दिक्षिका

 १

“तिमी किन सम्बन्धदेखि भागिरहेकी छौ, दिक्षिका ? तिमीलाई हेर्न भनि राम्रो परिवारहरुबाट आएका थिए तर तिमी भागिरहन्छौ । तिमीलाई कोही मन परेको छ भने, भन । हामीसँग कुरा नलुकाऊ । तिमी किन विवाहदेखि भागिरहेकी छौ ।” मेरी आमाले भन्नु भयो । 

हामी मेरो कोठामा थियौ र मेरो कोठा रङ्गीन थियो । एक छेऊमा सुन्तला रङ् थियो, एक छेऊमा गुलाबी थियो र अर्को छेऊमा बैजनी रङ् थियो । मेरो कोठा रङ्गीन थियो । भित्ताहरुमा तस्बिरहरुको साथ साथै अरु कुराहरुले भरिएका थिए । 

म खाटमा बसेर आर्ए एम मलाला पढ्दै थिए । कितब आफ्नो छेऊमा राखे र आमालाई भने,“मैले तपाई र बुवालाई भनिसकेकी छु कि अहिले विवाह गर्दिन । तपाईहरुलाई विवाह गर्न नमान्नुको कराण थाहा छँदै छ नि । फेरि त्यहि कुरा किन दो¥याउनु हुन्छ ?” म रिसाउँदै भने । हर रोज यही विषयमा कुरा हुन्छ र यही कुरामा झगडा हुने गरेको छ । 

“तिमीले विवाह गरेपछि जागिर खोज्दा र गर्दा भइहाल्छ नि । पहिलाको जस्तो जमाना छैन ।” 

“म त्यही त भन्दै छु कि पहिला जस्तो जमाना छैन । मैले मास्टर डिग्री सके र म केही गर्न चाहन्छु । म अहिले भर्खर २५ वर्ष त भए । विवाह ३० वर्षमा गर्दा हुन्छ । नगर्दा पनि हुन्छ ।”

“आजकालका केटाकेटीहरु कस्तो कुर नबुझ्ने ? हाम्रो खुशी चाँहि केही होइन ? तिमीहरुको नै जित हुनु पर्ने ।”

“तपाईहरुले हाम्रो कुरा नबुझ्ने ? जर्बरजस्ती विवाह गरिदिनुभयो भने के हुन्छ रु तपाईहरुको कारणले दिदीको डिभोस् भयो । तपाईहरुको खुशीको लागि विवाह गर्नु भयो तर के भयो भिनाजुको कारणले नराम्रो भयो । कहिलेकाँही हामीले भनेको पनि सुन्नुहोस् ।”

आमा दिदीको कुरा गरेपछि मौन नै हुनु भयो । दिदीको विवाह दुई वर्ष अगाडि भएको थियो तर घरेलु कारणले छुट्टीनु भयो । बुवा आमालाई समाजको डर थियो । हामीसँग बस्नु हुन्न । डिभोस् लिएर छुट्टै बस्नु भएको छ । राम्रो जागिर छ । कहिलेकाँही मसँग भेट हुन्छ । त्यो पनि बाहिर । घरमा त्यति आउनु हुन्न । बुवा आमाको इज्जतको लागि भए पनि आउनु हुन्न । 

आमा र म मौन नै थियौ । आमा केही भन्न खोज्दै हुनुथ्यो तर सक्नु भएन र केही नभनिकन मेरो कोठाबट निस्किनु भयो । मेरो चाँहि मुड बिर्गि्रयो । मलाई पढ्न मन भएन । अनि बाहिर निस्किए । बाहिर त निस्किए तर मनमा कुराहरु खेल्न थाले । विवाह गर्नु र नगर्नु आफ्नो व्यक्तिगत खोजाइ हो । यदी म अविवाहित खुशी हुन्छु भने, मलाई विवाहको लागि किन कर गर्ने ? विवाह गर्नु आवश्यक देख्दिन । जरुरत पनि छैन । सबै जना विवाहित जिन्दगीमा खुशी छन् जस्तो पनि लाग्दैन । मनमा कुरा खेलाउदा खेलाउदै शंकर पार्क भन्दा धेरै अगाडि पुगे छु । तनाव भएको थियो । 

