?आज त बिहानै उठ्यौ ?” आमा अचम्म पर्नु भएको थियो ।

    “आज मेरो एउटा काम छ । कति समय लाग्छ थाहा छैन । ढिलो हुन सक्छ ।” अनि हतारिदै खाइसके र तयार भएर निस्के । नौ बज्न २० मिनेट हुँदा घरबाट निस्किए । १५ मिनेटमै अमेरिका दूतावासमा पुगे । दूतावासको गेटमा थिए र चेक हुँदै थियो । भित्र छिर्न धेरै गाह«ो छ । कडा चेकिङ्ग हुन्छ । चेकिङ्ग सकेपछि म भित्र छिरे र लाइनमा बसे । लाइन किै लामो थियो । म निकै पछाडि थिए । मेरो अगाडि एक जना महिला थिइन् । मलाई देखेर मुस्कुराइन् र म पनि मुस्कुराए । लाइन् सर्न कति समय लागेको थियो । म यता र उता हेर्दै थिए । कति बेला पालो आउँछ जस्तो भयो ।

    बल्ल तल्ल दुई घण्टापछि भित्र छिर्न पाइयो र बस्न पनि । भित्र छिर पछि म झन् नर्भस भए । यता । उता हेरे । अमेरिका जान कस्तो रहर । त्यस्तो साथ साथै, धेरै जस्तो भर्खेरका मानिसहरु आएका थिए । केही समयपछि मलाई बोलाइयो र मेरो ईक्कान गरियो । ईक्कान सकेपछि म बसे । एक घण्टापछि मेरो पालो आयो । मलाई अन्तर्वार्ताको लाग बोलाइयो । मेरो अन्तर्वार्ता लिने व्यक्ति महिला थिइन् । “”

    अन्तर्वार्तामा तपाई किन अमेरिका जाँदै हुनु हुन्छ, किन अमेरिका नै, किन यही विषय, फर्केर आउनु हुन्छ कि हुन्न आदि । मैले नर्भस हुँदै उतर दिए । अन्तर्वार्ता केही समयमै सक्कियो र उनीले मलाई जान आग्रह गरिन् । मेरो पासपोर्ट उनीले राखिन् । उनीले मेरो पासपोर्ट राख्दा म खुशी भएको थिए ।

११

     एक हप्तापछिको कुरा हो । बिहानको ११ः०० बजेको थियो । म किचेनमा थिए । त्यही क्रममा, मेरो मोबाइलको घण्टी बज्यो र मैले फोन उठाए ।

     “हेलो ।” मैले भने ।

     “हेलो । तपाई अध्या बोल्दै हुनु हुन्छ ?”

     “हजुर हो ।”

     “म अमेरिकी दूतावासबाट बोल्दै छु ।तपाईको भिसन आइसकेको छ । लिन आउनुहोस् ।”

     “हुन्छ ।” म खुशी हुँदै भने । अनि म हतारिदै घरबाट निस्किन्छु । आमाले मलाई अचम्म पाराले हेर्दै हुनु हुन्थ्यो । मैले केही नभनिकन निस्केको जो थिए । केही भन्दै हुनुहुन्थ्यो जुन मैले सुनेको थिइन ।

     केही क्षणपछि म दूतावास पुगे । अनि मैले भिसा लिए र भिसा हेरे । जब मैले भिसा हेरे, म निकै खुशी भएको थिए र खुशी हुँदै घर पुगे ।

     आमाले ढोका खोल्नुभयो र म भित्र छिरे । आमा मेरो पछि आउनुभयो । मेरो कोठामा छिरेपछि आमाले भन्नुभयो,“हैन, तिमीलाई आजकाल के भएको छ ? तिमीलाई हतासमा देख्छु ।”

     “मलाई केही भएको छैन । म साँझको समयमा भन्छु नि ।” मैले भने ।

     “अहिले भन्न मिल्दैन ?” आमाले मलाई हेर्दै भन्नुभयो ।

     “भरे भन्छु नि ।” मैले आमालाई हेर्दै भने । 

     “हुन्छ ।” अनि आमा यति भनेर मेरो कोठाबाट निस्किनुभयो र म चाँहि के सामान चाहिन्छ र अब के गर्ने र कति दिनमा गर्ने योजना बनाउदै थिए ।

................................................................................................................................................................................................

     साँझको समय थियो । तीनै जना खाना खाँदै थियौ । त्यही क्रममा, अध्याले भनिन्,“बुवा,आमा म तपाईहरुलाई केही भन्न चाहन्छु ।”

     “भन न ।”

     “मेरो अमेरिकाको भिसा आयो ।”

     “के ? योे तिमी के भन्दै छौ ? कहिले र कसरी ?” बुवा अचम्म पदै भन्नुभयो । बुवाको साथ साथै आमा पनि अचम्म पर्नुभयो ।

     “भिसा आजै आएको हो ।” मैले सबै कुरा व्यक्त गरे तर के कारणले जान लागेको त्यो चाँहि भनिन ।

      मेरो कुरा सुनेर एक प्रकारले दुःख हुनुभएको थियो । अनि त्यही क्रममा, आमाले भन्नुभयो,“अनि हामीलाई किन भनेको ?”

      म मौन नै बसे । केही क्षणपछि बुवाले भन्नुभयो,“अनि कक्षा कहिलेदेखि सुरु हुन्छ ?” बुवा गम्भीर भएर सोध्नुभयो ।

      “तीन हप्तापछि सुरु हुन्छ ।”

      “ए ।” बुवाले भन्नुभयो ।

      बुवा र आमा दुवै जना निराश हुनुभएको थियो । उहाँहरु चाहनु हुन्थ्यो कि म उहाँहरुसँगै बसू तर भिसा आइसकेपछि उहाँहरु मौन हुनुभएको हो ।

      भोलिपल्टदेखि तयारी सुरु गरे । लुगाहरु किने र त्यसको साथ साथै टिकट पनि लिए । टिकट लिइसकेपछि मात्र मैले सायालाई फोन गरे । उनी छक्क परेकी थिइन् । मैले उनीलाई कुरा लुकाए भनेर रिसाएकी थिइन् । त्यही क्रममा, सायाले भनिन्,“तैले अमितलाई भनिस् त ?”

