द ओपन सेत्रेट

म त्रिपुश्वेरबाट आफ्नो घर जाने क्रममा थिए । मैले मोटरसाइकल सुरु गरे र आफ्नो अफिसबाट निस्के । त्रिपुश्वेरबाट के निस्केको थिए, पानी पयो । मैले मोटरसाइकल छेऊमा राखे जहाँ बस स्टप थियो । म त्यही बसे । मैले रेन कोट बोकेको थिइन । प्राय म रेनकोट बोक्ने व्यक्ति पर्दिन । म बस स्टफमा बसिसकेपछि आफ्नो पकेटबाट मोबाइल निकाले । समय त साँझको ७ः०० बजेको थियो । त्यति ट्रािपलक जाम थिएन । त्यही क्रममा एक जना केटी विजि गाडीबाट निस्किन् । कालो गाडी थियो । उनी पानीमा मज्जाले भिजिन् । उनीले नीलो कुर्ता लगाएकी थिइन् । म  हेरेको हेरै भए । मैले जिन्दगीमा त्यसरी कहिले पनि कोही केटीलाई हेरेको थिइन । केही बेरपछि हर्न बजेपछि उनी गाडीम बसिन् र गइन् । म चाँहि पानी कहिले रोकिन्छ भनि बसे । एक घण्टापछि पानी रह्यो र म घरतिर लागे । रातभर म उसको यादमा डुबे । 

एक हप्तापछिको कुरा हो । म मेरो मिल्ने साथीको विवाहमा थिए । त्यही क्रममा मैले उनीलाई देखे । म खुशी हुँदै उनीको नजिक गए । उनी खाना खाने क्रममा थिइन् । म उनीको अगाडि बोल्न खोज्छु तर सकिन । पछि उनी कता गइन् थाहा पाइन । मैले उनीलाई धेरै चोटि यता उती खोजे तर कही भेटिन । त्यही क्रममा अविरल मेरो नजिक आएर भने,“हैन, यो साथीले कसलाई यसरी खोजेको ? कोही मन परेको छ कि के हो ?”

“खासमा एक जना मन प¥यो ।”

“को हो त्यो ?”

“मलाई नै थाहा छैन ।” अनि हामी दुलहाको छेऊमा गयौ । अनि फोटो खिच्दै थियौ । त्यही क्रममा मैले फेरि उनीलाई देखे र उनी पानी पिउँदै थिइन् । म फेरि उनीको नजिक गए । म बोल्न खोज्छु तर सक्दिन । बोलि मुखमा आउँदैन । हात अगाडि लान्छु तर बोल्न सक्दिन । पछि उनीले आपफ्नो साथी बोलाइन् र गइन् । छेऊमा प्लास्टिकको कप देखे जहाँ लिपस्टिकको निसान देखे । त्यही कप बोकेर हिडे । रात भर त्यही कप हेरिरहे । 

आइतबारको दिन थियो र सार्वजनिक छुट्टी थियो । मेरा मिल्ने साथीहरुलाई बोलाएको थिए । मेरा ४ जना मिल्ने साथीहरु थिए जो मसँग ११ देखि मास्टस्सम्मसँगै पढेका थियौ । हामीलाई एक अर्कोलाई सबै कुराहरु सेयर गथ्यौ । मैले पनि उनीहरुलाई आफ्नो मनको कुराहरु सेयर गर्न भन्न बोलाएको थिए । 

उनीहरु घर आउँदा १ बजेको थियो । हामी मेरो कोठा थियौ । त्यही क्रममा अविरलले भन्यो,“आज पार्टी गरौ न ।”

“तेरो दिमागमा पार्टी बाहेक अरु केही आउँदैन ।” रकिले भ¥यो । 

“हो । अविरल  हावा छ । पार्टी बाहेक अरु चिज पनि हुन्छ जिन्दगीममा ।” समिरले भन्यो।

“तिमीहरु चुप लाग । मैले तिमीहरुलाई तिमीहरुको कुरा सुन्न बोलाएको होइन । मैले तिमीहरुलाई मेरो कुरा सुन्न बोलाएको हो ।”

“तेरो त्यस्तो केही कुरा त हुँदैन । तेरो काम बाहेक अरु कुरा त छैन ।” अविरलले भने ।

“चुप लाग त । तिमीहरुलाई आज रमाइलो कुरा गर्नु छ ।”

“के कुरा भन्न न छिटो ।” अविरलले भने । 

“म भन्दै छु त ।” मैले भने । मेरो खाटको छेऊमा भएको टेबुल खोले र उनीहरुलाई कप देखाए । 

“यो हावाले कप देखायो । यसलाई अविरलको हावाले छोए छ ।” समिरले भने ।

“तिमीहरुले मेरो कुरै सुन्दैनौ । यो कप विशेष छ । यहा हेर न । यो प्लास्टिको कपमा लिपस्टिकको निसान छ । केही बुझ्यौ ?”

“कहाँबाट उठाएर ल्याए छ यो कप ?”

“हाम्रो साथी मिलनको विवाहमा एक जनालाई मैले देखेको थिए । उनीलाई पहिला पनि देखेको थिए ।” अनि मैले आफ्नो कहानी सुनाए । मेरा साथीहरुले ध्यान दिएर सुन्दै थिए । 

मेरो कहानी सुनेपछि, अविरलले भने,“तेरो कहानी हिन्दी फिल्म ‘रंहना है तेरे दिल मे’ जस्तो भयो । जस्तो त होइन तर हो नै ।”

“कसरी ?”

“त्यो फिल्ममा पानी परेको बेला हिरोले हिरोइनलाई देख्छन् र पछि विवाहमा देख्छन् । कप पनि लिएर आउँछन् र साथीहरुसँग सेयर गर्छन् । तेरो पनि त्यस्तै भयो । पछि त्यस्तै होला ।”

“हँ ?”

