जवाफको खोजी


“तिमीदेखि म आजित भएको छु । तिमी हर पल रिसाउछौ मात्र । सानो तिनो कुरामा निहूँ खोज्छौ मात्र । फोन आयो शङ्का गछौ, फोन गरिन शङ्का गछौ, फोन उठाइन शङ्का गछौ, कोहीसँग बोल्यो शङ्का गछौ र निहूँ खोज्छौ । म आफ्नो खुशीले केही गर्न पाउदिन । मेरो जिन्दगीमा तिम्रो मज्जि चन्छ जुन मलाई मन पर्दैन ।

तिमी आफूलाई हेर । तिम्रो साथीभाइहरुलाई हेर । उनीहरु आफ्नो जिन्दगी बनाइ सके भने तिमी जहाँको त्यही छौ । हामी सम्बन्धमा रहेको पाँच वर्ष भइसक्यो तर तिमीले केही गर्न प्रयास गरेका छैनौ । तिमी एक ठाउँमा टिक्न सकेका छैनौ । हाम्रो सम्बन्धमा धेरै चोटि टुटिसकेको थियो तर मैले तिमीलाई हरपल मौका दिने निर्णय गरे तर तिमीमा केही परिवर्तज आएन । म तिमीबाट टाढा हुन चाहन्छु ।” नेहाले भनिन् ।

“मलाई पनि कोही सोख छैन तिमीसँग सम्बन्धकमा बस्न । तिमीले आफूलाई के के न सोच्छौ । बैकमा काम गरेर के के न सोच्छौ । तिम्रो नजरमा म त केही काम नलाग्ने नै हो । तिमी मदेखि कहिले खुशी भएनौ । यत्रो वर्ष मैले पनि त तिमीलाई सहेर बसेको छु । तिमीले मलाई सधै डोमिनेट गछौ । तिम्रो आाफ्नो साथीहरुको अगाडि मलाई सानो देख्छौ । म पनि तिमीसँग खुशी छैन स तिमीसँग म बस्न सक्दिन ।”  मैले भने ।

अनि हामी दुवै जना कान्तिूर क्याफे, नयाँ बानेश्वरबाट निस्क्यौ । क्याफेबाट म सिधै जोनको घरमा गए जो नयाँ बानेश्वरमा थियो । जोन मेरो बच्चादेखिको साथी हो । उसलाई मेरो हरेक कुरा थाहा हुन्थ्यो । म उसलाई हरेक कुरा सेयर गर्थे । मैले धेरै चोटि घन्टी बजाए । निकै बेरपछि मात्र जोनले ढोका खोले ।

“तँ पो ?”

“अनि तैले कसलाई सोचेको थिइस् ? ”

“एउटा राम्रो केटीको अप्रेक्षा गरेको थिए ।”

“चुप लाग ।”अनि म भित्र छिरे सोफामा बसे । ऊ पनि बस्यो । उनले मलाई हेर्दै थिए र भने,“आज तँलाई के भयो ?”

“के हुन्थ्यो र ?”

“के भयो र ?”

“नेहा र मेरो ब्रेक अप भयो ?”

समिर मज्जाले हाँस्यो । ऊ हाँसेको देखेर मैले भने,“यस्तो बेला पनि तँ हास्ँछन् ?”

“तेरो र नेहाको ब्रेक अप नयाँ हो र मेरो लागि । यो त हर रोजको नाटक हो । तिमीहरुको । खास गरि तेरो लागि । तेरो त धेरैसँग  अफेर चल्छ र बे्रक अफ पनि तर नेहासँग तेरो धेरैसम्म चलेको त्यो पनि बे्रक अफ हुन्छ र पछि मिल्छौ पनि । तँलाई सुधार्ने केटी यो संसारमा कोही छ ? तेरो साँच्चो माया कहिले हुन्छ ?”

“यस्तो बाहियात कुरा नगरेकै जाति ?”

म मौन नै रहे । जोनले भनेको कुरा पनि ठीक हो । मेरो धेरैसँग ब्रेक अप भएको थियो । ब्रेक अप मेरो लागि नौलो रहेन । नेहासँग मात्र मेरो लामो चलेको हो । स्नातक डिग्रीदेखि नै हाम्रो अफेर चलेको थियो र अहिले आएर बे्रक अप भएको छ ।


मैले मास्टर डिग्री सन् २०१४ को जुलाईमा सकेको थिए । मास्टर डिग्रीको थीसिस सुरु गर्दै दखि मैले विभिन्न ठाउँमा जागिरको लागि आवेदन हाल्न थालेको थिए तर जागिर भने पाएको थिइन । जागिर नपाएको रिस मैले धेरै ठाउँमा र मानिसहरुमा पोखेको थिए । सन् २०१४ मा अमेरिका जान कोसिस नगरेको पनि होइन तर अमेरिकाको लागि पनि भएन । अन्तर्वार्तामै अस्वीकार गरिएको थियो ।

मैले जागिरको लागि धेरै कोसिस गरेपछि मात्र २०१६ मा मैले एउटा एजीयोमा काम पाएको थिए । मानव अधिकार सम्बन्धित एजीयो थियो । मैले पत्रकारिता पढेको थिए र पत्रकारितामा मानव अधिकार पनि पढ्नुपथ्यो र आफ्नो विषय पनि मिल्थ्यो । म माइग्रेशनको विभागमा थिए ।

मेले यो जागिर पाउदा धेरै खुशी भएको थिए । मनमा धेरै आशा र उमंग थियो । धेरै राम्रोसँग र मिहिनेत गर्ने आशा लिएर म काम गर्न थाले । मलाई अहिले पनि याद छ मेरो पहिलो दिन र त्यसपछिका दिनहरु पनि ।

जनवरी १, २०१६, शुक्रबारको दिन थियो । म जिम्मबाट हतारिदै घर पुगे । समय ७ः०५ बजे घर पुगे र हतारिदै बिहानको खाजा खाएर अफिस जान हतार गरे । अनि घरबाट बिहानको ८ः०० बजे माइक्रोबस चढेर धुम्बराहीबाट एकान्तकुनामा पुगे । दुईवटा माइक्रोबस चढ्नु पथ्यो । धुम्बराहीबाट भृकुटी मण्डपबाट ज्वाउलाखेल पुग्नु पथ्यो । अनि ज्वाउलाखेलबाट ५ मिनेट हिड्नु पथ्यो । म अफिस ८ः५० पुगे तर बाहिरको गेट बन्द थियो । म बाहिर कुरे र १० मिनेटपछि एक जना दिदी आएको देखे । हामी अपरिचित भए पनि मुस्कुरायौ । अनि उहाँले गेट खोल्नुभयो । हामी दुवै जना भित्र छियौ । उहाँले केही समयपछि आफ्नो परिचय दिनुभयो र उहाँको नाम यमुना शाक्य रहेछ । उहाँले नै मलाई मिटिङ्ग हलमा बस्न आग्रह गर्नुभयो । म मिटिङ्ग हलमै बसिरहे । आधा घण्टापछि एक जना दिदीले अफिसको महासचिव भएको कोठामा लेर जानुभयो । उहाँको नाम बिनायक पोखरेल रहेछ । उहाँले कामको बारेमा सबै कुराहरु सम्झाउनु भयो । मेरो पद प्रोगा्रम सहायक थियो । मेरो काम गर्ने कोठा चाँहि तीन तल्लाको सुरुमै थियो । म काम गर्ने कोठामा चाँहि दिपक के.सी र सिम्रिका लिम्बु काम गर्नुहुन्थ्यो । हाम्रो काम गर्ने विभाग एउटै थियो । यस दिन दिउँसो मेरो परिचय  सबै जनासँग  भयो तर यो दिन सबैसँग भेट भएको थिएन । लैङ्गिक सामनता तथा सामाजिक समावेशको विभागको समूह पोखरामा काम भएकाले अफिसमा थिइनन् ।


दुई हप्तापछिको कुरा हो । बिहानको ९ः०० बजेको थियो । शुक्रबारको दिन थियो । म र दिपकजी मिटिङ्ग हलमा थियौ । हामी पत्रिका पढ्दै थियौ । बिस्तारै साथीभाइह आउने क्रम थियो । मिटिङ्ग हलमा सबै साथीहरु पत्रिका पढ्दै गफ गर्दै थियौ । ९ः३० बज्यो र यही क्रममा एक जना मिटिङ्ग हलमा आइन् । “हाई”भन्दै आइन् र सबैले “हाई” भन्दै जवाफ फर्काए । मेरो परिचय उनीसँग भएको थिएन । उनी अब भित्र छिरिन् । म हेरेको हेरै भने । उनीको अनुहार हेर्दै फिल्मको हिरोइनको याद आउने । उनीको अनुहार हेर्दै हिन्दी फिल्मको हिरोइन ऐश्वर्या रायसँग मिल्थ्यो । उनीको आँखाहरु र अनुहार उस्तै । यसको साथ साथै उनीको उचाइ पनि हेर्दा अग्ली थिइन् । मोडल हुने लायकी थिइन् । म चाँहि उनलाई एक सूरको हेरेको हेरै भए ।

उनीले सबैलाई हाई भनिसकेपछि, दिपकजीले भन्नुभयो, “आरती, उहाँ अमित दाहाल । उहाँ नयाँ स्टिार्फ हुनु हुन्छ । उहाँले भर्खर यहाँ आएर काम गर्न थाल्नु भएको हो । उहाँ माइग्रेशनको विभागमा काम गर्नु हुन्छ ।”

उनीले मलाई  “हाई” भनिन् र मैले पनि । हामी दुवै जनाको परिचय भयो । उनीको नाम आरती क्षेष्ठ रहेछ । उनी लैङ्गिक सामनता तथा सामाजिक समावेशको विभागमा काम गर्दिरहेछिन् । त्यसको साथ साथै उनीको काम  अनुगमन र मूल्याङ्कनमा पनि थियो ।

दुई हप्तापछि आरती अफिस आएकी थिइन् । सबै जनाले उनलाई पोखराको अनुभव सुनाउन आग्रह गरे र उनीले आफ्नो एउटा रमाइलो घटना सुनाइन् जुन यस्ते थियोः–
“म पोखराबाट काठमाडौ फर्केने क्रमको कुरा हो । म गाडीमै उभिएको थिए । गाडीमा मान्छेको भीड थियो । त्यही क्रममा एक विदेशी केटा गाडीमा चढे । अग्ला र हरियो आँखा भएका । मलाई देखेर मुस्कुराए र म पनि मुस्कुराए । मेरो त्यो केटासँग क्रश प¥यो । केही समयपछि हामी दुवै जनाले सिट पायौ त्यो पनि एउटै सिट । म निकै खुशी भए । केही समयपछि मौनता तोड्दै मैले भने, “आई एम आरती ।”

“हाई । आई एम जोन ।”

“तपाई कहाँ बाट आउनु भएको ?” मैले अङ्ग्रेजीमा भने ।

“म बेलायतबाट ।” उनले राम्रोसँग नेपालीम बोले । म अचम्म परे । 

“तपाई नेपाली बोल्नु हुँदोे रहेछ ।” 

“हो, मलाई नेपाली बोल्न आउँछ । म नेपालमा आउने जाने गर्छु र नेपाली सिके ।”

“तपाई के गर्नु हुन्छ ?”

“म आईटीमा काम गर्छु । तपाई ?”

“म मानव अधिकार अफिसमा काम गर्छु ।”

“राम्रो ।”

“तपाईको नेपालमा कति चोटि हो ।”

“धेरै चोटि भइसक्यो ।”

“तपाईलाई नेपाल राम्रो लागे जस्तो छ ।”

“हो, मलाई नेपाल मनपर्छ । त्यसको साथ साथै मेरो गर्लप्रेण्ड यही छ । उनी नेपाली हुन् । हाम्रो दुई हप्तापछि बिहे हुँदै छ ।”

मेरो दिलमा नराम्रो फिल भयो । कति राम्रो थियो । जसको पनि प्रेम बस्न सक्ने । केटी भाग्यमानी रहेछिन् । हामी केही बेर गफ गरौ । उनीलाई चिन्ने मौका पाए । गफ गर्ने क्रममा उनले भने,“तपाई हेर्दा राम्रो हुनुहुन्छ । बोल्दा पनि राम्रो बोल्नु हुन्छ । तपाईको प्रेमी भाग्यमानी ।”

म मुस्कुराए र भने,“मेरो प्रेमी छैन । म तपाईको प्रेमीका जस्तो भाग्यमानी छैन ।”

“हँ ? साँच्चिकै भनेको हो तपाईले ?”

“हो, मेरो कोही प्रेमी छैन ।” जोनले मेरो कुरालाई विश्वास गरेनन् ।”

हामी उनकी कथा ध्यान दिएर सुदै थियौ । खास गरी म उनीको कुरा ध्यान दिएर सुन्दै थिए । म धेरै खुशी भएको थिए किनकि उनीको प्रेमी रैन रहेछ । मेरो उनीसँग पहिलो नजरमै माया बसेको थियो । भनिन्छ नि लभ याट फस्ट साइन्ट । मेरो पनि यस्तै भएको थियो । उनीलाई हेरि रहन मन लाग्ने र उनीको आवाज सुनिरहन मन लाग्ने । उनीको आँखामा डुब्न मन लागेको थियो । उनीको आँखा राम्रो लाग्छ ।


म यो अफिसमा काम गर्न थालेपछि म धेरै बोल्न थालेको थिए । पहिला जति अफिसहरुमा काम गरे, त्यहाँ म धेरै बोल्थे र हावा पनि थिए । मलाई मेरा अफिसमा काम गर्ने साथीहरुले मलाई गम्भीर सोच्थे तर म त्यस्तो व्यक्ति होइन । नयाँ वातावरणमा गुलमिल हुन गाह्रो थिएन तर यो अफिसमा आएपछि म प्राय गम्भीर र कम बोल्थे । यो सबै आरतीको जादु थियो ।

सुरुमा सोचे कि मेरो आरतीसँगको आकर्षण मात्र हो । मेरो मनको भरोसा थिएन । त्यसैले मैले समय दिने निर्णय गरे ।

समय बितिरह्यो र म जति आरती टाढा हुन खोजे तर सकिन । जति टाढा हुन खोजे उति नजिक जान मन लाग्यो । सायद जिन्दगीम पहिलो पटक साँच्चो माया भएको थियो । जिन्दगीमा मैले कहिले यस्तो बेग्लै अनुभव कहिले गरिन या मलाई मायाको अर्थ थाहा भएन । जति जनासँग प्रेम गरे, त्यो सिर्फ आकर्षण थियो । माया थिएन ।

बिस्तारी अफिसको वातावरणमा गुलमिल हुन थाले । अफिसको वातावरण रमाइलो थियो । त्यसको साथ साथै म आरतीलाई जिस्काउन थालेको थिए । म प्राय उनको काबिनमा जान्थे र उनीसँग बोल्थे । म उनीलाई दिक्क लगाउथे । सुरुमा त साममान्य नै ठान्थिन् । मलाई नै थाहा छैन कि आरतीलाई मलाई के हुन्छ भनेर । उनीलाई देख्ने  बितिकै मलाई जिस्काउन मन लाग्थ्यो र धेरैभन्दा धेरै बोल्न मन लाग्थ्यो । उनीलाई देखेपछि मन खुशी हुन्थ्यो ।

मैले अफिसमा उनीलाई जिस्काउथे तर मभन्दा  पनि अफिसमा एक जना दाईले उनीलाई जिस्काउथे । मलाई ईष्या हुन्थ्यो ।  उनी आरतीको छेउमा नआइदियोस् जस्तो लाग्थ्यो । भन्न त भन्दिन् ती दाईसँग ग्रह मिल्दैन तर बोल्न चाँहि ती दाईसँगै धेरै बोल्थिन् । मलाई अचम्म लाथ्यो  र रिस पनि उठ्थ्यो । ग्रह नमिल्ने मान्छेसँग चाँहि बोलेको जस्तो लाग्थ्यो । ग्रह नमिल्ने मान्छेसँग किन मुस्कुराएकी हुन् ? किन राम्ररी बोलेकी हुन् ? मलाई यी कुराहरु सम्झेर पनि आफूलाई सम्मालन सक्दिन थिए । दुवै जनाको चक्कर चलेको छ जस्तो लाग्थ्यो तर पछि थाहा पाए कि ती दाइको त प्रेमीका रहेछिन् । अनि मेरो मनमा शान्त छायो ।


म धेरै आरतीको नजिक हुन खोज्थे । एक दिनको कुरा हो । म चाहिने भन्दा धेरै उनीलाई जिस्काउदै थिए । आरतीलाई मन परिरहेको थिएन । मैले उनीको भाव वा ईशारा बुझ्न सकेको थिइन । १२ः३० बजे खाना खाएपछि  सबै आफ्नै क्यामिनमा गए र म पनि जाने क्रममा थिए र त्यही क्रममा आरतीले मलाई बोलाइन् र भनिन्,“म तपाईसँग कुरा गर्न चाहन्छु ।”

“हुन्छ ।”

मनमा लडु पुट्यो । सोचे यही  सही समय हा उनीलाई आफ्नो मनको कुरा व्यक्त गर्ने र हामी छतमा गयौ । मेरो मन खुशी भयो । हामी छतमा थियौ । अनि आरतीले भनिन् ,“हेर्नुहोस् ।”

“हेरिराछु ।”

“प्लिज, नजिस्किनु न । म जिस्किने मुडमा छैन ।”

“भन, हामी किन छतमा छौ ?”

“तपाई अबदेखि मसँग नजिस्किुहोस् । मलाई तपाईले जिस्केको मन पर्दैन । तपाई हरपल किन मसँग मात्र जिस्किनु हुन्छ ? तपाई जुन तरिकाले जिस्किनु हुन्छ, मलाई चिन्त बुझ्दैन । तपाई हरपल जिस्केको मन पर्दैन । सधै मानिसको जिस्किने मुड हुँदैन । कहिले काही मुड खराब हुन्छ । त्यसभन्दा पनि मेरो कामहरु हुन्छन् । मलाई डिस्टर्भ हुन्छ । सबै जना आ—आफ्नो काममा व्यस्क्त हुन्छन् तर तपाईको जिस्किने काम बाहेक अरु काम छैन । प्लिज आइदादेखि मसँग नजिस्किनु होला । मलाई मनपर्दैन । त्योभन्दा पनि हामी त्यति आत्मीयता भएका छैनौ ।”

यति भनेर उनी छतबाट आफ्नो क्यामनमा गइन् । म चाँहि मूर्ति झै उनी गएको हेरिरहे । त्यसभन्दा पनि मेरै आफ्नो म दुखेर आयो र मेरा आँखाहरुबाट आँसु झरे । मन खुशीबाट दुःखी  भयो । म दुःखी आत्मा भए । मैले आफ्नो मनको कुराहरु व्यक्त गर्नु अघि नै मेरो प्रेम कहानी समाप्त भयो ।


म आरतीलाई फकाउन धेरै कोसिस गर्थे । कहिले फूल दिन्थे त कहिले चकलेट टेबुलमा राखिदिन्थे तर उनीले न त फूल स्वीकारीन् न त चकलेट । मेरो मनमा हुरी बताछ छा¥यो । मन छट्टपट्टीन थाल्यो । उनी मसँग नबोलेको देखेर मलाई लाग्यो कि मैले ठूलो नै काण्ड गरे । मनमा अशान्ति भएकाले मैले एउटा माफी चिठ्ठी लेख्ने निर्णय गरे ।

प्रिय आरती, 
मलाई थाहा छ कि तिमी मसँग रिसाएकी छौ । त्यसको लागि क्षमा माग्छु । आशा छ तिमीले मलाई माफ गर्ने छौ । 
मानिसहरु भन्थे कि माया पहिलो नजरमै प¥यो तर म विश्वास गर्दिन थिए । सोच्थे कि पहिलो नजरमा कसरी माया बस्छ । कसरी एक अर्कोलाई नचिनिकन माया पहिलो नजरमा हुन्छ ? यो त बकवास हो जस्ता लाग्थ्यो तर जब मैले तिमीलाई पहिलो पटक देखे, मेरो प्रेम तिमीसँग बस्यो । लभ याट फस्ट साइन्ट । अनि लभ याट फस्ट साइन्टमा विश्वास गर्न थाले ।    

हर रोज तिम्रै बारेमा सोच्न थाले । सुरुमा त सोचे कि मेरो भ्रम हुन सक्छ तर मेरो भ्रम होइन रहेछ । जति तिमी मसँग बोल्थ्यौ र मुस्कुराउथौ, म तिमी प्रति आकर्षित हुन्थे । मनमा माया फलाउदै आयो । तिमीसँग बोल्न मन लाग्थ्यो, तिम्रो नजिक आउन मन लाग्थ्यो । 

तर अवसोजको कुरा । मेरो प्रेम कहानी सुरु हुनु अगाडि नै समाप्त भयो । जब तिमीले छतमा कुरा गर्नु द्ध भयौ, सोचे कि यदी हो सही समय प्रेम प्रस्ताव राख्ने । मनमा लडु पु¥यो । म खुशी भएको थिए तर मेरो खुशी लामो समयसम्म रहन सकेन ।

जिस्केको मन पर्दैन भयौ त्यो त म बुझ्छु किनकि म तिमीसँग धेरै नै जिस्किथे । त्यो मैले गर्नु हुँदैन थियो तर तिमीले हामी आत्मीयता छैनौ भयौ, मनमा चिसो पयो । सोचे केही समय दिएको भए आत्मीयता भइहाल्थ्यो नि । हतार किन ?  

