भ्रमण अमेरिकाको

थाईलैडपछि मेरो यात्रा वा भ्रमण अमेरिका थियो । मे २५, २०१८ को दिन मेरो उडान थियो । मेरो उडानको समय बेलुकाको ९ः०० बजे थियो । मलाई एयरपोर्ट छोड्न मेरो बुवा आमा आउनुभएको थियो । मसँग मेरो दिदीको साथीको बैनी जाँदै हुनुहुन्थ्यो । मलाई साथी भएको थियो । एयरपोर्टमा जाँदा मेरो दिमागमा धेरै प्रश्नहरु थिए ः म केही महिनाको लागि जाँदै थिए । दिदीहरु काममा गएपछि दिनभर के गर्ने ? कसरी दिन बिताउने आदि ।
साँझको ६ः३० बजेको थियो । म र साथी एयरोिर्ट भित्र छियौ । छिर्नु अघि बुवा आमालाई बाई गरे । केही क्षण भावुक भएको थिए । एयरपोर्टको काम सकेर बोर्डिगको लागि कुरेर बसेका थियौ । उडान ९ः३० बजेको थियो । त्यही क्रममा मसँग भएकी साथीलाई चिन्ने मौका पाए । 

बेलुकाको ८ः४५ तिरको कुरा हो । प्लेनमा चढ्न गयौ । आ—आफ्नो सिटमा बस्यौ । त्यही क्रममा एक नेपाली आएर र हाम्रो सिटको छेऊमा बसे र हामी तीनै जना गफ गर्न थाल्यौ । लगभग तीन घण्टापछि अबु धाबीमा पुग्यौ । हाम्रो ट्रान्जिट अबु धाबीमा थियो । हाम्रो २ः३० घण्टा ट्रान्जिट थियो । हामीले एयरपोर्टको काम छिटो सक्यौ किनकि हामीसँग थोरै समय थियो । यस ट्रािन्जटमा मलाई घटना याद छ । 

मसँग भएकी साथी निकै बेर आइनन् । म उनीलाई कुरेर बसेको थिए । मलाई अब के गर्ने थाहा थिएन । म एक पलको लागि आत्तिए । केही बरेपछि उनी आइन् । उनीले जिन्दगीको पहिलो पटक चाउचाउ बोकेकी थिइन् । चाउचाउहरु सबै निकालिए छ । 

केही समयपछि प्लेनमा बस्न आग्रह आयो र हामी प्लेन चढ्न गयौ । हामी यस पटक फरक सिटमा थियौ । अमेरिका पुग्न १४ घण्टा बाँकी थियो । १४ घण्टामा फिल्महरु हेर त केही समय सुते पनि । सुत्न चाँहि प्लेनमा धेरै गाह्रो हुँदो रहेछ । सुत्न राम्ररी सकिन ।
  
१४ घण्टापछि अमेरिकाका एयरपोर्ट आइपुगियो । एयरोर्टमा आफ्नो सामान कुर्ने क्रममा थियौ । मैले भाईबरमा बुवा आमालाई फोन गर्न भनि फोन निकाले । पछि त्यो फोन कताबाट र कसरी हरायो थाहा छैन । धेरै खोजे भेटिन ।
केही समयपछि मेरो ठूलि दिदी लिन आउनुभयो । उहाँ आउनै बित्तिकै मैले आफ्नो मोबाइल हराएको बताए । केही पलको लागि उहाँ अचम्म हुनुभएको थियो । दुई घण्टापछि, हामी कनेक्टिकट पुग्यौ । कनेक्टिकटमा ठूलि दिदी बस्नु हुन्छ । अपार्टमेन्ट पुगेको केही समयपछि म दुई घण्टा सुते । उठेपछि म र दिदी नजिकैको पार्क र सपिङ्ग मल गयौ । 

जुन २०१८ मा हामी चार जना दिदीहरु र दाजुसँग भेट भयो । हामी चार जना भेट १४ वर्ष पछि भएको थियो । हामी एक जनासँग भेट भइरहथ्यो तर चारै जना भेट भएको १४ वर्ष भएको रहेछ । हाम्रो भेट कोलोराडोमा भएको थियो । हामी पाँच दिनसम्म धुम्यौ । हामी पाँच दिनमा एस्पेन, डेम्भर, स्रेमास आदि धुमेका थियौ । यी ठाउँहरु धुम्दा नेपालको धेरै याद आउने । चारैतिर हरियाली र हिमालहरु देखिने । पाँच दिन धुम्दा धेरै रमाइलो भएको थियो ।

अमेरिका बस्दा म न्यू योर्क, बोस्टन र वासिङटन डिसि धुम्ने मौका पाए । शुक्रबार बेलुका न्यू योर्क पुगेका थियौ । बेलुकाको ९ः०० तिर हामी ज्याकसन हाइट पुगेका थियौ । ज्याकसन हाइट नेपालको असन जस्तो लाग्ने । पसलहरु र घरहरु असन जस्तो लाग्ने । 

न्यू योर्क जाँदा चारैतिर उज्यालो । नेपालको ठमेल लाग्ने । केही बेर धुमेर हामी नेपालीले खोलेको रेष्टूरेण्डमा गयौ । मःम खाना नेपालमा खाए जस्तो लाग्ने । 

अमेरिकाको राजधानी वासिङटन डिसि पनि गएका थियौ । म, मेरो माइली दिदीको साथी गएका थियौ । वास्तवमा भन्ने हो भने मलाई न्यू योर्क, वोस्टन र अरु ठाउँ जस्तो रमाइलो लागेन । त्यस्तो खासै त्यस्तो केही थिएन ।ह्वाइट हाउसमा फोटो खिच्न मन पराउथे मान्छेहरु । 

अमेरिकाबाट हामीले केही सिक्न जरुरी थियो । अमेरिकामा बाटो कर तिरेको उपयुक भएको छ । बाटो धेरै विकसित छ । कामदार बेलुका काम गरेर सक्छन् । बिहान हेर्दा त बाटो बनिसकेको हुन्छ । अर्को चाँहि खाना सस्तो । नेपालमा चाँहि बिना काममा धेरै महँगो लाग्ने र महिनै पिछे भाउ बढ्ने । उता चाँहि ५ वर्षमा ५ सेन्ट मात्र बढ्छ । 

अर्को पक्ष मन परेको हरेक घर र अपार्टमेन्टमा रुखहरु हुन्थ्यो । हरियाली हुन्थ्यो । हाम्रो नेपालमा पनि यस्तै भएको भए कति राम्रो हुन्थ्यो । हरेक घरमा रुखहरु भए, काठमाडौमा धूलो कम हुन्थ्यो । 

उनीहरुकोमा कामको इज्जत हुन्छ, चाहे त्यो सानो वा ठूलो । काम र समयको ठूलो इज्जत र महत्व हुन्छ । 

Comments

Popular Posts