मेरो अधुरो पागल प्रेम १

रातिको १०ः४५ बजेको थियो । म हतारिदै टि.भी खोले । अनि बिग बोस आउने च्यानल लगाए । बिग बोस सुरु भइसकेको थियो । सुरु भएको एक हप्ता भएको थियो । यो एक हप्तामा मलाई ए व्यक्तिबाट प्रभावभिक भएको थिए । उनी फिल्मकी हिरोइन थिइन्—कोयना मित्रा तर बीचमा उनी हराएकी थिइन् । उनी धेरै राम्रो नाचिन् । पछि किन हराइन् भन्ने धेरै प्रश्नहरु थिए । 

म उनीबाट प्रभावभिक हुनुको कारण उनीको व्यक्तिगत थियो । धेरै व्यक्तिहरु नाटकहरु गर्थे । आफ्नो साँच्चो रुप पनि देखाउदैन थिए तर उनीले त्यति नाटक गरिनन् । आफ्नो साच्चिकै रुप देखाएकी थिइन्  । मैले हरेक भाग हेरेको थिए र उनी प्रति म हर रोज फिदा भएको थिए । घरमा गरेको काम होस् वा अरुसँग बोल्दा होस् उनीमा केही त छ जो मलाई तानिरहेको थियो । बिग बोसमा उनीलाई अरु सहभागी जस्तो देखाएको थिएन । सायद उनीलाई आफूलाई त्यति क्यामेरा आउन मन नपरेको होला वा पनि नाटक गरेको मन परेको हुन सक्छ । 

कथा त अहिलेभन्दा पछि सुरु हुन्छ । कथा सुरु उनी बिग बोसबाट निस्केपछि हुन्छ । उनी २ हप्तापछि बिग बोसबाट निस्किन् । यहाँबाट सुरु हुन्छ मेरो प्रेम कहानी । उनी २ हप्तापचि बिग बोसबाट निस्किन् । यहाँबाट सुरु हुन्छ मेरो प्रेम कहानी । उनी बिग बोसबाट निस्किसकेपछि मैले उनी बारे मैले गुगलमा खोजे र उनीको अन्तरर्वार्ताहरु हेर्न थाले । त्यसपछि म उनीबाट अझ प्रभावभित हुन थाले । उनीको जति जानकार पाए, उनी म जस्तै लाग्न थाल्यो । उनी म जस्तै इमान्दार, मनमा लागेको कुरा सिधै भन्ने र मन दरो भएको व्यक्ति लाग्यो । 

भनिन्छ, जीवनमा एक पल्ट कुनै न कुनै स्टारसँग क्रस हुन्छ । मेरो पनि भयो । अनि मैले उनीको नाम मैले आफै राखिदिए, अनमोल किनभने उनी मेरो लागि अनमोल भइसकेकी थिइन् । 

म हर रोज उसलाई सपनामा देख्न थालेको थिए । यसपछि मैले उनीको फिल्महरु हेर्न थाले । उनी प्राय गानामा नाच्ने गर्दि रहेछिन् । उनीले नाचेको गित ‘साकी साकी’ हिन्दी फिल्म मुसाफिरको धेरै चलेको थियो । अनि मैले यो फिल्म युट्टुबमा हेरे तर उनीको भूमिका धेरै सानो थियो रहेछ र उनी यो फिल्ममा मरेपछि मैले हेर्न छोडे । अनि मैले अर्को चलचित्र अनामिका हेरे । त्यसमा उनीको भूमिका रहेछ । यो फिल्म मा उनी राम्रो देखिनुको साथ साथै अभिनय पनि राम्रो लाग्यो । मलाई यी फिल्महरुभन्दा अर्को फिल्म मन परेको थियो जसको नाम थियो—आफ्ना सपना मनि मनि । मैले यो चलचित्र धेरै चोटि हेरेको छु । मलाई यो चलचित्रको गीतहरु पनि धेरै मन परेको थियो । सबैभन्दा मन परेको गीत चाँहि ‘दिल मे बजी गितार’ साह्रै राम्रो लाग्छ । 

बिग्ग बोस सुरु भएको डेढ महिनापछि कुरा हो । म बौलायन आँटेको थिए । म हर रोज उसलाई मात्र सम्झन थालेको थिए । सपनामा उनीलाई नदेखेको दिन नै छैन । त्यसैले मैले उनले पढेको विश्वविद्यालयमा छात्रवृतिको लागि आवेदन हाल्न भनि सोचेको थिए तर सकिन । उनीले पढेको कलेजमा सिर्फ केटीहरु लागि मात्र रहेछ । 