     “छैन ।”

     “छैन रे ? अनि कहिले भछेस् त ?”

     “एक÷दुई दिनमा भन्छु ।”

     “ए । जानुभन्दा अगाडि नभेट्ने ?”

     “अब त एयरपोर्टमा मात्र हुन्छ होला ।”

     साया रिसाइन् र उनीलाई सम्झाए र बल्ल तल्ल मानिन् । मसँग समय थिएन । अर्को हप्ता मेरो फाइन्छ थियो । हतारमा सबै काम गर्दै थिए । अनि सबै तयारी भइसकेपछि मैले अमितलाई फोन गरे तर फोन उठेन । अमितको विवाह पछि हामी बीच कुरा भएको थिए । हामीलाई एक अर्कोको जिन्दगीमा के भइरहेको छ त्यो थाहा थिएन । अमितको फोन नउठेपछि मैले फेरि फोन जरुरी सोचिन ।

     हेर्दा हेर्दै मेरो जाने दिन आयो । शुक्रबारको दिन थियो । फाइन्टको समय बेलुकाको १०ः०० बजेको थियो । म तयार भइसकेको थिए । अनि घडी हेरे । समय भएको थियो ७ः०० । अनि खाना हतारिदै खायौ । अनि हामी निस्कियौ । आमा र बुवा गम्भीर हुनु भएको थियो । एयरपोर्टमा पुग्यौ र बुवा र आमा भावुक हुँदै भन्नुभयो,“राम्ररी पढ्नु । हामीलाई फोन गर्नु । पढिसकेपछि नेपाल फर्किनु ।” त्यसको साथ साथै, आमाको आँखामा आँसुले भरिएको थियो । आमा भावुक भएको देखेर म आफै भावुक भए । त्यही क्रममा, साया एयरपोर्ट आइपुगिन् ।

     मलाई देखेर सायाले भनिन्,“तैले त कस्तो सपप्राइज दिएको ? जे होस् तेरो लागि खुशी छु ।”

     म मुस्कुराए मात्र । केही क्षण हामी गर्न थाल्यौ । त्यही क्रममा, सायाले भनिन्,“अमितलाई त म देखिन नि ?”

     “मैले फोन गरेको थिए तर उनले फोन उठाएनन् ।”

     “ए ।”

     अनि केही क्षण कुरा गरेर म भित्र छिरे । सबै जनालाई बाई गरे । भित्र छिर्दा पनि सबै जनालाई मैले हेरे । सबै जना भावुक भएका थियौ । त्यसको साथ साथै, मलाई अन्तिम चोटी भए पनि अमितलाई भेट्न मन थियो तर भेट्न पाइन । टिकटको लाइनमा म गए र मेरो नजर पछाडि गयो । बुवा, आमा र साया गइसक्नुभएको थियो । केही क्षणपछि मेरो पालो आयो र मैले मेरो टिकट देखाए र मलाई माथि जान आग्रह गरे र म माथि गए र खालि भएको सिटमा बसे ।

     म यता उता हेर्दै थिए र समय भएको थियो बेलुकाको ८ः०० बजेको थियो । अनि मैले झोलाबाट किताब निकाले र पढ्न थाले र हेर्दा हेर्दै बोडिङ्गको समय भयो । बोडिङ्गको लागि बोलाइयो र सबै जना लाइमा बसे । म पछाडि नै थिए । म निकै भावुक भएको थिए । जानु मेरो जरुरी थिएन तर यहाँ बसे भने म अमित अरुसँग बसेको हेर्न सक्दिन । ईष्या हुन्छ र त्यसको साथ साथे मेरो बाध्यता थियो । म यति अमेरिका ग एभने, म कहि न कहि शान्त हुन्छु । म अमितलाई बिर्सेन चाहन्छु । मैले आफ्नो बारेमा सोच्नुपर्छ । म संसारमा हराउदै थिए र त्यही क्रममा, एक जनाले भने,“दिदी, तपाईको पालो आयो ।” अनि म यथार्थमा आए र म अगाडि गए र आफ्नो टिकट देखाए र सबै काम सकेर म बाहिर निस्के र बसमा बसे । सबै जना बसिसकेपछि  बस चल्न थाल्यो र केही क्षणपछि प्लेनको छेऊमा बस रोक्यो । प्लेनममा चढिसकेपछि आफ्नो सिट नम्बर हेरे । मेरो सिट बीचको कुनामा थियो र बसे । अनि झ्यालबाट बाहिर हेरे । एक प्रकारले नराम्रो अनुुभव भयो । नौलो ठाउँमा जाँदै थिए । सबै कुराहरु सुरुदेखि गर्नु थियो । नेपालमा आनन्दले बसेको मान्छे म तर आफ्नै लागि जाँदै छु । केही समयपछि प्लेनले टेक अप लियो र मेरो जिन्दगीले पनि टेक अप लियो ।

१२

       “तिमी मेरो कुरा किन बुझ्दैनौ ? हर पल एउटै कुरामा अडिएको तिमी ?” सध्याले भनिन् ।

       “म अडिएको होइन । आमा र बुवाको रहर हो । हाम्रो पनि बुवा र आमा प्रति कर्तव्य छ । उहाँहरुले नाति/नातिनी खेलाउने रहर छ । त्यसमा के नराम्रो भो ?”