आरती, म तिमीलाई माया गर्छु । केही समय देऊ र तिमीले मलाई माया गर्ने छौ । मलाई भरोसा छ कि तिमीलेपनि मलाई माया गर्ने छौ । मलाई मायाभन्दा पनि तिम्रो दोस्तीको जरु।त छ । आशा छ कि तिमी मसँग दोस्तीको हात थाम्ने छौ । मलाई विश्वास पनि छ तिमीले मलाई माफ गर्ने छौ ।
                                                                                                                                 तिम्रो नयाँ साथी 
                                                                                                                                  अमित दाहाल 

यो पत्र लेखिसकेपछि मनममा एक प्रकारले शान्त भयो । तर अर्कोतिर हेर्ने हो भने, मलाई चिन्ता भयो । चिन्ता के थियो भने, यदी चिठ्ठी आरतीले पढिनन् भने ? यदी उनले मेरो दोस्तीलाई अस्वीकार गरिन् भने ? मनमा धेरे प्रश्नहरु थिए । प्रश्नहको साथ साथै मन आत्तिन थाल्यो तर एक प्रकारले मलाई सम्झाए कि सबै कुराहरु ठीक हुन्छ । अनि भोलिपल्ट टेबुलमा राखिदिने निर्णय गरे ।

भोलिपल्ट, आरती काम्बिन्मा थिइनन् र मैले आफ्नो पत्र कम्युटर भए छेउमा राखिदिए र काम्बिन्बाट निस्के । मनमा आशा पलाउदै थियो कि उनीले मलाई माफ गर्ने छिन् । अनि म आफ्नो काम्बिन्मा आए र आफ्नो काम गर्न थाले । काम गर्दा पनि ध्यान उतै थियो । उनीले कतिबेला पढ्छिन् जस्ते भयो । आरतीको के प्रतिक्रिया आउला भन्ने भयो  र उनको जवाफ चाहिएको थियो ।

दुई दिनसम्म जवाफ आएन । म उनी बसेको  काम्बिन् हेर्थे । चिट्टी जहाँ राखेको थिए । मनमा खिन्न भयो । मन रुन थाल्यो त्यसको साथ साथै आँखाबाट आँसु झर्‍यो । सोचे कि आरतीले मलाई माफ गर्ने छैनन् । अफिसबाट  आफ्नो मनको कुरा व्यक्त गर्ने कोही साथी थिएनन् । अफिस कति बेला छुट्टि हुन्छ र म आफ्नो मिल्ने साथीलाई फोन गरु जस्तो लाग्यो । अनि ५ः०० बज्यो र म हतारिदै घर गए । ६ः३० बजे घर पुगे । लुगा नफेरि मैले जोनलाई फोन गरे र उनलाई आफ्नो सबै कुरा व्यक्त गरे । उनीले मेरो कुरा सुनेर, समीरले भने, “तिमी मान्छै नराम्रो होइन । तिमीले जे गरे पनि माफी माग्यौ त्यही काफी छ । तिमी सही समयलाई कुर । सबै ठीक हुन्छ ।”

जोनले सही समयलाई कुर भनेपछि, म जोनसँग सहमत भए र समयलाई नै कुर्ने निर्णय गरे । आशा गरे कि समयले सबै ठीक गर्छ ।

केही समयपछि उनी मसँग बोल्न थालेकी थिइन् तर पहिले जस्तो थिएन । मलाई थाहा छैन कि आरतीले त्यो चिठ्ठी पढिन् कि पढिनन् तर उनी मसँग बोल्न थालेकी थिइन् । त्यसैमा म खुशी थिए । उनी काम पर्दा मात्र बोल्न थालेकी थिइन् ।

म पनि धेरै परिवर्तन आइसकेको थियो । म उनीसँग कम जिस्क्नि थालेको थिए र पहिलाको जस्ते हावा थिइन । म आफ्नो जिन्दगी प्रति गम्भीर हुन थालेको थिए । सायद यही कारणले होला आरती मसँग बोल्न थालेकी थिइन्  तर उनीको मनमा मेरो लागि माया पलाउन थालेको थियो कि थिएन मलाई नै थाहा छैन । म सही समय कुरेर बसेको थिए ।


मैले अफिसमा काम गरेको एघार महिना भइसकेको थियो । हामी अफिसमा काम गर्दै थियौ । काक्तिक १९, २०७३ को दिन दिन थियो । दशै तिहार सकिएर अफिसको काम सुरु भइसकेको थियो । म आफ्नो काम्बिनमा काम गर्दै थिए । त्यही क्रममा आरती खुशी हुँदै आएकी थिइन् । उनी १० बजे अफिस आइपुगेकी थिइन् आरतीको हातमा लडु थियो । मेरो मनमा शङ्काहरु पैदा हुन थालको थियो । लडु हातमा थियो तर किन थियो थाहा छैन । लडु सबैलाई बाडिसकेपछि मेरोमा आइन् ।

“अमितजी, लडु लिनुहोस् न ।”

“लिन त लिन्छु तर के को उपलक्ष्यामा हो ?”

“मेरो अमेरिकाको भिसा आयो नि ।”

“हो ।”

“साँच्चै ?”

“हो । म पढ्नको लागि जाने भए ।”

“बधाई छ ।”

“स्वागतम् ।”

अनि उनी आफ्नो काम्बिनमा जान्छिन् । मेरा आँखाहरुबाट आँसु झर्न थाले । सोचेको थिए म उनीलाई प्रेम प्रस्ताव राख्ने छु तर सम्झव देखिन । उनी डेढ महिनापछि अमेरिका जाँदै थिइन् । मेरो मनमा अशान्ति छा¥यो । अब कसरी प्रेम प्रस्ताव राख्ने त ? एक प्रकारले दिमाग चलेको थिए न । अन्त्यमा आएर प्रेम पत्र लेख्ने योजना बनाए तर डर थियो कि उनीले पढिनन् भने । तर पनि लेख्ने निर्णय गरे ।

प्रिय आरतीजी, 
खुशी लागेको छ कि तिमी अमेरिका जाँदै छौ । खुशी छु कि तिमी आफ्नो भविष्य बनाउदै छौ । म खुशी हुनुको साथ साथै दुःखी पनि छु । थाहा छैन मैले यो लेख्नु जरुरी छ वा छैन तर आफ्नो मनका कुराहरु मनमा राख्न सकिन । 

आरती, म तिाीलाई मन पराउन थालेको छु । मलाई थाहा छैन कि मेरो प्रति तिम्रो मनमा के छ तर मेरो मनमा तिम्रो तस्बिर छापिएको छ । 

मैले तिमीलाई पहिला पनि चिठ्ठी लेखेको थिए तर मैले केही जवाफ पाइन । जवाफ पाइन भनेर दुःख मान्न छोडेको थिए । सोचे कि समयले नै सबै ठीक गर्छ भन्ने विश्वास राखे । त्यसैले समयलाई सबै छोडिदिए । समय अनुसार म आफ्नो काममा र जिन्दगी प्रति गम्भीर भए । समयलाई छोडे कि तिम्रो मनमा मेरो लागि माया पलाउने छ भनेर । 

आशा छ कि तिमीले यसलाई सकरात्मक रुपमा लिने छौ । 
                                                                                                                 तिम्रो साथी हुन नसकेको 
                                                                                                                     अमित दाहाल 

मैले चिठ्ठी लेखे र एक हप्तापछि मात्र दिने विचार गरे । मैले धैर्य गर्ने निर्णय गरे ।


“आरती, म तिमीसँग कुरा गर्न चाहन्छु ।” मैले भने । म उनीको काम्बिनमा थिए ।

“अमितजी, म कहिले व्यस्त छु । पछि कुरा गरौ न ।” म केही नबोलि त्यहाँबाट निस्के । म केही नभनिकन निस्के । मलाई उनीको जवाफ चाहिएको थियो तर मलाई लाग्यो कि मैले उनीलाई कहिले पाउदिन ।

हेर्दा हेर्दै आरती अमेरिका जाने दिन आइसके छ । उनीले राजीनाममा दिइसकेकी थिइन् । राजीनामा दिए पनि केही समय अफिसमै काम गर्नु पथ्यो । तर पुस महिला लागेपछि उनीको अफिस आउने क्रम कम भएको थियो । उनी अमेरिका जाने तयारीमा थिइन् ।

पुस १२, २०७३ । अपिसबाट आरतीलाई बिदाई दिने कार्यक्रम थियो । उनी अफिस दिउँसो १२ः३० आइपुगिन् । उनी आउँदा मन खुशीको साथ साथै दुःखी पनि थियो । खुशी यस प्रकारले थिए कि उनी जानु एक दिन अगाडि उनीसँग भेट हुने भयो । दुःखी यस प्रकारले कि भोलिदेखि आरतीसँग भेट हुँदैन । उनी नभएपछि कसलाई दिक्क लगाउने र जिस्काउने ।

सररुले आरतीको तारिफ गर्नु भयो । उनी अफिस आउँदा कस्तो थिइन् र पछिल्लो समय कस्तो भइन् । काम गर्दै गर्दा उनीले राम्रो गर्दै आएकी थिइन् । सरले उनीलाई  उज्जवल भविष्यको लागि शुभ कामना व्यक्त गर्नु भयो ।

जब उनीको बोल्ने पालो आयो, उनी भावक भइन् । उनीको आँखाहरु रसाएका थिए । मलाई अहिलेसम्म याद छ कि उनले भनेका ती शब्दहरु । उनीले भनिन्, “सबै जनालाई धन्यवाद छ । म पहिला आउँदा नै मैले सरहरुलाई भनिसकेको थिए कि म केही समयको लागि मात्र काम गर्छु । एक चोटि अमेरिकाको भिसा रिजेन्ट भइसकेको थियो । त्यसैले एक वर्षको लागि मैले यो अफिसमा काम गरेको हूँ ।

पहिला थोरै साथीहरु थियौ र अहिले यो सस्थां ठूलो भइसकेको छ । मैले सबै जनासँग सिक्ने मौका पाए । सबै जनासँग चिन्ने मौका पाए र काम गर्दै जाँदा कोही साथीहरु राम्रो साथी हुनुभयो । अहिले उहाँहरु छोडेर जाँदा नराम्रो अनुभव भएको छ । त्यसको साथ साथै यो सस्थांबाट सिकेका कुराहरु .पछि सम्म काम लाग्ने छ । अन्त्यमा सबेको साथलाई धन्यवाद दिन चाहन्छु ।”

उनीले बोलिसकेपछि केक काटियो । सबैले खायौ र उनीलाई सम्झनाको रोरुप एउटा कप दियौ । उनी आफ्नो साथीहरुसँग गफ गर्दै थिइन् भने म शौचालयमा गएर नराम्रोसँग रोएको थिए । यो दिन आफूलाई नै नरमाइलो लागेको थियो । मनमा बैचैन हुन थालेको थियो । मनमा धेरै कुराहरु थिए जस्तो उतर आरतीले मात्र दिन सक्थिन् । मलाई यस्तो अनुभव भयो कि हामी बीच धेरै कुराहरु छन् भन्नको लागि तर समय छैन ।

यो दिन म आरतीसँग बोल्न सकेको थिइन । हामीसँगै खाना खादै थिइन् । उनी मुस्कुराउदै थिइन् र खुशी  थिइन् । म उनीलाई हेरिरहे । म त्यस दिन राम्ररी खान पनि सकिन । मेरा आँखाहरु आँसुहरुले भरिएका थिए । मेरा भरिएका आँसु उनको दखिनन् । आरतीले खाना खाएर सबैलाई बाई गरिन् ।

म त्यस दिन काम गर्न सकिन । मन भारि भएर आयो । यस लिन उनकै यादमा डुबे र कति बेला जाने बेला भयो थाहा भएन । साथीले बोलाउदा मात्र थाहा पाए । अनि समय हेरे त ६ः०० बजिसकेको रहेछ । अनि घर जान भनि निस्के ।


आरती गएपछि मेरो मन अफिसमा ध्यान त्यति हुँदैन थियो । त्यसैले मैले पनि अमेरिका जान तयारी  गर्न थाले । आरतीको भूत मेरो दिमागबाट निस्कने नाम नै लिएको थिएन । अन्त्यमा मैले अमेरिकाको भिसा पाए । डर लागेको थियो कि मैल अमेरिकाको भिसा पाउदिन भनेर तर भिसा पाए । भिसा पाउँदा धेरै खुशी भएको थिए । भिसा भन्दा पनि आरतीसँग भेट हुने भयो भनर खुशी भए । मलाई जवाफ चाहिएको थियो । मेराा दुईवटा चिठ्ठीहरुको जवाफ पाएको थिइन ।

अग्रष्टको लागि भनि मैले भर्जेनिया ईन्टरनेशनल युनिभसिर्टिमा भर्ना भए र काम पनि पाए । अनि मैले जून महिनामा राजिनाम दिए । हुन त मैले पहिले मास्टस् डिग्री पत्रकारितामा सकेको थिए र फेरि मास्टस् डिग्री ईन्टरनेशनल रिरेसन्मा गर्न लागेको थिए  ।

जूलाई १, २०१७ को दिन थियो । म अमेरिका उड्ने दिन थियो । फाइट रातिको १०ः०० बजेको थियो । सबै रेडी गरे । मेरो आमा बुबालाई नरमाइलो लागेको थियो । खासगरि आमालाई नरमाइलो लागेको थियो । उहाँको आँखाहरु आँसुले भरिएको थियो ।

घडीले साझँको ६ः३० बजेको सङ्केत गरेको थियो । एयरपोर्ट जात तयार भयौ । घरबाट निस्क्यौ । घरबाट निस्क्नु अगाडि बुवा आमाले टिका लगाइदिनुको साथ साथै आर्शीवाद दिनुभयो । यसरी आमा बुवालाई छोडेर जाँदा मनमा नरमाइलो लाग्यो तर आफ्नो मन शान्त पार्नको लागि म अमेरिका जाँदै थिए ।

७ः०० बजेतिर एयरपोर्ट पुग्यौ । हामी एकछिन बाहिर नै बस्यौ । बुवा बाहिर गएको अनुभव भएकाले उहाँले सबै पहिले नै भनिसक्नु भएको थियो । एयरपोर्टको प्रतिक्रिया सबै बताउनुभयो । अनि १५ मिनेटपछि आफ्नो सामनाहरु ट्रलीमालिएर म भित्र छिरे । आमा बुवा मलाई हेर्दै हुनुथ्यो । म पछाडि फर्के । उहाँहरु झ्यालबाट हेर्दै हुनुथ्यो । म लाईन्मा थिए । मेरो पालो नआउजेल म पछाडि नै फर्किए । मेरो पालो आयो र भिसाको काम तलबाट सकेर माथि जानुपथ्र्यो । माथि जानु अघि बुवा आमालाई बाई गरे । अनि बुवा आमा पर्केको देखे । अनि माथि गए र माथिको काम सबै सकेर म कुरेर बसे । १ः३० घण्टा बाँकी नै थियो । मैैले एउटा किताब निकालेर पढ्न थाले । नयराज पाण्डेद्धार लिखित लू पढ्दै थिए । किताब त पढ्दै थिए तर मेरो ध्यान आरतीतिर थियो । मैले पढ्दै गरेको किताबमा उसैको तस्बिर थियो । उनको ध्यान हराउदा कति बेला ९ः३० बज्यो थाहा नै पाइन । अनि म जवाइजहाजमा चढे । धेरै आशामा म जवाइजहाजमा चढे । २४ घण्टापछि अमेरिका पुगे । म अमेरिकाको भर्जेनियामा आइपुगे ।

१०
सन् २०१७ अगस्टको महिना थियो । अगस्ट ५, शनिबारको दिन थियो । समयको सुइराले ९ः३० बजेको सङ्केत देखायो । म अमेरिकाको भर्जेनिया भन्ने ठाउँमा बस्र्थे । म अहिले भर्जेनियाको एउटा बारमा बियर पिउँदै थिए । म आरतीको सम्झनामा डुबेको थिए । म उनकै निम्ति आएको थिए । मैले उनीको यादमा कति बियर पिए आफूलाई नै थाहा पाइन । बार धेरै भिड थियो । मानिसकहरु रक्सी पिउँदै, नाच्दै थिए । बार भिड भए तापनि म एक्लो अनुभव गरे । त्यसैले म त्यस बारबाट निस्के । बाहिर आए र आकाशतिर हेरे । आकाशको तारा हेर्दै आरतीको अनुहार सम्झे । म आरतीको निम्ति अमेरिका आएको थिए र उनको के जवाफ आउँछ थाहा छैन ।

म अमेरिका आएको एक महिना भइसकेको थियो । यो एक महिना जागिर र कोठा खोज्दै बित्यो । त्यसमाथि म आरती पढ्ने कलेजमा भर्ना भएको थिए । मैले भर्ना गरेको अर्थात् आरती पढ्ने कलेजको नाम भर्जेनियना ईन्टरनेशनल युनिभरसिटी हो । खासमा म पढ्नको लागि आएकै होइन । म उनीलाई भेट्न भनि आएको थिए । मलाई आरती बस्ने ठाउँ थाहा थियो तर सिधै जाने साहस गरिन । म उनीलाई कसरी भेट्ने र के कुरा गर्ने भन्ने कुरा दिमागमा आइरह्यो । म बिस्तारै उनीको मन जित्न चाहन्थे । हतार गर्ने चाहन्न थिए । मलाई उनीको जवाफ चाहिएको थियो त्यो पनि सकरात्मक जवाफ । नकारत्मक जवाफ आए मलाई नै थाहा छैन कि म के गर्छु भनेर ।

चिसो हावा चल्दै थियो । हावाको साथ साथै मनमा पनि चिसो थियो । बियर पिउँदै म आफ्नो अतीत सम्झन थाले । आफ्नो अतीत सम्झेर मेरा आखाँहरु आँसुले भरिए । हुन त बार भीड थियो तर मन एक्लो थियो । बारका मानिसहरु खुशी थिए तर मेरो मन दुःखी थियो । बारमा प्रायको साथी थिए । उनीहरुलाई देखेर नै आफूलाई नरमाइलो अनुभव भएर आयो । मेरो पनि साथी भइदिएको भए हुन्थ्यो । आरती भएको भए झन् यो रात रङ्गीन हुन्थ्यो तर मेरो साथमा उनी नै छैनन्  । आरतीको साथ पाउने धेरै रहर थियो । अहिले यादमा हुन्थे । त्यसभन्दा पनि परेवा जोडीलाई देख्दा मेरो पनि त्यस्तै भइदिए हुन्थ्यो जस्तो लाग्छ । डाह ईष्र्या हुन्छ अरुलाई देखेर । जोडीहरुलाई देख्दा र उनीहरु डान्स् गर्दा ा र आरती नै डान्स् गरेको अनुभूति हुन्छ । मेरो मनमा धेरै प्रश्नहरु छन् जो म धैर्य गर्न सकेको छैन । मलाई नै थाहा छैन कि मेरो र आरतीको कुन मोडमा भेट हुन्छ तर यस समय म धैर्य गर्ने जो निर्णय गरेको थिए ।