बिहानको ११ बजिसकेको थियो । खाना खाइसकेको थिए र म आफ्नो ईमेल चेक गर्दै थिए । मलाई आजकाल ईमेल चेक गर्न मन लाग्दैन थियो । जति ठाउँमा जािगरको आवेदन हाले पनि पनि जवाफ केही आउँदैन थियो । दिक्क लाग्छ । ईमेल हेरिसकेपछि म फेसबुकतिर लागे । फेसबुक साथीभाइहरुको फोटोहरु प्रायःअफिसहरुको हुने गथ्यो र मलाई ईष्र्या हुन्थ्यो । सबै साथीहरु जागिर थियो तर मेरो चाँहि छैन । घरको घर नै घर पनि दिक्क लाग्ने । घरमा आमाको कुरा सुन्न मन लाग्न छोडेको थियो । हर पल विवाह बाहेक केही कुा गर्नु हुन्न । कहि कतै जाऊ साथीहरु सबै व्यस्त । कोही जागिरको व्यस्त त कोही घर जममा व्यस्त । आफ्नो जिन्दगी देखेर दिक्क लाग्ने ।

दुई हप्तापछिको कुरा हो । म, बुवा र आमा खाना खाँदै थियौ । साँझको ७ः४५ बजेको थियो । हामी प्रायः ढिलै खाना खाने गछौ ।  म आफ्नै सूरमा खाना खाँदै थिए । त्यही क्रममा बुवा र आमा एक अर्कोलाई हेर्दै हुनु हुन्थ्यो । ईशाराबाट कुरा गर्दै हुनु हुन्थ्यो र केही समयपछि बुवाले भन्नुभयो,“तिम्रो जागिरको कुरा के हुँदै छ ?” 

“आवेदन त हालेको छु र हेरौ के हुन्छ ।”

“हेर दिक्षिका । तिमीलाई थाहा छँदै छ कि मेरो चिन जानको कोही छैन । मेरो जिवन भर मिहिनेत गरे । जागिर पाउन स्रोत चाहिन्छ । धेरै वर्ष पनि हुन सक्छ ।” 

म कुरा सुन्दै थिए । मैले कुरा बुझिसकेको थिए कि बुवाले कुरा गुमाएर विवाहको कुरा गर्न खोज्दै हुनु हुन्छ र मैले भने,“बुवा, तपाईलाई जे भन्नु, सिधा भन्नुहोस् ।”

मैले त्यस्तो भने भनेर, बुवाले मलाई हेरेर भन्नुभयो,“खासमा, हामी चाहन्छौ कि तिम्रो विवाह होस् ।” 

मलाई रिस उठ्यो र भने,“मलाई हर पल विवाहको कुरा गरेर किन यातना दिनु हुन्छ ? मलाई किन सुखले बस्न दिनु हुन्न ? म एक्लै खुशी छु । यदी म तपाईहरुलाई धेर भएको हो भने, म यो घर छोडेर जान्छु ।”

बुवा केही भन्न खोज्दै हुनु हुन्थ्यो तर म उठे र रिसाउदै आफ्नो कोठामा गए । मेरो दिमागमा धेरै प्रश्नहरु थिए जसको जवाफहरु मसँग थिएन । त्यही क्रममा फेसबुक चलाउन थाले र मैले मेरो मिल्ने साथी पवित्रलाई अनलाइन देखे । अनि मैले म्यासेज पठाए ।

“हेलो ।” 

“हेलो । के छ तिम्रो खबर ?” उनीले तुरुन्तै म्यासेज पठाइन् । 

“मेरो मुड ठिक छैन ।” 

“के भयो तिमीलाई ?”

