साल २०७२ वैशाख

साल २०७२ वैशाख १२ गतेको कुरा हो । मौसम खराब भएको धेरै दिन भइसकेको थियो । वैशाख १२ गते, शनिबारको दिन पनि मौसम राम्रो थिएन । म नुहाउन धेरै अल्छी गरेको थिए । त्यसभन्दा पनि पुस्तक मेला जानु थियो र जान अल्छी  गरेको थिए । अनि म टिःभी  हेर्न थाले । आमा चाँहि मेरो खाटमा बसेर पत्रिका पढ्दै हुनुथ्यो । मैले टिःभी खोल्नु र भूकम्प पनि आउनु । हल्लिए पछि आमा खाटबाट उठ्नु भयो । सुरुमा त भूकम्प गएको हो कि होइन भयो । केही भेर पछि मैले टिःभी बन्द गरेर टिःभी कोठाबाट उठे । हामी बाहिर जान सकिनौ । केही कम्पन रोकिए पछि हामी बाहिर निस्कियौ । हाम्रो घरको छेऊमा खालि जग्गा थियो र हामी त्यही गयौ ।

छिमेकीहरु पनि त्यही जग्गामा थिए । हामी धेरै दिनसम्म आफ्नो कोठामा गएनौ । भुँइ तल्लामा नै सुत्नौ । भूकम्प आउन साथ बाहिर निस्किथ्यौ ।

भूकम्पको क्रासले धेरै दिनसम्म बाहिर धुम्न गइन । भूकम्पको क्रास धेरै दिनसम्म रहिरह्यो । भाग्यले साथ दिएर होला हामीर हाम्रो घरलाई केही भएन ।

यदी साल नाकाबन्दी भयो । नाकाबन्दीको कारणले गाडी चलेको थिएन । धेरै दिनसम्म गाडीहरु चलेका थिएनन् । बाहिर निस्कन पनि गाह्रो थियो । धेरै कस्ट थियो त्यस बेला ।

भूकम्प र नाकाबन्दीको कारण २०७२ साल नराम्रो साल थियो । धेरै महिनासम्म चल्यो भूकम्प र नाकाबन्दी । अहिले पनि भूकम्प आयो भने साल २०७२ को याद आउँछ । पैसा हुँदा पनि केही गर्न पाएका थियौ ।

भूकम्प र नाकाबन्दी जिन्दगीमा कहिले नहोस् । धेरै कस्ट हुँदो रहेछ । केही पाठहरु सिकायो जस्तो लाग्छ । जस्तो ः— समस्याको समाधान कसरी गर्ने, के के गर्नु पर्छ, ध्यान केमा दिन आदि ।

Comments

Popular Posts