मैले आज धेरै बियर पिएको थिए र म होस्मा थिइन । बियर पिउदै म आरतीको सम्झनामा कति बज्यो थाहा नै पाइन । समयले १ बजेको सङ्केत गरायो । बियर पिएपछि म आफूलाई संभाल सकेको थिइन । हुन ज नशामा नहुँदा पनि आफूलाई कहाँ सम्मान सकेको थिए र । आरतीको यादले नै मलाई नशा झै डुबाएको थियो ।

म यस दिन कसरी आफ्नो कोठामा पुगे र कतिबेला सूते आफूलाई नै थाहा भएन । बिहान अर्लाम बजेको पनि थाहा पाईन । गहिरो निद्रामा नै थिए । निकै बेर पछि मात्र बिउजे । टेबुलमा राखेको मोबाइल हातमा लिए र समय हेरे । बिहानको ११ बजे छ । मैले जुन लुगा लगाए बारमा गएको थिए, त्यही लुगा लगाएर सुते छु । बिहान उठेदा पनि बेलुकाको बियर उत्रेको थिएन । म अनि नुहाउन गए । नुहाइसकेपछि एक कप कफी बनाए र झ्यालबाट बाहिर हेरिरहे । मौसम राम्रो थियो । मजले घाम लागेको थियो । एक कप कफी पिएपछि नास्ता खान थाले ।

अर्को हप्तादेखि भर्जेनिया ईन्टरनेशनल युनिभरसिटी कक्षा सुरु हुने दिन थियो । मैले ईन्टरनेशनल रिलेशनमा भर्ना गरेको थिए । मैले युनिभरसिटीमै काम खोजे तर पाइन । युनिभरसिटी कै नजिक होटेलमा कुकको काम पाए । अमेरिकामा काम सानो वा ठूलो  हुँदैन थियो ।

मलाई कहिले एक हप्ता बित्छ जस्तो भएको थियो । युनिभरसिटी जानुभन्दा उनीलाई भेट्न हतास् थियो । मलाई नै नै थाहा छैन कि उनीको के प्रतिक्रिया आउछ मलाई देखेर ।

११
आज युनिभरसिटीको पहिलो दिन । बिहान ४ः३० बजेको अलार्म लगाएको थिए । क्लास बिहान ८ बजेको थियो । छिटो उठ्नु जरुरी त थिएन । म बस्ने अपार्टमेन्ट र युर्निभरसिटी हिडेर १५ मिनेट मात्र थियो तर मलाई हतार थियो । युनिभरसिटी जान हतार भएको थियो । म नुहाउन बाथरुम छिरे । २० मिनेटपछि बाथरुमबाट निस्के ।

निस्किसकेपछि युनिभरसिटीको लागि भनि रेडी भए । एकछिन आफ्नो खाटमा बसे । अनि फेसबुक लगिन् गरे । त्यसपछि आरतीको फेसबुक हेरे । अमेरिकामा आएपछि आरतीले त्यति फोटोहरु राखेकी थिइनन् । हुन त उनी त्यति फोटोहरु नराख्ने त्यक्तिमै पन्छिन् । तै पनि म आशा गर्थे कि उनीले फोटोहरु राख्छिन् कि भनेर ।

फेसबुक चलाउँदा चलाउदै ७ः०० बज्यो । ब्रेकफास्ट खान थाले । कन्फ्लाक र दूध सधै खान्थे । ब्रेकफास्ट खाएपछि मैले समय हेरे र ७ः१५ बजेको थियो र चिया बनाउन थाले । चिया पिएपछि म युनिभरसिटीतिर लागे । म १५ मिनेट अगाडि नै युनिभरसिटी पुगे । म आफ्नो कक्षामा बसिरहे । म खासमा पढ्न आएको त होइन तर आरतीको नजरमा पर्नेको लागि पढ्नु थियो ।

मेरो ध्यान प्रायः झ्याल बाहिर हेर्थे । आरतीलाई देख्छु भन्ने थियो । पढाइमा त्यक्ति गएको थिएन । कक्षा सकेपछि म पुस्तकालय जान्थे । एक घण्छा बस्थे । पढ्ने वाहानामा मेरा आँखाहरुले उनीलाई खोजिरहन्थे तर म उनीलाई न त झ्यालबाट न त पुस्त्कालयमा तर पनि मैले आश मारेको थिइन ।

म एक घण्टा पुस्तकालयमा बसेर होटलमा काम गर्न जान्थे । मेरो काम दिउँसोको एक बजेबाट बेलुकाको ९ः०० सम्म हुन्थ्यो । सुरुमा धेरै गाह्रो भएको थियो काम गर्न । हुन त नेपालमा म त्यति कुकको काम गर्दिन थिए । नेपालमा त्यति काम नगरेको मान्छे, यहाँ आएर काम गर्दा धेरै गाह्रो भयो ।

सुरुमा त खाना पकाउदा धेरै खानाहरु बिगारेको थिए । खाना पकाउन नआउँदा धेरै गाली खाएको थिए । आठ घण्टा किचेनमा उभिएर पकाउदा धेरै थाकिदो रहेछ । बिहानको ११ः०० बजे देखि ७ः०० सम्म काम गर्नुपथ्यो । ओभर टाइम काम पनि गर्नुपथ्यो । ओभर टाइम गरेर म बेलुकाको ९ः०० बजे सम्म गर्थे । राति त्यचि पढ्न पाउदिन थिए तर समय मिलाउथे । रातिको १२ः०० बजेसम्म बसेर पढ्थे ।

बिस्तारै होटलमा काम गर्ने बानी प¥यो । बिस्तारै खाना पकाउन पनि सिके । काम पनि राम्रो गर्न थालेको थिए । होटलमा काम गर्दै जाँदा मेरो दोस्ती दुई जनासँग भएको थियो । दुई जना नै नेपाली नै थिए । दुई जनाको नाम जिमी क्षेष्ठ र समिर शर्मा थियो ।

जिमी क्षेष्ठ चितवनका रहेछन् । काठमाडौमा सानैदेखि बसोबास गर्दै आएका थिए । काठमाडौमा धेरै समय बिताए । काठमाडौ मै पढे । उनले हिमालय व्हाइटहाउस बलेजबाट बिबिए सकेर अमेरिका आएका रहेछन् । उनले एमबिएको लागि छात्रवृति हम्पटन विश्वविद्यालयमा पाएका थिए र अहिले मास्टस् सकेका छन् । उनी अमेरिका आएको डाढे दुई वर्ष भएको थियो । उनी  म काम गर्ने होटेलमा काम गर्न थालेको ६ महिना भइसकेको थियो । उनीलाई उनी आमाले धेरै दुःखले हुर्कोउनु भएको रहेछ । बुवा सानो बित्नुभएको रहेछ । उनकी आमाले रातभर विद्यलायमा काम गरेर हुर्कोउनु भएको रहेछ । उनको एक जना बहिनी छिन् । १२ मा पढ्छिन् । दुःख सुख गरेर घरमा पैसा पठाउछन् ।

समिर शर्मा चाँहि धरानमा रहेछन् । उनले स्नातक डिग्रीमा पत्रकारिकतामा गरेका रहेछन् । छात्रवृति उनले आधा मात्र पाएका थिए । दुःख सुख गरेर मास्टस् सके । उनी पनि अमेरिका आएको साढे दुई वर्ष भइसकेको थियो । उनको घरमा एउटा दिदी र भाइ रहेछन् । दिदीको विवाह भइसकेको रहेछ । भाइ स्नातक डिग्री पढ्दै रहेछन् । जिमी र समिर यही होटेलका भेट भएको रहेछ । उनीहरु अमेरिका आएदेखि यही होटेलमा काम गरिरहेका छन् ।

काम गरेको तीन महिनामा दुई जना मेरो मिल्ने साथी भएका थिए । दुवै जना धेरै वर्ष भएको थिएन अमेरिका आएको । अमेरिका आएको एक वर्ष भएको रहेछ र यही होटलमा काम गरेको पनि एक वर्ष भएको रहेछ । अमेरिका दुवै जनाको साथीहरु आएको देखेर दुवै जना आएका रहेछन् । सुरुमा त दुवै जनालाई कहाँ आएको छु जस्तो भएको रहेछ तर अहिले दुवै जनालाई बानी परेको थियो ।

१२
शुक्रबारको दिन थियो । काम सकेर दुवै जनालाई आफ्नो कोठामा बोलाएको थिए । दुई दिन छुट्टी थियो । हामी काम छिटै काम सकेर कोठामा आएका थियौ । बेलुकाको १०ः०० बजेको थियो । अनि हामी रक्सी पिउदै थियौ ।
“यार, यो जिन्दगी पनि अचम्मको लाग्छ ।” जिमिले भने । जिमिको कुरा सुनेर समिरले भने,“तँलाई जिन्दगी किन अचम्म लागेको ? मलाई त लागेको छैन त ? अमितलाई पनि लागेको छैन । कि कसो अमित ?” अनि समिर मुस्कुराउछन् र आफ्नो आतमा भएको व्हिस्की पिउँछन् ।

म केही समयको लागि मौन भए । म पनि व्हिस्की पिउन थाले । म सोच्न थालेकी साँच्चै यो जिन्दगी अचम्म छ । आफूले सोचेको कहाँ हुँदो रहेछ । मेरो जिन्दगीमा पनि त्यस्तै भएको छ । मैले पनि आफूले सोचेको कहाँ पाएको छु र । यति पाएको भए, म कति खुशी हुन्थे । म अमेरिका आउने पनि थिइन । म उतरको खोजीको लागि भौतारिने थिइन । मनमा अशान्ति हुने थिएन ।

म आफ्नो दूनियामा हराए छु कि आफ्नो साथीहरु छन् भन्ने बिर्से छु । मेरा दुई जना मित्रहरुले मलाई ध्यान दिएर हेर्दै थिए । अनि केही समयपछि,समिरले भने,“ओए, तँ कता हराएको ? के सोचेको ? कुन चाँहि संसारमा हराएको ? कि आफ्नो प्रेमीकालाई सम्झिन थालिस् ?” समीरले आफ्नो व्हिस्की पिउँदै भने ।

जिमीले थप्दै भने,“तेरो प्रेम कहानी सुना न ।”

मैले व्हिस्की पिउदै आफ्नो कहानी सुनाए । मैले आफ्नो कहानी व्यक्त गर्दा म भावुक भए । मेरो प्रेम कहानी सुनेपछि जिमीले भने,“हामी तँलाई मदत गछौ । आरती र तेरो बिहे गरारै छाड्छौ । अब हाम्रो मिसन भनेको आरतीको पत्ता लगाउने हो । तिमीहरुलाई भेटारै छाड्छौ । तेरो खुशीमा हाम्रो खुशी हुने छ ।”

समीर हो मा हो मिलायो । मैले सोचे कि मेरा मित्रहरुलाई व्हिस्की लागे छ । भोलि नशा उत्रिएपििछ अघिल्लो दिन के भयो चाहा पाउदैनन् । गफ दियो मेरो साथीले । कति गिलास व्हिस्की पिएर गफ दियो । नशा लागेपछि प्राय मानिसहरु सूरमा रहदैनन् भन्थे हो जस्तो लाग्यो आफ्नो साथीलाई देखेर । नशा लागेपछि उनी के बोल्दै थिए न त उनलाई थाहा छ न त मैले बुझ्न सकिन ।

“साथी, तँलाई के कस्तो मदत चाहिन्छ, हामीलाई भने हुन्छ । नआतिए हुन्छ । आफ्नै सोचे हुन्छ । मलाई त तेरै भाइ सोचे हुन्छ । यो भाइले तँलाई आफ्नो ज्यान दिन तयार छु ।” फेरि व्हिस्की पिउन थाले । व्हिस्की पिएपछि तिमीबाट तँमा आइसकेको थियो । यो नशा भन्ने चिज यस्तै रहेछ । जिमीको साथ साथै समीरलाई पनि नशा लागिसकेको थियो । समीर पनि के बोल्दै थिए थाहा पाएका थिएनन् र जिमीको हरेक कुरामा हो मिलाउथ्यो । हरेक कुरा भनेपछि समीर भुँइमा बसेर मरि मरि हाँस्थ्यो ।

भन्ने हो भने, यो रातपछि हामी धेरै राम्रो साथी भएका थियौ । यो नशाले हामीलाई आत्मीयता बनाएको थियो । एक अर्कोको बारेमा अझै थाहा पाएका थियौ । यो रातमा मैले थाहा पाए कि दुवै जनाको प्रेम असफल भएको रहेछ । समीरको दुई वर्षको प्रेम असफल भएको थियो भने जिमीको आठ वर्षको प्रेम असफल भएको थियो । समीरको स्कुलदेखिको नै प्रेम सम्बन्ध रहेछ । पछि अर्कोसँग प्रेम गर्न थालिन् ।

यो रात जे जस्तो कुराहरु भए पनि धेरै दिनपछि मनदेखि रमाएको थिए । सायद हामी उस्तै प्रकारका व्यक्ति भएर होला मनको कुराहरु व्यत्त गर्न सकेको । मनमा शान्त र खुशी भएको । मन अझ हुन्थ्यो यदि आरती मेरो साथ भएको भए ।

बिहान शनिबारको दिन ढिलै उठ्यौ । समय भएको थियो । समय भएको थियो १०ः३० । पिउदा पिउदै रातिको २ बजेको थियो । हामी बैठक कोठामा बसेर खाएका थियौ र हामी त्यही सुतेका थियौ । म र समीर भुइमा सुतेका थियौ भने जिमी सोफामा सुतेको थियौ । समीर र मेरो सुताइ अचम्मको थियो । हामीले एक अर्कोको जिउमा खुट्टा राखेर सुतेका थियौ भने जिमीको सुताइ अर्के थियो । जिउ एकातिर र खुट्टा अर्कोतिर थियो । जिमी रातभर हुर्केर रातभर सुत्न थिएनन् ।

बिहान १०ः३० म उठे । नुहाएर चिया पिउदासम्म मेरा मित्रहरु उठेका थिएनन् । केही बेर म फेसबुकमा हराउन थाले । म हर रोज आरतीको फेसबुक हेर्थे । उसको तस्बिर हेरेर म दगं परे । प्रायः उनले केही पोष्ट गरेकी  हुँदैन थिइन् । हुन त मेरो पनि त्यति फेसबुकमा पोष्ट गर्दिन थिए । सायद आरतीको खोजीमा भएकाले होला केही लेख्न मन नभएको । मन त्यति उदास र खल्लो भयो । आरतीले केही लेखोस् जस्तो भएको थियो । उनीले एउटा फोटो राखोस् जस्तो भएको थियो ।

म फेसबुक चलाउदै उनीको संसारमा हराएको थिए र त्यही क्रममा समीर उठे । उठेपछि यता उता हे¥यो । म सोफाको एक छेउ बसेका थिए । मलाई देखेर उनले भने,“कति बज्यो यार ?”

मैले मोबाइलमा समय हेरे ११ः४६ बजे छ । अनि समीर जुरुक्क उठ्यो र शौचालय गयो । अर्कोतिर जिमी मस्तसँग सुतेका थिए । हामी तीन जना मध्ये धेरै पीएर नशामा जिमी नै थिए । जिमीले ६ देखि ८ बोतल जति व्हिस्की पिएका थिए । र होस्मा थिएनन् । एक मनले सोचेकी जिमीलाई निद्राबाट उठाइ दियौ र अर्को मनले सोचे होस् र मैले उनलाई उठाइन ।

समीर र म खाना फकाउन थाल्यौ । मैले आज खसीको मासु ल्याएको थिए । धेरै वर्ष भएको थियो मैले खसीको मासु नखाएको र आज लेर आए । आज माहोल थियो । हामी खाना पकाउदै थियो । फेसर कुकरमा मासु बसालेका थियौ । सिटी बज्यो र यही सिटीले जिमीलाई उठायो । जिमी उठेर शौचालय गएर र फेस् भएर निस्के । अनि खाना खायौ र बाहिर निस्कयौ । हामीले शनिबार र आइतबार रमाइलो गयौ । आएत्बार बेलुका उनीहरु आफ्नो कोठातिर फर्किए र म फेरि एक्लो भए । मन एक पल खक्लो भयो ।

१३
खोजि नगरेको होइन तर मैले उनीलाई भेट्न सकिन । युनिभरसिटीकमा धेरै प्रतिक्षा गरे तर उनीलाई मैले भेटिन । समीर र जिमिको गफै मात्र ठूलो थियो । दुवै जनाले केही पनि छाककाट देखाएनन् । उनीहरु प्रति आशा र विश्वास छ न त थियो तर पूरै थिएन । यसरी नै मेरो ६ महिना बित्यो । प्रश्म सेमेन्टर सकियो र युनिभरसिटीकको छुटी थियो । अनि एक महिनाको छुट्टीमा मैले ओभर टाइम काम गर्न थाले ।

एक दिनको कुरा हो । शुक्रबारको दिन थियो । समय थियो १ः३० बजे । म भान्सा कोठामा थिए । भाडाहरु मिलाउदै थिए । यही क्रममा जिमि म भएको ठाउँमा आइपु¥यो । ऊ खुशी देखिथ्यो । अनि भाडाहरु  मिलाउदै भने,“यार, तिमी आज धेरै खुशी देखि छौ । गर्लप्रेण्ड पायौ कि क्या हौ ?” मैले जिस्काए ।

”गर्लप्रेण्ड त पाए तर आफ्नो होइन ।”

”कसको त ?”