       “मलाई अहिले बच्चा पाउने रहर छैन । मलाई आफ्नो करियर बनाउनु छ ।”

       “तिमीलाई कसैले रोकेको छैन । बच्चा पाएपछि तिमीले आफ्नो करियर बनाउन सक्छौ ।”

       “तर अहिले होइन । तिमी र तिम्रो परिवारले मेरो कुरा नै बुझ्दैनौ ।” सध्याले रिसाउदै भनिन् ।

       “त्यस्तो होइन । तिमीलाई मैले यति चोटि भनिसके कि राम्री बसेर कुरा गरौ तर तिमी कुरा गर्न नै चाहदैनौ । हर पल झगडा गर्नु पर्ने । सानो कुरालाई पनि ठूलो बनाइदिन्छौ । तिमी हर पल आफ्नो बारेमा मात्र किन सोच्छौ ? तिमी किन अरुको बारेमा सोच्दैनौ ?”

       “तिमीले भन्न खोजेको के ? तिमीले पनि त आफ्नो बारेमा सोचिरहेका छौ । तिमी स्वार्थी छौ ।”

       वातावरणमा मौनता छाएको थियो । दुवै जनाले एक अर्कोलाई हेर्छन् मात्र । दुवै जनाको झगडा नपरेको दिन हुँदैन थियो । सानो कुराहरुमा झगडा परिरहथ्यो । कति दिनसम्म त बोल चाल पनि हुँदैन थियो । समस्या अमितमा होइन सध्यामा थियो । सानो कुरा पनि झगडा हुने । उनीलाई जित्नु पर्ने । अमितले सध्यालाई सम्झाउन खोज्थे तर सध्या बुझ्ने कोसिस नै गर्दिन थिइनन् । सध्यालाई आफ्नो काम बाहेक अरु केहीको वास्ता थिएन । करियर बाहेक अरुमा फोकस थिएन । विवाह गरेको केही हप्तामा नै दुवै जनाको झगडा सुरु भइसकेको थियो । अमितले सध्यालाई छोड्न सक्दैन थिए । सध्यालाई माया गर्थे र सध्याको हरेक कमि र कमजोरीलाई स्वाीकारेका थिए तर सध्या आफ्नै जिद्धीपनमा अडिएकी थिइन् । अमित कहि न कहि हार खाइसकेका थिए र उनलाई डर थियो कि यो सम्बन्ध टुन्ने हो नि भनेर र त्यसैले आफ्नो सम्बन्ध बचाउन धेरै कोसिस गरिरहेका छन् ।

१३

       अठार घण्टाको प्लेनको यात्रापछि म अमेरिकाको एयरपोर्टमा आइपुगे । एयरपोर्टको काम सकेपछि मैले ट्याक्सी बोलाए र दुई घण्टापछि युकोन, कनेक्टिकट पुगे । बीचमा म सुतेको थिए । युकोन आइपुगेपछि मलाई डाइभर दाइले उठाइदिनुभएको थियो । मैले पैसा तिरे र धन्यवाद भन्दै ट्याक्सीबाट निस्किए । युकोन भित्र छिरे र निकै ठूलो रहेछ । कुन विभाग कता हो सुरुमा त थाहा नहुने रहेछ । म खोज्दै र सोध्दै रिसेप्हनिस्ट्कोमा पुगे । आफ्नो सुटकेश भुइमा राखे र मैले भने, “हेलो, मेरो नाम अध्या हो । म नेपालदेखि यहाँ पढ्न आएको हूँ । मलाई होस्टेल कता हो देखाइदिनु न ।”

       “हुन्छ ।” रिसेप्शनिस्ट्ले मुुस्कुराउदै भनिन् र फोन गरिन् र उनीले फोन गरिन् र फोन गरेको केही समयपछि एक व्यक्ति हाम्रो नजिक आए ।

       “विलियम अध्यालाई होस्स्टेल देखाइदेऊ न ।”

       “हुन्छ ।”

       अनि म विलियमसँगै गए । होस्टेल पुग्न ५ मिनेट लाग्ने । होस्टेलको काम सकेपछि म आफ्नो रुममा पुगे । कोठा ठीकको थियो । एउटा खाट थियो र छेऊमा टेबुल थियो । मैले कोठा नपाउजेल होस्टेलमा बस्ने निर्णय गरेको थिए । मैले अनि आफ्नो सुटकेश र सामानहरु एउटा कुनामा राखे र पे्रस हुन बाथरुममा छिरे । पे्रस भएपछि केही क्षण म खाटमा बसे । दस मिनेटपछि म बाहिर निस्के । साँझको समय थियो । युकोन निस्किएपछि मेरो नजर एक रेष्टूरेण्डमा पुग्यो । हेर्दा नेपालीले खोेलेको जस्तो देखिन्थ्यो र त्यसैले म भित्र छिरे । रेष्टूरेण्ड निकै भीड थियो । खाली ठाउँकको लागि निकै बेर खोज्नुप¥यो र बल्ल भेटे । केही क्षणपछि मेरो अगाडि एक जना व्यक्ति मेनु आए । हेर्दा नेपाली देखिन्थे र मैले सोधे,“तपाई नेपाली हो ?”

       “हो, तपाई पनि नेपाली हो ?”

       “हो ।”

       अनि हामी बीच केही क्षण कुरा भयो । उहाँको नाम सन्देश शर्मा रहेछ । अमेरिका आएको ५ वर्ष भइसकेको रहेछ । कुरा गर्ने क्रममा, मैले भने,“दाजु, मेरो लागि एउटा कोठा खोज्दिन सक्नु हुन्छ ?”