मैले कोलकतामा भएको कलेज हेरे । अनि एउटा कलेज भेटे । कलेजको नाम एमिटि कलेज थियो । मैले एम. ए आईटीको लागि भर्ना र सबै तयारी गरे र त्यसको लागि अपलाइ गरे । यसैमा मैले छात्रवृति पाए । 

मैले छात्रवृति पाइसकेपछि मैले बुवा आमालाई भने । सुरुमा त दुःख व्यक्त गर्नु भयो । मैले यही राम्रो जागिर पाएको थिए । किन छोड्ने कुरा व्यक्त गर्नु भयो । 

मैले भने,“म पढ्न चाहन्छु । एम ए आईटी गरे भने, मैले अरु मौका पाउछु । मलाई बाहिरको पढाइ कस्तो हुन्छ भन्ने जान्न चाहन्छु । मलाई जान दिनु होस् न ।”

“तर भारत नै किन ? अरु चाँहि किन नरोजेको ?”

“मेरो दिमागमा भारतमै गयो ।”

मेरो बुवाआमालाई सम्झाउन धेरै गाह्रो भएको थियो । एक हप्तपछि मात्र मान्नुभएको थियो र म धेरै खुशी भएको थिए । आज मलाई मेरो सपना पूरा हुने भए जस्तो लारयो । मेरो खुट्टा जमिनमा थिएन , म यो रात सुत्न सकिन र म उसकै यादमा डुबे । मैले यो रात कोयनालाई नै देखे । उनी मलाई देखेर धेरै खुशी थिइन् ।  

डिसेम्बरको महिना थियो । जनवरी २, २०२० देखि सुरु हुने थियो । म अगाडि नै जान हतार भएको थियो । डिसेम्बरको १५, २०१९को दिन थियो । मेरो कोलकाता जाने दिन थियो । मेरो फाइन्ट दिउँसो १ बजेको थियो । मसँगै बुवा जाँदै हुन्थ्यो । मेरो राम्रो व्यवस्था नहुन्जेल काृलकाता बस्ने निर्णय गर्नुभएको थियो । 

हामी ११ः०० बजे नै एयरपोर्टमा पुग्यौ । हामी चेक ईन गरौ । चेक ईन गरिसकेपछि हामी केही बेर बस्यौ र १२ः१५ तिर बोडिङ्गको लाइनमा बस्यौ र केही समयपछि हामी प्लेनमा चढ्यौ । प्लेन चढेपछि मैले आमालाई फोन गरेर प्लेनमा चढेको सूचना दिए । फोनमा पनि राम्ररी जान आग्रह गर्नुभएको थियो । उहाँ धेरै दुःखी हुनुभएको थियो । 

काठमाडौबाट कोलकता पुग्न २ घण्टा २८ मिनेट लाग्थ्यो । म हतारमा थिए । मन बेचेन थियो । एक बज्यो । प्लेनले टेक अप भयो । टेक अप हुनु अगाडि एयर होस्टसले सिट बेल्ट लगायत अरु प्लेन सम्बन्धि जानकारी दिँदै थिइन् ।
 
कक्षाहरु सुरु हुन केही हप्ताहरु बाँकी थियो । बुवा र म दिउँसो डेरा खोज्न गयौ । डेरा नभेटे होस्टेलमा बस्ने कुरा थियो । मेरो चाहना डेरा थियो । होस्टेलमा बस्यो भने मैले कोयनालाई भेटने छैन । त्यसैले छिटो भन्दा छिटो डेरा भेटियोस् जस्तो भएको थियो मलाई । नभन्दै विश्वविद्यालयको छेऊमा डेरा भेटियो । विश्वविद्यालय पुग्न १० मिनेट लाग्थ्यो । मलाई धेरै सजिलो भएको थियो । त्यसपछि हामी होस्टेलबाट निस्कियौ । एउटा कोठा, भान्छा र बाथरुम थियो । मेरो लागि यो ठीक थियो ।  मेरो  लागि यो ठीक थियो । म धेरै खुशी भएको थिए । 

ठीक भइसकेपछि, बुवाले भन्नुभयो,“सबै कुराहरु तयार भइसक्यो, अब म  भोलि नै जानु पर्छ । टिकट मैले लिइसकेको छु । भोलि दिउँसो ३ः०० बजेको उडान छ । राम्ररी पढ्नु । पैसाको काम प¥यो भने, मलाई फोन गर्नु । छुट्टीको दिनमा मिलाएर घर आउनु ।”

“हुन्छ ।” हामी दुवै जना मौन भयो । मन उदास भयो । जिन्दगीमा म कहिले पनि एक्लै बसेको थिइन । यो पहिलो पटक हो, म एक्लै बस्दै छु । अब सबै काम आफै गर्नु पर्ने छ । घरमा बुवा र आमाले गर्नु हुन्थ्यो तर आज यो ठाउँमा सबै आफै गर्नु पर्ने छ । एक छिन बुवालाई हेरे । उहाँले पनि मलाई हेर्दै हुनु हुन्थ्यो । हामी एक अर्कोलाई हे¥यौ मात्र । मेरा आँखा रसाए । म के भन्नु जस्तो लाग्यो । मसँग शब्द नै थिएन ।

बुवासँग कति पछि भेट हुन्छ थाहा छैन । त्यसैले आज बुवासँग बाहिर निस्के । नरमाइलो लाग्यो । छुटिने बेला कस्तो होला ? 

