द मर्डर
१
आयुष, आर्यन र अनिश बच्चैदेखिका साथी हुन् । एउटै विद्यालयमा पढे र कहिले पनि छुटेनन् । अहिले आईटी पढ्दै छन् । बानेश्वर। तीनकुनेकको कलेजमा स्नातक डिग्री तेस्रो वर्षमा पढ्दै थिए । कक्षा सकेपछि तीनै जना नजिकैको चिया पसलमा थिए । तीनै जना गफ गर्नमा व्यस्त थिए । त्यही क्रममा अनिश पछाडि फर्किए र हराउछन् । आयुषले अनिशलाई हेर्दै थिए । त्यही क्रममा आयुषले पनि पछाडि फर्किए । उनी पनि हराए । उनी एक राम्ररी र अग्ली युवतीलाई देख्छन् । त्यही क्रममा अनिशले भने,“साह«ै राम्ररी । सधै हेरौ लाग्ने ।”
आयुष मुस्कुराए मात्र । अनि अनिश अगाडि फर्किए र भने,“छैन त उनी राम्ररी ? चार÷पाँच वर्ष भयो मैले मन पराएको ।”
“चार÷पाँच वर्ष ?”आयुषले भने ।
“हो । अनिशले ११ देखि मन पराउन थालेका हुन् । त्यसैले कलेज चेज गर्न नमानेका हुन् तर के गर्नु आजसम्म बोल्न सकेका छैन ।”
“किन बोल्न नसकेको ?”
“मलाई डर लाग्छ । धेरै कोसिस गरे बोल्न तर सकिन । नजिक जान खोज्छु तर मलाई के हुन्छ मलाई नै थाहा छैन । मुटु धड्किन थाल्छ । मलाई उनीको बारेमा केही थाहा छैन तर म उनीलाई देख्न पाएको छु । मलाई विश्वास छ कि उनीले मलाई माया गर्ने छिन् र मसँगै विवाह गर्ने छिन् ।
आयुष मुस्कुराए । उनले पनि उनीलाई मन पराउछन् र भन्न सकेका थिएनन् । जब उनले अनिशले मन पराउछन् भने थाहा पाए, पछि हट्ने योजना गरे ।
२
दुई दिनपछिको कुरा हो । तीनै जना चिया पिउँदै थिए । उनीहरुले सुप्रियालाई देखे र उनी आफ्नो साथीहरुसँग थिइन् । अनिश कुरा गर्न खोज्दै थिए तर आयुषले रोकेको देखेर अनिशले भने,“मलाई किन रोकेको ?”
“तँ हतार नगर के । उनीको साथीलाई म चिन्छु । म उनीसँग कुरा गर्छु । तँ नआतिकन बस ।” अनिश आयुषको कुरा सुनेर धेरै खुशी भए ।
त्यही दिन, बेलुकाको ८ः३० बजेको कुरा हो । आयुष छतमा थिए । उनीलाई थाहा थियो कि श्रुति प्रायः यति बेला छतमा आउँछिन् भनेर । आयुष कुरेर बसेका थिए । केही समयपछि श्रुति आइन् । उनी आउने बित्तिकै आयुषले भने,“हाई, के छ खबर ?”
“हे, आयुष । के छ तिम्रो खबर ? मेरो त ठीक छ ।”
“तिमी आजकाल के गर्दै छौ ?”
“कलेज जाऊ, घर आऊ त्यति त हो ।”
“तिम्रो सुनाउन ।”
“मेरो पनि त्यही हो । सुन त । यो शनिबार फिल्म हेर्न जाऊ न । तिम्रो साथी छ नि, प्रिया उसलाई पनि लिएर आऊ ल ।”
“तिमीले सुप्रियाको कुरा गरेको हो ?”