       उहाँले सजिलै हुन्छ भन्नु भयो । अनि मैले खाना अर्डर गरे । आधा घण्टापछि मैले अर्डर गरेको खाना आयो । मैले मःम अअर्डर गरेको थिए तर नेपालको जस्तो मीठो हुँदैन रहेछ । खै, के नमिलेको नमिलेको । अब त अमेरिका बस्जूजेल मःम नखाने निर्णय गरे । अनि खाइसकेपछि पैसा तिरे र रेष्टूरेण्डबाट निस्के । त्यही नजिक धुम्न थाले ।

१४

      एक हप्तापछि कक्षाहरु सुरु भयो । छात्रवृति दिएको थिएन । काम खोज्ने क्रममा थिए र कोठा पनि । नेपालबाट पैसा लिएर आएको थिए तर नेपालबाट ल्याएको पैसाले कहाँबाट पुग्नु र ? तनाव बढ्दै थियो किनकि न त मैले कोठा पाएको थिए न त काम नै । त्यही क्रममा, म रेष्टूरेण्डमा गए । सन्देश दाजुसँग भेट भयो र मैले उहाँलाई भने,“दाजु, तपाईसग कााम थियो ।”

      “भन्नुहोस् न ।”

      मेरो समस्या सन्देश दाजुलाई व्यस्त गरे । मेरो कुरा सुनेपछि सन्देश दाजुले भन्नुभयो,“म यो रेष्टूरेण्डको साउलाई कुरा गरिदिन्छु । मान्छे चाहिएको छ भन्दै हुनु हुन्थ्यो ।”

      एक हदसम्म मन खुशी नै भयो । अनि मैले उहाँलाई फेरि भने,“कोठा ?”

      “त्यो पनि म बुझेर तपाईलाई खबर गर्छु नि ।”

      “हुन्छ । अनि मलाई तपार्ईको नम्बर दिनु न ।”

      अनि उहाँले आफ्नो नम्बर दिनुभयो र मैले पनि आफ्नो नम्बर दिए । अनि म त्यस रेष्टूरेण्डबाट निस्किए ।

      समय बित्दै गयो । पढाइले निकै चापिसकेको थियो । त्यसको साथ साथै, काम पाएको थिइन । सन्देश दाजुले अरु ठाउँमा पनि बुझ्दै हुनु हुन्थ्यो । मलाई एक हिसाबले तनाव बढेको थियो र नेपाल फर्किन मन भयो । सोचेको जस्तो केही सजिलो थिएन । मनमा धेरै कुराहरु आउन थालेको थियो । तर केही हप्तापछिको कुरा हो । साँझको समय थियो । मेरो मोबाइलमा घण्टी बज्यो । नाम हेरे । सन्देश दाजुको थियो र तीन घण्टीमै मैले फोन उठाए ।

     “हेलो ।” मैले भने ।

     “हेलो, बहिनी ।” दाजुले भन्नुभयो ।

     “हजुर ।”

     “तपाईको लागि खुशीको खबर छ । ”

     “भन्नुहोस् न ।”

     “तपाईलाई एक ठाउँमा भनेको छु ।”

     म खुशी हुँदै भने,“कस्तो खाले काम हो ?”

     “बच्चा हेर्ने काम हो र त्यही बस्न दिनु हुन्छ ।”

     म खुशी हुँदै भने,“म तपाईलाई भोलि भेट्न सक्छु ।”

     “हुन्छ ।” उहाँले भन्नुभयो र मैले फोन राखे ।

     भोलिपल्टको कुरा हो । ११ बजे म रेष्टूरेण्ड पुगे । म अनि यता र उता हेर्दै थिए र त्यही क्रममा, मैले सन्देश दाजुलाई देखे र उहाँले पनि मलाई देख्नुभयो । अनि मेरो नजिक आउनुभयो । मेरो नजिक आएपछि मलाई भन्नुभयो,“मेरो ड्युटी १२ बजे सक्कि छ । एक घण्टा कुर्न सक्नु हुन्छ ?”

     “हुन्छ ।”

     एक घण्टापछि सन्देश दाजु आफ्नो काम सकेर मेरो नजिक आउनुभयो र जाऊ भन्नुभयो । अनि उहाँकै गाडीमा गयौ । गाडीबाट १५ मिनेटमै उहाँले भनेको ठाउँमा आइपुग्यौ । गाडीबाट निस्कियौ । उहाँले घडी बजाउनु भयो । केही क्षणपछि एक महिलाले ढोका खोल्नुभयो । हेर्दा उहाँ नेपाली देख्नु हुन्थ्यो । उहाँले हामीलाई देखेर मुस्कुराउनु भयो र भित्र आउन आग्रह गर्नु भयो र हामी भित्र छियौ । हामीलाई बैठक कोठामा बस्न अनुरोध गर्नु भयो । अनि उहाँ किचेनमा जानुभयो र केही क्षणपछि उहाँले दुई कप कफी लिएर आउनुभयो । अनि सोफामा बस्नु भयो र हामीर्ला हेर्दै भन्नुभयो,“अनि तपाईको खबर के छ ?”

     “ठीक छ दिदी । तपाईले भन्नुभएको  थियो नि तपाईलाई बच्चा हेर्ने चाहिएको छ भनेर । उहाँ नै हो ।”  मलाई देखाउदै भन्नुभयो ।

     “ए । तपाईको नाम ?” मलाई हेदै भन्नुभयो ।

     “अध्या शर्मा ।”

     “अनि तपाईलाई बच्चा हेर्न त्यस्तो गाह«ो लाग्दैन नि ।”

     “लाग्दैन ।”

     “खासमा मेरो दुईवटा बच्चाहरु छन् । ठूली छोरी सात वर्ष भइसकिन् र सानी चाँहि १ वर्ष । हेर्दिने मान्छे नभएर निकै गाह्रो भएको छ ।”

     “म बिहान पढ्न जान्छु । आउँदा १०ः३० हुन्छ । यदि तपाईलाई १०ः३० बजे पछि हेर्दिदा समस्या छैन भने म तयार छु ।”

    “मलाई समस्या छैन ।” उहाँले मुस्कुराउदै भन्नुभयो ।

    “त्यसो भने म भोलिदेखि आउँदा हुन्छ ?”

    “हुन्छ ।”

    अनि हामी पिएर निस्कियौ । गाडीमै हुँदै मैले भने,“दाजु, तपाईले मलाई निकै सहयोग गर्नुभयो गर्नुभयो । मलाई एउटा अर्को सहयोग गर्न सक्नु हुन्छ ?”

   “भन्नुहोस् न ।”

   “मलाई भोलि पु¥याइदिनु हुन्छ ?”

