दुई वर्षको पिडा

आज मौसमले तिम्रो याद दिलायो । मौसमको साथ साथै आजको दिन म कहिले बिर्सन । आजको दिन तिमीले यो संसारलाई छोडेर गएकी थियौ र मलाई पनि । आज तिमीले यो संसार छोडेको दुई वर्ष भइसकेको छ । हामी कति खुशी थियौ । म तिमीलाई धुमाउन लग्थे र हामी कहाँ चै गएनौ । सानो सानो खुशीमा पनि तिमी रमाउथ्यौ । तिमीमा बच्चापन पनि थियो जुन मलाई मन पथ्योे । तिमीले गर्दा म पनि सानो कुरामा रमाउथे । तिमीले नै मलाई सानो कुरामा रमाउन सिकाएकी थियौ । तिमीले नै मलाई खुशी हुन सिकाएकी थियौ । तिमीले नै माया र त्यागको बारेमा सिकाएकी थियौ तर अफसोस् हामी एक हुन सकेनौ । भाग्यले हाम्रो साथ दिएन । तिम्रो रोड दूर्घटना भयो । तिम्रो ठाउँको ठाउँ मृत्यु भयो र म जिउँदो लाश भए । म तिमी बिना बाँच्न सकेको छैन । तिमीले मुस्कुराउन सिकाएकी थियौ तर आज म मुस्कुराउन सकेको छैन । मेरो जिन्दगी आँसुले भरिएको छ ।  यी दुई वर्ष मेरा लागि नर्ग जस्तै भएको छ । न त बाँच्न सक्छु न त मर्न । 

तिमीसँगै मेरो मुस्कान गएको छ । मेरो बाँच्ने आधार छैन । तिमीलाई मैले आफ्नो बनाउनु पहिला नै तिमी भगवानकी प्यारी भयौ । कहिले काँही लाग्छ भगवानले राम्रो मान्छेलाई किन छिटो बोलाउँछन् ? किन राम्रा मान्छेलाई प्यारो हुन्छ ? सपनामा हर रोज तिमीलाई नै देख्छु । तिमी र म रमाएको देख्छु । म तिमीलाई कुरेर बसेको छु । आश गरेको छु तिमी पर्खेर आउने छौ । म तिम्रै प्रतिक्षामा छु । 


Comments

Popular Posts