मैले सबै कुराहरु व्यक्त गरे । मन शान्त भएको थियो । उनीले मलाई हौसला दिँदै भनिन्“तिमी नआतिकन बस । समयले सब ठीक गर्छ र तिमीले छिटै जागिर पाउने छौ । तिमी टेन्सन नलिइकन बस ।” 

मैले हुन्छ भने । केही बेर कुरा गरौ । पवित्रसँग कुरा गर्दा मन हल्का भएको थियो । केही बेरपछि फेसबुक बन्द गरे र मेरो जप डट कम हेर्न थाले । जप हेर्ने क्रममा मेरो आँखा एउटा संस्थामा पुग्यो । अनि खोले । नाम नसुनेको तर पोष्ट चाँहि मैले पढेको विषय सम्बन्धि थियो । मैले हतार गर्दै आवेदन हाले । हालेपछि संस्थाको बारे खोजि निति गर्न थाले । हेर्दा त सानो संस्था थियो । संस्था सानो भए तापनि मलाई जागिरको आवश्यक थियो । 

मैले जागिर नभन्दै पाए । एक महिना भइसकेको थियो । जागिर पाएकोमा म धेरै खुशी थिए । तलब थोर भए पनि म खुशी नै थिए । महिनाको रु १०,००० थियो । मलाई जे होस् आफूलाई खर्च गर्न पुगेको थियो । तलबभन्दा पनि मेरो केही छ भन्ने भयो । मेरो पनि जागिर छ भन्ने भयो । जागिर पाए पछि धेरै व्यस्त हुँदो रहेछ । आफ्नो लागि समय नै नभए जस्तो हुँदो रहेछ । शनिबार र आइतबार छुट्टी भए तापनि समय नभए जस्तो हुँदो रहछे । दुई दिन छुट्टी हुँदा यता उता गर्दै दिन जाने । म धेरै खुशी भएको थिए । 

जागिर गरेको ६ महिनापछिको कुरा हो । छुट्टीको दिन थियो । म टि.भी हेर्दै थिए । त्यही क्रममा आमा मेरो छेऊमा आउनु भयो । आमा प्रायः काम पर्दा मात्र मेरो छेऊमा आउनु हुन्थ्यो र मैले थाहा पाइसकेको थिए कि आमा किन मेरो छेऊमा आउनु भयो भनेर तर मैले आमा नबोलूजेल मौन नै बसे । मेरो ध्यान टि.भीतिर थियो । आमालाई के भनू भएको थियो र मतिर नै ध्यान थियो । केही बेरपछि आमाले भन्नुभयो,“छोरी ।” 

“हजुर ।” मेरो ध्यान अझै पनि टि.भीतिर थियो । 

“तिमीले जागिर पनि पाइहालौ । अब विवाहको लागि त माग्छौ त होला नि ।” 

मैले टि.भी अफ गरे र आमातिर हेरे । आमाले पनि मलाई हेर्नुभयो र मैले आमालाई भने,“तपाईहरुलाई कस्तो हतार । मैले जागिर गरेको एक वर्ष नभइकन किन हतार गर्र्नु भएको ?” 

“आमा भएपछि थाहा पाउछौ ?” अनि आमा रिसाउँदै कोठाबाट निस्किनु भयो । 

यो हररोज हुन्थ्यो र कानमा तेल हालेर बसे । वाक्क भएको थिए र अन्तमा आएर मैले हार खाए र मैले विवाहको लागि हुन्छ भने । आमा धेरै खुशी हुनुभएको थियो ।

शनिबारको दिन थियो । आमाले आज मेरो छुट्टी भनेर केटा र केटाको परिवार दिउँसोको दुई बजे बोलाउनु भयो । मैले त्यति खोजि नीति गरिन । वास्ता गरिन । आमाको खुशीको लागि मात्र हुन्छ भनेको थिए । फोटो पनि हेरेको थिइन । म तयार हुँदै थिए । मनमा उत्साह र उमंग थिएन ।

घडीको सुइराले २ः०० बजे सङ्केत देखायो । त्यही क्रममा घण्टी बज्यो । म सामान्य रुपमा लिए । म आफ्नो कोठामा थिए । मैले आवाज त सुने तर के कुरा गर्दै हुनु छ मलाई नै थाहा छैन । केही समयपछि आमा मेरो कोठामा आउनुभयो । मेरो नजिक आउनुभयो र भन्नुभयो, “तिमी आऊ । तिमीलाई बोलाउदै छन् ।” 