“हो ।”
“म उसलाई सोध्छु ल ।”
“हुन्छ ।”
भोलिपल्ट आयुषले अनिशलाई सबै कुरा व्यक्त गयो । अनिश धेरै खु्शी भए । अनि आयुषलाई भने, “तँलाई धेरै धन्यवाद । तेरो यो गुण म कहिले बिर्सिन । तँलाई कुनै दिन मेरो सहयोग चाहियो भने, म सहयोग गर्छु ।”
“हुन्छ ।” अनि अनिशले हग गरे ।
दुई दिनपछिको कुरा हो । अनिश, आयुष, आर्यन, श्रुति र सुप्रिया गोपी कृष्ण हलमा थिए । नोभेम्बर रेन हेर्ने भनि टिकट लिए अनिशले । हलमा सबै जनाको परिचयभ भयो । अनिश धेरै खुशी भएका थिए । फिल्म सकिएपछि सबै जना नजिकैको क्याफे गए र यस दिन अनिश सुप्रियासँग धेरै गफ गरेका थिए भने आयुष मौन थिए । यस भेटघाट अनिश र सुप्रियाको भेटघाट हुन थालेको थियो । त्यसै क्रममा आयुष र आर्यनको भेटघाट अनिशसँग कम हुन थालेको थियो । अनिशले सुप्रियालाई भेटेपछि आफ्नो साथीहरुलाई कम समय दिन थालेका थिए ।
३
चार महिनापछिको कुरा हो । सुप्रियाको परिवार महाराजगँरको पुलिस स्टेशनमा पुग्छन् । बुवा र आमा दुवै जना आत्तिनु भएको थियो । दुवै जना इन्स्पेक्टर अनमोलको डेक्समा पुग्छन् । इन्स्पेक्टर अनमोलले बस्न आग्रह गरे ।
“भन्नुहोस्, म तपाईको के सेवा गरु ?”
“हाम्रो छोरी सुप्रिया हराएको चार महिना भइसकेको छ । हामीले पहिला पनि रिपोर्ट गरेका थियौ तर अहिलेसम्म केही खबर आएको छैन ।” बुवाले भन्नुभयो ।
“तपाईले कहिले र कहाँ रिपोर्ट गर्नु भएको थियो ?”
“यही पुलिस स्टेशनमा । हाम्रो छोरी हराएको २४ घण्टापछि खबर गरेका थियौ ।”
“म त यहाँ दुई महिना हुँदै छ । वितरणमा भन्नुहोस् न ।” यही क्रममा चार महिना अगाडिको फाइल हेर्न उनको सहायकलाई भन्छन् ।
“उनी बिहान कलेज जान्छिन् तर त्यस दिन कलेजबाट फर्किनन् ।”
“बिहान कति बेला गएकी थिइन् ?”
“६ः०० बजे ।”
“केही अरु सामानहरु बोकेकी थिइन् ? कुनै टेन्सनमा थिइन् ?” त्यही क्रममा सुप्रियाको मिसिङ् फाइल इन्स्पेक्टरको टेबुलमा आउँछ ।
“केही बोकेकी थिइनन् । उनी सामान्य नै थिइन् । घरमा नआउँदा फोन गरेका थियौ । फोन अहिले सम्म अफ छ ।”
“कोहीसँग अफेयर ?”
“उनी आफ्नो पढाइमा गम्भीर थिइन् र आफ्नो जिवनमा केही गर्नु पर्छ भन्ने थियो ।”
“सायद तपाईहरुलाई नभनेको हुन सक्छ ।”
“मलाई नभने नि आफ्नो आमा भन्थिन् तर आमालाई नै थाहा छैन ।”
आमाले टाउको हल्लाउनु भयो । इन्स्पेक्टरले फेरि भने, “उनको मिल्ने साथी कोही छ ?”
“श्रुति सुप्रियाको मिल्ने साथी हुन् ।”
“श्रुतिको नम्बर दिन मिल्छ ?”
फोन नम्बर दिइसकेपछि इन्स्पेक्टरले भने,“हामी तपाई खबर गछौ ।”
दुवै जना पुलिस स्टेशनबाट निस्किनुभयो ।
४
भोलिपल्ट श्रुति पुलिस स्टेशनमा थिइन् । इन्स्पेक्टर अनमोलले भने,“तपाई सुप्रियाको मिल्ने साथी । सुप्रियाको बारे केही भन्नुहोस् न ।”
“हामी मिल्ने साथी त हौ तर उनीले मलाई त्यति कुराहरु सेयर गर्दिन थिइन् ।”
“उनीको कोहीसँग अफेयर थियो ?”
