फेसबुक र तिमी

 म तिमीलाई म्यासेजरमा म्यासेज पठाउछु तर मेरो जवाफ कहिले आएन । तिमी मेरो जवाफ मात्र हेछौ मात्र । जब तिमी मेरो दिदैनौ, मेरो मन अशान्त हुन्छ । आंतक हुन्छ । म हर रोज तिम्रो जवाफ कुरेर बसेको थिए तर केही आएन । त्यसैले मैले म्यासेजर, फेसबुक र इस्टाग्राम बन्द गरे । रिसको झोकमा बन्द गरे । मनमा अशान्त भयो । मनमा छटपट भयो । आज के भयो, तिमीले के गरौ, के फोटो राख्यौ भन्ने भयो तर पनि फेसबुक खोल्दिन । 

तिम्रो सम्झनामा गीत सुन्ने गर्छु । पहिला पनि सुन्थे । फरक समय भयो । पहिला तिमीलाई सम्झदै रोमान्टिक गीतहरु सुन्थे त अहिले रोमान्टिक गीतहरु सुन्न मन पराउदिन । प्रायः राजु लामाको बादलपारिको देशमा भन्ने गीत सुन्ने गर्छु । यो गीत सुन्दा लाग्छ कि तिमी मलाई कुरेर बसेकी छौ । लाग्छ कि तिमी मलाई धेरै माया गछौ । म बिना बाँच्न सक्दैनौ तर यो भ्रम हो । भ्रममा बस्नु जस्तो गाह्रो काम केही होइन रहेछ । त्योभन्दा पनि एक तर्फी माया । लाग्छ तिमी सिर्फ मेरी हौ । आशै आशमा वर्ष बित्छ । लाग्छ कि ‘ए दिल हे मुश्किलको’ रणवीर कपूर मै हूँ र तिमी  अनुष्का शर्मा हौ । लाग्छ कि म तिमीलाई कहिले पाउदिन । रणविर कपूर जस्तो भयो भने, म तिमीलाई पाइन भने, म मर्छु होला ।

म तिमीलाई पाउन जे पनि गर्छु र म पागल भएको छु । तिम्रो जवाफ नआउँदा कस्तो भएको छ, तिमीलार्ई नपाउँदा मेरो के हुन्छ, मलाई नै थाहा छैन । सायद म रहन । अनुष्कालाई रणविरले सधै माया गरेझै, म पनि तिमी प्रति माया नै गरिरहने छु । आफ्नो मनलाई सम्हालन अरुसँग केही समय रमाइला र हराउला तर मन र दिमागमा तिमी नै हुन्छौ । फेसबुक र इस्टाग्राम बन्द गरे तापनि मेरो मनको ढुकढुकीमा तिमी नै छौ । सास फेर्न बिर्सेन सक्छु तर तिमी र तिम्रो याद सधै रहने छ । मेरो मन र दिमागमा तिमी छौ । तिम्रो नशा छ । तिमी मेरो लागि रक्सी जति कै भएकी छौ; जहिले पनि नशा लाग्ने र म डुबिरहने । म डुबिरहेको र मलाई थाहा छ कि तिमी मेरो हुन सक्दैनौ तर पनि म डुब्दै छु । रक्सी स्वास्थको लागि हानिकारण भने जस्तै मेरो एक तर्फी माया मेरा लागि हानिकारण भएको छ ।     


Comments

Popular Posts