”मैले आरतीको बारे थाहा पाए ।”

“हँ?” म अचम्मित भए । मेरा कानहरुले के सुन्नुभयो । मैले विश्वास गर्न सकिन ।  जिमि प्रति भरोसा गर्न सकेको थिइन । अनि आफ्नो काम छोडेर भने,“तिमी यो के भन्दै छौ ? तिमीले मेरो आरतीबारे कसरी पत्ता लगायौ ? मैले विश्वास गर्न सकिन । तिम्रो विश्वास कसरी गरौ ? मैले त तिमीले त्यतिकै नशाको सूरमा भनेको हेला भनि सोचेको थिए ।”

“जरुर मैले नशाको सूरमा भनेको थिए तर त्यस्तो पितूर पनि छैन । मलाई याद थियो । तिमीले सोच्यौ होला कि मैले बिर्से तर मैले बिर्सेको थिइन । मैले युनिभरसिटीक गएको थिए र प्रशासनसँग कुरा गरे । उनको बस्ने कोठा पनि पत्ता लगाए । अनि मैले उनीलाई दिनहुँ पिछा गरे । उनी कहाँ, कता बेला कहाँ जान्छिन् पत्ता लगाए । उनी बिहान कलेज गएर दिउँसो रेष्टुरेण्डमा काम गर्दिरहेछिन् । बेलुकाको ९ बजेसम्म काम गर्दिरहेछिन् ।”

म खुशी हुँदै उनलाई अँगालो हाने । “तिमीले मेरो ठूलो मदत ग¥यौ । मैले गर्न नसकेको काम तिमीले गरिदियौ । म यो गुण कहिले बिर्सिन । तिमीलाई जुन दिन मेरो मदत चाहिन्छ, मलाई सम्झनु ।”

म आफ्नो दूनियामा हराउन थाले । म हराएको देखेर, जिमिले भने,“होइन, तिमी कुन दुनियामा थाल्यौ ?आरतीको सपनामा हराएका त होइनौ । मीठो दूनिया देख्यौ कसो ।”जिमिले मलाई जिस्काउदै भने । म मुस्कुराए मात्र । अब त्यो दिन टाढा रहेन । अब म छिट्टै आरतीलाई भेट्छु । मेरो जवाफ के आउला भनि परिकल्पना गर्न थाले ।

१४
रेष्टुरेण्डको ठेगान पत्ता लगाएपछि, म रोज त्यो रेष्टुरेण्डमा जान्थे । म उनीलाई पछाउथे । उनीसँग लुकेर पछाइरहे । यो क्रम धेरै दिनसम्म रह्यो । मलाई उनीको दैनिकी जान्नु थियो । कति बजे कहाँ जान्छिन् र कोसँग भेट्छिन् भन्ने जान्न जरुरी थियो ।

म सुरुमै उनीसँग भेट्न चाहन्न थिए । म आफू नै राम्रोसँग तयार भएको थिइन । राम्रोसँग तयार भएपछि मात्र जाने निर्णय गरेको थिए । अर्कोतिर हेर्ने हो भने, मेरा प्रिय साथीहरुलाई मेरो बारे जान्ने धेरै ईच्छुक थिए । जिमि रिसाएका पनि थिए कि म किन भेट्न गरेको छुइन भनेर । उसले जो यति धेरै मिहिनेत गर्देको थियो । म उसलाई विश्वास दिलाएको थिए कि म आरतीलाई छिट्टै भेट्छु भनेर ।

आइतबारको दिन थियो । आरती आइतबार पनि काम गर्थिन् । म पनि आइतबारको दिन काम गर्न थालेको थिए तर आज छुट्टि मिलाएर आरती काम गर्ने रेष्टुरेण्डमा गए । म साँझको ७ः०० बजे पुगेको थिए । मलाई थाहा थियो कि उनी ८ः०० बजे रेष्टुरेण्डबाट निस्कछिन् । म उनीलाई कुरेर बसेको थिए । मैले एक कफी पिउदै बाहिरको वातावरण हेर्न थाले ।  चिसो मौसम । बाहिर बस्दा चिसो थियो । बाहिर चिसो भए तापनि भित्र तातो नै थियो तर मलाई भित्र बस्न मन थिएन । म आरती भित्रबाट बाहिर आएको हेर्ने चाहन्थे । म गफी पिउदै गेट हेर्दे थिए । अनि मेरो आँखाले घडीमा पनि केन्दि«त थियो । समय भएको ७ः३० । आधा घण्टा बाँकी थियो । म हरेक पाँच मिनेट घडी हेर्थे । मलाई आधा घण्टा पनि १२ घण्टा जस्तो लागेको थियो । कति बेला ८ः०० बज्छ जस्तो भएको थियो । ममा धैर्य थिएन । मैले धेरै कफी अर्डर गरेको थिए कि मलाई नै थाहा पाइन कि कति अर्डर गरे भनेर र अन्तमा मेरो प्रतिक्षको फल समाप्त भयो । ८ः०० बज्यो र मेरा आँखाहरु ढोकातिर गयो । म उनीलाई हेर्ने तप्पिएको थिए तर ८ः०० बज्दा पनि उनी आइनन् । रेष्टुरेण्ड बन्द नहुजेल म उनीलाई कुरेर बसे । त्यस दिन मेरो प्रतिक्षा नमिठो रुपमा परिवर्तन भयो । म निराश भएर म त्यहाँबाट निस्के । म रातभर राम्रोसँग सुत्न सकिन । म उसकै यादमा डुबे ।

अर्को दिन अर्थात सोमबारको दिन थियो । मेरो मुड खराब भएको थियो । म युनिभरसिटी जान त गए तर मेरो ध्यान मास्टरले पढाएकोतिर गएको थिए । युनिभरसिटीपछि म कामतिर गरे । मेरो मुड खराब भएकाले म त जिमिसँग बोले न त समिरसँग । म मौन थिए  र आफ्नो काम गर्दै थिए । मलाई जिमिले हरिरहेका थिए । काम सकिने बेलामा जिमिले भने, “आज तिमीलाई के भयो ? तिम्रो मुड खराब भएको छ हो ?”

म मौन नै थिए । म बोल्न नरुचाएको बुझेर उनले फेरि प्रश्न गरेन । म आफ्नै सूरले काम गरिरहे । जिमि पनि आफ्नै काममा व्यस्त भए । मन बेचेन भएको थियो ।

अर्को हप्ताको दिन । आइतबारको दिन थियो । म आफ्नो काम सकेर, आरती काम गर्ने रेष्टूरेण्डमा गए । धेरै समयसम्म कुरिरहे तर उनी आइनन् । यसभन्दा अगाडिसम्म त आइतबार आउथिन् तर मैले भेट्ने दिन चाहि किन नआएकी होलिन् । उनीले त थाहा पाइनन् कि म उनीको पिछा गर्दै थिए । मेरो मनले शङ्का गर्न थाल्यो । शङ्काको साथ साथै मन अशान्त हुन थाल्यो । मैले आरतीलाई नभेट्ने हो कि ?

मनमा धेरै कुराहरु खेल्दै गए जसको कारण म रातभर सुत्न सकिन । कुराहरुको साथ साथै धेरै प्रश्नहरु थिए । अर्को दिन, मैले जिमिलाई सबै कुराहरु व्यक्त गरे । मेरो कुरा सुनिसकेपछि, उनले भने,“आइतबार नभएर अर्को गएर भेट्न जाउन । आइतबार नै किन कुरिरह्छौ ।”

मलाई उसको कुरा ठीक लाग्यो तर हाकिमलाई के भनेर छुट्टी माग्ने ? जिमिले मलाई हेर्दै थिए र मैले केही नभनिकन उनले मेरो कुरा बुझ्यो र भने,“आइतबार हाम्रो ओभर टाइमको काम हो । हाकिमलाई केही बाहाना बनाए हुन्छ । आत्तिनु पर्दैन । कुरा मिलायो भने सबै मिल्छ ।”

“तर यति मैले आरतीलाई भेटिन भने ?”

“बिर्सिदेऊ । यदी यो हप्ता तिमीले आरतीलाई भेटेनौ भने सोच कि तिमी उसको कहीले हुन लेखेको रैन रहेछ । नमीठो सपना भनि बिर्सिदेऊ ।”

यो कुराहरु भन्न सजिलो छ तर सुन्न उतिकै गाह्रो छ । जिमिले आरतीलाई बिर्सिदेऊ भन्दा मेरा आँखाहरुबाट आँसु झरे । जिमि मेरो नजिक आए र भने,“हे, सरी यार, यदी मैले नराम्रो भनेको भए ।” अनि अँगालो मारे ।

१५
शुक्रबारको दिन थियो । मैले होटलमा काम गरेर छिट्टै निस्के । म आरतीले काम गर्ने रेष्टूरेण्डमा गए । सात बजेको थियो । म उनकै बाटो कुरेर बसिरहे । घडी हरेक पाँच मिनेटपछि हेरिहरन्थे । कफी पिउदै बाहिर हेर्दै ८ः०० बज्यो । मेरो नजर ढोकामा अडिरह्यो । ८ः३० बजेको थियो होला उनीलाई ढोकाबाट बाहिर निस्किन् । उनी आफे साथीहरुसँग हास्ँदै निस्किन् ।

कपाल छोडेकी थिइन् । कपाल छोटो थियोे । ओठामा लिपस्टिक लगाएकी थिइन् ; त्यो पनि मीठो रातो रंगको । उनले बैगनी रंगको टि—सर्ट लगाएकी थिइन् भने कालो रंगको पाइट लगाएकी थिइन् । मान्छे यसै उसै राम्री  थिइन् र जे लगाए पनि सुहाउने । म त दंग पर्दै हेर्दै थिए । मैले उनलाई एक वर्ष १ महिनापछि भेट्दै थिए । आरतीले आफ्नो साथीहरुलाई बाई गर्दै आफ्नो बाटो लाग्न आट्दै थिइन्, म उनीको छेऊमा गए । जब म आरतीको नजिक गए, उनी छक्क परिन् । उनी छक्क हुनुको साथ साथै मौन भइन् । उनीको अनुहार अर्को भएको थियो । उनीको भावले नै बताएको थियो कि उनी म यहाँ आउँछु भन्ने यकिन थिएन ।

“तपाई यहाँ ?” उनले अचम्म तरिकाले प्रश्न गरिन् ।

“बसेरै कुरा गरौन ।” अनि हामी बस्यौ । हामी एक पलको लागि मौन थियो । उनीको नजर मतिर थिएन । उनी यता उता हेर्दै थिइन् । म चाँहि उसलाई हेरेर बसे । सायद उनीलाई मसँग बोल्न मन थिएन तर मलाई धेरै प्रश्नहरु सोध्नु थियो ।

“तिमी सँच्चै छौ ?”

“सँच्चै छु ।”

“अनि नेपाल कहिले फर्किने ?”

“दुई वर्षपछि । अनि तपाई अमेरिका आउने कुरा थिएन त ?”

म एक पलको लागि मौन थिए । म कसरी आफ्नो मनको कुरा उनीलाई भनौ भइरहेको थियो । यही क्रममा मैले दुई कप कफी अर्डर गरे । अनि मैले हिम्मत गरे र भने,“खासमा म अमेरिका तिमीलाई भेट्न आएको । मेरो मनमा धेरै प्रश्नहरु छन् जुन तिमीसँग सम्बन्धित छन् ।”

आरती मेरो कुरा सुनेर अचम्म परिन् । “मसँग सम्बन्धित प्रश्नहरु ? तपाईको मजाक गर्ने बानी अहिलेसम्म हराएको छैन ? कस्तो मजाक हो ?”

आरतीले मेरो हरेक कुराहरुलाई मजाकको रुपमा लिने गर्थिन् । सायद मेरो बानी व्यवहारले यस्तो सोच आएको हुनसक्छ तर अहिलेको समयमा म मजाक गर्ने मुडमा थिइन । मेरो हरेक कुराहरुलाई किन मजाकको रुपमा लिने गर्थिन् जुन मलाई मन पर्दैन थियो र मलाई रिस उठेको थियो ।

अनि म रिसाउदै भने,“तिमी मेरो कुरालाई मजाकमा लिन्छौ ? अहिले म मजाक गर्ने मनस्थितिमा छैन र मजाक गर्ने समय होइन, आरती ।”

“तपाईको हरुफल मजाक गर्ने आदत जो छ, त्यसैले तपाई गम्भीर भएको विश्वास गर्न सक्दिन ।”

म फेरि मौन थिए । उनीको व्यवहारले लाग्थ्यो कि उनीले मलाई जवाफ दिने वाला छैन । तैपनि मैले सोधे,“हेर आरती, मैले अघि नै भनिसके कि म अमेरिका तिम्रो लागि आएको हो । म तिमीलाई मन पराउछु । नेपालमा हुँदै मैले तिमीलाई प्रेम प्रस्ताव राखेको थियो । मैले तिम्रो जवाफ धेरै समयसम्म कुरे । तिम्रो जवाफ नआउँदा नआउँदै तिमी अमेरिका आइपुयौ । म तिम्रो जवाफ पाउन अमेरिका आइपुगे ।

अमेरिका त आइपुगे तर तिमीलाई कसरी भेट्ने भएको थियो । म मिी पढ्ने युनिभरसिटीमा पढ्न थाले । तिमीसँग भेट हुन्छ भन्ने पूरा आशा थियो तर तिमीसँग भेट भएन । पछि तिमी काम गर्ने रेष्टूरेण्ड पत्ता लगाए । अनि तिम्रो पिछा गरे । तिम्रो पिछा धेरै दिनसम्म गरे । अन्तमा तिमीलाई भेट्ने निर्णय गरे तर मेरो किस्मत खराब थियो । मैले तिमीलाई सुरुको दुई पटक भेट्ने मौका पाइन तर तेस्रो पटक तिमीसँग भेट भयो ।”

वातावरण फेरि मौन भयो । मौनता छाएको थियो । हामी एक अर्कोलाई हेर्दै थियौ । उनी रिसाएकी थिइन् । उनीको अनुहारको भावले जनाएको थियो । अनि मौनता तोड्दै मैले फेरि भने, “मलाई थाहा छ कि मेरो केही बानी मन पर्दैन तर प्राय मानिसहरुमा केही न केही कमजोरी हुन्छ । यसलाई सुधार्न पनि सकिन्छ । जब तिमी मसँग बोल्न छोड्यौ, ममा धेरै परिवर्तन आएको छ । ममा बचपना कम भइसकेको थियो । त्यसभन्दा पनि तिमी नबोल्दाको तनाव अर्को थियो । मलाई रिस उठेको थियो । मलाई तिम्रो दोस्तीको जरुरत थियो जुन मैले गुमाई सकेको थिए । अनि मैले तिमीलाई दुई पटक पत्रहरु दिए, तिम्रो केही जवाफ नआँउदा अर्को तनाव थियो । मेरै कारणले तिमी मसँग बोलेकी थिएनौ । त्यसको लागि म आफूले अहिलेसम्म नराम्रो अनुभव गरेको छु । म त्यसको लागि माफिको लायक छैन तर पनि यो कुरा मनमा लिइ बस्न पनि सकेको छैन । त्यसैले म अमेरिका आएको हुँ ।”

आरती मौन नै थिइन् । उनीलाई के भनू भइरहेको थियो । अनि उनीले केही समयपछि  बोलिन्,“हेर्नुहोस्, सुरुमा त म तपाईसँग रिसाएको छैन र मलाई तपाईसँग चित्त बुझेको छैन ।”

रिसाएको छैन भन्दा म धेरै खुशी भए । अनि आरतीले भनिन्,“त्यसबेला तपाईको जुन तरिकाले जिस्किनु हुन्थ्यो, त्यसबेला मलाई रिस उठेको थियो । झन् तपाईले मलाई मन पराउने कुरा व्यक्त गर्नुभयो मैले जवाफ दिन जरुरी देखिन । मैले त्यो नजरले हेरे कै थिइन । मलाई न त तपाईसँग दोस्ती नै गर्नु थियो न त दुश्मनी । माया र दोस्ती मनदेखि हुनुपर्छ । मैले तपाईलाई मनको नजरले कहिले स्वीकारेको छैन । तपाईको बारेमा सोचे भने, तपाई एक क्षण मेरो जिन्दगीमा आउनुभयो र जानुभयो । त्यसैले तपाईको बारेमा त्यस्तो केही सोच्दिन ।

म आफ्नो जिन्दगीमा खुशी छु । तपाई पनि आफ्नो जिन्दगीमा खुशी रहनुहोस् । बितेका कुराहरुलाई लिएर नबस्नुहोस् । अगाडि बढ्नुहोस् । तपाईले मभन्दा पनि राम्रो केटी पाउनु हुन्छ । आफ्नो बितेका पलहरुबाट सिकेर अगाडि बढ्नुहोस् । एउटै कुरामा अज्जि रह्यो भने जिन्दगी अगाडि बढ्दैन अमितजी । अगाडि बढ्नुहोस् । पागलपन नदेखाउनुहोस् । यदी तपाई प्रति चासो देखाउदैनन् भने, तपाई त्यसको पछि नलाग्नुहोस् ।”

यति भइसकेपछि आरतीले मलाई हेरिन् । म मौन थिए । म के भन्नौ भन्नौ भयो । सकरात्मक उतरको अप्रेक्षा गरेको थिए तर नकरात्मक उतर पाएपछि म आफूमा केही खराबी जस्तो भयो । अनि आरती रेष्टूरेण्डबाट निस्किन् । म चाँहि उनी गएको हेरि बसे । मैले जवाफ त पाए तर आरतीलाई पाउन सकिन । आरतीलाई पाउने सपनामा मात्र सिमित रह्यो । मैले आजसम्म धेरैसँग सम्बन्ध राखेको थिए तर मैले मनदेखि सिर्फ आरतीलाई माया गरेको थिए र अहिले पनि गर्छु । म आरतीलाई पागल प्रेमी जस्तै माया गर्छु ।

जसको निम्ति म अमेरिका आएको थिए, उसैले मलाई स्वीकारीनन् । मलाई नै थाहा छैन कि म  कसरी आफूलाई सम्हालनु । म आरती बिना कसरी बाँच्नु ? मेरा आँखाहरु आँसुले भरिएका थिए । म आफूलाई सम्हालन सकेको थिइन । म यस रेष्टुरेण्डमा धेरै बसेर आफ्नो कोठातिर गए । म यस दिन रातभर सुत्न सकिन । ममा के खराबी छ ? म के साँच्ची नराम्रो मान्छे हुँ ? म रातभर निदाउन सकिन र मेरो दिमागमा कुराहरु मात्र खेलाइ रह्यो । जिमिले मलाई धेरै चोटि फोन गरे तापनि मैले फोन उठाउन कस्ट गरिन । अन्तमा मैले फोन नै अफ गरे । मलाई कोहिसँग कुरा गर्न  मुड चलेको थिएन । मेरो मन नै सिसा जस्तै टुटेको थियो तर आवाज बिना । मन रोएको थियो । म आफ्नो मनको वेथा कसैलाई व्यक्त गर्न सकेको थिइन । भनू कसलाई भनू । भन्यो भने सात्तोना मात्र दिन्छन् । भन्नालाई धेरै सजिलो छ तर आफूलाई नपरुजेल थाहा हुँदैन ।

१६
शनिबार अर्थात छुट्टीको दिन । म ढिलो नै उठे । म कति बेला निदाए छु, आफैलाई नै थाहा छैन । बिहान उठ्दा पनि मेरो मुड ठीक थिएन । अघिल्लो रातको कारणले गर्दा म निकै उदास थिए । अब एक वर्ष अमेरिकामा बिना उद्देश्य के गर्ने जस्तो भयो । केही पलको लागि लाग्यो कि नेपाल पर्केर जाऊ तर नेपाल ग एभने पढाई वा केही गर्न सकेन अनि नेपाल फर्कियो भन्ने हुन्छ । त्यसैले एक वर्ष बसेर फर्किने योजना बनाए ।

यही क्रममा मेरो ढोकाको घण्टी बज्यो । अनि घडी हेरे । बिहानको ११ बजिसके छ । अनि म हतारिदै ढोका खोल्न गए । जिमि र समिर पो आएका रहेछन् । अनि हतार हतार भित्र छिरे । अनि जिमिले भने,“तेरो फोन के भयो ? अफ छ त ।” जिमि रिसाउदै भने । खासमा मलाई बोल्ने मुड थिएन । अनि म नबोलेको देखेर जिमिले फेरि बोल्न थाल्यो,“तेरो फोन कहिले अफ हुँदैन थियो त । तँलाई के भयो ? तेरो मुड खराब भएको छ जस्तो छ । तैले आरतीलाई भेटेको हो ?”

मैले जिमि र समिरलाई सबै कुरा व्यक्त गरे । मेरो कुरा ध्यान दिएर सुदै थिए । मेरो कुरा सुनेपछि, जिमिले भने,“तँ अताति । अरु केटीहरु पाइहाल्छन् नि । टेन्सन नलि । आज हामी बारमा जाने । तँलाई प्रेस हुन्छ । के छ विचार ?”

बारमा जाने बारेमा सहमति दिए । अनि हामी भर्जेनिया बारमा गयौ । हामी बेलुका ७ः०० बजे गएका थियौ । बार पुग्न म बसेको अपार्टमेटबाट आधा घण्टा लाग्थ्यो । म र मेरा भित्रहरु बारमा पुग्यौ । अनि व्हिस्की अर्डर गयौ । मेरो मुड खराब भएकाले म एक्लै बस्न रुचाएको थिए ।  म एक कुनामा बसेर व्हिस्कीको साथ साथै चुरोट तादै थिए भने मेरा दुई मित्रहरु सोफामा बसेर व्हिस्की पिउदै थिए । म भने आफ्नै दूनियामा थिए । यही क्रममा मेरो छेऊमा एक जना पुरुष आएर बसे । मलाई देखेर मुस्कुराए तर मैले मतलब गरिन ।

त्यस व्यक्तिको हातमा व्हिस्की र चुरोट थियो । एक पटक चुरोट तानेपछि उनले मलाई भने,“तपाई अमेरिका आएको कति वर्ष भयो ?”

