मेरो अधुरो पागल प्रेम २
१
६ महिनापछि म जेलबाट निस्के । ममा बदलाको भावना जागेको थियो । म जेलबाट निस्केपछि म सिधै उनीको अपार्टमेन्टमा गए । दिउँसोको २ः०० बजेको थियो । गेटकिपर सुतेका थिए र म बिस्तारै भित्र छिरे । अपार्टमेन्ट भित्र छिरेपछि रिसेप्शनिष्टले मलाई देखिन् । रिसेप्शनिष्टले नदेख्ने गरि जाने योजना गरेको थिए तर रिसेप्शनिष्टले देखि हालिन् । मलाई देखेपछि उनीले भनिन्,“हेलो सर । तपाई कता जान आट्नु भएको हो ?”
म अनि उनीको छेऊमा गए । अनि छेऊमा गएपछि भने,“हाई, म यो अपार्टमेन्टमाम बस्न आएको हो ।”
“तपाईले पैसा तिरि सक्नु भयो ?”
म केही बेर के भन्नु भयो । म कसरी भन्नू कि म पहिलै यो अपार्टमेन्टमा बसिसकेको छु भनेर । उनीले मलाई हरिरहिन् । म रुम नं ३०० मा हराए छु । केही समयपछि उनीले मलाई भनिन्,“हेलो सर ।”
उनीले धेरै चोटि बोलाएपछि मात्र म आफ्नो दूनियाबाट निस्के र भने, “खासमा मेरो साथी रुम न ३०० बस्थ्यो । अहिले ऊ केही समय बाहिर गएको छ भन्थ्यो । साथी नआउजेल मलाई त्यहि बस भन्थ्यो ।”
मैले आफ्नो बारेमा जानिकन नभनेको । कोयनाको रुम नम्बर भन्नूको कारण उनी त्यो रुममा भन्छिन् कि भन्निनन् भन्ने थियो ।
त्यही क्रममा उनीले कम्प्युटरमा हेरिन् । हेरिसकेपछि मलाई अनौठो पाराले हेरिन् र भनिन्,“तपाई कोयना मित्रको साथी ?”
मलाई के भन्नू भये र नर्भस् हुँदै भने,“हो । हामी पूराना साथी हौ ।”
उनीले पत्याइनन् र भनिन्,“यदी तपाई कोयनाको साथी भएको भए, उनीले तपाईलाई यो अपार्टमेन्ट छोडेको भन्नुपर्ने । उहाँले त तपाईको बारे केही भन्नु भएन त ।”
म अचम्म त परिन तर कता गइन् भन्ने भयो । अनि सोधे, “कोयना कता गइन् त ?”
“तपाई उहाँको साथी भन्नु भएको हैन ? तपाईलाई थाहा हुनु पर्ने ।”
“धेरै भयो नभेटेको । त्यसैले सोधेको ।”
यनी अचम्म परिन् र मलाई हेरिन् । मैले धेरै चोटि सम्झान खोजे उनीलाई कोयनाको ठेगाना दिन । धेरै अनुरोध गरेपछि उनीले मलाई ठेगाना दिइन् ।
२
उनी महाराष्ट्रमा नै थिइन् । पहिलाको भन्दा एक घण्टा लाग्ने अपार्टमेन्टमा बस्दि रहेछिन् । अनि म गए तर सिधै म अपार्टमेन्ट छिरिन । म पहिलाको जस्तै उनलाई पिछा गर्न थाले । दुई हप्तासम्म पिछा गरे । यी दुई हप्तासम्म कहाँ सुते, के खाए आफूलाई नै थाहा छैन ।
दुई हप्तासम्म म कोयनाको पिछा गरे र अपार्टमेन्ट पनि निहालेर हेरे । को कति बेला निस्क्छि, कतिबेला गेट किपर निस्कछ र सुत्छ, रिसप्सनिष्ट कति बेला आउँछिन् र जान्छिन् आदि बारे निहालेर हेरे । रातिको १०ः०० बजे म लुकेर पछाडिको बाटो जाने योजना गरे । धेरै कोसिस गरे जान तर सकेको थिइन । एक महिनासम्म पिछा मात्र गरे ।
३
एक महिनापछिको कुरा हो । रातिको १०ः०० बजेको थियो । मैले यता उता हेरे । गेट पाले सुतेका रहेछन् । कोअी नदेखेपछि म गेटमा चढे र बिस्तारै झरे । झरेपछि यता उती हेरे र कोही देखिन । कोही नदेखेपछि म पछाडिको बाटो लागे । म बिस्तारै छतमा चढे र छतको साँच्चो खोले । साँच्चो नक्कली बनाउन दिएको थिए । बिस्तारै खोले र बिस्तारै हिडे । मैले मुख छोपेको थिए ताकि कसैले नचिनोस् भनेर ।
म रुम नम्बर २९० मा गए जहाँ कोयना बस्थिन् । रुम नम्बर २९० को ढोकाको छेऊमा गएपछि ढकढकाए । उनीले केही समयपछि मात्र बोलिन् ।
“को हो ?”