भोलिपल्ट खाना खाएपछि सबै तयारी गयौ । बुवा एकछिन आराम गर्नु भयो । म चाँहि मोबाइल चलाउदै व्यस्त भए । ४५ मिनेटपछि मैले समय हेरे । १ः०० बज्न १५ मिनेट भएको थियो र मैले बुवालाई उठाए । अनि हामी सामान मिलाएर कोठाबाट निस्कियौ । ट्याक्सी चढ्यौ र एयरपोर्ट पुग्यौ । बुवालाई अंगालो हाने । नरमाइलो फिल गरे । म बुवा गएको हरिरहे । बुवाले पनि पछाडि फर्केर हेर्नुभयो । आँखाबाट आँसु झ¥यो । एउटा केटीको लागि नेपाल छोडेर आएको थिए र आफ्नो बुवा आमालाई छोडेर आएको थिए । बुवा सबै काम सकेर भित्र छिर्नु भयो र म फर्के  र आफ्नो डेरामा गए । केही बेर आराम गरे । केही बेरपछि बाहिर निस्के र खान थाले ।   

लेडी बाबोर्न कलेज जाने तयारीमा थिए । खाना खाइसकेको थिए । म तयार भइसकेको थिए । म आफ्नो डेराबाट ट्याक्सी चढे । ४० मिनेट जस्तो लाग्दो रहेछ । मैले पैसा तिरेर धन्यवाद भने । अनि म भित्र छिरे । मलाई थाहा थाहा थियो कि कोयनाको ठेगाना सजिलै पाउने बाला छैन । 

म प्रशासनमा सोध्दै पुगे । पुगे पछि मैले भने,“हेलो ।”

“हेलो ।” प्रशासनमा अमित सिंह थिइन् । 

“मलाई जानकारी चाहिएको थियो ।”

“के होला ?”

“मेरो बहिनी नेपालबाट आउँदै छिन् । यो बलेजमा भर्ना गर्नको लागि जानकारी चाहिएको थियो ।”

अमित सिंह के बोल्दै थिइन् मलाई याद नै छैन किनभने मेरो ध्यान उनी भन्दा पनि कलेजको यता उता हेर्दै थिए । केही बेरपछि मलार्ई फारम दिइयो । मैले पछि फारम ल्याउछु भने । उनले हुन्छ भनिन् । त्यही क्रममा मैले भने,“म तपाईको कलेज हेर्न सक्छु ?”

“हुन्छ ।”

अनि म कलेज हेर्न थाले । मसँग एक जना व्यक्ति थिए जसले मलाई कलेज देखाउदै थिए । त्यही क्रममा मैले उनलाई सोधे,“विद्यार्थीहरुको डाटाहरु कता राखिएको हुन्छ ?”

उनले मलाई अचम्म पाराले हेरे । मैले गलत प्रश्न सोधे कि भन्ने भयो । अनि मैले फेरि भने,“आई एम सरी ।”

“ठीक छ ।” अनि उनले विद्यार्थीहरु जानकारी भएको ठाउँमा लगे । लगिसकेपछि उनले भने,“यो ठाउँमा विद्यार्थीहरुलाई त्यति आउन दिइदैन । यसमा आउन अनुमति चाहिन्छ ।”

मैले टाउको हल्लाए मात्र । कलेजको सबै हेरे । राम्रो लागेको थियो कलेज । कलेज पूरानो भए पनि  ठूलो र सूविधा थियो ।