   “हुन्छ ।” उहाँले कति सजिलै हुन्छ भन्नुभएको ।

१५

   भोलिपल्टको कुरा हो । उहाँले मेरो लागि भनि म पढ्ने कलेज आउनु भयो र मलाई नै कुरेर बस्नु भएको थियो । मेरो कक्षा १०ः०० बजे सक्कियो र म पार्किङ्को भएको ठाउँमा गए । मैले उहाँलाई देखे र म गाडीमा बसे ।  उहाँले मलाई मिरा दिदीको घरमा पु¥याइदिनु भयो । छिट्टै नै मिरा दिदीको घर पुगेका थियौ । म गाडीबाट निस्किए तर सन्देश दाजु निस्किनु भएन र गाडीबाट नै भन्नुभयो,“म मिरा दिदीलाई भेट्न झ्याउदिन । आज मेरो ड्युटी बेलुकासम्म छ । म त तिमीलाई पु¥याउन मात्र आएको हो । राम्ररी काम गर्नु है बहिनी ।”

   “हुन्छ ।” मैले भने र गाडीबाट आफ्नो सामानहरु निकाले र सन्देश दाजु फर्किनु भयो । मैले ढोकाको घण्टी बजाए । तीन घण्टीमै मिरा दिदीले ढोका खोल्नु भयो र हामीले एक अर्कोलाई देखेर मुस्कुरायौ । उहाँले भित्र आउन भन्नुभयो र म भित्र छिरे । उहाँले मेरो बस्ने कोठा देखाउनु भयो । आफ्नो सामानहरु कोठामा राखे र प्रेस भएर निस्के । म निस्केपछि मिरा दिदीले मलाई हेर्दे भन्नु भयो,“तपाई खाजा खानुहोस् । अहिले सानी सुतेकी छिन् । ठूली छोरी ३ः३० बजे आउँछिन् । स्कूलको गाडीले घरसम्म ल्याइदिन्छ । खाजा दिनु र गृहकार्य सिकाइदिनु । सानी उठिसकेपछि उनीलाई खान दिनु ।” उहाँले सबै कुराहरु देखाइदिनु भयो र सबै कुरा बुझाएर काममा निस्कनुभयो ।

   उहाँ गइसकेपछि मैले नास्ता गरे र नास्ता गरिसकेपछि म सानी नानी भएको ठाउँमा गए । उनी मस्तसँग सुतेकी थिइन् र उनी सुतेको मौका पारेर मैले आफ्नो कलेजको काम गर्न थाले । आधा घण्टापछि नानी उठिन् र उनीलाई बोके । मलाई देखेर मुस्कुराइन् । कति राम्रो मुस्कुराहट । मैले उनलाई बोके र किचेन गए । दुध तताए र उनीलाई खुवाउन थाले । सानीसँग खेलाउदै र खुवाउदै ६ बज्यो र दिदी र भिनाजु आउनुभयो । मैले भिनाजुलाई आज मात्र देख्दै छु । दुवै जनाले मलाई देखेर मुस्कुराउनु भयो र दिदीले नानीलाई हेर्न थाल्नु भयो र मैले खाना पकाउन थाले ।

   समयको साथ साथै, मिरा दिदी मेरो काम देखेर निकै खुशी हुनु हुन्थ्यो र मेरो पढाइ पनि राम्रो हुँदै गएको थियो । मेरो फुर्सद भएको समयमा बुवा र आमालाई फोन गर्थे । अमितको याद आउथ्यो तर फोन गर्ने हिम्मत कहिले भएन ।  

................................................................................................................................................................................................

   हामी दुवै जना किचेनमा थियौ । मिरा दिदी मसँग रिसाउनु भएको थियो । वातावरणमा मौनता छाएको थियो । हामीले एक अर्कोलाई हेरौ र मौनता तोड्दै मिरा दिदीले मलाई भन्नुभयो,“तिमी यहाँ के कमी भयो र ? किन छोड्नु प¥यो ? तिमीलाई यहाँ केही समस्या प¥यो र ?”

   “मलाई यहाँ केही समस्या छैन तर अर्को ठाउँबाट राम्रो कामको अफर आयो । त्यसैले यहाँबाट जान आँटेको हो दिदी । नरिसाउनु न दिदी । मलाई नरमाइलो लाग्छ ।” मेरो अनुहार अँध्यारो थियो । म मिरा दिदीलाई हेर्दे थिए । वातावरणमा मौनता छाएको थियो । हामीले एक अर्कोलाई हेरिरहेका थियौ । उहाँ निकै गम्भीर देखिनु हुन्थ्यो र मौनता तोड्दै भन्नुभयो, “नछोडन । अर्को जागिरलाई नाइँ भनिदिऊ । तलबको समस्या भए बढाइ दिन्छु ।”

   “त्यस्तो होइन दिदी ।” अनि मैले दिदीलाई सम्झाउदै थिए । सम्झाउन निकै गाह्रो भएको थियो तर अन्त्यमा उहाँले मान्नु भएको थियो ।

   “दुई वर्ष तिमी हामीसँग काम गरौ र निकै सजिलो भएको थियो । तिमी जस्तो मान्छे हामीसँग काम गरौ । निकै सजिलो भएको थियो । तिमी जस्तो मान्छे पाउन निकै गाह«ो हुन्छ ।” उहाँले भावुक हुँदै भन्नु भएको थियो । हुन त मलाई मिरा दिदीसँग बस्दा निकै सजिलो भएको थियो । आफ्नो परिवार जस्तो हुनु हुन्थ्यो ।

   “तिम्रो काम कहिलेदेखि सुरु हुन्छ ?”

   “अर्कोे हप्तादेखि । मैले अपार्टमेन्ट पनि हेर्नु छ ।”

   “अनि यहाँबाट कति टाढा छ ?”

   “आधा घण्टा जस्तो ।”

   “यदी यहाँबाट आधा घण्टा लाग्छ भने, तिमीलाई यहाँ बस्दा नि हुन्छ नि ? किन अपार्टमेन्ट खोज्नु ?” 