आमाको भाव पढ्दै थिए । उहाँले आएका लागि स्वीकारी सक्नुभयो । मलाई भन्नु भएन । आँखाको भाव बुझि सकेको थिए । मैले पनि भन्न र प्रश्न खोज्ने इच्छा जागेन । अनि म आमासँग बैठक कोठामा गए । 

सबै जनासँग परिचय गराइदिनु भयो र अन्तिमा केटासँग परिचय गराउनु भयो । उसको नाम हिमासु शर्मा, एमबिए गरेका र नेपाल राष्ट्र बैकमा काम गर्न थालेको एक वर्ष भएको रहेछ । सुट लगाए आएका थिए । मैले उनलाई देखेर बनाओटि मुस्कुराट दिए र उनले पनि । मैले उनलाई हेरेको थिइन र उनले मलाई हेरे की हेरेनन् मलाई थाहा भएन । मैले वास्ता गरिन । 

हामी दुई जना चाँहि मौन नै थियौ तर परिवारहरु कुरा गर्दै हुन्थ्यो । त्यही क्रममा, मेरी आमाले भन्नुभयो,“केटा र केटीलाई एक्लै कुरा गर्न दिने कि ?” 

सबै जना सहमत हुनु भयो । अनि हामी बाहिर निस्कियौ । बािहर निस्के नि हामी केही बेर मौन भयौ । हामी यता उता हेर्दै थियौ । केही बेर पछि हिमासुले भने,“तपाई विवाहमा बारेमा के सोच्नु हुन्छ ?” 

”खासमा मलाई विवाह गर्नु नै छैन । म आफ्नो करियरमा फोकस गर्नु छ । केही समय चाहन्छु । त्यसभन्दा पनि हामी एक अर्कोलाई चिन्दैनौ । चिन्नको लागि समय चाहिन्छ । एउटा भेटले कसरी निर्णय गरौ न ।”

“हुन्छ ।” म खुशी भए । अनि केही कुरा नगरिकन हामी भित्र गयौ । 

अनि त्यही क्रममा हिमासुको आमाले भन्नुभयो,“अब तिमीहरुले के निर्णय गरौ त ?”

हामीले हाम्रो कुरा सुनायौ । बुवा र आमाहरुले सजिलै हुन्छ भन्नु भभयो । हुन त मलाई नाइ भन्नु थियो । मलाई नराम्रो आभास आइरहेको थियो । सोचे कि पहिलो थाहा हुँदैन । अनि मौन रहे । 

एक हप्तापछि, हामी नक्सालमा भेट्यौ । दिउँसो ३ः०० बजेको थियो । कफी अर्डर गरेपछि उनले भने,“कस्तो चल्दै छ ?” 

“चलिरहेको छ । तिम्रो ?”

“ठिक छ । एउटा प्रश्न गरौ ?” 

“गर न ।”

“तिमीलाई कस्तो ख्याले केटासँग विवाह गर्न मन छ ?” 

“एक त विवाह गर्न मन छैन । विवाह गरिहाले भने, मलाई बुझ्ने होस् । मलाई काम गर्न दियोस् । मलाई इज्जत गरोस् । आफ्नो व्यक्तिगत ठाउँ होस् । अनि तिमीलाई कस्तो ख्याले केटीसँग विवाह गर्न मन छ ?”

“खासमा मलाई केटीहरुले काम गरेको मन पर्दैन ।” 

“किन नि?” म आश्चर्य पाराले भने । 

“उनीहरुको काम भनेको घर हेर्ने हो जस्तो लाग्छ । काम गर्न थालेपछि घर बिग्रन्छ जस्तो लाग्छ । घर परिवारलाई समय दिदैनन् । आफ्नै कामलाई फोकस गर्ने हुन्छन् । त्यसैले मलाई मेरो श्रीमतीले काम नगरोस् जस्तो लाग्छ र मेरो परिवारलाई सम्हालेर बसोस् जस्तो लाग्छ ।” 

म अचम्म पर्दै भने,“अहिलेको समयमा पनि तिमी यस्तो कुरा गछौ ?”

