पहिलो जागिर

साल २०७२ चैत्र महिनामा मैले जागिर पाएको थिए । इन्हुरेड इन्टरनेशनल भनिमण्डलमा भयो भने अहिले सरेर कुपोडोलमा सयो । मैले लैङ्गिक समानता र सामाजिक समालेशीकरण (जेसी) परियोजना कार्यक्रम सहायकको रुपमा २ वर्ष काम गरे ।

सुरुमा दिनहरुमा काम गर्दा मलाई के गर्ने थाहा थिएन किनकि यो पहिलो जागिर थियो । पछि बिस्तारै काम बुझ्दै गए, के गर्ने थाहा पाए, कसरी गर्ने थाहा पाए र काम सिक्दै गए । त्यसको साथ साथै मानिसहरुसँग कसरी बोल्ने, कसरी रिपोर्ट लेख्ने, समस्याको समाधान कसरी गर्ने आदि सिक्न पाइयो ।

काम त सिकियो र त्यसको साथ साथै राम्रो साथी पाएको थिए । अफिस सकेर हामी साथीहरुसँग लापिङ्ग खान जाथ्यौ र गफ गथ्यौ । एक अर्कोलाई चिन्ने मौका पाए । रमाइलो हुन्थ्यो । धेरै हास्थ्यौ पनि । त्यसको साथ साथै केही नआएको सिकाउने गर्थे ।

पछि केही साथीहरु विदेश गए र उनीहरु गएपछि अफिस सूनसान लाग्थ्यो । धेरै कुराहरु मिस हुन थाल्यो । रमाइलो हुन छाडेको जस्तो अनुवभ भएको थियो ।

काम गर्ने क्रममा मैले धेरै तालिमहरुमा सहभागि भएको थिए । तालिमहरुम सहभागि हुँदा मैले धेरै कुराहरु सिक्ने मौका पाए । त्यसको साथ साथै धेरै व्यक्तिहरुसँग भेट्ने मौका पाए । उनीहरुको अनुभवबाट सिक्ने मौका पाए । त्यसको साथ साथै मेरो आत्म विश्वास बढेर आएको थियो । तालिमहरुमा सहभागि भएपछि धेरै अध्ययन गर्नु पर्छ भन्ने थाहा पाए । त्यसैले म सकेसम्म अध्ययन गर्न थाले ।

अहिले सम्झदा यो अफिस धेरै मिस गर्छु । यो अफिसमा काम गर्दा धेरै कुराहरु सिकेको छु । अफिसको साथ साथै आफ्ना साथीहरु मिस गर्छु र ती पलहरु पनि मिस गर्छु ।



Comments

Popular Posts