सबै जना हो भन्छन् र सहमत हुन्छन् । म पनि अचम्म परे । हो पनि । आफै दङ्ग परे । मेरो प्रेम कहानी ‘रंहना है तेरे दिल मे’ जस्तो भयो भने, अन्तिममा त हीरोइन हिरो कै हो तर सेफ अलि खान आयो भने, मेरो हिरोइन लिएर गयो भने, म अनि चिन्तित भए । म गम्भीर भए र आफ्नै संसारमा हराए । मैले मेरो हिरोइन पाइन भने, ‘रंहना है तेरे दिल मे’ जस्तो अन्त भएन भने ।

म र अविरल मोटरसाइकलमा थियौ । हामी न्यू रोडमा थियौ । हामी पशुपति प्लाजामा थियौ । त्यही क्रममा मैले उनीलाई देखे र अविरललाई मोटरसाइकल छिटो कुदाउन भने । उनी स्कूटरको पछाडि थिइन् । उनीहरु पछि लाग्दै गर्दा हामी वसन्तपूर पुग्यौ । हामी त पुग्यौ तर स्कूटरबाट उनी साथीलाई मात्र निस्केको देख्यौ । हामी उनीको नजिक गयौ । अविरललाई थाहा थियो कि मलाई केटीहरुको अगाडि बोल्न सहज लाग्दैन । त्यसैले अविरलले बोल्न सुरु गरे,“नमस्ते ।”

उनी अचम्म हुँदै हामीलाई हेरिन् र भनिन्, “तपाईहरुलाई चिनिन त ।”

“हामी तपाईको साथीको पनि साथी । हामीले तपाईहरुलाई न्यू रोडबाटै देखेर बोलाएका थियौ तर तपाइहरुले सुन्नु भएन ।”

“तपाईहरु रियाको साथी ?”

“हजुर । रियालाई हामीले १२ पढिसकेपछि भेटेका थिएनौ । उनको नम्बर दिन मिल्छ ? उसलाई हामीले धेरै सम्पर्क गर्न खोजेका थियौ तर सकेनौ । उसको नम्बर कोहीसँग थिएन । १०+२ का साथीहरुसँग प्राय सबैसँग भेट भइसकेको छ तर रियासँग भएको छैन । त्यसैले उनको नम्बर चाहिएको छ ।”

उनीले हामीलाई फेरि अचम्म पाराल हेरिन् र भनिन्,“अहिले त फेसबुक छ । फेसबुकबाट सम्पर्क भइहाल्छ नि । नम्बर त फेसबुकबाट लिन मिल्छ त ।”

“उनलाई फेसबुकमा पनि खोजेको हो तर उनले हामीलाई नै जवाफ दिइनन् । म्यासेज पनि पठाएका थियौ तर जवाफ आएन । सायद धेरै वर्षपछि म्यासेज पठाएका कारण उनले हाामीलाई बिर्सिन् होला । रिया हामीसँग त्यति बोलिन थिइन् ।” अविरलले भने । 

उनी फेरि अचम्म परिन् र छक्क परेर हेरिन् । छक्क पर्दै भनिन्,“तपाईहरु कस्तो साथीहरु ?आफ्नो साथीको नम्बर पनि थाहा नहुने ।”

म मौन नै थिए । अविरलले कुरा गर्दै थिए । उनले धेरै सम्झाएर फोन नम्बर लिएर नै छाडे । म यो दिन धेरै खुशी भएको थिए । खुशी त भएको थिए तर कसरी कुरा गर्नु भएको थियो ।

घर गरेर धेरै चोटि मोबाइल हेरे र नम्बर पनि हेरे । डायल गर्न धेरै चोटि गरे तर डरले साथ छोडेन । धेरै चोटि डायल गर्न खोज्छु तर के भयो भयो । अन्त्यमा मैले डायल गरे तर दुई घण्टासम्म चल्यो । पछि रियाले मोबाइल अफ गरिन् । म अनि चिन्तित भए । 

“हेलो ।” मैले भने । म अफिसमा थिए ।  

“हेलो, तेरो लागि खुशीको खबर छ ।” अविरलले भने । 

“के ? भनिहाल छिटो ।” म धेरै व्यस्त थिए । म कम्प्युटरमा काम गर्दै थिए । 

“तेरो र रियाको भेट हुने वाला छ ।”

“के ? कसरी ?” म अचम्म पाराले भने । अविरलले कसरी मिलाए छ कुरा भन्ने भयो । 

“उनी त हाम्रो साथी उत्तमको श्रीमतीको साथी रहेछिन् । पर्सि शनिबारको दिन उत्तमले हामीलाई छुट्टै पार्टी दिँदै छन् । उनले हामी सबैलाई बोलाएका छन् र त्यही क्रममा रिया आउँदै छिन् ।”

“कहाँ भेट हुँदै छ त ?”

“ए—वन क्याफे, नयाँ बानेश्वर, दिउँसोको २ः०० बजे ।”

“हुन्छ, म आउँछु ।” म धेरै खुशी भए ।

म यस दिन धेरै खुशी भएको थिए र आफ्नै संसारमा हराए ।

शनिबारको  दिन । म यो दिन कहिले आउँछ भनि कुरेको थिए । कति लामो लाग्थ्यो रहेछ दुई दिन पनि । मलाई हतार भइसकेको थियो उनीलाई भेट्न । म समयभन्दा अगाडि नै  पुगे ।  मलाई यस दिन राम्रो देखिनु थियो । त्यसैले निलो रङ्गको टि—सर्ट लगाए र यसमा कोट र कालो प्यान्ट लगाएको थिए । म क्याफे १ः३० बजे नै पुगेको थिए । म यता उता हेरे । केही समयपछि वेटर आए र मेरो अर्डर केही नलिए फर्किए । मलाई केही चाहिएको थिएन । 

४५ मिनेटपछि अविरल आयो । ऊ खुशी हँुदै मेरो नजिक आयो । हामी एक अर्कोसँग हात मिलायौ । हात मिलाएपछि हामी बस्यौ । अनि बसिसकेपछि उनले भने,“म आज मेरो लागि धेरै खुशी छु । तेरो र रियाको सम्बन्ध होस् त्यो पनि राम्रो ।”

म मौन भए । म नर्भस भएको थिए । म के बोल्नु र कसरी बोल्नु जस्तो भए । उनले मलाई हेरेका थिए र भने,“पहिलो भेटमा के भन्ने हुन्छ र कहाँबाट सुरु गर्ने भन्ने हुन्छ । पछि भेट्दै गए पछि बानी हुन्छ ।”

“उसको अनुभव भए जस्तो ।” म हाँस्दै भने ।

उनी बोल्न खोज्दै थिए त्यही क्रममा रकि र समिर आइपुगे । बिस्तारै उत्तम र उनको श्रीमतीसँग पनि आइपुग्यो । सबै जना आए तर रिया आइपुगेकी थिइनन् । मेरो नजर ढोकामा रहिरह्यो । सबै जना कुरा गर्दै थिए र म मौन नै थिए । अविरलले मेरो भाव बुझिसकेका थिए र उनले उत्तमलाई भने,“उत्तम, तैले तेरो कोही साथी आउँछ भनेको होइन ?”