“समयको कुरा होइन । हाम्रो संस्कार हो कि विवाह गरिसकेपछि श्रीमतीले घर परिवार सम्माल्ने हो । काम गर्ने होइन । कमाउनको लागि त म छँदै छु त ।” 

म मौन नै भए । मलाई साँगुरो सोचाइ भएको व्यक्ति लाग्यो । मलाई के भनू भयो । म यता उता हेर्न थाले । उनले मलाई निहालेर हेरिरहेका थिए । त्यही क्रममा उनले भने,“के भयो तिमीलाई दिक्षिका ? तिमी मौन छौ त ?”

“मलाई तिम्रो कुरा चिन्त बुझेन अनि म मौन नै रहेको ।” 

उनको भाव हेर्दा लाग्यो कि उनलाई रिस उठेको छ र मेरो कुरा चिन्त बुझेको छैन । मैले उनको भाव पढ्दै भने,“तिमीलाई चिन्त बुझेन होला तर अहिलेको समयमा मानिसहरुले विवाहलाई भन्दा आफ्नो करिय।लाई ध्यान दिन्छन् । आफू केही बँनू भन्ने छ । आफ्नो जिवनमा लक्ष्य हुन्छ, चाहे त्यो केटा मान्छे होस् या केटी मान्छे । काम गर्नु सबैको अधिकार छ ।”

हिमासु केही नबोलिकन त्यस ठाउँबाट निस्के र म उनी गएको हेरिरहे । अनि म पनि निस्के कफी अर्डर गरेको नखाइ म पैसा तिरेर निस्के । हुन त मलाई उनीसँग विवाह गर्नु नै थिएन । त्यसैले त्यति टाउको दुखाइन तर मलाई नै थाहा थिएन नि मेरो भविष्यमा के हुँदै छ भनेर । 

आमा र बुवाको कारण म हिमासुसँग त भेट हुन्थ्यो तर हरपल उनको गुनासो हुन्थ्यो । कहिले लुगाको कुरा हुन्थ्यो त कहिले के को । सानो कुराहरुमा पनि गुनासो हुन्थ्यो । म उनको कुरा सुनेर वाक्क दिक्क हुन्थे । म उनलाई बरदाश गर्न सक्दिन थिए ।

हामी भेटेको दुई महिनापछिको कुरा हो । साँझको ७ः०० बजेको कुरा हो । म आफ्नो कोठामा पढ्दै थिए । आमा मेरो नजिक आउनु भयो र भन्नुभयो,“तिमीलाई हिमासु कस्तो लाग्यो ? हामीलाई त राम्रो लाग्यो ।” 

“छि ।” मैले भने । 

“के रे ? किन छि भनेकी ?”आमा रिसाउन खोज्नु भयो ।  

मैले आमालाई सबै कुराहरु सुनाउदै थिए । मेरो कुरा सुनेपछि आमाले भन्नुभयो,“त्यस्तो कुरामा पनि किन रिसाएको र झगडा गरेको ? विवाह गरेपछि हिमासुले तिमीलाई राम्रोसँग राख्ने छन् र उनको परिवार राम्रो छ । तिमीले विवाह गरेपछि सबै ठीक हुन्छ । तिमी बिस्तारै हिमासुको घरमा गुलमिल भइहाल्छौ । तिम्रो शङ्का मात्र हो ।”

“आमा, म उनीसँग विवाह गर्न सक्दिन । त्यस्तो सांगुरो सोचाइ भएको व्यक्तिसँग विवाह गर्न सक्दिन ।” 

“विवाह गरेपछि आफै ठीक हुन्छ ।”