“उनी केही महिनादेखि अनिशसँग नजिक भएकी थिइन् ।”
“अनिश ?”
“अनिश, मेरो साथी आयुषको साथी हो । आयुषको माध्यमबाट चिनेका हौ ।”
“आयुषलाई कसरी चिन्नुभयो ?”
“उनी मेरो छिमेकी हुन् ।”
“अरु केही भन्नुहोस् न आयुषको बारेमा ।”
“उनी र अनिश स्नातक डिग्रीमा आइटी पढ्दै थिए ।” श्रुतिले कलेजको नामको साथ साथै घरको ठेगाना दिइन् । त्यसको साथ साथै आयुषको फोन नम्बर दिइन् र अनिशको पनि ।
अनिश प्रति शङ्का बढ्न थालेको थियो । आयुषलाई पनि फोन गरे तर फोन उठेन । धेरै कोसिस गरे तर अनिशको फोन अफ थियो ।
५
तीन दिनपछि .......
“हेलो ।” इन्स्पेक्टर अनमोलले भने ।
“हेलो ।” आयुषले भने ।
“तपाई को बोल्नु भयो ?”
“इन्स्पेक्टर अनमोल ।”
“इन्स्पेक्टर ?”
“हो, तपाईसँग कुरा गर्नु छ । तपाई पुलिस स्टेशनमा आउनुहोस् ।”
“हुन्छ तर के भयो ?”
“सुप्रियाको बारेमा ।”
“सुप्रियाको बारेमा ?”
“हो ।”
अनि आयुष हतारिदै पुलिस स्टेशन गए । पुलिस स्टेशन पुगेपछि, आयुषले भने,“सुप्रियालाई के भयो ?”
“उनी बेपत्ता भएकी छिन् ।”
“कहिले ?” आयुष अचम्म परे ।
“तपाईलाई थाहा छैन ?”
“अह ?”
“अनि अनिशको बारे केही थाहा छ ? अनि अहिले अनिश कता छन् ?”
“मलाई न त अनिशको बारेमा थाहा छ न त सुप्रियाको बारेमा नै ।”
“तपाईको त अनिश मिल्ने साथी र तपाईलनई उसको बारेमा केही थाहा छैन ।”
“हो, हामी दुवै जना मिल्ने साथी हौ तर मैले जागिर पाएपछि मेरो सम्पर्क भएको छैन । म कहिले काठमाडौ त कहिले चितवन हुन्छु । म कामको शिलशिलामा हिडिरहन्छु । त्यसैले मेरो सम्पर्क नै छैन ।”
“अनि सुप्रियाको बारे त थाहा छ ? उनी र अनिशको अफेयरको बारे केही त थाहा होला ।”
“दुवै जनाको दोस्ती भएको थियो तर अफेयरको बारेमा केही थाहा भएन ।”
अनि आयुषलाई छोडियो । इन्स्पेक्टर अनमोलले निहालेर आयुषलाई हेरेका थिए । उनले केही लुकाए झै लागेको थियो । आयुषले आफ्नो साथी अनिशलाई बचाइरहेका थिए । उनीलाई सत्य थाहा भएर पनि केही भनेनन् । अनिश र सुप्रिया कता छन् भन्ने थाहा भएर पनि मौन नै थिए ।
६
पाँच दिनपछिको कुरा हो । एक विदेशी चितवनको जङ्गलमा फोटो खिच्दै रमाइरहेका थिए । उनी अगाडि बढ्दै थिए तयही क्रममा उनले एउटा बक्स देख्छन् । उनी त्यस बक्स भएतिर जान्छन् । उनले त्यो बक्स खोल्छन् । उनले बक्समा लास देख्छन् । उनी डराउछन् र पुलिसलाई फोन गर्छन् ।
पुलिसहरु आधा घण्टापछि आइपुग्छन् । आसपास केही भेटिछ कि भनि खोज्छन् तर केही प्रमाण भेटिदैन । लासलाई फोरेंसिक ल्याबमा लगिन्छ । तीन दिन अगाडि मारिएको थियो । डोरिको निसान थियो तर फिंगरफिन्टको निसान थिएन त्यसको साथ सौ लासको छेऊमा वालेट र मोबाइल पनि थिएन । यो सूचना र फोटो काठमाडौमा पुयाइयो । जब इन्स्पेक्टर अनमोलले आयुषको तस्बिर देखेर अचम्म पर्छन् ।
इन्स्पेक्टर अनमोल आफ्नो टिमसँग मिलेर अनिशको र आर्यनको फोन टेस् गर्छन् । आर्यनको लोकेशन विराटनगर देखायो । पुलिसहरु त्यति लजमा पुग्छन् । रुम नम्बर २०० मा पुग्छन् । ढोका ढकढकाउछन् र आर्यनले भने, “को हो ?”
