क्यान्सर

आजकाल म धेरै रमाउन थालेको छु । यदी मलाई क्यान्सर नभएको भने मलाई जिन्दगीको मतलब थाहा हुँदैन थियो ।  जिन्दगी के हो र कसरी बाँच्ने थाहा थिएन । हावा तालमा जिन्दगी जिएर बसेको थिए तर मैले आफूलाई क्यान्सर भएको थाहा पाए तब म हरपल बाँच्न थाले । जिन्दगी कस्तो रहेछ भन्ने बुझ्न थाले । धेरै अध्ययन गर्न थाले । जिन्दगी कस्तो राम्रो रहेछ । सानो कुराले पनि कति खुशी दिँदो रहेछ । जिन्दगी बुझ्ने हो भने कति राम्रो रहेछ । मैले जिन्दगीलाई गम्भीर रुपमा कहिले नलिएको रहेछु । जिन्दगीलाई मैले ध्यान नदिएको रहेछु । जिन्दगीमा मैले केही गरेको रहेन छु । सिर्फ रमाइलो गरेको रहेछु । अरु केही गरेको रहेन छु । जब मलाई क्यान्सर भयो तब मैले जिन्दगीको अर्थ बुझे । जिन्दगी त भगवान्ले हामीलाई केही गर्नको लागि दिनु भएको रहेछ । आफूसँग थोरै समय छ तर बाँच्न मन लाग्ने रहेछ । हेरक पल केही गर्न मन लाग्ने । यो जिन्दगीमा उपलब्ध गर्न मन लाग्ने । यो जिन्दगी फेरि आउँदैन । त्यसैले हरपल खुशी हुनु पर्छ । दुःखी होइन । क्यान्सर भएको केही निराश भएको थिए तर पछि समय बित्दै गएपछि थाहा पाए कि जिन्दगीमा दुःखी र निराश होइन तर हाँस्नु पर्दो रहेछ । म जस्ता अरु पनि छन् भन्ने भएर म अगाडि बढे ।   


Comments

Popular Posts