   “तपाईहरुलाई अप्ठ्यारो हुन्छ ।”

   “हुँदैन । हामी सबै जनालाई सजिलो हुन्छ ।”

   सुरुमा त म मानेको थिइन तर दिदीको अगाडि मैले जित्न सकिन । अन्त्यमा म दिदीसँगै बस्ने भए ।

१६

  एक हप्तापछि मैले अफिस सुरु गरे । मैले  स्कूलमा पढाउन थालेको थिए त्यो पनि बच्चाहरुलाई । म बिहान ९ः०० बजे नै पुग्थे र घर फर्केदा साँझको ६ बज्थ्यो । सुरुका दिनहरुमा त्यति व्यस्त त भइन तर जति समय बित्दै गयो त्यति नै म व्यस्त हुन थाले । नेपालमा भए जस्तो थिएन । यहाँको बच्चाहरुलाई राम्ररी सम्हाल्नु पर्ने । केही भएमा डिपार्टमेन्टमा कुरा पुग्थ्यो । नेपालको जस्तो थिएन । यहाँ त कानुन लाग्छ ।

  मेरो जिन्दगी राम्रोसँग बितिरहेको थियो । स्कूलमा काम गरेको एक वर्ष भइसकेको थियो । यो एक वर्ष कसरी बित्यो आफूलाई नै थाहा भएन । त्यसको साथ साथै, मेरो आउने दिनहरु कठिन हुने वाला थियो । मेरो जिन्दगीमा अध्यारो छाउने वाला थियो ।

  एक महिना छुट्टी भएको थियो । छुट्टीको समयमा मैले मिरा दिदीको छोरीलाई हेरेर बितेको थियो । मिरा दिदीको आफ्नै घरमा बसेको जस्तो फिल हुन्थ्यो । कहिले काँही हामी धुम्न जान्थ्यौ । मिरा दिदीले अमेरिकामा बस्ने नेपालीहरुलाई चिन्नु हुन्थ्यो र छुट्टीको दिनहरु उहाँलाई बोलाइरहन्थे र उहाँले मलाई पनि लिएर जानु हुन्थ्यो । कहिले काँही मलाई नेपालमै बसेको जस्तो लाग्थ्यो । नेपालीहरु देखेपछि मलाई अमितको याद आउथ्यो र उनीलाई सम्झेपछि म निकै भावुक हुन्थे ।  

  एक महिनाको छुट्टी पनि सक्कियो । अब नयाँ कक्षाहरु सुरु भएको थियो । आज सबै स्टार्फहरुको मिटिङ्ग थियो । त्यही क्रममा, मैले स्टार्फ रुममा एक नयाँ व्यत्तिलाई देखे । अनुहार हेर्दा ठीकैका देखिन्थे । गहँु गोरा थिए । चुस्स दाह्री भएको, नाक लामो थियो र अग्ला थिए । कपाल सिल्की थियो र ठीकको थियो । उनको हातमा एउटा किताब थियो जुन उनी पढ्दै थिए ।

२०

   समय बित्दै गयो । हामी दुवै जना निकै खुशी नै थियो । जोनले मलाई निकै माया गर्थे र मेरो ख्याल गर्थे । हाम्रो संसार राम्रोसँग चलिरहेको थियो । यसरी नै हाम्रो विवाह गरेको चार महिना भइसकेको थियो र मेरो जिन्दगी परिवर्तन आउने क्रम थियो । यही क्रममा, जोनको आग्रहमा मैले जागिर छोढेको थिए । जागिर छोड्दा सुरुमा नरमाइलो लागेको थियो तर पछि बानी भइसकेको थियो ।

   एक दिनको कुरा हो । म केही क्षणको लागि बाहिर गएको थिए । म घरबाट ननिस्केको निकै दिन भएको थियो । म बाहिर निस्केको बेला जोन आएका थिए । डेढ घण्टापछि म घर पुगे । घरको ढोका पहिले नै खोलिसकेको रहेछ । म अचम्म गर्दे म भित्र छिरे र त्यही क्रममा, बैठक कोठामा जोन थिए । उनको अनुहारको भाव बेग्लै थियो । म उनको नजिक गए र भने, “तिमी आज छिट्टै आए छौ त ?”

   “किन र ? म छिट्टै आउनु हुँदैन र ?” उनल मलाई रिसाउदै हेरे । 

   “होइन, मैले त्यस्तो भन्न खोजेको होइन ।” म अलिकति नर्भस भए ।

   “तिमी कहाँ गएकी थियौ ?”

   “बजार ।”

   “तिमी झूट बोल्दै छौ ।”

   “म साँच्चि बोल्दै छु ।” आज जोनलाई के भए छ र म जोनको नजिक गए । 

   “तिमी झूट बोल्दै छौ ।” जोन झन् रिसाउदै भने ।

   “आज तिमीलाई के भएको छ ।”

   “तिमी कसलाई भेट्न गएकी थियौ ?”

   “यो तिमी के भन्दै छौ जोन ?”

   उनले मलाई अमित र मेरो फोटो देखाए । म नर्भस भएको थिए । अमित र मेरो फोटो देखाएर म नर्भस भएको थिइन तर जोनमा आएको परिवर्तनमा म नर्भस भएको थिए । उनलाई मेलै हेर्दे भने, “तिमीले यो फोटो कहाँबाट पायौ ?”

   “तिमीले अमितलाई अहिलेसम्म माया गछौ ?” उनले रिसाउदै भन्छन् ।

   “अमित मेरो अतित हो र वर्तमान र भविष्य तिमी नै हौ । म तिमीलाई माया गर्छु ।”

   “अनि यो फोटा अहिलेसम्म राखिरहेको त ?”