”रुम सर्भिज ।”
बिस्तारै कोठा खोल्छन् र पुलिस छिर्छन् । आर्यन आत्तिछन् । पछि पुलिस स्टेशन ल्याइयो । अनि इन्स्पेक्टरले निहालेर हेर्दै थिए र आर्यन यता उता हेर्दै थिए ।
“मलाई थाहा छ कि तिमीले केही लुकाएका छौ ।”
“मैले केही लुकाएको छैन ।” उनी नर्भस नै थिए ।
आर्यन नर्भस भएको देखेर इन्स्पेक्टर अनमोलले भने,“अनिशले त भन्दै थिए कि तिमील आयुषलाई मारेका हौ र सुप्रियालाई नै तिमीले गायब गएका छौ ।”
“अनिशको त फोन अफ छ । कसरी कुरा गर्नुभयो त । ऊ त यहाँ छैन त ।”
“अनि अनिश कता छन् ?”
“उनी फिदिममा छन् ।”
“फिदिममा उनी के गर्दै छन् त ?”
“उनी लुकेका छन् ।”
“किन ? त्यो त मलाई थाहा छ तर उनी फिदिममा छन् । उनले मलाई एक÷दुई अगाडि फोन गरेका थिए । मैले सोध्दा केही भनेनन् ।”
“खासमा लुक्नुको कारण केही त छ ।”
“अनिशले सुप्रियालाई मन पराउथे । सुप्रियाकै कारणले कलेज चेज गरेनन् । आयुषले मदत गरेका थिए । आफ्नो साथीको लागि पछि हटे । आयुषले पनि सुप्रियालाई मन पराउथे । जब अनिश सुप्रियासँग थिए, हामीलाई वास्ता गर्न छोडेका थिए ।”
“सुप्रिया र अनिश भागेका त थिएनन् ?”
“मलाई त्यो त थाहा भएन तर कहिले काँही लाग्थ्यो कि अनिशले आयुषलाई शङ्का गर्थे । उसलाई लाग्थ्यो कि आयुष र सुप्रिया अनिशले नथाहा पाउने गरि भेट्थे ।”
“तिमी हामीसँग फिदिम जान सक्छौ ?”
“हुन्छ ।”
७
इन्स्पेक्टर अनमोल, उनको टिम र आर्यन फिदिममा थिए । फिदिम अनिशको गाउँ हो । फिदिमको घर आर्यनले मात्र देखेका थिए । सबै जना सिविल पोशाकमा थिए । सबै जना अनिशको घरमा पुग्छन् । आर्यनले ढोका ढकढकाउछन् । पुलिसहरु लुकेका थिए । केही समयपछि ढोका खोलिन्छ । अनिशले कोठा खोलेका थिए र आर्यनलाई देखेर अचम्म परेका थिए ।
“तँ यहाँ ?”
त्यही क्रममा पुलिसहरु आएर अनिशलाई लिएर जान्छन् । अनि पुलिस स्टेशन लगि¥यो । अनमोल कुर्सीमा बस्छन् र भन्छन् “तिमीले सुप्रिया रआयुषलाई के गरौ ?”