“एक वर्ष ।” मैले दोहोरो संवाद गर्ने उचित सझ्नि । म आफ्नै संसारमा डुबेको थिए । उसले मलाई हेर्दै थिए ।
निहालेर हेर्दै थिए । मलाई नै थाहा छैन उनले मलाई किन निहालेर हेर्दै थिए । अनि उनले फेरि भने,“हजुरको शुभ नाम ?”

“अमित दाहाल ।”

“मेरो नाम चाँहि पुजन नेपाल ।” अनि उनले आफ्नो हात बढाए ।

म एकदिन अचम्म परे । पुजन नेपाल एक प्रसिद्ध नेपाली लेखक थिए । उनको अनुहार मैले याद नै गरेको रहेन छु । अनि मैले मेरो हात अगाडि बढाए ।

“मलाई थाहा नै भएन कि तपाई लेखक हुनु छ भनेर । ”

एकछिनको लागि मौन भयौ र आफू व्हिस्की पिउन थाले । पिउदा पिउदै उनले मलाई भने,“तपाई उदास देखिनु हुन्छ । उदासभन्दा पनि तपाईको नजरले जवाफ खोजिरहेको छ ।”

म पुजनको कुरा सुनेर मौन भए । मैले पिइरहेको व्हिस्की टेबुलमा राखे । अनि मैले उनलाई आफ्नो कथा सुनाए । सुनाइसकेपछि मैले भने, “मैले जिन्दगीमा धेरैसँग प्रेम गरे तर उनीसँग जस्तो गर्न सकिन । ममा आरतीलाई पाउन जिद्द छ । म उनीलाई पाउन पागल भएको छु । म पागल प्रेमी हूँ । जोसँग सम्बन्धमा रहे, मैले वास्ता गरिन तर आरतीलाई पाईन भने, म मर्छु । उनी मेरी भइनन् भने, अरुको पनि हुन दिन्न । मनमा अझै पनि थियो कि उनी आउँछिन् भनेर ।”

“तपाई उनीलाई धेरै माया गर्नु हुँदो रहेछ तर आरतीको जवाफ पाइसकेपछि पनि तपाई अझै आश गर्दै हुनु छ कि आरती फर्केर आउँछिन् भनेर । नकरात्मक जवाफ पाइसक्नु भयो तर पनि अझै पनि नै लाग्नु भएको छ ।”

“सुरुमा त नेपाल फर्किेन मन थियो तर म राम्रो व्यक्ति भ एभने उनी आउछिन् र मलाई माया गर्छिन् । आश मरेको छैन । म उनीलाई आफूभन्दा धेरै माया गर्छु । उनीलाई पाउन म जे पनि गर्न तयार छु ।”

“तपाई हिन्दी फिल्मको जस्तै पागल प्रेमी लाग्यो ।”

“हु, म पागल प्रेमी तर आफ्नो प्रेम पाउनको लागि म आफ्नो सिमा नागदिन ।”

मेरो कुरा सुनेर पुजन मौन भए । हामीले एक अर्कोलाई हेरौ । वातावरण मौन थियो । अनि मौनता तोड्दै पुजनले भने, “अब तपाई के गर्नुहुन्छ ?”

“जिन्दगीले मलाई कता डोराउँछ, म त्यसैतर डौरिछु । मैले केही योजना बनाएको छैन । मेरो योजना आरतीलाई लिएर नेपाल फर्केने र उनीसँग घर जम गर्ने थियो । अहिले पनि छ । सोचेको जस्तो जवाफ त मैले पाइन तर समय बलवान छ । समयले सबै ठीक गर्छ भन्ने विश्वास छ ।

सुरुमा सोचेको थिए कि उसको जवाफ नकरात्मक भयो भए म नेपाल फर्केछु तर मेरो मनले मानेन । मेरो दिमाग र मनले नकारात्मक उतर स्वीकारेन र आरतीलाई पाउने सपना अहिले पनि छ । हरफ उनलाई सम्झिछु । नसम्झे दिन छैन । म उसलाई बिर्सेन सक्दिन, पुजनजी । मन र दिमागमा सिर्फ उसैको तस्बिर छ ।”

मैले आफ्नो हातमा भएको व्हिस्की पिउन थाले । व्हिस्कीको साथ साथै चुरोट तान्न थाले । पुजन चाँहि मलाई निहालेर हेर्दै थिए । उनको दिमागमा के चलिरहेको छ, मलाई नै थाहा छैन । सायद मेरो प्रेम कहानी सुनेर उनको दिमागमा आरतीसँग भेट्ने जोस आएको होला । आरतीको पक्षबाट सुन्ने रहर होला ।

अनि आफ्नो हातमा भएको व्हिस्की टेबुलमा राखे । “मेरो कथा सुनेर तपाईलाई आरतीसँग भेट्ने खुलदुली भएको होला ।”

पुजन मौन भए र आफ्नो हातमा भएको चुरोट ताने र धेरै चोटि लामो हावा उठाउछन् । यो प्रश्न मैले दुई तीन चोटि सोधे तर उनले उतर दिन जरुरी देखेनन् ।

“मलाई नै थाहा छैन कि म उसलाई भेट्छु वा भेटिन । उसलाई भेट्न जरुरी देख्दिन । अहिलेको समयमा मलाई कथा लेख्न सोचमा छैन ।”

आफ्नो हातमा भएको चुरोट एशट्रेमा राख्छन् । यही क्रममा मेरा मित्रहरु आए । समिर र जिमिको परिचय पुजनसँग भयो । समिर र जिमि पिलिलि भइसकेका थिए । उनीहरु बोल्न पनि सकेका थिएनन् ।

मेरो अवस्था बुझेर पुजनले भने,“अहिलेको ११ः३० बजिसक्यो ।” उनले घडी हेरेर भने र फेरि भने,“अब म जान्छु । फेरि भेटौला ।” अनि उनले आफ्नो फोन नम्बर दिन्छन् । मैले पनि आफ्नो नम्बर दिए । पुजन गएपछि, म पनि फर्केन चाहन्थे तर मेरा साथीहरु जान मानेका थिएनन् । उनीहरु रक्सी थपेर फेरि पिउदै थिए भने म चाँहि आफ्नै दुँनियामा हराउन थाले ।

मेरा साथीहरु समिर र जिमिको अवस्था हेर्दै थिए । उनीहरु भुँइमा थिए । उनीहरु नजिक गए । उनीहरुलाई उठाएर गाडीमा राखे र पैसा तिर्नेर गए ।  पैसा तिर्नेर आउँदा दुई जना मित्रहरु आफू आफू बोल्दै थिए । ठूलो स्वरमा हास्ँदै थिए । मैले उनीहरु प्रति ध्यान दिइन र ध्यान दिन जरुरी सोचिन ।

आफ्नो रुममा पुगेपछि समिर र जिमिले धेरै उल्टी गरे । धेरै रक्सी पिएको असर थियो । बिहान पनि ढिलो उठे । बिहानभन्दा पनि दिउँसो उठेका थिए । उनीहरु १ः०० बजेतिर उठेका थिए । म चाँहि बिहान ८ः३० बजे उठेको थिए । आफूले आफ्नो काम सकेर टेलिभिजन हेर्दै चिया पिउँदै थिए ।

यही क्रममा जिमि तल लिभिङ्ग रुममा आए । अनि सोफामा बसे । उनलाई हेर्दै थिए र निद्रामै थिए । सोफामा बसेको केही बेरमा सोफामा नै सुते  । यो दिन समिर र जिमिले सुतेरै बिताए । म चाँहि टेलिभिजन हेरेरै दिन बिताए ।

पुजन नेपाल र मेरो भेटघाट हुन थालेको थियो । कहिले पुजन मेरो रुममा आउथे र कहिले म उसकोमा जाने गर्थे ।

१७
दुई हप्तापछिको कुरा हो । शुक्रबारको दिन थियो । म आफ्नो काम सकेर म आरती काम गर्ने रेष्टूरेण्डमा गए । साँझको ६ः३० बजेको थियो र म आरतीलाई कुरेर बसेका थिए । मलाई एक पटक आरतीसँग कुरा गर्न मन लागेको थियो । त्यसैले म उनी काम गर्ने रेष्टूरेण्डमा गए ।

म कफी पिउदै थिए । यही क्रममा उनी आफ्नो काम सकेर निस्कने क्रममा थिइन् र उनीले मलाई कफी पिउदै गरेको देखिन् । देखिसकेपछि आफ्नो साथीहरुलाई बाई गर्छिन् र म बसिरहेको टेबुलमा आइन् ।

“हजुर यहाँ ?”

“हाई । के छ तिम्रो खबर ? धेरै भइसकेको थियो बाहिर रेष्टूरेण्डमा नगएको । त्यसैले म यहाँ ।”

उनी मौन भइन् । उनीलाई थाहा थियो कि म उनीलाई भेट्न आएको भनेर तर उनीले भन्न उचित सोचिनन् ।

“खासमा म तिमीलाई भेट्न आएको ।”

“केही काम थियो कि ?”

“आइ यम सरी ।”

“के को लागि ?”

“मैले तिम्रो मन दुखाएको छु । मेरो तिमीलाई पाउन आफ्नो पागलपन देखाए । पागलपन देखाउदा साथी पनि पाउन सकिन । आफूलाई त्यसको पछुतो छ । म तिम्रो साथी हुन चाहन्छु ।”

वातावरण मौन थियो । उनीले मलाई हेर्दै थिइन् र म उनीलाई । आरतीलाई अप्ठारो लागेको थियो । उनीलाई के भन्नू भएको थियो । उनीलाई मसँग दोस्ती गर्नु थिएन ।

मैले आरतीको कुरा बुझे र भने,“यदी तिमीलाई मेरो साथी हुनु छैन भने केही छैन । म त तिम्रो राम्रो साथी हुन मात्र चाहेको हो ।”

यति भनेर म त्यस रेष्टूरेण्डबाट निस्के । आरती म गएको हेरिरहिन् । सोहि दिन म र मेरा साथीहरु बारमा गयौ । हामीलाई साथ दिन पुजन पनि आएका थिए । हामी व्हिस्की पिउनुको साथ साथै चुरोट ताप्दै थियौ ।

चुरोट ताप्दै जिमिले पुजनलाई सोधे,“तपाईको नयाँ पुस्तक कहिले आउँदा हो ?”

“दिमागमा केही पुरेकै छैन । लेख्नको लागि भनि अमेरिका आएको थिए तर के लेख्ने थाहा नै छैन ।”

“तपाईसँग किन कथा नहुनु ?”

“कथा ? मसँग ?” पुजन अचम्म परे ।

“हो ? तपाईसँग कथा छ । तपाईसँग अमित र आरतीको कथा छ । तपाईले अमितले आफ्नो कथा सुनाइसकेको छ । तपाई किन अमितको कथा लेख्छु हुन्न ।”

म र पुजन छक्क पयौ । म मौन नै भए तर पुजनले भने,“म कसरी लेख्नु ? अमित र आरती दुवै जनाको अनुमति चाहिन्छ । त्यसभन्दा पनि मलाई अमितको कथा लेख्नु नै छैन ।”

म मौन नै थिए । पुजन र मेरा मित्रहरु व्हिस्की पिउन थाले । हुन त मलाई पनि मेरो कथा छापियोस् जस्तो लागेको छैन । मेरो कथामा त्यस्तो खास केही छैन । मलाई आफ्नो कथा हिन्दी फिल्म जस्तो लाग्छ ।

केही क्षणपछि म बारबाट निस्के । बाहिर आकाशको तारा हेर्दै व्हिस्की  पिउदै थिए । केही समयपछि पुजन आफ्नो व्हिस्की लिएर बाहिर आए ।

“अमितजी, तपाई बाहिर किन आउनुभयो ?”

“मेरो मुड खराब भयो ।”

“के भयो ?”

मैले पुजनलाई आरतीसँग भएको भेट बारे सबै कुरा व्यक्त गरे । कुरा सुनिसकेपछि पुजनले भने,“ आरतीलाई बिर्सिदिनु होस् । आरतीलाई बिर्सि दिएकै राम्रो हुन्छ । आरतीको पछि लागेर तपाईले आफ्नो समयको साथ साथै आफ्नो भविष्य बर्बाद गर्दै हुनुहुन्छ । तपाई आफ्नो पढाई र काममा किन फोक्स गर्नु हुन्न ? मानिसको एक पेरको जिन्दगी हो, त्यसैले अरुको निम्तिभन्दा आफ्नो लागि सोच्नुहोस् ।”

म मौन ने थिए र आफ्नो हातमा भएको चुरोट ताप्दै थिए र धुवाँ उडाउदै थिए ।

१८
“हेलो ।” पुजनले भने ।

“हेलो ।” मैले पनि भने ।

“के छ तिम्रो खबर ? आजकाल कहाँ हराएको ?”

“म ठीक छु । म कामको व्यस्तताले गर्दा फुर्सद नै नभएको । तिम्रो के छ खबर ? सुनाउन ।”

“मेरो पनि ठीक छ । हाम्रो भेट नभएको धेरै दिन भएको थियो । भेटौ भनेर फोन गरेको ।”

“सरी यार । आज मेरो फुर्सद छैन । अर्को हप्तापछि भेटौ न ।”

“हुन्छ । अर्को हप्ता भेटौ न त ।”

“केही काम थियो कि ?”

“त्यस्तो केही होइन । भेट्न मन भएर मात्र ।”

“ए ।”

फोन मैले काटे । मेरो धेरै काम थियो । युनिभरसिटीको असाइनमेट धेरै थियो । असाइनमेट त थियो नै तर होस्टेलमा पनि काम थियो । धेरै छुट्टी लिएको थिए र कामबाट पनि छिट्टै जाने गरेको थिए । मैले अस्वीकार गरेपछि उनले मलाई द्धिपी गरेनन् र आफ्नै सूरमा गए । खासमा म तनावमा थिए । मलाई होटलमा काम गर्न मन छाडेको थियो । म अर्कोतिर काम खोज्दै थिए ।

म नगएपछि उनी आरती काम गर्ने रेष्टूरेण्डमा गए । शुक्रबारको दिन थियो । उनी बेलुकीको ७ः३० बजेको थियो । उनले एक कप कफी पिउदै थिए । कफीको साथ साथै धुम्रपान गर्दै थिए । यही क्रममा आरती उनको नजिक आउदै थिइन् । पुजनको आँखा टक्क आरतीकोमै पुग्छ । उनी त हेरेको हेरै भए । उनी होस्मै रहेनन् । जिन्दगीमा उनले कहिले पनि युवतीहरुलाई हेर्ने गरेका थिएनन् । जब उनको हातमा रहेको चुरोटले उनलाई पोल्छ तब उनी होस्मा आउँछन् ।

यस रात पुजन रातभर सुत्न सकेनन् । आरतीकै यादमा डुबेका थिए । यस दिनदेखि उनी हररोज रेष्टूरेण्ड जान थालेका थिए । टाढैमा आरतीलाई देखेर उनी दङ्ग थिए । पुजन आरतीसँग बोल्न खोज्थे तर सकेका थिएनन् । उनले सही समयलाई कुर्ने निर्णय गरे ।

१९
पुजन एउटै रेष्टूरेण्डमा गएको एक महिना भइसकेको थियोे । पुजन आरतीसँग बोल्ने आँट गरेका थिएनन् । पुजनलाई त नाम थाहा थिएन र आरतीको अतितको बारेमा थाहा छैन । आरतीलाई दूरबाट देखेर दंग पर्थे । बोल्नको लागि धेरै कोसिस गरेका थिए तर उसलाई केले रोक्यो पुजनलाई नै थाहा छैन ।

एक दिनको कुरा हो । पुजन रेष्टुरेण्डमा थिए र उनको हातमा सुबिन भट्टराईको मनसुन थियो । मलाई सुबिनको लेखन शैली मनपर्छ । म मनसुन पढ्दै थिए त्यही क्रममा आरती नजिक आइन् र भनिन्,“हाई ।”

“हाई ।”

“तपाई के लिनु हुन्छ ।”

“एक कप सेतो कफी ।”

“हुन्छ ।”

दस मिनेटपछि पुजनले  अर्डर गरेको कफी आरतीले ल्याइन् र आरती पुजनको छेऊमा बसिन् । पुजनले एकछिन उनलाई हेरे ।

“तपाई नेपालबाट हो ?”

“हो । तपाई पनि ?”

“हो ।”

“तपाईको शुभ नाम ?” पुजनले भने ।

“आरती क्षेष्ठ ।”

उनको नाम सुनेर पुजन एकछिनको लािग अचम्म परे । यो नाम त पुजनले मबाट धेरै चोटि सुनेका थिए ।

“अनि तपाई अमेरिका आएको कति वर्ष भयो ?”

“२०१६ डिसेम्बरमा आएको हुँ तर तपाईले मलाई किन सोध्नुभएको ?”

“म खासमा अमेरिका आएको केही महिना मात्रै भयो त्यसैले तपाईले मलाई अमेरिकाको केही ठाँउ घुमाइ दिनु हुन्छ कि भनेर ।”

उनी मुस्कुराइन् । मुस्कुराएपछि उनीले भनिन्,“हुन्छ तर तपाईले मलाई नेपाली उपन्यासहरु पढ्नको लागि दिनुपर्छ ।”

पुजनले हुन्छ भने । त्यसपछि उनी आफ्नो काममा गइन् । पुजनलाई शङ्का लाग्यो कि कतै यति आरती त होइन जसलाई मैले मनपराएको आरती त होइन । पुजनलाई जान्न जरुरी थियो तर कुरा कसरी निकाल्ने योजना बनाए ।

२०
दुई हप्तापछिको कुरा हो । शनिबारको दिन थियो । आरतीले पुजनलाई घुमाउन भनि वाशिंगटन डिसी लगिन् । पुजन यति धेरै खुशी पहिले कहिले भएका थिएनन् । अखारतीको साथ पाउदा धेरै खुशी भएका थिए । वाशिंटन डिसी घुमिसकेपछि पुजनले भने,“भोक लाग्यो । यहाँ नजिकै खाने ठाउँ छैन ?”

“छ । तपाईलाई आज घुम्न पुग्यो ?”

“पुगेको छैन । खाइसकेपछि यही नजिकै घुम्न जाँदा हुँदैन ?”

आरतीले सजिलै मानिन् । पुजन र आरती नजिकैको रेष्टुरेण्डमा पुग्छन् । शनिबार भएकाले रेष्टुरेण्ड भीड थियो । उनीहरुले आफ्नो लागि भनि ठाँउ हेरे सिट देखे र त्यहाँ गएर बसे । टेबुलमा भएको एक गिलास पानी पुजनले पिउछन् । अनि खाने कुराहरु अर्डर गर्छन् ।

आफ्नो खानाहरु अर्डर गरेपछि, पुजनले भने,“अनि तपाईलाई अमेरिका कस्तो लागिरहेको छ ?”

“सुरुमा त कहाँ आएको छु जस्तो लागेको थियो । घर धेरै मिस गरे, अहिले पनि मिस गर्दै छु तर अहिले त बानी पयो । सुरुका दिनहरुमात गाह्रो नै भयो । नेपाल र अमेरिका धेरै फरक लाग्यो । काम गर्ने तरिका नै फरक छ ।”

“नेपाल फर्केने कि नफर्केने ?”

एक पलको लागि आरती मौन भइन् । मौनता तोड्दै पुजनले आरतीलाई भने,“तपाई मौन हुनुभयो त ?”