“तँलाई कस्तो हतार भएको ? उनी केही बेरपछि आउँछिन् ।”

नभन्दै केही क्षणपछि रिया भित्र छिरिन् । म धेरै खुशी भएको थिए । मेरो मनमा गितार बज्यो । मन नाच्न थाल्यो । पुतलीहरु पनि नाचे जस्तो अनुभव भयो । मनमा धेरै दिनहरु पछि शान्ति छाए जस्तो भयो ।

रिया नजिक आइन् र हामीलाई हेलो भनिन् । सबै जनासँग परिचयभ भयो । म उनीलाई देखेर मुस्कुराए र उनी पनि मुस्कुराइन् । हामी एक अर्कोसँग बोलेका थिएनौ । हामी आफ्नो छेऊमा भएका साथीसँग गफ गर्दै थियौ । 

हेर्दा हेर्दै ७ः०० बज्यो र सबै जना निस्कने तरखर गर्दैे थियौ । त्यही क्रममा म रियाको नजिक गए र भने,“हाई ।”

“हाई ।”

“खासमा तपाईको नम्बर दिन मिल्छ ?”

“हुन्छ ।”

हुन त मसँग उनीको नम्बर थियो र कहिले पनि फोन गर्ने आँट गरिन । हामीले एक अर्कोको नम्बर लियौ र सोही दिन म र उनीको बीच कुरा भयो । 

रातिको ९ः०० बजेको थियो । म आफ्नो कोठामा थिए । मेरो हातमा फोन थियो र मैले रियालाई भाइबरमा अनलाइन देखे र म्यासेज पठाए ।  

“हेलो ।”

“हेलो ।” उनले म्यासेज छिट्टै पठाइन् । 

“आज तपाईलाई भेटेर खुशी लाग्यो ।”

“धन्यवाद ।”

त्यसपछि के म्यासेज पठाउने भयो । त्यसैले मैले म्यासेज नै पठाइन न त उनीले । मैले सोचेकी थिए कि उनले पनि तपाईसँग भेटेर खुशी लाग्यो भन्ने म्यासेज पठाउछिन् जस्तो लागेको थियो तर पठाइनन् । मनमा चिसो पयो । 

“हामीले एक अर्कोलाई चिनेको धेरै महिना भइसकेको छ । त्यसको साथ साथै हामी दुवै जनाको राम्रो जागिर छ । हाम्री किन विवाह गर्दैनौ ?” मैले भने । 

उनी अचम्म पर्दै मलाई हेरिन् । आफ्नो हातमा भएको कफी टेबुलमा राखिन् । हामी बानेश्वरमा थियौ र ईन्द«णी क्याफेमा थियौ । कफी टेबुलमा राखिसकेपछि रियाले भनिन्,“तिम्रो लागि धेरै महिना भयो होला तर हामीले एक अर्कोलाई चिनेको सिर्फ दुई महिना मात्र भएको छ । एक वर्ष त कुर । मैले तिमीलाई राम्ररी चिन्नु परेन । तिमीले हतार गरेरे हुँदैन ।”

“तिमीले मलाई मन पराउदैनौ हो ? तिमीले जे भन्छौ त्यो पनि गर्छु तर विवाह गर्दिन त्यो चाँहि नभन ।”

“त्यस्तो होइन । म तिमीलाई राम्रो साथीको रुपमा हेर्छु । तिमी मान्छे राम्रो छौ । मलाई समय छेऊमा मात्र भनेको हो ।”

“कति समय चाहियो ?”

“केही महिना त कुर ।”

मेरो अनुहारको भाव परिवर्तन भएर आयो । मलाई जस्तो हतार कसैलाई नि भएको थिएन । सोचेको थिए कि उनीले मेरो कुरामा सहमत हुन्छिन् भनेर तर उल्टो भएर आयो । मसँग कुर्नु बाहेक अरु केही उपाय दिएन । उनीले मलाई निहालेर  हेर्दै थिइन् । अनि भनिन्,“तिमी किन रिसाएको विपिन ? मेरो कुरा चिन्त बुझेन कि ? समय त चाहिन्छ नि ।”

“मलाई हतार भएको हो ।”

“हतार भइसकेको छ भन्दैमा छिटो गर्नु त भएन नि ।”

म मौन भए । उनले केही समयपछि भनिन्,“रिसाएको तिमीलाई सुहाउदैन ।”

अनि म मुस्कुराए । म दुखी नै थिए । म धेरै कुर्न सकेको थिइन । 

समय बित्दै गयो । हामी भेट्दै गयौ र फेसबुकमा कुरा हुन्थ्यो । जब म उनीसँग कुरा गर्थे, म खुशी हुन्थे तर जब म विवाहको कुरा गर्थे उनी पछि कुरा गरौ भनि पछि हट्थिन् । लाग्थ्यो कि उनीलाई मसँग विवाह गर्न चाहन्थिनन् । म हार खाइसकेको थिए । हामी भेटेको पनि ७ महिना भइसकेको थियो । यी सात महिनामा मलाई लाग्यो कि उनीले मलाई मन पराउदिनन् । मैले मात्र उनीलाई माया गर्थे । प्रायः म नै उनीलाई म्यासेज पठाउन्थे, म नै उनीलाई फोन गर्थे र म नै उनीलाई भेट्ने प्रस्ताव राख्थे । 