चार दिनदेखि कलेज निहालेर हेरे । बेलुका पनि हेर्न गए । कसरी कोयनाको जानकारी लिने भएको थियो । सबैतिर हेर्छु सजिलै पाइदैन जस्तो लाग्यो । अनि मैले अर्को उपाय निकाले । मैले घर गएर आफ्नो अनुहार हेरे । अलिकति दाह्री पलाएको रहेछ । काटे । अनि भोलिपल्ट केटीको लुगा लगाएर भित्र पसे । कसैलाई पनि शङ्का भएको थिएन । म यता उता हेर्दै भित्र छिरे । म विद्यार्थीको जानकारी भएको ठाउँमा गए । भगवानले मेरो साथ दिएको होला कोठा खुल्दै थियो र कोही पनि थिएन । म गए । मैले के भएको ठाउँममा गए । कोयनाले मनोविज्ञानमा मास्टस् डिग्री गरेकी थिइन् । मैले यता उता हेरे । कोही पनि थिएन र खोज्न थाले । अनि कोयना भित्र खोजे र भेटे । मोबाइल लिएर खिचे । खिचि सकेपछि म बिस्तारै बाहिर निस्के । राम्ररी नै बाहिर निस्के । म भित्र र बाहिर निस्कदा कोही आएन । मनमा शान्ति छाएको थियो । म खुशी हुँदै डेरामा गए ।  

घर जाने बितिकै लुगा नफेरि म मोबाइल खोले । मेरा खुशी धेरै बेर रहन सकेन । उनी अहिले सिलबर बीच अपार्टमेन्ट, मुम्बई, महाराष्ट्रमा रहेछ । अब के गर्ने भयो ? कलेज त अब एक हप्ता बाँकी थियो । कोलकाताबाट मुम्बई पुग्न ४१ घण्टा लाग्ने रहेछ । म अलमल्ल परे । केही बेरपछि सोचे कि म भेटेर आउँछु । कलेज एक हप्ता ढिलो गए नि फरक पर्दैन भनि म लुगा मिलाएर हिडे । घर वालालाई दुई हप्तापछि आउँछ भनेर गए ।
 
म रेलबाट गएको थिए । ४२ घण्टाभन्दा धेर लागेको थियो । नयाँ शहरमा जाँदै छु । कोही आफूले चिनेको छैन । तैपनि म जाँदै थिए आफ्नो सपनाको रानिलाई भेट्न । के कस्तो हुन्छ थाहा छैन । मेरो प्रतिक्रिया के आउँछ आफूलाई नै थाहा छैन । 

४२ घण्टाभन्दा धेरै घण्टापछि म मुम्बई आइपुगे । रेलबाट झरेपछि म ट्याक्सीलाई बोलाए र ठेगाना दिए । ट्याक्सीवालाले राम्ररी पुयाइदिए  । नेपालमा भएको भए ट्याक्सी डाइभरसँग कुरा गइथ्यो तर यो ठाउँमा बोल्ने उचित सोचिन किनभने मेरो लागि यो ठाउँ नौलो थियो । केही बेरपछि म सिलबर बीच अपार्टमेन्ट पुगे । 
गेट अगाडि पुगेपछि गेट पालेले मलाई रोके र भने,“तपाई कता ? कसलाई खोज्नुभएको हो ?”

म केही बेर अलमलमा परे । म के भन्ने भयो तर पनि मैले साँच्चो कुरा गर्ने निर्णय गरे र भने,“म कोयना मित्रालाई भेट्न आएको । उहाँ हुनु हुन्छ ?”

गेट पाले मेरो कुरा सुनेर हाँसे र भने,“तपाई जस्ता पागल प्रेमीहरु धेरै आउँछन् यहाँ । तपाईले त्यति सजिलै भेट्न सक्नु हुन । तपाई जस्ता कति आउँछ र जान्छन् ।”

“प्लिज, मलाई एक चोटि भेट गराइदिनुन ।”

“प्लिज त धेरैले भन्ने गर्छन् । तपाई यहाँबाट गइहाल्नु होस् ।” उनी रिसाउदै भने । म त्यो अपार्टमेन्ट हेरेर फर्के । सोचे जस्तो कहाँ हुँदो रहेछ । मैले सजिलै भेट्छु भन्ने भयो  तर कति गाह्रो रहेछ भेट्न । अब म कहाँ जाने र कहाँ बस्ने ? 

बस्ने ठेगाना नभएपछि म कहिले बाटोमा सुत्थे त कहिले कता । म धेरै चोटि त्यो अपार्टमेन्टमा नजर लगाए । कतिबेला कोयना निस्कछिन् र के गर्छिन् भन्ने थियो । मलाई पिछा गर्न मन थियो । 

दुई हप्तापछिको कुरा हो । दुई हप्तासम्म मेरो बसाई विचित्र तरिकाले बितेको थियो । मेरो न त बस्ने ठेगाना थियो न त खानेको । त्यसको साथ साथै म बलेज पनि गएको थिइन । मेरो हालत वेहाल भएको थियो तर दुई हप्तापछि मेरो जिन्दगी नै परिवर्तन हुने वाला थियो । नराम्रो मोड लिने वाला थियो । 