”फर्केन मन छ तर गएर के गर्ने जस्ते लाग्छ । यहाँ अमेरिकामा कामको सम्मना हुन्छ तर के नेपालमा कामको सम्मान त्यति हुँदैन ।”

हुन पनि हो । नेपालमा कामको इज्जत र सम्मान त्यति छैन । त्यसभन्दा पनि युवाहरु बेरोजगार छन् र दिक्क लाग्दो हो र किन युवाहरु विदेह नआऊन् त ।

यही क्रममा दुवै जनाले अर्डर गरेको आईपुग्यो र अरु अर्डर गरेको आउन बाँकी नै थियो । मःम प्राय नेपालीहरुलाई मन पर्ने तर नेपालको जस्तो मीठो नहुने । मः म खाने क्रममा पुजनले भने,“तपाईलाई केही सोध्न सक्छु ?”

“सोध्नुहोस् न ।”

“तपाई हेर्दै राम्ररी हुनु हुुन्छ । फिल्मकी हिरोइन जस्ती हुनु हुुन्छ तपाईलाई कसैले प्रेम प्रस्ताव राखेनन् ?”

आरती मुस्कुराइन् र आफ्नो पेजमा भएको मःम खाइसकेपछि भनिन्,“तपाईलाई के लाग्छ ?”

“मलाई लाग्छ कि तपाईको बाईफ्रेन्ड छ जो तपाईलाई धेरै माया गर्छन् ।”

उनी मुस्कुराइन् र फेरि मःम खान थालिन् । यही क्रममा पुजन र आरतीले अर्डर गरको चिकेन चिल्ली आयो । पुजनलाई चिकेन चिल्ली धेरै मन पर्ने खानाहरु मध्ये एक हो । उनले चिकेन चिल्ली आफ्नो छेऊमा ल्याउछन् र आरती मुस्कुराउछिन् । चिकेन चिल्ली खाईसकेरपछि पुजनले भन्छन्,“मेरो प्रश्नबारे तपाईको केही उतर आएन त ।”

“खासमा मेरो बाईफेन्ड थियो तर केही समयमै हाम्रो सम्बन्ध टुयो ।”

पुजन अचम्मित भए । यति राम्ररीलाई किन छोडेको होला । पुजनलाई मूर्ख लाग्यो जसले आरतीलाई छोड्यो ।
अनि आरतीले फेरि भनिन्,“उसलाई म मन पर्न छोडेको थियो । उसलाई म वोरिङ्ग लाग्यो रे । म रोमान्टिक छैन रे । कुरा मिल्दैन रे । अनि मलाई छोडिदियो र अहिलेको समयमा म सिङ्गल छु तर ऊ छैन । मभन्दा पनि राम्रो केटी पायो भनेर मलाई म्यासेज पठाएको थियो तर मैले वास्त गरिन ।”

वातावरण केही समयको लागि मौन भयो । वातावरणभन्दा पनि पुजन र आरती मौन भए र खान थाले ।

खाईसकेपछि पुजनले भने, “तपाईलाई छोड्नु जस्तो मूर्ख केही हनिन जस्तो लाग्छ । तपाई सिस्पल मान्छे हुनु हुन्छ ।”

उनी मज्जाले हासिन् र भनिन्,“भेटेको दुई दिनमै कसरी थाहा पाइहाल्नु भयो ? यहाँ त मान्छे चिन्न धेरै गाह्रो हुन्छ । धेरै वर्षसम्म मान्छैकिो नियक्त थाहा हुँदैन ।”

“म धेरै मान्छैहरु भेटिरहेको हुन्छु नि त, अनि थाहा हुन्छ को कस्तो छ भने ।”

“तपाईको कुरा अचम्म लाग्यो ।”

“किन कि ?”

“तपाई के मनोचिकित्सक हो र ?”

“म मनोचिकित्सक त होइन तर मेरो पेशा त्यस्तै छ ।”

“पेशा ? कस्तो पेशा ?” आरती अचम्मित पाराले सोधिन् । पुजनलाई निहालेर हेरिन् । पुजनले आफ्नो हातमा भएको गिलास टेबुलमा राखे र भने,“म लेखक हुँ ।”

आरती छक्क परिन् । उनीलाई के भनौ भनौ भयो । आरतीलाई पुजनले हेरिरहेका थिए र भने,“अचम्म पर्नु भयो त ?”
“मलाई के भन्नु जस्तो लाग्यो ।”

पुजन मुस्कुराए र भने,“खासमा म कहानी लेख्न भनि यहाँ आएको हुँ । कहानीको साथ साथै घुम्न र छुट्टी बनाउन आएको हुँ । कहानी खोज्दै छु तर यसको यो मतलब होइन कि म तपाईको कहानी लेख्छु । मैलेत साथीको नाताले मात्र तपाईको लेख्छु । मैले त साथीको नाताले मात्र तपाईको सम्बन्धको बारेमा सोधेको हुँ ।”

आरती एक क्षणको लागि मौन भइन् । पुजन र आरतीले एक अर्कोलाई हेरे । मौनता तोड्दै आरतीले भनिन्,“ मलाई थाहा छैन कि तपाईले मेरो कथा लेख्नु हुन्छ कि हुँदैन  तर तपाईले आजसम्म कति जनाको कथा लेखिसक्नु भयो ।”

पुजन मुस्कुराए । अनि भने,“म त एक पलको लागि हराएको थिए ।”

“किन ?”

“म त तपाईले केही अरु सोच्छु भयो भन्ने सोचमा गए । सोचेको थिए कि तपाई म लेखक हुँभन्दा रिसाउनुभयो भन्ने भयो ।”

“होइन । एकछिन अचम्म त परे तर त्यस्तो पनि सोचेकी छैन तर मेरो प्रश्नको उतर आएन त ।”

“अँ त हई । खासमा मैले दुईवटा उपन्यास लेखिसकेको छु । पहिलो उपन्यास ‘मेरो एउटा साथी छ’ मेरो आफ्नै कथा थियो । केही वर्ष अगाडि मैले आफ्नै मिल्ने साथी गुमाएको थिए । म एक्लो जस्तो अनुभव गरे । आफ्नो मिल्ने साथी गुमाएपछि लेख्न थाले र मेरो मन हलुका भयो र यो उपन्यास धेरै चल्न सफल भयो ।

यो उपन्यास चलेपछि मलाई धेरै ईमेलहरु र फोनहरु आउन थाल्यो र धेरै व्यक्तिहरुले आफ्नो कथाहरु लेख्न आग्रह गरे । मैले धेरैको कथा पढे तर छाप्न वा लेख्नमा त्यति मन भएन । उपन्यासहरु त आफ्नै कथा वा अनुभवबाट गरे तर छोटा कथाहरु जुन पत्रिकाहरुमा छापिए ती आफूलाई मन परेका वा मन छुने मात्र थिए । अरुको कथा लेख्नको लागि मन छुन जरुरी छ । केही कथाहरु छोए पनि तर उपन्यासको लागि उचित सोचिन ।”

अनि पुजनको कुरा सुनेर आरतीले भनिन्,“तपाईको तेस्रो उपन्यास केको बारेमा हुने छ ?”

“प्रेमको बारेमा हुने छ ।”

दुवै जना मुस्कुराए र खाइसकेपछि फेरि घुम्न गए । यो भेटपछि पुजनलाई भिन्न अनुभव भएको थियो । फेसबुकमा फेन रिक्वेस्ट पठाउन मन थियो तर पठाउन कि पठाउ भयो । दुई जनाको भेट भर्खेर दुई दिन मात्र भएको थियो । त्यसैले पुजनले सोचे कि राम्ररी चिनेपछि मात्र फेसबुकमा फेन रिक्वेस्ट पठाउने निर्णय गरे ।

२१
आरतीसँग भेट भएपछि पुजन र मेरो त्यति सम्पर्कमा आएका थिएनौ । धेरै भएको थियो हाम्रो भेट नभएको । सोचे उनीलाई म्यासेज पठाउछु । फेसबुक खोले र मेसेन्जर पनि । पुजन अफ्लाईन रहेछन् र पनि म्यासेज पठाए ।
“हेलो । के छ खबर ? कता हराएको ? नेपाल फर्केपछि त हामीलाई त मतलब छैन हो ?”

म्यासेज पठाएपछि फेसबुकमौ अल्मलिन थाले । फेसबुकमा केही रमाइलो नभेटेपछि मैले फेसबुकबाट लक आउट गरे र आफ्नो काम गर्न थाले । पुजन गएपछि मलाई नरमाइलो लागेको थियो । शुक्रबार र शनिबार प्राय हामी सँगै हुन्थ्यौ तर दुई महिना जति भयो मेरो कोही सम्पर्क नभएको । म प्राय आफ्नै कोठामा हुन्थे । दुई महिना भइसकेको थियो मेरो समिर र जिमीसँग भेट नभएको । म सम्पर्क विहीन भएकाले दुई जना अचम्मित भएको थिए । मलाई आफूमा आएको परिवर्तन देखेर अचम्म परेको छु ।

२२
रातिको ९ः३० बजिसकेको थियो । पुजन फेसबुक हेर्दै थिए । पुजन खाटमै बसिरहेका थिए । फेसबुकका म्यासेज बक्समा गए । मेरो म्यासेज हेरे र पढे । मलाई उनले जवाफ दिएनन् । नेपाल फर्केने थिए तर आरतीसँग भेट भएपछि पुजन अमेरिकामै बसेका थिए । पुजनले सानो तिनो काम गर्ने थालेका थिए र केही महिना बस्ने योजनामा थिए । पुजनले मलाई के म्यासेज पढाउ जस्तो लाग्यो र आरतीलाई भेटेको कुरा अहिलेसम्म भनेका थिएनन् ।
फेसबुक लक आउट गरेपछि पुजन डायरीमा लेख्न खोजे तर के लेख्ने भएको थियो । उनको दिमागमा केही फुरेको थिएन । दिमागमा सिर्फ आरतीको तस्बिर नाच्यो । सायद मायामा परेका थिए । अनि आफै मुस्कुराए । आफू मुस्कुराएको थाहा नै पाएनन् ।

साँझको बेला थियो । आरती आफ्नो काम सकाउने हतारमा थिइन् । आज आरती मिल्ने साथीलाई बोलाएकी थिइन् र धेरै दिनपछि दुई जनाको भेट्न हुँदै थियो । आरतीको साथीको नाम सुरक्षा ढकाल थियो । आरती र सुरक्षा एउटै अफिमा काम गर्थे । आरती र सुरक्षा एक अर्कोलाई सबै कुराहरु सेयर गर्थे । दुवै जनाले एक अर्कोलाई नेपालमै हुँदैदेखि चिन्थे । आरती अमेरिका आईन् र आरती अमेरिका आएको केही महिनापछि सुरक्षा पनि आइन् र यही बिहे पनि गरिन् । सुरक्षा अमेरिका आएपछि दुवै जनाको भेट घाट कम भएको थियो । आज धेरै अन्तरालपछि दुवै जनाको भेट हुँदै थियो ।

खासमा उनीलाई अमित र पुजनको बारेमा भन्नु थियो । सबै कुराहरु सेयर गरे तापनि मेरो बारेमा आरतीलाई त्यति उपयुक्त सोचिनन् तर आरतीलाई मदेखि वाक्क दिक्क लागेको थियो । नाइभन्दा भन्दै पनि म उनीको पछि लागेको थिए । उनीले मलाई सम्झेर दिक्क लागेको थियो ।

आरतीले काम गर्दा गर्दै छ बजिसकेको थियो । यही क्रममा उनीको फोनको घण्टी बज्छ । सुरक्षाको फोन रहेछ र फोन उठाइन् ।

“हेलो ।” आरतीले भने ।

“हाई । म भर्खेर कामबाट निस्के । अब म २० मिनेटमा आईपुग्छु ।”

“ओके ।”

अनि आरतीले फोन राखिन् । आरती आफ्नो काम सकाएकी थिइन् र केही बेरपछि बाहिर निस्किन् । उनले सुरक्षालाई कुरेर बसेकी थिइन् । उनी रेष्टुरेण्डको कुनामा बसेकी थिइन् र उनको हातमा एउटा किताब थियो । “मेरो एउटा साथी छ” भन्ने उपन्यास उनको हातमा थियो । पुजनले लेखेको उपन्यास थियो र पुजनले नै दिएको थिए ।  उनीले सुरु मात्र गरेकी थिइन् ।

४० मिनेटपछि आरतीको हातमा भएको किताब कसैले निकाल्यो । आरती भसङ्ग भइन् । अनि हेर्दा त सुरक्षा  उपेकी रहेछिन् र अनी आफ्नो घडी हेर्छिन् । समय ६ः४० भएको रहेछ । 

“आई एम सरी, सुरक्षा ।”

आरतीबाट खोसेको किताब टेबुलमा राखिन् र कुर्सीमा बस्छिन् । बसिसकेपछि सुरक्षाले भनिन् “मलाई बोलाएर आफू चाँहि किताबमा हराएको हँ ? म आएको पनि नथाहा पाएको । म आएको २० मिनेट भएको थियो तर तिमीले वास्ता नै गरेनौ ।”

“आई एम सो सरी । म त बुकमै हराए छु । रिसाएकी त छैनौ ।”

सुरक्षा मुस्कुराइन् र छैन भनिन् ।“अनि आज फोन गरेर किन बोलाएकी ?”

“हाम्रो भेट नभएको धेरै भएको थियो त्यसैले फोन गरेर बोलाएको ।”

“भोक लागेको छ । केही अर्डर गरौना ।”

आरतीले वेटरलाई बोलाइन् र खानाहरु अर्डर गरिन् । अर्डर गरिसकेकपछि आरतीले सुरक्षालाई भनिन्,“खासमा मैले केही भन्नु थियो ।”

“भन न ।”

“तिम्रो अगाडि भएको किताबको लेखकसँग मेरो भेट भएको छ ।”

सुरक्षाले किताबको लेखकको नाम हेरिन् र भनिन्,“पुजन नेपाली ।” अचम्मित हुँदै भनिन् । उनी त्यति किताब पढिनन् र उनलाई लेखकको नाम थाहा हुँदैन थियो ।

“हाम्रो भेट भएको केही हप्ता मात्र भएको छ तर पनि धेरै वर्ष जस्तो लाग्छ । उनीसँग हुँदा मलाई रमाइलो लाग्छ ।”

“मेरो साथीलाई लभले पछाए छ ।” सुरक्षाले आरतीलाई जिस्काइन् ।

“खासमा अर्को कुरा पनि छ ।” आरती गम्भीर भए ।

“के कुरा ? तिमी गम्भीर भयौ त ?”

“तिमीलाई अमित दाहाल याद छ ?”

“हामी काम गरेको अफिसको दाइ होइन ? के भयो र त्यो दाईलाई ?”

“उहाँ मेरो पछि लाग्नु भएको छ ।”

“वाह्ट ? उनी अचम्मित भइन् ।”

दुवै जना मौन थिए । मौनता तोड्दै सुरक्षाले भनिन्,“कहिले देखि ?”

“अफिसमै हुँदै अमितले मलाई जिस्काइरहन्थे । मलाई अमित जिस्केको मन पदैन्थ्यो । अमितको जिस्काउने पारा नै बैग्लै थियो । मैले अमितलाई धेरै चोटि नजिस्काउन आग्रह गरेको थिए तर मेरो पछि नै लाग्नुभयो । मलाई प्रेम प्रस्ताव राखे तर मैले वास्ता गरेको थिइन तर पछि फेरि मलाई दोस्तीको लागि अनुरोध गरे तर पनि मैले वास्ता गरेको थिइन । म अमेरिका आएपछि अमित पनि आए र मसँग पनि भेट भएको थियो । यहाँ आएर पनि मेरै पछि लाग्नु भयो । उहाँलाई मैले धेरै चोटि अस्वीकार गरे तर पनि पछि लागिरहनु भएको छ । मलाई भेट्न भनि बार बार आउनुभयो । म बाक्क दिक्क भएको छु । मैले आफ्नो समस्या पोक्ने ठाउँ देखिन । त्यसैले मैले तिमीलाई बोलाएको ।”

सुरक्षा आरतीको कुरा सुदै थिइन् । आरतीको कुरा सुनेपछि सुरक्षाले भनिन्,“तिमीले पुजनलाई भयौ त ?”

”छैन । यही शनिबार भेट हुँदैछ । म भन्ने योजनामा छु ।”

“यदी तिमीलाई केही त्यस्ते भयो भने मलाई सम्झ । कानुनी हिसाबले म तिमीलाई केही सहयोग गर्ने छु ।” सुरक्षाको आफ्नै ल अफिस थियो ।

अर्डर गरेको खानाहरु टेबुलमा आइसकेको थियो । अनि टेबुलमा राखिएको खानाहरु खान थाले ।

२३
शनिबारको दिन थियो  । सधै झै आरती र पुजन धुम्न गए । आरतीलाई पुजनको साथ रमाइलो लाग्न थालेको थियो । पुजनको साथ कहिले नछुट्सोस् जस्तो लाग्थ्यो । आरती पुजनसँग दिल खुलेर रमाउथिन् । भर्जिनिया धुमेर आरती र पुजन एक रेष्टुरेण्डमा गए । साझँको बेला थियो । खाना अर्डर गरेर आरतीले पुजनलाई भने, “पुजन, मलाई केही भन्नु छ ।”

”भन न ।”

आरती एक पलको लागि मौन जस्तै भएकी थिइन् । के भनौ भनौ भयो तर पनि भन्न जरुरी थियो । आरती मौन भएकाले पुजनले भने,“तिमीले केही भन्छौ भन्दै थियौ । किन तिमी मौन भएकी ?”

“खासमा म आफ्नो अतितको बारेमा भन्नु छ ।”

अतितको बारेमा भन्ने बित्तिकै पुजनको मनमा अमितको बारेमा भन्ने अनुमान गरे । पुजनलाई कहानी थाहा थियो तर आरतीकै मुखबाट सुन्न चाहन्थे ।

“म अमितको बारेमा भन्न चाहन्छु ।”

वातावरणमा मौनता थियो । एक अर्कोलाई हेर्दै थिए  । पुजनले प्रश्न सोध्ने जरुरत देखेनन् । पुजन मौन थिए । पुजन मौन भए पनि आरतीले भनिन्,“म काम गर्ने संस्थामा अमित पनि काम गर्थे । उनले मलाई जिस्काइरहन्थे तर उनले मलाई जिस्काएको मन पर्दैन थियो । मलाई नेगेटिभ वाईभ आउथ्यो । जिस्काउने पनि हद हुन नि तर उनको हद थिएन । धेरै  चोटि आग्रह गर्दा पनि उहाँले मलाई जिस्काउन छोड्नु भएन । मलाई उहाँले प्रेम प्रस्ताव राख्नुभयो । मैले मतलब गरिन । धेरै चोटि माफी माग्नुभयो तर पनि मैले वास्ता गरिन । मलाई उहाँ  पागल प्रेमी जस्तै लाग्छ र जिद्दी पनि । मैले निम्ति अमेरिका आउनुयो र भेट भयो । म्यासेज पनि धेरै चोटि पठाउनु भयो र म वाक्क दिक्क भएको छु । माया र दोस्ती भनेको दुई व्यक्ति बिचको समदारिमा हुन्छ तर जर्बरजस्ती हुँदैन ।”

पुजन र आरती मौन भए । दुवै जनाले एक अर्कोलाई हेर्छन् । यही क्रममा दुवै जनाले अर्डर गरेको खानाहरु आउँछ र पुजनले आरतीलाई हेरे र भने,“खासमा मैले पनि तिमीलाई केही भन्नु छ ।”

“भन न ।”

“खासमा मलाई तिम्रो र अमितको बारेमा थाहा थियो ।”

आरती अचम्मित भइन् र भनिन्,“तिमीले कसरी थाहा पा¥यौ ?”

