बन्द भएको मन
धेरै दिन भइसकेको थियो मैले मिठो आवाज नसुनेको । तिमीले छोडेपछि मैले मेरो मनको ढोका बन्द गरेको । तिमीलाई बिर्सन सकेको थिइन । हरपल म मरेको थिए । मन उदास थियो । उत्साह थिएन । बाँच्ने रहर हराएको थियो । तिमीले मलाई छोडेर गएदेखि म घरबाट निस्कन सकेको थिइन । निस्के भने सबै मान्छेहरु मुहार तिमै्र जस्तो लाग्छ । अनि त्यही मुहारमा हराउछु ।
आज म तीन महिनापछि आफ्नो कोठाबाट छतमा निस्के । धेरै परिवर्तन भए जस्तो लाग्यो । आकाश, बादल र सूर्य नै बेग्लै लाग्यो । लाग्यो यी मेरै प्रतिक्षामा थिए । त्यसको साथ साथै ती चराहरु आवाजले मलाई धेरै आनन्दित तुलायो । लाग्यो कि यी मेरै प्रतिक्षामा थिए र आफ्ना सुरिलो स्वर सुनाउन धेरै हतास भएको थियो । मन नै बेग्लै भएको थियो । म यता उता हेर्न थाले । संसार बेग्लै देख्न थाले ।
त्यसको साथ साथै म यो संसारमा हराएको के थिए, त्यही क्रममा मैले सुरज भनेको सुने । त्यो आवाज निकै मिठो र सुरिलो थियो र म पछाडि फर्के । गँहु गोरो र काला राम्रा आँखा र हाइट राम्रो । हुन त मेरो नाम सुरज होइन तर मलाई आवाजले ता¥यो र फर्किए । म हेरेको हेरै भए । धेरै चोटि सुरजलाई बोलाइन् । मलाई हजुर भन्न मन लागि सक्यो तर मन मै रह्यो । केही बेरपछि सुरज आए । सुरज मेरो छिमेकी । हाम्रो त्यति संवाद हुँदैन । हाई र हेलो मात्र । श्रीमान् र श्रीमती अनुमान गरे । दुवै जनालाई हेर्दा फेरि उदासि छा¥यो । आफ्नो अतित सम्झिन थाले । म कति खुशी थिए । मुस्कुराउथे र रमाउथे तर अपसोस् म धेरै खुशी हुन सकिन । परेवा जोडि देखेपछि मलाई रिस र ईष्र्या हुन्छ । अतित सम्झदा र मनमा कुरा खेलाउदा खेलाउदै मेरा आँखा रसाए । मन फेरि अशान्त भयो । चराहरुले गाएको गीत मन पर्न छोथ्यो । आकाश, बादल र सूर्य देखेर रिस उठ्न थाल्यो । हलचल हुन थाल्यो । सहन सकिन र फेरि आफ्नो कोठामा कैद भए र मनको कोठा फेरि बन्द गरे । आशाको किरण मयो । तिमीलाई सम्झेर मन खल्लो भयो । एकाएक बाँच्ने रहर हरायो ।
Comments
Post a Comment