“मैले केही गरेको छैन । तपाईले मलाई बिना कारण यहाँ ल्याउनु भयो ।”
“आर्यनले तिमीले मारेका देखेका थिए ।”
“के ? उनी झूट बोल्दै छन् ।”
“नभए तिमी बसेको घरमा किन ल्याउथे । उनले आयुषको लास राखेको र श्रुतिलाई मारेको देखेका थिए ।”
“उनले आयुषलाई बोली मारि हानेको र श्रुतिलाई पनि गोली हानि मारेको देखेका थिए ।”
“मैले गोली हानि मारेको त होइन ।”
“त्यसको भए कसरी मारेको र किन?”
अनिश नर्भस भए र भने,“मैले मारेको हो । सुप्रिया र म सम्बन्धमा थियौ । मभन्दा उनीले मलाई धेरै माया गर्थिन् । उनीले मलाई बार बार विवाहको लागि प्रस्ताव राख्थिन् जुन म मानेको थिइन । हाम्रो शारीरिक सम्बन्धमा थियौ । मैले आफ्नो मनोरञ्जनको लागि प्रयोग गरे । सुरुमा त म यो सम्बन्धमा खुशी थिए तर पछि म वाक्क भएको थिए । पछि सुप्रियाले थाहा पाइन् र मलाई छोडिदिइन् ।
सुरुमा त हामी भागेका थियौ र हामी विराटनगरमा थियौ । पछि फर्किएका थियौ । काठमाडौ आइकन हाम्रो बे्रक अप भएको थियो ।
काठमाडौ आइकन हाम्रो भेटघाट हुन छोडेको थियो । पछि केही समयपछि मैले उनलाइ आयुषसँग देखे । एक चोटि होइन धेरै चोटि देखेको थिए । मलाई ईष्र्या हुन थाल्यो । म रोज उनीहरुलाई देख्दा म मरेको थिए । हुन त हाम्रो बे्रक अप भएको थियो तर उनीहरुलाई देखेपछि मलाई डाह हुन थालेको थियो । त्यसैले मैले उनीहरुलाई मार्ने निर्णय गरे ।
मैले श्रुतिलाई फोन गरेर बोलाए । मैले उनीलाई एक खाली कोठामा बोलाएको थिए । मैले आयुषको बारे सोधे र उनी मौन् नै थिइन् । धेरै चोटि सोध्दा जवाफ दिइनन् । जवाफ नदिएपछि मैले डोरीले मारे र पानीमा फाल्दे ।
पछि मैले थाहा पाएकी आयुषलाई तपाईले बोलाएको थाहा पाएपछि म डराए । आयुषलाई मात्र थाहा थियो कि म र श्रुति विराटनगरमा छौ भनेर । सोचे कि उनले सबै कुरा व्यक्त गरे र उनी भएको ठाउँमा गए । जङ्गलमा लगे र त्यही मारे । बक्समा हाले र भागे । पन्जा लगाएको थिए । फिंगरफिन्ट त्यसैले नभेटिएको । मैले उनलाई सुप्रिया र उनको सम्बन्धको बारेमा केही भनेनन् । यति भने कि दुवै जना साथी हुन् । त्यो कुराले झन् रिस उठ्यो र मैले उसलाई मारिदिए ।”
“वास्तवमा, आयुषले तिम्रो बारेमा कही भनेका थिएनन् । धेरै चोटि सोध्दा पनि केही थाहा छैन भनि वास्ता गरेनन् । हामीले आईटी कम्पनीलाई तिम्रो लोकेशन क्राक गरे र आयुषले तिम्रो खातिर मौन भएका थिए । तिमीले न त साँच्चो मायालई बुझ्यौ न त दोस्ती । सुप्रियाको लास कहाँ पालेका थियौ ?”
अनिशले लास पालेको ठाउँ देखाए तर केही भेटिएन । त्यसको साथ साथै जिन्दगी भर उनी रोइ बस्ने छन् । उनले माया र दोस्ती दुवै मारेका थिए । न त दोस्ती पाए न त माया ।
Comments
Post a Comment