केही महिनापछिको कुरा हो । मैले रियालाई फोन गरे तर फोन स्विच अफ थियो । धेरै चोटि प्रयास गरे तर स्विच अफ थियो । यो क्रम धेरै समयसम्म चलिरह्यो । दुई महिनासम्म मैले उनको नम्बर डायल गरिरहे तर उनीको मोबाइल अफ नै थियो । वास्तवमा मलाई उनीको नाम बाहेक अरु केही थाहा थिएन । उनीलाई उसलाई सोध्दा केही व्यक्त गरेको थिइनन् । केही सोध्दा अर्के तिर ध्यान आकर्षण गर्थिन् । 

मैले अनि अविरललाई फोन गरे । एकै घण्टीमा उनले फोन उठाए र भने,“के छ साथी तेरो खबर ? धेरै समयपछि फोन गरिस् त । कि तेरो बिहे हुन आँटेको हो ?” उनले हाँसेर भने । 

“तँ चुप लाग । तँलाई २४ सै घण्टा जिस्किनुपर्छ । मैले तँलई काम परेर फोन गरेको ।” म रिसाउँदै भने । 

“के काम प¥यो ?”

“रियाको बारेमा तँलाई केही थाहा छ ?”

“तँलाई रियाको बारे किन चाहियो ? रियालाई नै सोध्न । मलाई रियाको बारेमा कसरी थाहा हुन्छ ?”

मैले रियाको बारेमा सबै कुराहरु व्यक्त गरे । अविरल मेरो कुरा सुनेर छक्क परे र भने,“तँ टेन्सन नलिइकन बस । म रियाको बारेमा पत्ता लगाउछु र म तँलाई फोन गर्छु ।”

मैले हुन्छ भने र फोन काटे । मैले अविरलको फोन कुर्नु बाहेक अरु केही उपाय थिएन । 

केही हप्तापछिको कुरा हो । अविरलले मलाई फोन गरे । म निकै खुशी भए र मेरो मनमा आशा पलायो । अनि मैले फोन उठाए । 

“हेलो ।” मैले खुशी हँुदै भने । 

“हेलो ।”

त्यसपछि शान्त भयो । मनमा चिसो प¥यो । केही क्षणपछि मैले भने,“के भो ? किन तँ नबोलेको  ? केही त बोल । मलाई हतार भइसकेको छ ।”

“तँ रियालाई बिर्सि दे । तँलाई राम्रो हुने छ । रिया तेरोलाई नै होइन । तँलाई रियाले धोका दिए जस्तो छ ।”

“यो तँ के भन्दै छन् ? यो हुन सक्दैन ।”

“रियाको बारेमा केही थाहा भएन । धेरै कोसिस गरे उनीको बारे थाहा पाउन सकिन । उनी अहिले कता छिन् कसैलाई थाहा छैन । उनीलाई कसैले नदेखेको धेरै भइसकेको छ । त्यसैले तँ उनीलाई बिर्सि दे ।”

त्यति भनेर अविरलले फोन राखे । मेरो मन नराम्रोसँग दुख्यो । मेरा आँखाहरु आँसुले भरिए । उनीलाई सम्झेर बसे । उनीसँग समय बिताएका पलहरु सम्झिन थाले । म कति धेरै खुशी थिए उनीसँग तर उनीले मलाई किन धोका दिइन् र मलाई छोडेर गइन् । मेरो मायामा के कमी थियो र । म उनलाई बिर्सन सकिन ।  

“तँ धेर रक्सी नपिइ । तैले धेर पिइसकिस् त, विपिन । तँलाई लागि सकेको छ । अब त नपिइ ।” अविरलले भयो । हामी दुवै जना बारमा थियौ । निकै रात भइसकेको थियो । जब रियाले मलाई छोडेर गइन्, म हर रोज बारमा गएर रक्सी पिउन थालेको थिए । मलाई होश हुँदैन थियो । कहिले म एक्लै घर पुग्थे त कहिले अविरलले पुराउथे । कहिले दिउँसो पनि पिउथे ।

आज पनि धेरै पिएको थिए । अविरल मेरो साथ थियो । म धेरै पिउन थालेको थाहा पाएपछि अविरलले मेरो साथ छोडेको थिएन । आज पनि ऊ आएको थियो र मलाई धेरै नपिउन आग्रह गरेको थियो तर मैले पिउन छोडेको थिइन । पछि अविरलले मलाई जर्बरजस्तीबारबाट निकाल्योे र बाइकमा राख्यो । सकि नसकि म बाइकमा बसेको थिए र बाइकमा बस्दा मैले धेरै चोटि रियाको नाम लिएको थिए । अविरलले मलाई सहेर बसेको थियो । केही समयपछि म घर पुगे । यस दिन रक्सीको सूरमा मैले अविरललाई पनि गाली गरेको थिए । मैले गाली गर्दा पनि उसले सहेर बसेका थिए । अविरलले मलाई सम्मालेको थियो । 

१०

दुई महिनापछिको कुरा हो । शुक्रबारको दिन थियो । आज पानी परेको थियो । म त्रिपुश्वरमा थिए । म कहिले पानी रोकिएला भनि बस स्टफमा बसेको थिए । त्यही क्रममा एक कालो गाडी आयो र रोकियो । गाडीको ढोका खोलियो र त्यस गाडीबाट रिया निस्किन् । म छक्क परे । म हेरेको हेरै भए र म उनको नजिक जाँदै थिए र उनी गाडीमा चढि हालिन् । म छिटो गर्दै बाइक चढे र उनीको पिछा गरे । पिछा गर्दा गर्दै उनी कता गइन् थाहा नै पाइन । म यता र उता हेर्दै थिए । मैले उनीलाई देखिन र उनीको गाडी पनि देखिन । म अचम्म परेको थिए । एकै नजरमा उनी कता हराइन् ।

यो हर रोज हुन थालेको थियो र रिया हर रोज हराउथिन् । हर रोज नयाँ ठाउँमा हराउथिन् । किन यस्तो गर्दै थिइन् आफूलाई नै थाहा थिएन । समय बित्दै गयो र मैले रियाको बारेमा केही थाहा पाइन । मैले मौका नै पाइन भन्दा नि हुन्छ । न त बोल्न पाए न त रियाको फोन अन छ । मेरो जिन्दगीमा के चलिरहेको छ आफूलाई नै थाहा छैन । 