म  आमालाई सम्झाउन कोसिस गर्दै थिए तर असफल भए । कसरी सम्झाउ भयो । सम्झाउदा सम्झाउदै मैले जित्न सकिन । मैले बुवालाई आफ्नो पनि व्यक्त गरे तर मेरो कुरा कसैले सुनेनन् । म कता जाऊ । अन्त्यमा मैले हार हार खाए र हुन्छ भने । बुवा र आमा खुशी हुनुभएको थियो । साइतको लागि गुरुजीलाई र हिमासुको परिवारलाई बोलाउनुभयो । बैशाख १६, २०७४, बिहानको १०ः३० बजेको निस्क्यिो । दुई महिना बाँकी नै थियो । विवाह फाल्गुन मै होस् भन्ने थियो तर बैशाखमा नै राम्रो छ भने पछि बुवा र आमा मौन् नै रहनु भयो । 

हिमासु र म भेट्ने क्रम थियो र जति भेट हुन्थ्यो म वाक्क दिक्क लाग्थ्यो । मलाई विवाह गर्न इच्छा थिएन । मैले आमालाई धेरै चोटि भए तर आमाले वास्ता गर्नु भएन । म मौन नै बसे ।

म र हिमासु एक क्याफेमा थियौ । दिउँसोको समय थियो । कफी अर्डर गरिसकेपछि मैले हिमासुलाई भने,“खास, मैले तिमीलाई केही भन्नु थियो ।” 

“भन न ।”

“म तिमीसँग विवाह गर्न सक्दिन ।” 

उनले मलाई रिसाउँदै हेरे र भने,“यो तिमी के भन्दै छौ ? विवाह गर्नु छैन भने किन हुन्छ भनेको ?”

“बुवा आमाको खुशीको लागि हुन्छ भनेको हो । मैले आमालाई जित्न नसकेर हुन्छ भने । त्यो भन्दा पनि तिम्रो सोचाइ बेग्लै छ जुन मलाई मन पर्दैन । तिमी हरेक कुराहरुमा झगडा गछौ । प्रायः सानो कुराहरुमा झगडा गछौ । कहिले लुगा लगाएको मन पर्दैन त कहिले काम गरेको र कहिले खाने कुरामा । मानिसहरुको आ—आफ्नो इच्छा हुन्छ । त्यो तिमीले बुझेका छैनौ । विवाह गर्नु अगाडि त हाम्रो झगडा हुन्छ र पछि विवाह गर पछि के हुन्छ हाम्रो ?” 

मैले उनको भाव रिसमा परिवर्तन भइसकेको थियो । मैले फेरि भने,“मैले तिम्रो लागि काम छोड्थ्यौ होला तर पनि समय बित्दै गएपछि म फुर्सद हुन्छु र त्यस बेला म के गर्नु ? तिम्रो तलबले हामीलाई होला तर भविष्यमा छोरा छोरीहरु भएपछि के गर्ने ? त्यो सोचेका छौ ? अनि हरपल तिम्रो रिस ह्याडल गर्न गाह्रो छ । केही भन्यो भने रिसाउछौ । पछि छोरा छोरीहरुले के सोच्छन् ? तिमीले आफ्नो इगो र घमन्ड छोड्न सक्छौ ? तिम्रो बानीले गर्दा मानिसहरु वाक्क दिक्क हुन्छ होला ।”

मैले यति के भनेको थिए, उनले मलाई एक थप्पड हाने र केही नबोलिकन त्यहाँबाट निस्किए । म  मौन भए । मेरा आँखाहरु रसाए । क्याफेमा भएका व्यक्तिहरुले मलाई हेरिरहेका थिए । मलाई अप्ठ्यारो लाग्यो र म पनि निस्किए । 

घर गएछि मैले यो कुरा आमा बुवालई व्यक्त गर्नु जरुरी सोचिन । यदी भनेको भए, दोष मलाई आउथ्यो । त्यसैले मौन रहने विचार गरे । 

“तिमीलाई के भयो, दिक्षिका ?” 

“के भयो र आमा ?” म कोठा मिलाउदै थिए । 

“तिम्रो कारणले हिमासुको आमा र बुवाले धेरै तोक सुनाउनु भयो । तिमीबाट यस्तो अप्रेक्षा थिएन ।” 

“मैले त्यस्तो के गरे र ?” 