पुजन गम्भीर हुँदै भने,“म तिमीलाई केही पनि लुकाउदिन । मेरो तर्फबाट कुराहरु सुनेपछि, तिमीले कस्तो प्रतिक्रिया  लिन्छौ, त्यसमा भर पर्छ । म असल साथी गुमाउन चाहन्न ।”

“जे भन्नु छ स्पष्ट भन पुजन ।”

“मैले अमितलाई भेटेको थिए ।”

“कहाँ भेटेका थियौ ?”आरती अचम्मित हुँदै भइन् ।

पुजनले सबै कुरा व्यक्त गरे । आरती पुजनको कुरा ध्यान दिएर सुदै थिइन् । आरती अचम्मित भइन् । एक पलको लागि आरतीले विश्वास गर्न सकिनन् । आरतीलाई नै थाहा छैन कि अमित आरतीको पछि किन लागेका छन् । यही क्रममा पुजनले आरतीलाई हेरे र आरतीले पनि हेरिन् । पुजन आरतीको जवाफ कुरेर बसेका थिए ।

आरतीले मौनता तोड्दै भने,“अनि अमितलाई हामी एक अर्कोसँग भेट भएको थाहा छ त ?”

“अहँ थाहा छैन । थाहा भयो भने नराम्रो सोच्छ भनेर मैले भन्न उपयुक्त सोचिन । अमितलाई थाहा छैन कि म अहिलेसम्म अमेरिकामा छु भनेर ।”

“मतलब ?”

“म नेपाल फकिने वाला थिए तर मैले आफ्नो माइढ चेस्ज् गरे । म केही महिना बस्छु होला ।”

आरतीको जीवनमा के भरिरहेको छ अउनीलाई नै थाहा छैन । उनी कम्फुज भएकी थिइन् । आरतीले केही नभनिकन रेष्टूरेण्डबाट निस्किन्  । पुजनले म गएको हेरिरहे ।

२४
”के भयो तिमीलाई ?” सुरक्षाले भनिन् ।

”मेरो जिन्दगीमा के भइरहेको छ, मलाई नै थाहा छैन । के भन्नू जस्तो भएको छ ।” आरतीले भनिन् ।

”के भयो भन न ।”

आरतीले सबै कुराहरु व्यक्त गरिन् । उनीको कुरा सुनेर सुरक्षा मुस्कुराइन् र भनिन्,“तिमीले अमितको कुरा गरौ । पुजनले पनि सबै कुरा नठगी भने । अमितको कुरा उसले लुकाउन सक्थ्यो वा तिमीलाई ब्ल्याकमेल गर्न पनि सक्थ्यो । सायद उसले तिमीलाई माया गर्छन् त्यसैले तिमीलाई सबै कुरा खुलेर भने । तिमीले धेरै सोचिराखेकी छौ । तिमीलाई अहिलेको समयमा के गरौ भएको छ ? तिमी अहिले संवेदनशील भएकी छौ । तिमी आफ्नो मन र दिमागले सोच । तिमीले जवाफ पाउने छौ ।”

आरतीलाई सुरक्षाको कुरा ठीक लाग्यो र आफ्नो अपार्टमेन्ट गएपछि यस विषयमा सोचिन् र पुजन ठीक लाग्यो । उनको नियत खराब थिएन । खराब भएको भए अमितको बारेमा भन्ने थिएनन् । उनले दुवै जना दोस्ती  सबैको लागि होस् भनि भनेका थिए । यो घटनापछि पुजन प्रति झन् माया बढेको छ । सुरक्षाको ठीकै भनेकी कि आरती संवेदनशील भएकर थिइन् । दिमागमा खाली अमितको पागलपनको कुराले गर्दा आरतीलाई झर्को लागेको थियो त्यसैले आरतीलाई टेन्सन थियो । कहिलेकाही राम्ररी काम गर्ने सकेकी थिइनन् ।

२५
धेरै दिन भइसकेको थियो मेरो र पुजनको गफ नभएको । म उसलाई फेसबुकमा म्यासेज पठाउथे तर पुजनको केही जवाफ आउदैन थियो । म्यासेज चाँहि हेरेका हुन्थे । पुजनको साथ साथै आरतीको पनि केही जवाफ दिएकी थिइनन् । अनि मैले फोन गरे । घण्टी त गयो तर फोन उठाएनन् । म अचम्म परे । अरु बेला मेरो म्यासेजको जवाफ दिन्थे र फोन पनि उठाउथे । भेट हाम्रो नभएको धेरै भएको थियो । कलेजको पढाईले समय जाथ्यो । आफ्नो साथीहरुलाई समय दिन पाएको थिइन ।

“हेलो ।” मैले भने ।

“हेलो ।” पुजनले भने ।

“के छ साथीको खबर ?”

“ठीक छ । कति कामले सम्झियौ आज ?”

“धेरै दिन भयो नभेटेकको । त्यसैले फोन गरेको । भेट्न मिल्छ भने आज आज भेट्यौ न ।”
“आज त मिल्दैन । केही हप्तापछि भेट्नौ न ।”

“हुन्छ ।”
अनि उनले फोन राखिदिए । म अचम्म परेको थिए । उनी केमा व्यस्त थिए । मलाई बेवास्ता गरेका थिए । किन गरिरहेका छन् मलाई थाहहा भएन ।
२६
“ए, आरती । आज तिम्रो फुर्सद हो ?” सुरक्षाले भनिन् ।
“छु ।”
“त्यसो भए भेट्नौ न ।”

“हुन्छ । म काम गर्ने गर्ने रेष्टूरेण्डमा आउन त ।”

शनिबारको दिन थियो र बिहानको १०ः३० बजेको थियो । सुरक्षाले फोन त गरिन् तर किन भन्ने भयो । हतनपत सुरक्षा बिना काममा कहिले पनि फोन गर्दिन थिइनन् । आरती अचम्म परिन् ।

आरतीले सबै काम सकेर दिउँसोको २ः३० बजेको थियो । आरती र सुरक्षालाई कुरेर बसेकी थिइन् र कफी पिउन थालिन् । यही क्रममा उनले सुरक्षा र पुजन र आरतीलाई के भनु भएको थियो । सुरक्षाले दुवै जनालाई हेर्दै थिइन् ।

“दुवै जना एक अर्कोलाई मात्र हेछौ कि केही बोल्छौ कि ।”

पुजन र आरतीको आँखा जुध्छ । दुवै जनालाई बोल्न मन थियो तर बोल्न सकेका थिएनन् । बोल्नभन्दा पनि 
कहाँबाट सुरु गर्ने भएको थियो ।

“मलाई थाहा छ तिमीहरुलाई कहाँबाट सुरु गरौ भनेको होला । तिमी दुवै जनाले एक अर्कोलाई माया गछौ तर अमितको कारणले मौन छौ । अमितलाई बिर्सिदेऊ र आफ्नो मनले के भन्छ त्यही गर्नु उपयुक्त हुन्छ ।”

सुरक्षाले दुवै जनालाई हेरिन् र भनिन्,“म अब यो टेबुलमा निस्किछु । अनि जे जे भन्नु छ, भन्नु ।” सुरक्षा रेष्टुरेण्डबाट निस्किन् ।

पुजन र आरतीले एक अर्कोलाई हेर्छन् । मौनता तोड्दै पुजनले भने,“आए यम सरी । मैले अमितको कुरा भन्नु जरुरी सोचे र भने । अगाडि थाहा पायौ भने, पछि तिमीलाई गाह्रो हुँदैन । पछाडि थाहा पाएको भए, तिमीले किन भनेनौ भन्ने प्रश्न आउथ्यो । त्यसैले मैले अमितको बारे भने ।”

“एक पलको नराम्रो लागेको थियो तर पछि ठीकै छ भन्ने भयो । अगाडि नै तिमीेले भन्नौ राम्रो भयो । मैले तिमीलाई मन पराउन थालेको थिए र तिमीले पनि । तिमीलाई नसम्झेकाके त होइन तर के भन्ने भएर फोन गर्न सकिन र भेट्न पनि ।”

पुजन मुस्कुराए र पुजन मुस्कुराएको देखेर आरती पनि मुस्कुराइन् ।

“आरती, आई लभ यु ।”

“मि टू तर अब चाँहि तिमी अमितलाई फोन नगर र नभेट पनि ।”

“ म त भेट्न जान्छु ।” पुजन मुस्कुराए ।

“हुन्छ, भेट । मसँग चाँहि नभेट् । मसँग बोल्दिन ।” आरती रिसाउदै भनिन् ।

“मैले तिमीलाई जिस्काएको मात्र । तिमी रिसाउन ।”

अनि दुवै जना एक अर्कोलाई हग गरे । यसपछि पुजन र आरती दैनिक जस्तो भेट्न थाले । दुवै जना खुशी नै थिए ।

२७
भर्सेनिया बारमा आरती, सुरक्षा र पुजन थिए । शुक्रबारको दिन थियो । बेलुकाको ७ः३० बजेको थियो । धेरै दिनपछि आरती आफ्नो साथीहरुसँग रमाइलो गर्दै थिइन् । त्यसभन्दा पुजन र आरतीको प्रेम सम्बन्धपछिको पहिलो पटक बारमा आएका थिए ।

तीन जना वाइन पिउदै गफ गर्दै थिए । त्यहि क्रममा म उनीहरुको अगाडि आएर “हाई” भने । तीनै जना मलाई देखेर अचम्म परे । तीनै जना एक अर्कोलाई हेर्छन् र म पनि तीनै जनालाई हेर्छु ।

“तिमी यहाँ ?” आरतीले भन्छिन् ।

“खासमा मैले सोध्ने प्रश्न हो तिमीहरु तीनै जना ? तिमीहरु एकै साथ यहाँ कसरी ?” मैले भने ।

अनि म बसे । बसिसकेपछि मैले भने,“पुजन तिमी त नेपाल जाने कुरा थियो ?” म अचम्म परेको थिए पुजनलाई अमेरिकामा देखेर । नेपालमा हुनु पर्ने मान्छे, अमेरिकामै छ ; त्यो पनि मैलेमन पराएको केटीसँग । कस्तो अचम्म । आरती र पुजनसँग रिस पनि  उठेको थियो ।

“केही त बोल पुजन । तिमी र आरती यहाँ कसरी ? तिमीले मेरो म्यासेजको रिम्लाई नदिनुको कारण आरती त होइन ?” यही क्रममा मैले व्हिस्की अर्डर गरे । मेरो नजर आरती र पुजनमा अडिएको थियो ।

पुजन र आरती एक अर्कोलाई हेर्छन् र लामो सास फेर्दै पुजनलाई भन्छन्, “तिमी मेरो कुरा सुन्न सक्छौ ?”

“म नेपाल फर्केने एक महिना अगाडिको कुरा हो । म आरती काम गर्ने रेष्टूरेण्डमा थिए । मैले आरतीलाई देखे । पहिलो नजरमै माया बसेको थियो । सुरुमा मलाई थाहा थिएन कि तिमीले भनेको आरती उही हो भनेर । एक महिनासम्म म आरतीसँग बोल्ने आँट गरेको थिइन । पछि आरती म नेपाली भन्ने थाहा पाएपछि बोल्न आइन् । यसपछि हामी भेट्न थाल्यौ । उनीले मलाई अमेरिका धुमाइन् । त्यही क्रममा हामी दुई बीच प्रेम बस्यो । तिम्रो बारेमा आरतीले सबै भनिन् र मैले पनि भने । हो, तिमीले कुरा भनेको कुरा ठीक हो कि म आरतीकै कारण म अमेरिकामै बसेको हूँ ।”

मेरो हातमा भएको व्हिस्कीको ग्लास भुँइमा झारे र उभिए । अनि भने, “तँलाई लाज लाग्दैन आफ्नै साथीले मन पराएको केटीसँग लभ गर्ने । कसरी आँटेको तैले ? तेरो हिम्मत ? आरतीलाई खुशी पार्ने मैले कुराहरु गरे । आफूलाई परिवर्तन गरे । आरतीलाई पाउन म जे पनि गर्न तयार छु । तैले आफूलाई हिरो सोचेको ? आरती सिर्फ मेरो हो ।”

पुजन यता यता हेदै थिए । बारमा भएका मानिसहरुले हामीलाई नै हेर्दै थिए । पुजन मेरो नजिक आए र मलाई सम्झाउद खोज्दै थिए तर म पुजनको कुरा सुन्ने पक्षमा थिइन । त्यही क्रममा आरती उठिन् र मलाई एक भापड हिकाइन् । म उसलाई हेरे र उनीले पनि मलाई हेरिन्  ।

“तिमीलाई मैले धेरै चोटि भनिसके कि तिमीसँग मेरो केही सरोकार छैन । म तिमीलाई मन पराउदिन । म सिर्फ पुजनलाई मन पराउछु । हजार चोटि भन्दा पनि कस्तो नबुझ्ने । अमित, तिमी किन अगाडि बढ्दैनौ ।”

म उनीप्रति आक्रमण हुन खोज्दै थिए तर हुन सकिन । सार्वजनिक ठाँउ थियो । मानिसहरुको ध्यान हामीमै थियो । ममा रिस थियो । मेरो आँखाहरुले बतारहेको थियो । म बारबाट निस्के । मेरा साथीहरु पनि आएका थिए र म गएको देखेर उनीहरु पनि पछि आए ।

उनीहरुले मलाई पछाडिबाट बोलाए तर म आफ्नै सूरमा हिडिरहे । मलाई पुजन र आरतीको जोडी पचेको थिएन । म कसरी उनीहरुलाई हेर्नै सक्छु । मनमा अशान्ति थियो । मेरो जिन्दगीमा बादलि लागेको थियो । हुर बतास आएको थियो ।

यो घटनापछि म रोज मातिन थालेको थिए । आफूलाई सम्मालन सकेको थिइन । जिमी र समिर मेरो हालत देखेर अचम्मित त थिए नै ; त्यसको साथ साथै चिन्तित थिए ।

एक दिनको कुरा हो । समिरले मेरो अवस्था हेर्ने नसकेर भने,“तँ भर्सेनिया ठाउँ छाडेर जा । मैले चिनेको नेपालीसँग कुरा गर्दैको छु । डिपार्टमन स्टोरमा काम गर्नु  तेरो माइट प्रेस हुन्छ ।”

म सजिलै माने । मलाई माइट प्रेस गर्नु थियो । युनिभरसिटिसँग कुरा गरेर टान्फर गर्नु छ र नभन्दै मिल्यो । मेरो पढाई सकिन ६ महिना बाँकी थियो । अनि म पाकिङ्ग गर्न थाले । सबै मिलाए म न्यू योर्क गए । समिरले सबै मिलाएर सकेको थियो । समिरको साथीको अपार्टमेन्ट रहेछ र समिरको साथीलाई पनि साथी चाहिएको रहेछ । मलाई पनि नयाँ वातावरण चाहिएको थियो ।

२८
म न्यू योर्क आएको एक महिना भइसकेको थियो तर पनि आरतीलााई बिर्सेन सकेको थिइन । छुट्टीको दिन थियो । गर्मिको महिना थियो । म आफ्नै कोठामा लापटपमा फेसबुक हेर्दै थिए । यही क्रममा सम्राट मेरो कोठामा छिरे ।

सम्राट, समीरका मिल्ने साथी हुन् । अमेरिका आएदेखि चिनेका हुन् । एक वर्ष एउटै होटेलमा काम गरेका थिए र पछि न्यू योर्कमा काम पाएर आएका हुन् । सम्राट शाक्य काठमाडौमा जन्मिए र हुर्किए । काठमाडौमा पढे र उनले स्नातक डिग्री अङ्ग्रेजीमा गरेका थिए । जागिर नपाएन दिक्क भएका थिए । नेपालमै केही गर्ने सोच थियो तर जागिर र पैसाले धोका थियो । त्यही क्रममा उनी अमेरिका आए । उनीको साथीहरु अमेरिका गएको देखेर उनलाई अमेरिका जान ईच्छा गरे ।

“के छ हो साथी ?”

म आफ्नो लापटप बन्द गर्छु । सम्राट मेरो नजिक आउँछन् ।

“है, म आउने बित्तिकै किन आफ्नो लापटप बन्द गरौ ? गर्लफेन्डको फोटो लुकाएको हो ?”

“त्यस्तो केही होइन । त्यस्तै मैले त्यति कै फेसबुक हेरेको मात्र ।”

“मैले तिमीलाई जिस्काएको मात्र । तिमी रेडी हुँदै गर ।”

“किन ?”

“आज हामी कोनी आइलैड बीच जाँदै छौ । मेरो अरु साथीहरु पनि आउँदै छ । जाने हो नि ?”

“हुन्छ । म रेडी हुन्छु नि त ।”

दिउँसोको १ः३० बजेको थियो । गर्मि पनि साह्रै थियो । म पानीमा केही बेर बसेर घाम ताप्न बसे । मेरो हात अङ्ग्रेजी किताब थियो । किताबको नाम थियो “वान इडियन गर्ल ।” लेखनको नाम चेतन भगद हो । म आफ्नै सूरमा पढ्दै थिए । यही क्रममा एक जनाले “हाई” भनिन् । मैले नहेरि “हाई” भने । स्वर केटीको थियो ।  

“तपाई किताब पढ्नु हुन्छ जस्तो छ ।”

उनीले नेपालीमै बोलिन् । म आफ्नो पढ्दै गरेको किताब बन्द गर्दै उनीतिर हेरे । उनीले भर्खेर पानीमा गएर आएको जस्तो लाग्यो । राम्री नै रहेछिन् । केटाको मन त हो । राम्रीलाई राम्री भन्न मन लाग्छ । आँखा पापी भने जस्तै हो ।
“हो, म किताब पढ्छु तर कमै । फुर्सद भएको बेला पढ्छु । किताबको त्यस्तो क्रेजी त होइन ।”

उनी मुस्कुराइन् । हामी गफ गर्न थाल्यौ । गर्फ गर्दै गर्दा मैले उनको नाम थाहा पाए र नामको साथ साथै उनीको बारेमा केही कुराहरु थाहा पाए । उनीको नाम शिवा ढकाल रहेछ । उनी डिपार्मन्ट स्टोरमा काम गर्दै रहेछिन् । उनीको काम सजिलै र राम्रो रहेछ । उनीको कुरा सुन्दा उनीको पोजिसन पनि रामै्र रहेछ । गफ गर्दै जाँदा उनीको मलाई सोधिन्, “तपाई हेर्दा राम्रो देखिनु हुन्छ र राम्रा तथा मीठा गफ गर्नु हुन्छ । तपाईको पक्कै पनि प्रेमिका हुनुपर्छ  ।”

“छैन । मेरो प्रेमिका छैन ।”

“छैन ?” शिवा अचम्मित हुँदै भनिन् ।

“हो, छैन । मलाई कसैले पत्ताएनन् । तपाई पनि हेर्दा राम्री हुनु छ । तपाईको चाँहि पक्कै हुनुपर्छ ।”

“थियो । अहिले छैन ।”

“हो र ?” म अचम्मित भए ।

“हो । उसले अरु कसैलाई मन पराउन थालेका थिए । त्यसैले मलाई छोडिदिए ।”

उनीले योभन्दा भनिसक्दा मैले आरतीलाई सम्झे । आरतीले पनि पुजनलाई मन पराउन थालेकी छिन् । मैले आरतीलाई कहिले पनि पाउन सकिन । पाउन खोज्दा खोज्दै पनि सकिन । धेरै कोसिस गरे पाउन तर असफल भएको थिए । मैले आफूमा नै धेरै कमजोरी देख्न थालेको थिए ।

“हे । तपाई त हराउनु भयो त आफ्नो दूनियाँमा ।”

“त्यस्तो केही होइन ।”

त्यही क्रममा सम्राटले मलाई बोलाए । उनी मेरो नजिक आए र भने,“मैले तिमीलाई कति खोजे । तिमी यहाँ ? अब अपार्टमेन्ट जानू होला ।”

मैले हुन्छ भने । जानु अघि मैले र शिवाले आफ्नो नम्बर सेयर गयौ । यो भेटपछि हाम्रो भेट हुन थाल्यो । मैले आरतीलाई बिर्सेन शिवाको साथ दिन थाले ।

२९
हामी भेट भएको दुई महिनापछिको कुरा हो । शिवाले मलाई फोन गरेर एक रेष्टूरेण्डमा बोलाइन् । काम सकेर रेष्टूरेण्डमा गए । समय ७ः३० बजेको थियो । शिवाले मलाई कुरेर बसेकी थिइन् । उनी कुन्नाको टेबुलमा बसेकी थिइन् । सुरुमा कता हो थाहा पाइन तर उनले मलाई देखेर आफ्नो हात हलाइन् । अनि म उनी बसेको ठाउँमा गए ।

“हाई ।” मैले भने ।

“हाई ।” शिवाले भनिन् ।

मौनता तोड्दै शिवाले भनिन्,“केही अर्डर गर्ने ?”