म अपाार्टमेन्टको अगाडि थिए । गेट पालेले नदेख्ने गरि बसेको थिए । आईतबारको दिन थियो । उनको जन्मदिन थियो । म बिहानदेखि उनीलाई नै कुरेर बसेको थिए । एक घण्टापछिको कुरा हो । गेटबाट उनी निस्किन् । उनीले सारी लगाएकी थिइन् । मेक अप गरेकी थिइनन् । कपाल छोडेकी थिइन् । साह्रै राम्ररी देखेकी थिइन् । म केही बेर हेरिरहे । अनि पछि लागे । उनी नजिकैको मन्दिरमा गईन् । म पछि नै थिए । म लुकेर हेरिरहेको थिए । म भित्र छिरे । म उनीको नजिक गए र हात जोडे । मेरो ध्यान चाँहि उनीमा नै थियो । म हेरेको हेरै भए तर उनको ध्यान मतिर थिएन । उनीले मलाई नहेरिकन फर्किन् । म उनको पछि पछि लागे । उनी के गर्छिन् र कहाँ जान्छिन्, सबै पत्ता लगाए । उनीको जानकारी पाउँदा म धेरै खुशी भएको थिए । मैले उनलाई भेट्ने योजना बनाए । मन र दिमागमा धेरै हलचल थियो । भेटेपछि के हुन्छ, मलाई थाहा छैन । 

१०
म केही दिनको लागि दिनको लागि अपार्टमेन्टमा बस्ने निर्णय गरेको थिए तर मसँग पैसाको कारणले बस्न गाह्रो जस्तो भएको थियो । म के गरु भयो तर पनि मैले आँटे । मैले जागिर खोज्छु र पैसा तिर्ने निर्णय गरे । अनि अलिकति पैसा तिरेर अपार्टमेन्टमा बस्ने निर्णय गरे र बिस्तारै बाँकी पैसा तिर्ने निर्णय गरे । भाग्यले मेरो साथ दिए जस्तो लाग्छ । कोयना मित्राको रुम्को अगाडि नै मेरो फ्लाट भयो । मैले उनीलाई देख्न पाए भनेर धेरै खुशी भएको थिए । उनीको रुम नम्बर ३०० थियो भने, मेरो रुम नम्बर ३०१ म थियो । 

म अपार्टमेन्ट आएको दुई दिनपछिको कुरा हो । मैले एउटा पत्र लेखे । 
प्रिय कोयनाजी, 
             म तपाईको ठूलो प्रंशसक हूँ । म नेपालबाट हूँ । मैले तपाईलाई बिग बाँस हेरेको थिए । मलाई तपाईको सोभाव धेरै मन परेको थियो । तपाईको सोभावले गर्दा तपाईको प्रशंसक भएको हूँ । त्यसपछि मैले तपाईको फिल्महरु हेर्न थाले । तपाई राम्रो नाच्नुको साथ साथै राम्रो अभिनय गर्नु हुँदो रहेछ । तपाईको अभिनयमा जिवन्त छ । बनाउटि छैन । त्यो आफ्नै आउँछ । तपाईको अरु चलचित्र हेर्नै रहर छ । आशा छ, तपाईका चलचत्रि आउनेछ ।  
                                                                                                                                     तपाईको शुभचिन्तक
                                                                                                                                                सफर

मैले यो पत्र बिहान नै उनीको रुमको कोठाको तलबाट छिराए । अनि म आफ्नो कोठामा गए । उनी आएको देखे र उनी भित्र छिरिन् । उनी कोठामा गरिन् र उनीले त्यो पत्र हेरिन् । पढिन् तर वास्तन गरिनन् । त्यसको पत्र धेरै आउँछन् । कसलाई जवाफ दिने ? मुस्कुराइन् मात्र । अनि आफ्नो बाथरुममा गइन् । पत्र पठाउने क्रम धेरै दिनसम्म चल्यो । म उनीलाई धेरै चोटि पत्रहरुरु पठाउथे तर मेरो जवाफ आउदैन थियो । मेरो रिस काबोमा गर्न सकेको थिइन । मलाई के गरौ गरौ भएको थियो । एक चोटि जवाफ दिएको भए के हुन्थ्यो । म जस्तोले गरेर उनीले आफ्नो स्थान बनाएको जस्तो लाग्छ ।

११
मैले ३००मा ढोका ढकढकाए । उनीले भनिन्,“को हो ?”

