तिम्रो प्रतिक्षामा
म गाडीमा थिए । म तिनकुनेबाट चाबहिल जाने गाडीमा थिए । गाडी तिनकुनेमै थियो । कन्डक्टरले मान्छेहरु बोलाउदै थिए । १५ मिनेटपछि गाडी बिस्तारै गुडो र त्यही क्रममा एउटा केटाले गाडीलाई रोक भन्यो । मैले वास्ता गरिन । मेरो छेऊमा भएको सिट खाली थियो र ऊ आएर बस्यो । मैले वास्ता गरिन । मेरो हातमा मोबाइल थियो र कानमा ईयरफोन थियो र गीतमा मस्त थिए । ठूलो आवाजमा गीत सुन्दै थिए । ऊ मलाई अचम्म पर्दै हेर्दै थिए । केही बेरपछि मैले उनलाई हेरे । उनले ईशारा गरेर कानमा देखायो । मैले वास्ता गरिन र फेरि मस्त भए गीतमा । म पूरानो गीत तिम्रो आँखाको सागरमा भन्ने सुन्दै थिए । म यो गीतमा डुबेको थिए तर पनि ऊ मलाई हेरिरहेको छ भन्ने भयो र म उसलाई हेरे । यस पटक उसले हेरेको थिएन । केही समयपछि मैले गीत बन्द गरे । अनि बाहिर हेर्न थाले । बाहिर हेर्दा काठमाडौको फोहोर बाहेक केही नदेखिने । अनि बाहिर हेर्न मन भएन । म झोलामा भएको किताब निकाले र पढ्न थाले । केही बेरपछि उनले भने,“तपाई त गीत त राम्रोसँग सुन्नु हुँदो रहेछ त ।”
“हँ ?” म अचम्म परे ।
हामी दुवै जनाको आँखा जुध्यो । हामी मौन भयौ । त्यही क्रममा गाडी गच्चक भयो र म उनीको हातको छेऊमा पुगे । अनि मैले सरी भने ।
उनले “ठीक छ” भने । गाडी गौशलाबाट रफ्तारमा गुडो । त्यही क्रममा मौनता तोड्दै उनले भने,“गीत त ठूलो आवाजमा सुन्नु हुँदो रहेछ । अरु मानिसहरुलाई सुनाएको जस्तै ।”
म मौन भए र उनलाई जवाफ दिन जरुरी सोचिन । त्यसपछि उनले पनि बोल्न जरुरी सोचेनन् । अनि केही बेरपछि म चाबहिल चोकमा झरे । उनले मलाई हेरिरहेका थिए ।
यो क्रम धेरै दिनसम्म चल्यो । म प्रायः मौन नै बस्ने रुचाएको थिए । हामी दुई जना बिच कम कुराहरु हुन्थ्यो र हामीलाई एक अर्कोको नाम पनि थाहा थिएन ।
हामीले भेटेको तीन महिनापछिको कुरा हो । गाडी तिनकुनेमा थियो । केही बेर तिनकुनेमा थियो । मेरा आँखाहरुले उनलाई खोज्यो । बानी भइसकेको थियो उसको । केही बेरपछि गाडी गुडो । मेरा आँखाहरुले उसलाई हेरिरह्यो । म झ्यालबाट हेरिरहे । उनी आएनन् । यो धेरै दिनहरुसम्म चल्यो । म उनलाई कुरेको थिए । मनमा आश थियो कि उनी आउँछन् भनेर उनी कहिले आएनन् । दिन बित्दै गयो र समयपछि तर उनी कहिले आएनन् । उनलाई कुर्दा कुर्दै मेरो स्नातक डिग्री सकियो तर उनी आएनन् । मलाई उसको बारेमा केही थाहा थिएन । त्यो तीन महिनाको के गरो मलाई नै थाहा छैन । मलाई उनी मन पराउन थालेको थिए । मैले वास्ता नगरे झै गर्थे र मौन नै रहन्थे ताकि उनी मसँग कुरा गरुन् । मलाई उनको कुरा सुन्न मन लाग्थ्यो र उनलाई हेर्न मन लाग्थ्यो तर हाम्रो भेट केही क्षणको लागि मात्र रहेछ । त्यो पलहरु रमाइलो नभए तापनि सम्झना लायक थियो । मनमा धेरै प्रश्नहरु थिए । उनी कहाँ गए, मेरो याद आउँदैन, मिल्नु थियो भने किन मसँग छुटिएको ? कहाँ छौ तिमी ? तिमीलाई कुर्दा कुर्दै २ वर्ष बित्यो । २ वर्षसम्म मैले तिमीलाई कुरेर बसे । कहाँ छौ तिमी ?
Comments
Post a Comment