“तिमी किन एउटै कुरामा अडिएकी छौ ? हाम्रो समाज यस्तै छ त । जस्तो समाज त्यस्तै हुनुपर्छ । तिमी किन यो कुरा बुझ्दिनौ । तिम्रो र हिमासुको विवाह हुन केही हप्ता मात्र बाँकी छ र तिमी एउटै कुरामा अल्जि रहेको ? तिमीले विवाह गरेपछि जागिर नगर्दा केही बिग्रदैन । हिमासुको सरकारी जागिर छ । पछि बढुवा हुन्छ । भविष्यमा राम्रो हुन्छ ।”

“तपाईहरुलाई मेरोभन्दा हिमासुको पिर छ । हिमासुले मालाई थप्पड हिर्कोएका थिए । मेरो कुरा बुझ्नुको छट्टा उल्टै मेरो बेइज्जत गरे । तपाइलाई चाँहि के भयो ? मैले पढेको छु र मलाई काम गर्ने अधिकार छ । मेरो जिन्दगीमा मेरो खुशी चल्छ । अरुको होइन । यदी मैले नराम्रो काम गरेको भए र तपाईले गाली गरेको भए, म मौन रहन्थे तर मैले केही नराम्रो गरेको छैन ।”

“यदी नराम्रो नगरेको भए, किन हिमासुले थप्पड हाने त ?” आमा रिसाउदै भन्नु भयो । 

“गल्ती मेरो थिएन । उसको थियो। तपाई किन गल्तको पक्षमा हुनुहुन्छ ?”

“तिम्रो विवाह हिमासुसँगै हुन्छ ।” 

म केही भन्न खोज्दै थिए र त्यही क्रममा आमा मेरो कोठाबाट निस्किनु भयो । म तनावमा थिए । सबै जना मेरो दुश्मन जस्तो लाग्न थालेको थियो । मेरा बुवा आमा पनि दुश्मन लाग्न थाल्यो । 

 ९

हर रोज हिमासु मलाई फोन गर्थे र मलाई टेन्सन हुन्थ्यो । यदी मैले फोन उठाइन वा भेट्न गइन भने, मेरै घर आउथे । मलाई यातना दिन्थे । दुई हप्ता मेरो लागि नराम्रो दिनहरु थिए । आमा नभएको बेला प्रायः आउथे र मलाई जर्बरजस्ती गर्थे । मैले नसुन्दा उनले मेरो मुख बन्द गर्थे र कहिले काँही नराम्रो हिरकाउन्थे । मेरा आमा बुवालाई भन्न सकिन । यदी भनेको भए, मेरो कुरामा विश्वास गर्नु हुने थिएन ।

त्यसैले विवाह गर्नु केही हप्ता अगाडि म घरबाट निस्के । घरको परिवार सबै जना विवाहको लागि भनि सपिङ्ग गर्न जानु भएको थियो र मैले मलाई सँच्चो नभएको वाहना पारे । त्यही क्रममा मैले आफ्नो लुगाहरु झोलामा हाले । बेलुका नै एउटा नोट लेखेको थिए । मलाई नै थाहा छैन कि म कहाँ जान्दै छु तर यति थाहा छ कि म नयाँ जिन्दगीको सुरुवात गर्दै छु । अतितका नराम्रा पलहरु बिर्सेन चाहन्छु । विशेष गरी म हिमासुलाई बिर्सेन चाहन्छु ।

म आफ्नो झोला लिएर घरबाट निस्किए । गौशला पुगे । पोखरा जाने गाडी रहेछ । अनि त्यही गाडीमा चढेर पोखरा पुगे । मनमा डर त थियो तर पनि म सही गरे जस्तो लाग्छ । चाहेको भए म आवाज उठाउन सक्थे तर घरको दबावको कारण म मौन थिए । आज म बुझ्दै छु कि महिला हिंसा हुँदा किन महिलाहरु मौन रहन्छन् । परिवारको दबावको कारण रहेछ ।

मलाई नै थाहा छैन कि पोखरा गएर म के गर्छु तर पनि म आफूलाई सम्हाल्ने छु । केही न केही गर्ने छु । 

१०

“तपाईले डायल गरेको नम्बर अफ छ ।” आमाले बार बार मेरो नम्बर डायल गर्दै हुनुथ्यो भने बुवाले चिनेका व्यक्तिहरुसँग खोज तलास गर्दै हुनुथ्यो । अन्त्यमा हिमासुलाई फोन गर्नु भयो र भन्नुभयो,“हेलो, हिमासु ।”  

“हेलो, अंकल । सँच्चै हुनुहुन्छ ?”