११

एक दिनको कुरा हो । म रियाको पिछा गर्दै थिए । त्यही क्रममा उनी एक क्याफेमा गइन् । म पनि छिरे । छिरेपछि मैले उसलाई देखिन । कता हराइन् ? एकै छिनमा उनी हराएकी थिइन् । म छक्क परेको थिए कि उनी एकैछिनमा कसरी गायब भइन् भनेर । म केही बेर कुर्ने निर्णय गरे । म कुनामा गरेर बसेको थिए । म यता उता हेर्दै थिए । केही बेर पछिको कुरा हो । म आफ्नो मोबाइल गोजिबाट निकाले र समय हेरे । ५ बजेको रहेछ । म अनि फो जि खोल्ने क्रममा थिए र त्यही क्रममा मैले पवित्रलाई देखे  म हेरेको हेरै भए । मैले विश्वास गर्न सकिन । उनी मेरो अगाडिबाट गइन् । म पछि लागे । उनी आफ्नो साथीसँग् थिइन् । सुरुमा त सोचेकी भ्रममा छु तर यो मेरो भ्रम थिएन । पवित्रले मलाई देखेकी थिइनन् । केही समयपछि म त्यस क्याफेबाट निस्के । 

ज्ति जति म रियाको पछि लाग्छु त्यति नै मेरो अतित मेरो सामु आउँछ । हरेक क्षण म आफ्नो अतितमा पुग्दै थिए । रियाको पिछा गर्दा प्रायः मैले पवित्रलाई भेट्थे । जब म उनलाई देख्थे, मेरो दिमागले काम गर्न छोडेको थियो । हरेक क्षण म उनीलाई मात्र देख्थे । मेरो दिमागमा रिया र पवित्रसँग के सम्बन्ध छ भन्ने प्रश्न गुमिरह्यो । 

१२

केही वर्ष अगाडि.....

                 म जिममा थिए । बिहानको ८ः०० बजेको थियो । म ट्रेडमिलमा कुर्दै थिए । त्यही क्रममा मेरो भेट पवित्रसँग भएको थियो । उनी मेरो छेऊको ट्रेडमिलमा दगुदै थिइन् । केही समयपछि मैले उनीलाई देखेपछि म मुस्कुराए । उनी पनि मुस्कुरा्इन् । यो क्रम धेरै दिन चलिरह्यो । हामी धेरै हप्तासम्म बोलेका थिएनौ । 

दुई महिनापछिको कुरा हो । म आफ्नो कामको कारणले म जिम गएको थिइन । मलाई उनीले जिममा यता उति खोजिन् तर उनीले मलाई देखिनन् । उनीमा छटपट हुन थालेको थियो । उनीले यस दिन जिममा राम्रोसँग समय नबिताइकन फर्केकी थिइन् उनीसँग मेरो मोबाइल नम्बर थिएन । सायद भएको भए फोन गर्थिन् होला र मलाई सोधिन् होला म लगभग एक हप्ता जस्तो जिम गएको थिइन । 

१३

एक हप्तापछिको कुराको कुरा हो । बिहानको ८ः०० बजेको थियो । म ट्रेडमिलमा कुर्दै थिए । त्यही क्रममा पवित्र आइन् र ट्रेडमिलमा हिड्न थालिन् । मलाई देखेपछि मुस्कुराइन् र भनिन्,“हाई । तपाईलाई एक हप्तापछि देख्दै छु ।”

“मेरो काम थियो त्यसैले म आउन नसकेको ।” त्यसपछि कुरा हुन थालेको थियो । त्यही क्रममा मैले उनीको बारेमा जान्ने मौका पाएको थिए । उनी एक स्कूलमा पढाउने रहेछिन् । उनीले स्नातक डिग्री सकेकी थिइन् त्यो पनि अङ्गेजी विषयमा । 

त्यसपछि हामी धेरै कुरा गर्न र भेट्न थालेका थियौ । बोल्नको साथ साथै हामी बाहिर जान थालेका थियौ । उनी मसँग हुँदा धेरै खुशी हुन्थिन् । म पनि हुन्थे । त्यसको साथ साथै हामी दुई बिच शारीरिक सम्बन्ध पनि भएको थियो । 

हाम्रो सम्बन्ध भएको तीन महिनापछिको कुरा हो । उनी मेरो घरमा थिइन् । बेलुकाको ९ः०० बजेको थियो । हामी दुई जना वाइन पिउँदै आकाशको तारा हेर्दै रमाइ रहेका थियौ । पवित्रले केही समयपछि मलाई हेर्दै भनिन्, “विपिन ।”

“हजुर ।”

“मैले तिमीलाई एउटा कुरा भन्नु छ ।”

“भन न ।”

“म तिम्रो बच्चाको आमा हुँदै छु ।” पवित्रले गम्भीर भनेर भनिन् । 

“के ?” म उठे । 

“हो ।” उनी पनि उठिन् । 

“यो तिमी के भन्दै छौ ?”

“तिमी मलाई माया गर्दैनौ ?”

म मौन भए र पवित्रले मलाई हेर्दै थिइन् । मौनता तोड्दै पवित्रले भनिन्, “तिमी किन मौन भएको ? केही त बोल ।”

“म तिमीलाई माया गर्दिन । म तिमीसँग केही क्षणको लागि मात्र हो । मलाई तिमीसँग केही सम्बन्ध छैन् र राख्न पनि चाहन्न ।”

“यसको मतलब तिमी मसँग बिहे गर्दैनौ ।”

“हो, म तिमीसँग बिहे गर्न चाहन्न ।”

“अनि बच्चा ?” पवित्रको आँखा रसाएको थियो ।

“तिमी यो बच्चा नराख्न अनुरोध गर्छु ।”

“कसरी यो बच्चा नराख्नु ? यो बच्चा हाम्रो हो । प्रेमको निसानि हो । म कसरी पाल्नु ?”

“तिमी जे सुकै गर तर म तिमीसँग बस्न सक्दिन न त बिहे गर्न सक्छु ।”

“यो तिमी के भन्दै छौ ?”

