तिम्रो याद

 मेरो जिन्दगीमा तिम्रो धेरै महत्व छ । तिम्रो हरेक कुराहरु याद छ । तिमीले मलाई छोडे पनि तिम्रो यादले मलाई कहिले छोडेन । म हरपल तिम्रो यादमा डुबेको छु । तिमी जब मेरो जिन्दगीमा आएकी थियौ, म धेरै खुशी थिए र म रमाउन थालेको थिए । उंमग छाएको थियो । म तिम्रो साथमा रमाइरहेकी थिए र त्यसको साथ साथै मैले संसार बिर्सिसकेको थिए । तर तिमीले मलाई छोडेर गयौ । म पढ्न भनि अमेरिका आएको थिए । सुरुमा त फेसबुक र भाइबरमा कुरा हुन्थ्यो तर तिम्रो शङ्का गर्ने कारणले हामी दूर भयौ । तिमीले हरफल मैले फोन नगर्दा अर्को त भन्ने भयो । जब त्यो कुरा झूटो थियो । मैले सिर्फ तिमीलाई माया गरेको थिए । मेरो धड्कनमा तिमी मात्र थियौ । तिमीलाई मैले धेरै सम्झाए कि मेरो तिमी बारे अरु कोही छैन भनेर तर तिमीले विश्वास गरेनौ तर अन्त्यमा आएर ब्रेक अप भयो । मलाई तनाव भएको थियो । ब्रेक अफ पछि तिमीलाई धेरै सम्झाउन कोसिस गरे तर असफल भए । मैले हार खाए । तिमीलाई मैले जित्न सकिन । अमेरिकामा आउँदा जति रोएको थिए त्योभन्दा त्रेरै ब्रेक अप भएपछि रुएको थिए । आफूलाई सम्माल्ने व्यक्ति कोही थिएन । अमेरिकामा नेपालीहरु भए तापनि मेरो कुरा बुझ्ने र आफ्नो कुराहरु र पीडाहरु सुन्ने कोही थिएन । म आफ्नो संसारमा हराउन थाले । म एक्लै छु जस्तो महशुस गर्न थाले । बाँच्ने रहर हराएको छ र ममा उंमग हराएको छ । रमाउन छाडेको छु । म हर रोज रक्सीमा रमाउन थालेको छु । ध्यान सिर्फ तिम्रोमा केन्दि«त छ । पछि मैले फेसबुक र भाइबर बन्द गरे । जति तिम्रो तस्बिरहरु र म्याजेसहरु हेर्थे उति नै पीडा हुन्थ्यो । आफूलाई सम्माल्न सक्दिन थिए । म तिमीलाई आजसम्म बिर्सेन सकेको छैन । तिम्रै यादमा डुबेको छु । सिर्फ तिम्रो यादमा । तिमीले त मलाई बिर्सि पनि सक्यौ र नयाँ जिवन पनि सुरु गरिसक्यौ तर म त्यही अडिरहेको छु । न त म अगाडि जान सकेको छु न त पछाडि नै । 

Comments

Popular Posts