म के भनू भयो । उताबाट को हो भन्ने आवाज आइरह्यो । केही क्षणपछि उनीले ढोका खोलिन् र हामीले एक 
अर्कोलाई हे¥यौ । 

“तपाई ?” उनीले अचम्म पाराले हेरिन् । 

म उनीलाई हेरेको हेरै भए । उनी मलाई अचम्मित भएकी थिइन् । उनीले मलाई ठूलो स्वरले हेलो भनेपछि मात्र म होसमा  आए । 

“हजुर । तपाई ? ”

“रुम सर्भिस् । तपाईलाई केही चाहिएको छ कि भनेर सोध्न आएको ।”

“अहिलेको लागि केही चाहेको छैन । धन्यवाद ।” उनी मुस्कुराइन् र कोठा बन्द गरिन् । म चाँहि खुशी  भएको थिए । उनीसँग केही क्षण बोल्न पाए भनेर । उनीले कोठाको ढोका खोल्दा मैले केही क्षण उनीको रुम हेर्न पाएको थिए । 
दुई दिनपछिको कुरा हो । म फेरि उनीको कोठा ढकढकाउन पुगे । उनीले कोठा खोलिन् । मलाई देखिन् । मलाई देखेपछि उनीले भनिन्,“तपाई फेरि ? तपाईले अस्ति मलाई रुम सर्भिस् भनि ठग्नु भयो । यहाँ त रुम सर्भिस छैन । तपाई मेरो पीछा गर्दै हुनु हुन्छ ?”

“हो ।”

“हँ ?”

“होइन । त्यस्तो होइन । खासमा मैले तपाईलाई बरडामा एक्लै चिया पिउँदै गरेको देखे । सोचे तपाईसँग चिया पिउँ ।”

“तपाई को ?” उनी अचम्मित हुँदै भनिन् । 

“तापईको छिमेकी ।” अनि मैले आफ्नो रुम देखाए । उनीले चासो देखाइनन् । म मौन नै बसे । उनीले मलाई हेरिन् । मलाई डर लाग्यो कि उनी रिसाइन् कि भनेर । अनि मैले भने,“आइ एम सरी । यदी मैले केही नराम्रो भनेको भए ।”

अनि मैले त्यस रुमबाट आफ्नो रुममा गए । मलाई पछाडि फर्कन मन थियो तर सकिन । यदी पछाडि पर्केको भए के हुन्थ्यो मलाई नै थाहा छैन ।  

१२
त्यस भेटपछि हामी एक अर्को देख्थ्यौ । मैले हाइ गर्थे । उनीले मुस्कुराउथिन् मात्र । म धेरै चोटि बोल्न खोज्थे तर उनी मलाई त्यति भाउ दिएकी थिइनन् तर एक हप्तापछि अचम्म भएको थियो । म आफ्नो रुमबाट निस्के । बिहानको ७ः३० बजेको हुनु पर्छ । म बाहिर जाने क्रममा थिए । त्यही क्रममा मैले हाई भनेको सुने । म त सुरुमा याद गरिन । पछि धेरै चोटि हेलो भनेको सुनेर म पछाडि फर्के । 

पछाडि फर्केदा कोयना थिइन् । म उनीको नजिक गए र उनीले भनिन् “आइ एम सरी । अस्तिको कुराको लागि सरी । मसँग चिया पिउनु हुन्छ ?”

म मुस्कुराए र हुन्छ भने । मेरो मनमा लडु पू¥यो । दङ्ग पर्दै म उनीको पछि लागे । मलाई सोफामा बस्न आग्रह गरिन् । म सोफामा बसे । उनी चिया पकाउन गइन् । किचेनमा गएपछि उनीले मलाई सोधिन्,“तपाई कस्तो चिया पिउनु हुन्छ ?”

“दूधको चिया । चिनी राम्रोसँग लागेको होस् ।”

केही बेरपछि उनी कफ चिया लिएर आइन् । मन हरपल रमाइ रहेको थियो । उनी अर्को सोफामा बसेकी थिइन् । मैले उनीलाई धन्यवाद दिँदै चिया पिउन थाले । म नर्भस भए । के बोल्ने भयो । सपनामा छु जस्तो लाग्यो । 
केही क्षणपछि उनीले भनिन्,“तपाईको बारेमा भन्नु होस् न ।”

मैले आफूले पिउँदै गरेको चियाको गफ टेबुलमा राखे । राखिसकेपछि मैले आफ्नो बारेमा व्यक्त गरे तर उनीलाई भेट्न आएको भनिन । मैले आफ्नो बारेमा व्यक्त गरेपछि उनीले आफ्नो बारेमा व्यक्त गरिन् । 

यस भेटपछि हाम्रो भेट भइरह्यो । भेट भए पनि उनीलाई पत्रहरु लेखेर ढोकाको मुनिबाट छिराउथे तर उनीलाई थाहा थिएन मैले लेखेको हो भन्ने बारेमा थाहा थिएन । ती पात्रहरुको केही जवाफ आएन । जवाफ नआएकोमा मलाई दुःख थिएन किनकि हाम्रो रोज भेट हुन्थ्यो । 