“तिमीले जे सुनौ त्यति हो ।”

अनि हामी दुई बीच झगडा हुन थाल्यो । मैले रिसको झोकमा छेऊमा भएको भेसलले पवित्रलाई हिस्काए । एक चोटि होइन, दुई÷तीन चोटि हिस्काएको थिए टाउकोमा । अनि उनी भुँइमा लडिन् । म आत्तिए । छेऊमा गए । उनीको सास चेक गरे । सास चलेको थिए । म चाहिने भन्दा धेर आत्तिएको थिए । अनि मैले कसैले नदेख्ने गरि गाडीमा राखे । अनि जङ्गलमा लगरेर पालिदिए । कसैले देख्यो देखेन हेरे र कोही नदेखेपछि घर फर्किए । 

जिन्दगीमा मैले कसैसँग साँच्चो माया गरेको थिइन र केही कुरामा पनि गम्भीर थिइन । 

१४

प्वित्र त मरिसकेकी थिइन्  र कसरी उनी आउन सक्छिन् ? मेरै आँखाको अगाडि नै मरेकी थिइन् । मैले नै मारेको थिए । उनी कसरी बाँचिन् ? कसले बचायो ? मैले त जङ्गलमा लास पाल्दा कोही त थिएन । कसरी ? सोच्दा सोच्दै म पागल भएको थिए । आजकाल चारैतिर पवित्र मात्र देख्छु । यो कस्तो नाटक हो ? मैले बुझ्नै सकिन । 

अर्को दिन अर्थात् शनिबारको दिन थियो । म आजको दिन पनि रियालाई पिछा गर्ने योजनामा थिए । अनि म मैतिदेवी मन्दिर गए । हरेक शनिबार उनी मैतिदैवीमा आउथिन् । म बिहानको ८ः०० पुगेको थिए । म उनीलाई कुरेर बसेको थिए । त्यही क्रममा मैले पवित्रलाई देखे । म छक्क परे । म नजिक जाने क्रममा थिए । उनी लाइनमा थिइन् । जब म उनीको छेऊमा गए, उनी थिइनन् । उनीलाई देख्नुभन्दा  पनि नदेख्नुमा अचम्म परेको थिए । उनी कता हराइन् ? यता र उता हेरे । कतै देखिन । यति छिटो कता हराइन् ? 

सोही दिन म रातभर पवित्रको बारे सोचिरहे । म रातभर निदाउन सकेको थिइन । सोच्दा सोच्दै रातिको १२ः०० बजिसकेको थियो । त्यही क्रममा मेरो मोबाइलको घण्टी बज्यो । मैले नाम नहेरिकन फोन उठाए । 

“हेलो ।” मैले भने । 

“हेलो । के छ खबर ?” पवित्रको आवाज थियो । 

“पवित्र, तिमी ?” म छक्क पर्दै भने । अनि उनीले फोन काटिन् । फेरि फोन आयो र मैले उठाए । 

“हेलो ।” मैले भने । 

“आई एम बायक् ।” अनि फेरि फोन काटिन्छ । पवित्रको आवाज थियो । उनीले रातभर फोन गरिरहिन् । मलाई छटपट भइसकेको थियो । यो रोज हुन्थ्यो । म पागल भइसकेको थिए । पवित्रको कारण म आफ्नो काम राम्ररी गर्न सकेको थिइन । हर रोज उनीले मलाई नयाँ नम्बरबाट फोन गर्थिन् र म हैरान भइसकेको थिए । यो दुई महिनासम्म चलिरह्यो र म मानसिक रुपमा तनाव भइसकेको थिए । 

१५

म अफिसमा काम गर्दै थिए । कामहरु सक्नु पर्ने थियो । घर फर्केदा सधै बेलुका नै हुन्थ्यो । म काम गर्दै थिए र त्यही क्रममा मेरो मोबाइलको घण्टी बज्यो । मैले कसको नहेरि फोन उठाए ।

“हेलो ।” मैले भने ।

“हेलो । विपिन मलाई बचाऊ । विपिन मालई बचाऊ । मलाई बचाउन आऊ ।” रियाको आवाज थियो । 

“रिया, तिमी कहाँ छौ ? के भो तिमीलाई ?” मैले त्यही भनिसक्दा फोन काटियो । मैले फोन डायल गरे तर फोन स्विच अफ थियो । मलाई रियाले धेरै महिनापछि फोन गरेकी थिइन् त्यो पनि अप्ठ्यारो अवस्थामा । मैले नम्बर धेरै प्रयास गरे तर स्विच अफ थियो । 

अर्को दिन त्यही समय फेरि मेरो मोबाइलमा घण्टी बज्यो । मैले आज फेरि काम सूरमा कसको नम्बर नहेरि फोन उठाएको थिए । 

“हेलो ।” मैले भने । 

“हेलो । विपिन मलाई बचाऊ, मलाई बचाऊ ।” रियाकै आवाज थियो । 

“रिया, तिमी कहाँ छौ ? म तिमीलाई बचाउन आउँछु ।” मैले त्यति भनिसक्दा फोन काटियो । मैले फोन डायल गरे तर फोन स्विच अफ थियो । मैले हर रोज त्यही नम्बरमा डायल गर्थे तर स्विच अफ हुन्थ्यो । मलाई जान्न मन थियो कि उनीलाई के भयो र कामले त्यस्तो अवस्था ग¥यो । यो क्रम हप्तासम्म चलिरह्यो । म हर रोज तनावमा रहन्थे । कहिले पवित्रले फोन गरेर हैरान भएको थिए भने रियाको फोनले तनाव भएको थिए । 

१६

एक हप्तापछिको कुरा हो । साझँको ६ः०० बजेको थियो । म अफिसमा थिए । मेरो मोबाइलको घण्टी बज्यो । नम्बर हेरे । अपरिचित नम्बर थियो । उठाउन मन थिएन तर उठाए । 

“हेलो ।” मैले भने ।  

“हेलो । तिमीलाई रिया चाहिएको छैन ।” 

“पवित्र, रिया तिमीसँग ? कसरी ?” 