म मौन नै बसे र ढोका ढकढकाइ रहे मात्र । धेरै ढकढकाइसकेपछि मात्र उनीले कोठा खोलिन् । उनीले केही बोल्न नपाइ म भित्र छिरे । म भित्र छिरेपछि उनीले भनिन्,“तपाई को हो ?”
अनि मैले आफ्नो अनुहार देखाए । उनी छक्क परिन् र भनिन्,“तिमी यहाँ ?”
“हो ।” मैले भने र म सोफामा बसे ।
अनि उनी पनि सोफामा बसिन् । हामी एक अर्कोलाई हेयौ । वातावरयामा मौनता छाएको थियो । उनीको मलाई हेरिन् । उनीको अनुहारको भाव अर्के भएको थियो ।
“तिमीले गर्दा मेरो ६ महिना जेलमा बस्नु प¥यो । मैले त तिमीलाई माया गरेको थिए तर तिमीले मलाई नराम्रोे सजाय दियौ । मैले तिमीलाई चाहेको थिए । मलाई किन यस्तो सजाय दियौ ?”
उनी मौन नै थिइन् । मैले उनीको अनुहार निहालेर हेरे । उनीको अनुहारमा डर थिएन तर धेरै प्रश्नहरु थिए ।
केही बेरपछि उनीले भनिन्,“यो सिर्फ तिम्रो पागलपन हो । अरु केही होइन । तिमी आफ्नो जिद्दीपन किन छोड्दैनौ । तिमी आफ्नो बाटो लाग ।”
मलाई रिस उठ्यो । म सोफाबाट उठे र उनीको नजिक गए । नजिक गएपछि भने,“तिमीले आफूलाई के सोच्छौ ? तिमीले आफूलाई सोच्छौ है । खासमा हामीले गर्दा यो ठाउँमा पुगेको हौ ।”
छेऊमा भएको बती भुँइमा खसाए । उनीले मलाई देकालिन् । ढोका खोल्ने कोसिस गर्दै थिइन् तर मैले रोके । हाम्रो झगडा भएको थियो । झगडा गर्ने क्रममा उनीले मलाई टेबुल बतीले टाउकोमा हिर्काइन् । अनि म बेहोस् भए । त्यस पछि कोयनाले पुलिस बोलाइन् र अपार्टमेन्टको मान्छेहरुलाई पनि खबर गरिन् ।
म केही दिन अस्पतालमा थिए । केही त्यस्तो गम्भीर त थिएन र केही समयको बसाइ पछि मलाई जेल लगियो । मैले सोचेको थिए कि म उनीलाई बाध्य बनाउछु तर सकिन । आँट गर्न सकिन । खै त्यस बेला मलाई केले रोक्यो मलाई नै थाहा छैन ।
मलाई २ वर्षको सजाय सुनाइयो । मेरो परिवारले थाहा पाए भने मेरो बेइज्जत हुन्छ । २ वर्षपछि जेलबाट निस्किए भने, म के गर्छु मलाई नै थाहा छैन ।
Comments
Post a Comment