   वातावरणमा मौनता छाएको थियो । मसँग केही जवाफ थिएन । म मौन नै भएको देखेर जोनले भने,“तिमी किन मौन छौ ?मेरो जवाफ किन दिँदैनौ ?” जोन झन् रिसाए । म केही बोल्न सकेको थिइन । म झन् नबोलेको देखेर उनले बेल्ट निकाले र मलाई पिट्न थाले । म आफूलाई बचाउन धेरै कोसिस गरे तर सकिन । यो क्रम निकै दिनसम्म चलिरह्यो । जोन निकै बदलिएका थिए । जोन किन बदलिएका थिए मलाई ने थाहा भएन । मैले निकै चोटि सोध्दा मौन नै रहन्थे । जवाफ केही दिँदैन थिए । हर पल मलाई शङ्का मात्र गरिहन्थे र शारीरिक यातना गरिरहन्थे तर पनि म सहेर बसेकी थिए । सोचे कि एक न एक दिन जरुर ठीक हुन्छ ।

२१

    म टि.भी हेर्दे थिए र एक्कासि मलाई उल्टी हुन थाल्यो । खासमा मेरो महिनावारी पनि रोकिएको थियो । मलाई निकै उल्टी भएपछि म अस्पताल पुगे र थाहा पाए कि म आमा बन्दै छु र म निकै खुशी भएको थिए । सोचे कि अब त जोन सुर्धि छन् र राम्रो पिता हुने छन् । खुशी हुँदै म घर फर्किए र कोठाहरु सिंगान्न थाले । जोनलाई मन पर्ने खाना बनाइदिए र म उनलाई कुरेर बसे । मेरो नजर हरपल घडीमा हुन्थ्यो । हेर्दा हेर्दे डाढे पाँच बज्यो र ढोकाको घण्टी बज्यो । म खुशी हुँदै ढोका खोले । उनी केही नबोलीकन सिधै कोठामा गए र म उनीको पछि लागे । म उनीको नजिक गए । वातावरणमा मौनता छाएको थियो । म उनलाई हेरिरहेको थिए तर उनीको ध्यान अर्केतिर थियो ।

     वातावरणको मौनता तोड्दै मैले उनलाई भने, “तिमीलाई खुशीको खबर सुनाउनु छ ।” 

     “के ?” उनको अनुहारमा केही उत्साह नै थिएन ।

     मैले मुस्कुराउदै उनीलाई हेर्दे फेरि भने, “तिमी बुवा बन्दै छौ ।”

     “के ?” जोन खाटबाट जुरुक्क उठे ।

     “हो ।” म पनि खाटबाट उठे । म खुशी नै थिए । जोनले मललाई रिसले हेरे र आफ्नो पेन्टबाट बेल्ट निकाले र मलाई पिट्न थाले । म अचम्म परेकी थिए र जोनलार्ई रोक्न खोज्दै थिए तर सकिन । केही समयपछि उनी खाटमा बसे र भन्न थाले,“मलाई बच्चा चाहिएको छैन । मेरो बुवा र आमाले मलाई कहिले माया गर्नु भएन । छोडेर जानु भयो । अब तिमीले पनि हामीलाई छोडेर जान्छौ । तिमी मेरी आमा जस्तै छौ । धोके बाज ।” फेरि उनले पिट्न थाले । अनि मैले आफूलाई बचाउने क्रममा म किचेनमा पुगे र चकु  खोज्न थाले । जोनले मलाई ताने र म भुँइमा खसे । मैले चकु यसै उसै ताने । जब जोन मेरो नजिक आए, मैले उनको खुट्टामा चक्कुले धेरै चोटि हिर्कोए । जोनको हातमा सिसा थियो र उनले पनि मलाई सिसाले हिर्कोए र म बेहोस भए ।

२२

    पाँच घण्टापछि म होशमा आएको थिए । जब आँखा खोले र यता र उता हेर्न थाले । म अस्पतालमा थिए र मैले नर्सलाई बोलाए । नर्स आएपछि मैले भने, “म यहाँ कसरी ?”

    “तपाई यहाँ एक्लै आउनु  भएको हो । तपाई गम्भीर घाइते हुनु भएको थियो । हामीले तपाईलाई बचाउन त बचायौ तर तपाईको बच्चालाइए बचाउन सकेनौ ।”

    मेरो आँखाबाट आँसु झरे । त्यही क्रममा, मैले भने,“तपाईले मलाई एउटा मदत गर्न सक्नु हुन्छ ?”

     “हुन्छ ।”

     मैले मिरा दिदीको फोन नम्बर दिए र केही क्षणपछि मिरा दिदी अस्पताल आउनुभयो । मेरो अवस्था देखेर उहाँले भन्नुभयो,“तिमी यो अवस्थामा कसरी ?”

     मैले सबै कुरा व्यक्त गरे । मेरो कुरा सुनिसकेपछि उहाँ भावुक हुनु भएको थियो र उहाँले नै पुलिस बोलाउनु भयो । मैले पुलिसलाई सबै कुरा व्यक्त गरे । मेरो कुरा सुनिसकेपछि पुलिस मेरो घरमा पुग्छन् र जोनलाई भुँइमा देख्छन् र अस्पतालमा भर्ना हुन्छन् । होशमा आएपछि आफूले गरेको गल्ती स्वीकार छन् ।          

     केही दिनपछि मलाई अस्पतालबाट डिस्चार्ज गरियो र म मिरा दिदीको घरमा बस्न थालेको थिए । दिदीको घरमा बसेको एक हप्तापछिको कुरा हो । मिरा दिदी किचेनमा हुनु हुन्थ्यो । म उहाँको नजिक गए र भने,“आई एम सरी ।”   

     “के को लागि सरी ।”

     “मैले तपाईको कुरा सुनिन । सुनेको भए यस्तो अवस्थामा आउने थिइन ।”

     “आफ्नो अतित बिर्सिदेऊ । जे हुनु थियो भइसक्यो, अब आउने समय राम्रो बनाऊ ।”

     अनि मैले मिरा दिदीलाई हग गरे र रुन थाले । मिरा दिदीले मलाई सम्झाउदै हुनु हुन्थ्यो । केही समयपछि उहाँले मलाई भन्नुभयो,“अब के गर्ने योजना छ ?”