“बचाउन सक्छौ भने बचाऊ ।”

अनि उनीले मलाई ठेगाना दिइन् । मैले कहिले नसुनेको ठेगाना थियो र म अफिसको काम सकेर उनीले दिएको ठेगानामा गए । दुई घण्टा लागेको थियो पुग्न । 

एक जङ्गल थियो । धुलिखेलभन्दा पनि माथि । जङ्गलभित्र छिर्नु पर्ने । जङ्गल भनेर ठूलो जङ्गल होइन तर जङ्गल नै थियो । एउटा सानो घर थियो । म भित्र छिरे । ढोका खुल्दै थियो । म छिरे । अँध्यारो थियो । मोबाइलको बत्ती बाले । यता उता हेरे । हेर्दा लाग्थ्यो कि यो घरमा कोही नबसेको धेरै वर्ष भएको छ । अनि डिद्धि चढे । डिद्धि चढै थिए, छेऊमा विचित्रको चित्र थियो । अरु ठाउँमा थिएन । जति जति माथि चढ्दै जान्छु त्यति अँध्यारो थियो । मोबाइलको बत्तीले पनि नभाउने । कति चोटि लडे पनि । माथि पुगेपछि मैले हेलो भने । केही जवाफ आएन । मैले फेरि हेलो भने तर फेरि जवाफ आएन । त्यसपछि मलाई के गर्ने भयो । म दाँया जानु कि बाँया । केही समयपछि म बाँयातिर गए । अँध्यारो नै थियो । भित्तामा केही थिएन तर पनि अजिबको थियो । अनि सिधा गए र तल जाने बाटो थियो । म तल गए । तल गइसकेपछि मैले हेलो भने तर पनि कोही बोलेन र जवाफ पनि आएन । यता उता हेरे । त्यहि क्रममा मलाई पछाडिबाट कसैले हिर्कोयो । म बेहोश भए । दुई घण्टापछि मात्र होश आयो । होश आउँदा मलाई कुर्सीमा डोरीले बाधिएको थियो । यता उता हेर्दै थिए । त्यही क्रममा मेरो छेऊमा पवित्र र रिया आए । म अचम्म परे । 

“अचम्म परौ हैन त हामीलाई देखेर ।”

मैले टाउको हल्लाए । म मौन नै थिए । मसँग शब्द नै थिएन । वातावरणको मौनता तोड्दै मैले भने, “तिमी दुई जनाले एक अर्कोलाई कसरी चिनौ ?” 

“हामी दिदी बहिनी हौ ।” 

“ह्वाट् ?” मैले भने ।  

“हो ।” 

“तर तिमीहरुले आफ्नो परिवारको बारेमा केही भनेका थिएनौ ।” 

“हामीले जानि जानि तिमीलाई हाम्रो परिवारको बारेमा नभनेको । तिमीले सोध्दा पनि नभनेको ।” 

“मैले त पवित्रलाई मारेको थिए तर कसरी बाँच्यौ त ?” 

“खासमा म र पवित्र जुम्ल्याहा हौ । म पवित्र होइन । मेरो नाम निशा हो ।” 

म अचम्म पर्दै भने,“तिमीहरु जुम्ल्याहा ?” 

“हो । हामी जुम्ल्याहा हौ । तिम्रो बारे पवित्रले हामीलाई भनिसकेकी थिइन् । उनी खुशी थिइन् । जब उनी हराइन् हामीले पवित्रलाई धेरै खोज्ने प्रयास गरौ । कहि कतै भेटेनौ । नभेटेपछि हामीले हामीले पुलिस स्टेशनमा खबर गरौ र पछि पवित्रको लास भेटेयौ । थाहा पायौ कि उनीले बच्चा पाउने रहेछिन् । अनि तिमी प्रचित शङ्का भयो । त्यसपछि हामीले तिमीलाई पसाउने योजना बनायौ । रियालाई जानि जानि तिम्रो नजिक ल्यायौ । तिमीलाई तर्साउनको लागि म आएको हूँ । अनि हामीले योजना बनाए अनुसार तिमी यहाँ आयौ । अब तिमी मर्ने छौ ।” 

म मुस्कुराए । म मुस्कुराएको देखेर निशा अचम्म परिन् । मेरो साथ साथै रिया पनि मुस्कुराइन् । रिया मुस्कुराएको देखेर झन् अचम्म परिन् । यो देखेर निशाले भनिन्,“रिया, यो के हुँदै छ ?” 

अनि मैले भने, “अचम्म प¥यौ होइन तिमी ? रियाले मेरो बारेमा सबै थाहा पाइसकेकी थिइन् ।” 

“के ?” 

“हो । मलाई सबै कुरा थाहा छ । खासमा म र विपिन एक अर्कोलाई मन पराउछौ । पवित्रसँग कहिले प्रेम भएको थिएन । उनले यो कुरा पहिले नै भनेका थिए ।” 

“तिमीहरुले एक अर्कोलाई पहिले नै चिनेका थियौ ।” 

“हो । हामीले एक अर्कोलाई कलेज देखि नै चिन्थ्यौ तर हामीले एक अर्कोलाई चिनेका थिएनौ । विपिन मभन्दा सिनियर थिए तर हामीले एक अर्कोसँग बोल्न मौका पाएका थिएनौ । हामीले चिनेको र माया बसेको भर्खरै हो । पवित्रको बारे उनीले नै भनेका थिए ।” 