१३
हाम्रो भेट भएको तीन महिनापछिको कुरा हो । शनिबारको दिन थियो । बेलुका ८ः३० भइसकेको थियो । मैले यस दिन धेरै पिएको थिए । मैले पिउनुको एउटै कारण थियो कि म उसलाई आफ्नो मनको कुरा भन्न सँकू । मैले पिइसकेपछि म उनीको कोठाको ढोका ढकढकाए । उनीले बेरपछि ढोका खोलिन् । मलाई मुस्कुराइन् र भनिन्, “आऊ, भित्र नै आऊ ।”

म भित्र छिरे । उनीको खाटमा उपन्यास थियो । उनी हर रोज केही पढ्थिन् । उनीलाई पढ्नको सोखिन थिइन् । उनीले म उभेको देखेर भनिन्,“तिमी किन उभेको ? सोफामा बस न ।”

उनी खाटमा बसेकी थिइन् । खाटको छेऊमा सोफा थियो । म सोफामा बस्नको सट्टा खाटमा बसे । उनी अचम्म परिन् । म उनीलाई हेरे । उनीले मलाई भनिन्,“के भयो तिमीलाई ?”

“कोयना, आइ लभ यू ।” 

“व्हाट् ?” उनीले आफ्नो हातमा भएको उपन्यास छेऊमा राखिन् । म चाँहि उनीको नजिक गए । नजिक गइसकेपछि  मैले फेरि भने,“हो, म तिमीलाई मन पराउछु । तिमी प्रति म धेरै प्रभाव भएको छु । बिग बाँस हेरेपछि मैले फिल्महरु हेर्न थाले । तिमी अझ मन पर्न थाल्यो । म हर रोज तिमीलाई सपनामा देख्ने गर्छु । खासमा म यहाँ पढ्न आएको छैन् । म त तिमीलाई भेट्न आएको । पढ्ने त एक बहाना हो ।

म तिमीलाई धेरै मन पराउछु । तिमीलाई आफ्नो बनाउन चाहन्छु । मेरो मायालाई स्वीकार गर । तिमीलाई म धेरै खुशी राख्छु ।” 

“यो तिमी के भदै छौ ? म तिमीलाई साथीको रुपमा मात्र हेर्छु । मैले त्यस्तो रुपमा हेरेको छैन ।”

म अझै उनीको नजिक गए । उनी अलिकति पछाडि सरिन् । । नजिक गएर भने,“म नराम्रो छु हो ?” 

“त्यस्तो होइन । राम्रो र नराम्रोको कुरा होइन । म तिमीलाई त्यस्तो नजरले हेर्दिन । म तिमीलाई साथीको रुपमा मात्र हेर्छु । त्यसभन्दा पनि हाम्रो उमेरमा धेरै फरक छ ।”

“उमेरको मात्र समस्या हो ?”

कोयना खाटबाट उठिन् । अनि भनिन्,“मेरो मनमा तिम्रो लागि केही भावना नै छैन । तिमी किन कुरा बुझ्दैनौ ।”
म पनि उठे भने, “तिमी मेरो चाँहि किन बुझ्दैनौ । मेरो माया चोसो छ । उमेर त केही होइन ।”

हामी बिच धेरै छलफल भयो । हामी एक अर्कोलाई सम्झलाउदै थियौ । हामी आफ्नो कुरामा जिद्द गर्दै थियौ । अन्यमा उनीले मलाई एक भ्कापट हानिन् र मलाई आफ्नो कोठाबाट निकालिन् । मेरो ईगोलाई चोट परेको थियो । रातभर म सुत्न सकिन । हरपल मेरो आँखाकाके अगाडि भ्कापट मात्र आइरह्यो ।

१४
यो घटनापछि म हर रोज उनीको कोठा ढकढकाउथे । उनी केही जवाफ दिने गरेकाी थिइनन् । हर रोज तमाशा हुने गथ्यो । उनीलाई मदेखि वाक्क दिक्क भएकी थिइन् । दुई हप्तासम्म मैले ढोका ढकढकाउदा पनि वास्ता गरिनन् । 

दुई हप्तापछिको कुरा हो । मैले ढोका ढकढकाउदा उनीले ढोका खोलिन् र भनिन्,“तिमी किन मेरो कुरा बुझ्दैनौ ? मैले तिमीलाई नाँइ भनिसके तर किन मेरो पिछा गरिरहेका छौ ? यो कस्तो पागलपन हो ?”