     “नेपाल फर्केन मन छ ।”   

     “ए ।” उहाँले भन्नुभयो ।

     “अनि कहिले फर्केने योजना गरेकी छौ ?”   

     “एक÷दुई हप्तामा नै ।”

     “यति छिट्टै ?”

     “हो ।” 

२३

   दुई हप्तापछिको कुरा हो ।  म नेपाल फर्केने दिन । साँझको समय थियो । मिरा दिदी, भिनाजु र म एयरपोर्टमा थियौ । मिरा दिदीले मलाई हेर्दे भन्नुभयो,“राम्ररी जानु र अतितलाई बिर्सिदेऊ । आफ्नो भविष्य राम्रो बनाउनु । सधै खुशी हुनु र हामीलाई कहिले नबिर्सिनु र फोन गरिरहनु ।”

   “हुन्छ ।” म भावुक भएको थिए । मसँग केही शब्द नै थिएन । अनि मैले दिदीलाई हग गरे । मेरा आँखाहरु रसाएका थिए । मिरा दिदीले मलाई दिएको साथ कहिले साथ कहिले बिर्सिन । नौलो ठाउँमा त्यसरी कसैले हत न पत साथ दिँदैनन् । मिरा दिदीलाई बाई गरे र भित्र छिरे । उहाँहरुले पनि बाई गर्नु भयो । मैले आफ्नो काम सकेपछि म बोर्डिङ्को लागि कुरेर बसेको थिए । मेरो मनमा धेरै कुराहरु खेलिरहेका थिए । घर पुगेपछि मेरो बुवा र आमालाई मैले के जवाफ दिने भयो । मेरो अमेरिकाको अनुभव सुनाए भने नराम्रो भानिसिन्छ । त्यसको साथ साथै, नेपाल पुगेपछि मैले के गर्ने भएको थियो । मलाई थाहा छैन कि मैले नेपाल फर्किनु ठीक थियो या थिएन तर म अमेरिका बसेको भए, मैले जोनलाई कहिले बिर्सेन सक्दिन थिए होला ।

   मन दरो बनाएको थिए । म आफ्नो संसारमा हराएको थिए र त्यही क्रममा, बोर्डिङ्को लागि बोलाइयो र म लाइनमा थिए । लाइन त्यति थिएन । केही क्षणपछि मेरो पालो आयो र मैले आफ्नो बोर्डिङ् पास लिए र प्लेन चढ्न गए । मेरो सिट बीचमा थियो । टेप अप हुने वाला थियो भने मेरो मन अशान्त थियो । मलाई घर परिवारको चिन्ता थियो । मैले के जवाफ दिने ? मन बेचेन थियो । त्यही क्रममा, प्लेन टेप अप भयो ।

   बाह« घण्टापछि कतारमा साढे दुई घण्टाको मात्र टा«न्जिट थियो । हतारिदै एयरपोर्टको काम सके र बोर्डिङ्को लागि बोलाइयो र म प्लेनमा चढे । हेर्दा हेर्दे नेपालमा म अवतरण गरे । एयरपोर्टको काम सकेर मैले ट्याक्सी बोलाए । आधा घण्टापछि म आफ्नो घर पुगे । निकै परिवर्तन भइसकेको रहेछ । ढोकाको घण्टी बजाए । पाँच घण्टी बजाएपछि मात्र बुवाले ढोका खोल्नु भयो । मलाई देखेर छक्क पर्नु भयो । मलाई हेर्दे भन्नुभयो,“छोरी, तिमी ?”

   म भित्र छिरे । त्यही क्रममा, आमा बोलेको सुने । उहाँले माथिबाट को भनि सोध्नु भयो र म आमा भएको ठाउँमा गए । आमाले मलाई देखेर छक्क पर्नु भयो र भन्नुभयो, “छोरी, तिमी ? कस्तो नभनिकन आएको त ?”

   म भावुक हुँदै आमालाई अल्गाले । म भावुक भएको देखेर आमाले सोध्नु भयो र मैले आमालाई सबै कुराहरु व्यक्त गरे । बुवा पनि हुनु हुन्थ्यो । वातावरणमा मौनता छाएको थियो । दुवै जना मौन नै हुनु हुन्थ्यो । वातावरणको मौनता तोड्दै आमाले मलाई भन्नुभयो,“जे भयो, अब बिर्सिदेऊ । तिमी फर्कियौ त्यही ठूलो कुरा हो । अब आउँदा दिनहरुमा राम्रो बनाऊ । हामी तिम्रो साथमा छौ ।”

   समय बित्दै गयो र म आफ्नो घर नजिकको स्कूलमा पढाउन थालेको थिए । नेपाल आइकन मेरो भेट न त सायासँग भयो न त अमितसँग । पछि मैले थाहा पाए कि सायाको बिहे भएर अष्टे«लियामा रहेछिन् । अमितको डिभोस भइसकेको रहेछ र अहिले अमेरिकामा छन् । अमितको बारेमा सुन्दा नराम्रो लाग्यो । उनीसँग मेरो भेट नहुने भयो तर पनि म उनकै खुशी चाहन्छु । मैले फेसबुक खोले । मैले निकै वर्षपछि फेसबुक खोलेको थिए र अमितलाई खोजे तर भेटिन । सायद फेसबुक बन्द गरेका होला । अनि सायालाई खोज्न थाले र भेटे । उनी उतै रहेछिन् । म्यासेर पठाए र म अतितमा पुगे । साया र म धेरै रमाइलो गथ्यौ । निकै धुम्थ्यौ र गलिमा गएर मःम निकै खाथ्यौ । अहिले समय बेग्लै छ । सबै जना आफ्नो कामा व्यक्त छन् । समय अनुसार मानिसहरुको जिन्दगीमा परिवर्तन आउँछ र सोचमा पनि । म अब आउने समय राम्रो बनाउछु । मैले आफ्नो अतित बिर्सेनु नै पर्छ । मेरो साथमा मेरो परिवार छ ।

Comments