“खासमा पवित्रलाई मैले राम्रो हेरेको थिए । उनीले चाँहि मलाई मन पराउन थालेकी थिइन् र मलाई प्रेम प्रस्ताव राखेकी थिइन् जुन मैले धेरै अस्वीकार गरेको थिए । उनीलाई त मेरो मिल्ने साथी राकेशले मन पराउथ्यो । उसलाई मैले सबै बताएको थिए । त्यही कुराको फाइदा राकेशले उठायो । एक दिन राकेशले पवित्रलाई मैले भेट्छु भनि एक लजमा बोलायो र उनी आइन् । राकेश धनी बुवाको बिग्रेको व्यक्ति थिए । प्लास्टिक सर्जरी गर्नु ठूलो कुरा थिएन र मेरो अनुहारको प्लास्टिक सर्जरी गरेका थिए । पवित्रले यो कुरा थाहा पाइनन् । पछि राकेशले फाइदा लिएर बेपत्ता भए । पछि उनील गर्भवतीको कुरा गरिन्, म छक्क परेको थिए । उनीले मसँग बसेको, धुमेको सबै भनिन् र फोटोहरु पनि देखाइन् । म छक्क परे । उनी धेरै सम्झाउन कोसिस गरे तर उनी मेरो कुरा सुनिनन् । त्यस रात हाम्रो झगडा परेको थियो । मैले जानिकन हिर्कोएको थिइन । त्यो गल्ती मेरो थियो । तिमीलाई थाहा छैन कि पवित्र बाचेकी छन् भनेर । मैले उनीलाई तुरुन्तै अस्पताल लगेको थिए । मलाई थाहा थियो कि राकेशले गरेको भनेर । जब मैले राकेशले गरेको हो भन्ने थाहा पाए, उनीलाई खोजे तर भेटिन । मैले पवित्रलाई सबै कुरा भने र उनीलाई यहाँबाट धेरै टाढन पठाए । पवित्रले नै मलाई भनेकी थिइन् कि एउटा लाशमा उनको लुगा लगाएर दूनियाको अगाडि मरेको बनाउने । यो उनीको खुशीको लागि गरे । आफ्नो साथीको खुशीको लागि गरे । मेरो गल्ती यही थियो कि राकेश जस्तो बिग्रेको मान्छेलाई धेरे विश्वास गरे र आफ्नो सबै कुरा गरे ।

तिमीले जसको लाश देख्यौ, त्यो हामीले अस्पतालबाट लुकेर गरेका थियौ र जङ्गलमा पालेका थियौ । उनीलाई निको भएपछि उनीलाई नेपाल बाहिर पठाए । म कसैलाई पनि भन्न सक्दिन कि उनी कहाँ छिन् भनेर किनकि मैले उनीको कसम खाएको थिए । राकेशलाई अहिलेसम्म भेटेको छैन ।” 

“अनि पवित्रको बच्चा ?” निशाले भनिन् ।  

“छोरी छ ।” 

वातावरणमा मौनता छाएको थियो । तीनै जनाले एक अर्कोलाई हेर्दै थिए । निशाको आँखामा पश्चात थियो र मेरो आँखामा पनि । 

केही समयपछि, निशाले मौनता तोड्दै भनिन्,“तिमीलाई मेरो बारेमा थाहा थियो ?” 

“रियाले सबै कुराहरु भनिसकेकी थिइन् । जब तिमीले मलाई फोन गरौ, मैले पवित्र होइन भन्ने थाहा पाइसकेको थिए । पछि रियालाई सबै कुरा भनिसकेको थिए । सुरुमा त उनीले विश्वास गइनन् र धेरै दिनहरुसम्म गायब भइन् । मैले पवित्रको नम्बर दिए र उनीसँग कुरा भएपछि, पत्ताइन् र सबै कुरा मलाई भनिन् । तिम्रो योजनामा फेल नहोस् भनि म मौन भए । तिमीलाई साँच्चो कुरा भन्नु नै थियो । मलाई माफ गर । मेरो गल्ती पनि छ ।” 

निशा र रिया मौन थिए र एक अर्कोलाई हेर्दै थिए । निशाको छेऊमा रिया गइन् र भनिन्, “विपिनलाई माफ गरिदिनु होस् ।” 

“निशा, यदी तिमी भन्छौ भने, म नेपालमै छोडेर जान्छु तर मलाई माफ गरिदेऊ ।”

उनीले डोरी खोल्दिन् र भनिन्, “मैले तिमीलाई माफ गरिसके तर पवित्रको बारेमा केही भन्न सक्छौ ?”  

“मलाई माफ गरिदेऊ । म भन्न सक्दिन । उनी जहाँ भए पनि खुशी छिन् । म केही दिनमा तिाीलाई फोन गर भन्छु ।”

उनी सहमत भइन् । हामी त्यस ठाउँबाट निस्कियौ । 

१७

दुई हप्तापछिको कुरा हो । म एयरपोर्टमा थिए । रिया र निशा पनि थिए । रियाको आँखामा आँसु थियो । मैले रियालाई हेर्दै भने,“नरोऊ न । म दुई वर्षपछि आइहाल्छु नि ।”

“म तिमीलाई माया गर्छु ।”

“म पनि गर्छु र मेरो विश्वास गर म पछि आउँछु । निशा रियालाई सम्झाउन ।” निशाले सम्झाउदै थिइन् र मैले उनीलाई हग गरे । अनि म एयरपोर्ट भित्र छिरे । भित्रको काम सकेर म केहि समय बसे । केही घण्टापछि म प्लेनमा थिए । म नेपाल छोडेर अमेरिका जाँदै थिए । मेरो वास्तविता कसैलाई थाहा थिएन । हो, मैले पवित्रलाई मारेको थिए । मैले उनीलाई प्रयोग गरेको थिए । रियासँग पनि नाटक गरेको थिए । राकेशको कहानी झुटो थियो । कहानी बनाएको थिए । सजिलै पत्ताएका थिए दुवै जनाले । मलाई रियाले निशा र पवित्र जुम्ल्याहा हुन् भनेकाी थिइन् । पवित्रको आवाज मैले निकालेको थिए । मैले पवित्रको आवाज अभ्यास गरेको थिए । सिम त मैले नक्कली निकालेको थिए । रिया र पवित्र मात्र नभएर आफ्नो मनोरञ्जनको लागि अरुलाई पनि प्रयोग गरेको थिए र प्रयोग गरेपछि माज्थे र पाल्थे । कसैलाई पनि थाहा थिएन किनकि म प्रमाण राख्दिन थिए । आत्महत्या गरेको पनि देखाउथे । पवित्र र रियालाई विश्वास दिलाए आफ्नो कहानी सुनाएर । 

पवित्रको आवाज निकालेर रिया र निशासँग कुरा गरे । उनीहरुलाई म बेलायत जाँदै छु भने ताकि उनीहरुले मलाई नभेट्योस् भनेर । खासमा म अमेरिका जाँदै थिए र म खुशी थिए । 



 

 

Comments

Popular Posts