म जर्बरजस्ती भित्र छिरे र ढोकाा भित्रबाट लगाए । म उनीको नजिक गए र उनी पछाडि जाँदै थिइन् । भित्तामा पुगेपछि उनीले भनिन्,“यो तिमी के गर्दै छौ ?”

“माया ।”

हामी मौन भयौ । उनी नर्भस् भएकी थिइन् र मैले केही नराम्रो गर्छु कि भन्ने डर थियो । केही बेरपछि मैले उनीलाई भने,“मैले तिमीलाई पाउनु नै पर्छ । अरुलाई मार्न पनि सक्छु र आफू पनि मर्न सक्छु । तिम्रो माया पाउन म जे पनि गर्न तयार छु । भन म के गँरु तिम्रो माया पाउन ?”

कोयनाले मलाई धकेलिन् र भनिन्,“माया पाएन पाइदैन । त्यो पनि जर्बजस्ती पाएर पाइदैन । तिमी जुन माया भनि रहेका छौ, त्यो सिर्फ पागलपन हो । पागलपनलाई माया भनिदैन ।”

“पागलपन भने पनि सहि तर तिमी मेरो हुनुपर्छ । सिर्फ मेरो । म तिमीलाई अरुको हुन दिन्न ।”

मैले छेऊमा भएको टेबुल बत्ती भुइँमा खसाले । कोयनाका सात्त्तो गयो । उनीलाई के भँनू भँनू भयो । मलाई मात्र हेरिन् । वातावरणमा मौनता छायो । हामी केही पनि बोलेका थिएनौ । म उनीलाइए पाउन पागल भएको थिए । म के गरौ भयौ ? मैले उनीको कोठा तनस् मनस् गरेर आफ्नो कोठामा गए । 

१५
उनीलाई पाउन मैले अर्के तरिका निकाले । अर्को दिन मैले उनीको ढोकाको मुनिबाट चिट्ठी र तस्बिरहरु राखिदिए । पछि उनीले देखेर अचम्म परेकी थिइन् । अनि चिट्ठी पढिन् ः—
मलाई थाहा छ कि तिमी फोटोहरु देखेर अचम्म परेकी छौ । मैले ती फोटोहरु लुकेर खिचेको हूँ । अब पनि तिमी मेरी भइनौ भने, म तिमीलाई अरुको पनि हुन दिन्न । तिमी मेरै हुनुपर्छ । 

तर यो चिट्ठीले मेरो जिन्दगी बर्बाद र्गिर्दछ भन्ने थाहा थिएन । उनीले यो चिट्ठी, तस्बिरहरु र अरु पत्रहरु लिएर पुलिसकोमा गइन् । मलाई थाहा थिएन कि यनी मलाई नभेटिकन पुलिसकोमाम जान्छिन् भनेर । मलाई भेटेको भए हुन्थ्यो । दुई जना मिलेर कुरा गर्न सक्थ्यौ । उनीले पुलिसमा उजुरी गरेको केही क्षणपछि पुलिसहरु मेरो कोठामा आउँछन् र म उनीहरुलाई देख्दा म छक्क परेको थिए । म नर्भस भएको थिए । पुलिसहरुले मलाई पुलिस खाना लगे । पुलिस खाना गएपछि मैले झूटो बोल्न सकिन । मलाई धेरै चोटि एउटै प्रश्न सोधे । जब उनीहरु कडा पाराले प्रस्तुत भए तब मैले साँच्चो कुरा व्यक्त गरे । पछि टेलिभिजनमा मैले कोयनालाई पिछा गरेको समाचार आएको थियो । मेरो बुवा आमाले थाहा पाउनु भयो भन्ने भयो र म चिन्तित भए । 

जब म जेल गए, मैले उनीलाई बिर्सिन सकिन । जेलबाट निस्किएपछि उनीलाई जरुर भेट्छु र मलाई जवाफ चाहेको थियो । मैले त सिर्फ उनीलाई मागा गर्थे । मैले त उनीलाई सिर्फ माया मागेको थिए । मलाई रिस उठिसकेको थियो । मलाई बदला लिन मन थियो । 

यो जेल मेरो लागि नर्ग जस्तै थियो । न त बस्नको लागि राम्रो छ न त राम्रो खाना । काम पनि के के गर्नु पर्ने । मैले जिन्दगीमा कहिले काम नगरेको गर्नु प¥यो । त्यसभन्दा पनि पुलिसको गाली र पिटाइ नराम्रोसँग खाएको थिए । मेरो ६ महिनाको जेल बसाइ कसरी बिताए आफूलाई मात्र थाहा छ । जेलमा बस्दा मलाई गरेको व्यवहार मलाई थाहा छ । नराम्रो व्यवहार भएको थियो । 



Comments

Popular Posts