“खासमा तिमीलाई केही सोध्नु छ ।”

“भन्नु न ।”

“तिमी र दिक्षिका बीच केही भएको थियो ? झगडा भएको थियो ?”

“छैन । के भयो र ?” हिमासु नर्भस भए । 

“दिक्षिका घरमा छैन त्यसैले तिमीलाई सोधेको ।”

“के ? दिक्षिका घरमा छैनन् रे ? म त्यहाँ आउँछु ।” अनि फोन राखे । बुवा केही भन्न खोज्दै हुनुथ्यो । 

एक घण्टापछि हिमासु मेरो घर आए । आउने बित्तिकै भने,“के भयो र कसरी ?”

“हामीलाई थाहा छैन । हाम्रो कारणले त होइन ?” आमाले हिमासुलाई हेर्दै भन्नुभयो । 

“तपाईले भन्न खोज्नु भएको के हो ?” उनले रिसाउन खोज्दै थिए । 

वातावरण मौन थियो । केही बेर पछि बुवा मेरो कोठाबाट निस्किनु भयो । हातमा नोट थियो । अनि दुवै जनाको अगाडि पढ्नु भयो । 

“बुवा आमा, म घर छोडेर जाँदै छु । तपाईहरुले मेरो कुरा बुझ्नु भएन । म धेरै पीडामा थिए । आफ्नो पीडाको बारेमा आमालाई भने तर उहाँले वास्ता गर्नु भएन । म हिमासुबाट  पीडित भएको थिए । तपाईहरु नभएको बेला घर आउथे र जर्बरजस्ती गर्थे । सहन नसक्ने अवस्थामा थिए । आमालाई भनेको थिए तर उहाँले मलाई दोष देखाउनु हुन्थ्यो । मै नराम्रो भएको थिए । त्यसैले म घरबाट छोडेर जाँदै छु । म हिमासु जस्तो साँगुरो सोचाइ भएको व्यक्तिसँग विवाह गर्न सक्दिन । त्यसैले उनीबाट दूर जाँदै छु । मलाई खोज्ने प्रयास नगर्नु होला ।”

                                                                                                                                                दिक्षिका

बुवा आमाको आँखामा आँसु थिए । त्यही क्रममा हिमासुले भने,“मैले त्यस्तो केही गरेको छैन । उसलाई विवाह गर्नु थिएन त्यसैले नाटक गरेको हो । तपाईहरुलाई म कस्तो छु त्यो थाहा भएकै हो ।” हिमासु नर्भस भए । 

“तपाई अहिले यहाँबाट जानु होस् । नत्र पुलिस बोलाउछौ ।” आमाले भन्नुभयो र हिमासु रिसाउँदै घरबाट निस्के । हिमासु निस्किएपछि आमाले भन्नुभयो,“हामीले ठूलो गल्ती गरौ । उनीको कुरा सुनेको भए हुन्थ्यो । आफ्नो इज्जतको बारेमा सोचे । यति छोरीलाई केही भयो भने ?” आमाको आँखा आँसुले भरिएको थियो । 

बुवा मौन रहनु भयो । शब्द थिएन । उहाँको मन अशान्त थियो । कहाँ खोज्ने ?घर फेरि आइन् भने हिमासुले छोड्दैनन् भन्ने भयो । के गर्ने भयो । तनावमा थिए । अन्त्यमा पुलिसलाई फोन गर्नुभयो र सबै कुराहरु व्यक्त गर्नुभयो । हिमासु त जेलमा गए तर मेरो पत्ता लगाउन सक्नु भएन । 


Comments

Popular Posts