“हुन्छ ।”

खाने कुराहरु अर्डर गरेपछि, मैले भने,“केही काम थियो कि ? तिमी हतारमा बोलायौ ?”

“मेरो लागि जरुरी थियो त्यसैले बोलाए ।”

“भन न ।”

“आई लभ यु, अमित ।”

म मौन भए र म उसलाई हेरेको हेरै भए । मसँग शब्द नै थिएन । म पहिला जुन अवस्था थिए, त्यही अवस्थामा थिए । फरक के थियो कि अहिले म आरतीको ठाउँमा थिए । आरतीले मलाई मन पराएकी थिइनन् भने मैले शिवालाई । आज म आरतीको अवस्थामा थिए र म उनलाई बुझ्ने कोसिस गर्दैै थिए ।

शिवाले मलाई हेर्दै थिइन् र भनिन्,“तिमी मौन भयौ त ? मैले त्यस्तो केही नराम्रो भनेर ?”

“त्यस्तो केही नराम्रो भनेकी छैनौ । म आफू के भनौ भयो । म केही समयपछि आउछु ।”

म शौचालय गए । मुख धोए । आफ्नो अनुहार ऐनामा हेरे । आफ्नो जिन्दगी पनि अचम्म लाग्दो रहेछ । म जवाफदेन थिए । जिन्दगीमा नसोचेको कुरा कहिले काही हुन्छ भन्थे, हो रहेछ जस्तो लाग्यो । मैले मन पराएको व्यक्ति मैले पाउन त सकिन र मैले नसोचेको व्यक्तिले मलाई फरपोज गइन् । मेरो दिमागमा धेरै कुराहरु खेल्न थाले तर पनि मैले शिवालाई जवाफ दिनै पर्छ । अनि म शौचालयबाट निस्के र शिवासँग बसे ।

“सरी । मैले धेरै समय लगाए ।”

“केही छैन ।”

“शिवा ।”

“हूँ ?”

“आई लभ यू टू ।”

शिवा खुशी भइन् र मलाई हग गरिन् । खासमा म शिवालाई मन पराउदिन । मन पराउदिन भन्दा पनि मैले त्यस्तो नजरले हेरेकै छैन तर पनि उनको प्रेम प्रस्ताव स्वीकारे । आफ्नै स्वार्थ पूरा गर्न उनीको प्रेम प्रस्ताव स्वीकारको थिए ।

प्रेम प्रस्तावपछि हामी धेरै धुम्न थालेका थियौ । मभन्दा पनि शिवा धेरै खुशी थिइन् । सम्राटले सङ्केत पाइसकेको थियो कि मेरो र शिवाको प्रेम बारे । थाहा पाएर पनि उनले केही भनेका थिएनन् ।

केही हप्तापछि समिरको फोन आउँछ । धेरै भइसकेको थियो समिर र मेरो कुरा नभएको । न्यू योर्क आएपछि हामी बीच त्यति कुरा भएको थिएन । उनको फोन उठाए र भने, “के छ हो साथीको खबर ?”

“मेरो खबर छोड र आफ्नो भन न ।” समिर रिसाउदै भन्छन् ।

“तँ किन रिसाएको हँ ?”

“तँ आफ्नै साथीलाई कुरा लुकाउछस् ।”

“मैले के कुरा लुकाएर तँसँग ? तँलाई मेरो बारेमा सबै कुरा थाहा छ त ।”

“अहिलेको प्रेम बारे भनिस् त ?”

“के कुरा गर्छ यो केटा ?”

“न्यू योर्कमा त तेरो प्रेम कहानी सुरु भएको छ रे ।”

यो कुा पो रहेछ । समिरलाई मेरो प्रेम कहनी जान्नु रहेछ ।

“त्यस्तो केही होइन ।”

“त्यस्तो नभए कसो त । भन न त ।”

“तँलाई मेरो कहानी थाहा पाइस् त ।”

“आफ्नो साथीको बारेमा थाहा नपाएर कसको थाहा हुन्छ त ।”

मलाई थाहा थियो कि पक्कै पनि सम्राटले भनेको हुनुपर्छ । नभए समिरले कसरी थाहा पाउथ्यो तर पनि मेरो केही गुनासौ छैन ।

“हो, मेरो प्रेम परेको छ । म दुई वा तीन हप्तापछि त्यहाँ आउँदै छु । आएपछि सबै कुरा भन्छु ।”

“ठीक छ ।” अनि उसले फोन राख्यो ।

३०
शिवा र म खाटमा थियौ । हाम्रो शारीरिक सम्बन्ध धेरै चोटि भएको थियो । आफ्नो माया पाएर शिवा धेरै खुशी थिइन् र म चाँहि दु खी थिए आफ्नो माया नपाएर ।

केही बेरपछि शिवाले भनिन्,“मलाई के लाग्छ भने......... ।”

“के लाग्छ ?” मैले उसलाई जिस्काउदै भने ।

“नजिस्काउन मलाई ? आज म गम्भीर छु ।”

“के भयो ?”

“कहिले काँही लाग्छ कि तिमीले मलाई केही कुरा लुकाएका छौ ?”

म केही पलको लागि मौन भए । म उनीलाई साँच्चो भन्न चाहन्थे तर उनीले केही नअर्थ लगाउछिन् कि भन्ने डर थियो ।

हामी एक अर्काैलाई हेर्दै  थियौ र मैले भने,“तिमीभन्दा अगाडि म कसैलाई मन पराउथे तर त्यो एक तर्फी माया मात्र थियो । उनलाई थाहा छ कि मलाई उसलाई मन पराउछु भनेर तर उनको जवाफ नकरात्मक थियो । उनी अरु कसैलाई मन पराउछिन् ।”

“तिमी अहिलेसम्म उनीलाई मन पराउछौ ।”

“किन यस्तो प्रश्न गरेको तिमीले ?”

“मैले पहिला प्रश्न गरेको । मलाई जवाफ चाहियो ।”

“हो, म उसलाई मन पराउछु तर म उनलाई बिर्सेन चाहन्छु र तिमीसँग जीवन बिताउन चाहन्छु ।”

शिवा मुस्कुराइन् र भनिन्,“खासमा मैले तिम्रो मनको कुरा बुझ्नको लागि सोधेको ।”

म त रातो न पिरो भए । मलाई के भनौ भनौ भयो । म उठे, आफ्नो लुगा लगाए र झ्यालबाट बाहिर हेरे । झ्यालको छेउमा टेबल थियो । टेबुलमा चुरोट र लाइटर थियो  र म धुँवा उठाउन थाले । अनि शिवा मेरो नजिक आइन् । मलाई हेरिरहिन् । म चाँहि आफ्नै सूरमा थिए । मैले धेरै चोटि चुरोट ताने ।

मैले धेरै चुरोट तानेको देखेर उनले भनिन्,“आइ यम सरी । मैले तिम्रो मन दुखाउने नियक्त थिएन ।”

“ठीकै छ । खासमा मलाई ती तीता पलहरु यादहरु आयो । एक तर्फी माया गर्नु सारै गाह्रो हुँदो रहेछ । बिर्सिन सकेको छैन उसलाई ।”

हामी दुवै जना मौन भयौ । उनी मेरो काँधमा आफ्नो टाउको राखिन् ।

३१
तीन हप्तापछिको कुरा । शुत्रबारको दिन थियो । म भर्जेनिया गएको थिए । छुट्टी लिएको थिए । म साँझ पुगेको थिए । म आएको देखेर दुवै जना खुशी भए । अनि हामी भर्जेनिया बारमा गयौ । धेरै समयपछि रमाइलो गरेका थियौ । त्यस दिन मैले धेरै व्हिस्की पिएको थिए । दुवै जना अचम्म परेका थिए ।

समिरले भयो,“तँलाई के भयो ?”उनले सायद मेरो अनुहार पढेका थिए र मेरो भाव बुझेका थिए । मेरो पीडा बुझेका थिए । मेरो मन हल्का भएको थिएन । मनमा धेरै रिस थियो । मलाई आफ्नो जिन्दगी देखेरनै रिस उठेको थियो ।

“म पागल भएको छु ।”

“तँ पागल भएको छस् भन्ने हामीलाई पनि थाहा छ ।”

“कसरी ?”

“अहिले तँ माया परेको छस् । त्यसैले त मैले हामीलाई बिर्सेको छस् । न्यू योर्क गएपछि हामीलाई बिर्सिस् । को हो जसले गर्दा तैले हामीलाई बिर्सेको हँ ?”

“यस्तो केही होइन ?”

“के हो त ? बुझान त ?”

“जब समिरले मलाई न्यू योर्क जा भ¥यो । सुरुमा त मेरो मनको मानेको थिएन तर आरतीलाई बिर्सेन चाहन्थे । त्यसैले म न्यू योर्क गए । न्यू योर्क गएको एक महिनापछि मैले शिवालाई कोनी आइलैड बीचमा भेटेको हुँ ।”

मेरो कहानी समिर र जिमिले ध्यान दिएर सुदै थिए । म नशामा हराउदै गएको थिए ।

“अनि त्यसपछि के भयो ?” समिरले सोध्छन् ।

“अनि त्यसपछि, हामी धेरै जसो सँगै हुन थाल्यौ । हाम्रो शारीरिक सम्बन्ध हुन पुग्यो । उनले मलाई धेरै माया गर्छिन् । आफ्नो जान दिन पनि तयार छिन् ।”

“तैले चाँहि माया गर्छस् कि गर्दैनस् ?”

“तिमीहरुलाई  के लाग्छ ?”

“मलाई त लाग्छ, तैले माया गदैनस् । तँ उसलाई खेलाइ मात्र रहेको छस्,” जिमिले भने ।

“हो, तैले ठीक भनिस् ।” म जोशिदै भने ।

समिर मेरो अनुहार निहालेर हैदै थिए । उनलाई मेरो जवाफ चिन्त बुझेको थिएन । आफ्नो हातमा भएको व्हिस्की टेबुलमा राख्छन् । अनि रिसाउदै भने,“आफ्नो जिन्दगीमा तँ के गर्दै छन् ?”

“मैले त्यस्तो के गरेर ?”

“तैले आरतीलाई पाइनस् पाइनस् तर शिवालाई के गर्दै छन् ? शिवाले तँलाई माया गर्छिन् र उसलाई अपना र खुशीसँग बस् ।”

“म उसलाई प्रयोग गर्दै छु । आरतीले मलाई अपनाइनन् र म पनि कसैलाई अपनाउदिन । म किन अपनाउने ? शिवाले गाहा पाओस् एक तर्फी माया कस्तो हुन्छ, म उसलाई पीडा दिन चाहन्छु । मेरो मनमा भएका पीडाहरु उसलाई दिन चाहन्छु । अनि मात्र शान्त हुन्छ मेरो मन ।”

“तैले जे गर्दै छस्, ती सबै गलत हुन् । शिवालाई माया गर । आरतीलाई बिर्सि दे । आरती तेरो हुनेवाला छैन । आफ्नो जिज्दगी त बर्बाद पारिस्, शिवाको पनि किन बर्बाद गर्दै छस् ।”

“तँ को होस् शिवाको पक्षमा बोल्ने ? तँ उसको प्रेमी होस् ?” म रिसाउदै भने ।

“जो भए पनि, तैले त्यस्तो गर्न पाउदैनस् ?”

“चुप लाग तँ । तँ मेरो निजी जिवनमा हस्तक्षेप गर्छस् ? म जे गरुँ तँलाई केको टाउको दुखाइ हँ ? तँ मेरो को होस् ?”
हाम्रो झगडा सुरु हुन्छ । जिमि हाम्रो कुराहरु सुनेको मात्र थियो । केही प्रतिक्रिया जनाएको थिएन । उसलाई व्हिस्की लागिसकेको थियो र बोल्ने र उठ्ने स्थिति थिएन ।

हाम्रो झगडा हुँदा बारमा मानिसहरुले हामीलाई नै हेदै थिए । समिर शिवाको पक्ष थियो र आफूलाई चिन्त नबुझेको कुरा गर्दै थियो । अनि रिसको झोकमा मैले उसलाई व्हिस्की बोतलले हिर्कोए । अनि समिर भुँइमा लड्यो र म त्यस बारबाट निस्के ।

म अर्को साथीको घरमा गए । रात त्यहि बिताए । बिहान जिमिले फोन ग¥यो र मलाई हिजो रातीको घटना बारे भयो । जिमि त होस्मा थिएन । पूरा कथा कसरी थाहा पायो । मैले गर्दा समिर अस्पतालमा भर्ना भएको थियो र मलाई पुलिसबाट उसैले बचायो । मेरा आँखाहरु आँसुले भरियो । म उसको सामु जान सकिन न त माफी माग्न सकिन । म पछुताउन थाले । मैले आफ्नो राम्रो साथी गुमाए । अनि म यहाँ बस्न सकिन । अनि न्यू योर्क फर्किए ।

म न्यू योर्कमा हुदाँ  समिरलाई फोन गर्न धेरै कोसिस गरे तर सकिन । धेरै समिरको नम्बर हेन्र्थे र फोन गर्ने आँट कहिले गरिन । अन्यमा मैले समिरलाई फोन गरे । घण्टी त गयो तर फोन उठाएनन् । धेरै चोटि मैले फोन गरे । घण्टी त गयो तर समिरले कहिले मेरो जवाफ दिन उचित सोचेनन् ।

३२
“तिमी त हराएका छौ ? भेट्न पनि रुचाएका छैनौ । के भयो तिमीलाई ?”

म समिरलाई सम्झदै थिए । म शिवाको कुरा ध्यान दिएर सुनेको थिइन । शिवाले मलाई ध्यान दिएर हेर्दै थिइन् र मलाई धेरै चोटि बोलाइन् । पछि मलाई पानी छापेपछि मात्र होस्मा आए ।

“मैले तिमीलाई धेरै चोटि बोलाए तर तिमीले सुनेनौ । तिमी कुन दूनियामा हरायौ । अनि मैले तिमीलाई पानी छापे । सरी ।”

“ठीकै छ ।” अनि म शौचालय गए । शौचालयबाट फर्किएपछि, शिवाले भनिन्,“तिमीलाई केही भन्नू थियो ।”

“भन न ।”

“हामी बिहे गरौ न ।”

म अचम्मित भएको थिए तर देखाउन जरुरी देखिन ।

“अहिले किन हतार गर्ने ? बिहेको लागि समय छदै छ नि ।”

“मैले तिम्रो बारेमा मेरो बुवा आमालाई भनिसकेको छु । तिमीलाई भेट्न खोज्दै हुनुहुथ्यो ।”

म उसलाई कसरी भनू कि मलाई बिहे गर्नु नै छैन । शिवाले धुमाउरो पाराले छिटै बिहे गर्न अनुरोध गर्दै थिइन् । मैले उसलाई जित्न सकिन । आखिरमा आएर हुन्छ भने । म गम्भीर भए भने शिवा धेरै खुशी भइन् शिवाले मलाई धेरै माय गर्थिन् तर म आफ्नो फाइदाको लागि मात्र उनीसँग थिए ।

एक हप्तापछिको कुरा हो । शिवाले फोन गरिन् । म चाँहि काम गर्दै थिए । सुरुमा उठाउन मन थिएन । यदी उठाइन् भने फोन गरेको गरै गर्छिन् । त्यसैले फोन उठाए ।

“हाई ।” शिवाले भनिन् ।

“हाई ।” मैले भने ।

“विवाहको मिति तय भयो नि ।” उनी खुशी हुँदै भनिन् । उनको आवाजबाट थाहा हुन्छ ।

“हो ?” म अचम्मित हुँदै भने । शिवालाई कस्तो हतार हो ।

“एक महिनापछि हाम्रो विवाहको साइत रहेछ ।”

म एकोरो सुनिरहे । मलाई कुनै बच्चाले जिस्काए जस्तो लाग्यो । किन शिवा मेरो पछि लागेकी हुन् ? मलाई पहिलो समयमा नै शिवा दिक्क लागेको थियो । खास गरी बिहेको कुरा २४ घण्टा गर्थिन् ।

“हेलो, हेलो ?” शिवाले भनिन् ।

म चाँहि आफ्नो संसारमा हराए छु । अनि होस्मा आएपछि भने,“म तिमीसँग पछि कुरा गर्छु । म व्यस्त छु ।” अनि मैले फोन राखे ।

३३
जति जति विवाहको मिति नजिकिदै थियो त्यति त्यति नै म आतिन थालेको थिए । म शिवासँग टादिदै गए । म काममा पनि राम्रोसँग गएको थिइन । म धेरै जसो भर्सेनिया जाने गर्थे । म पागल भइरहेको थिए ।

म सधै बारमा जान्र्थे । म हर रोज पुजन र आरतीलाई देख्र्थे र म जलन हुन्थे । म मन मनै जलिसकेको थिए । त्यसैले म हर रोज दुवै जनालाई पिछा गर्थे र दुवै जनाको तस्बिरहरु खिच्न थाले । मैले तस्बिरहरु खिच्न हुँदैन थियो तर मेरो योजना अर्के थियो ।

एक दिनको कुरा हो । भर्सेनियाको बारमा थिए ।  पुजन र आरती पनि बारमा थिए । म दुवै जनालाई निहालेर हेर्दै थिए । म दूरबाट हेर्दै थिए । एक घण्टापछिको कुरा हो । आरती पुजनलाई केही बाहिर निस्किन् । उनको मुहार उज्यालो थियो । सायद पुजनको मायाले होला । उनको स्यान्डलको आवाज आइरहेको थियो । उनी एक पलको रोकिन् । मनमा डर छा¥यो । कतै पछाडि फर्केर मलाई गाली त गर्ने होइन तर धन्न पछाडि फकिनन् र अगाडि हिडिरहिन् । दस मिनेटपछि हामी एक अपार्टमेन्ट पुग्यौ । म आरतीको पछि पछि गएको थिए । उनी रुममा छिरिन् । म पनि छिरे । उनी पछाडि फर्केर हेरेकी थिइनन् । पाँच मिनेटपछिको कुरा हो उनी पछाडि फर्किन् । मलाई देखेर उनी छक्क परिन् । मेरो छेउमा आइन् र भनिन्, “तिमी ? तिमी यहाँ ? मैले पुजन......... ।”

अनि मैले ढोका बन्द गरे । आरती आतिन थालिन् । यता उता हेर्ने थालिन् । खाटमा भएको फोन उठाउन खोज्दै थिइन् र मैले फोन खोसि दिए । म उनको नजिक गए ।

“तिमी यहाँ ?” आरती आतिदै फेरि भनिन् ।

“हो ।” मैले भने ।

मैले आफ्नो पकेटबाट मोबाइल झिके र उनलाई भिडिया देखाए । मिडियोमा पुजन र आरतीको शारीरकि सम्बन्धको थियो । यो भिडियो देखेर आरती छक्क परिन् । मैले त्यसपछि उनलाई ब्ल्याकमेल गर्न थाले र म हर रोज उनलाई आफ्नो बनाउथे । सुरुमा उनी मानेकी थिइनन् तर मैले उनलाई जर्बजस्ती गरेको थिए ।

हरेक रोज उनी मसँग हुन्थिन् तर उनको मन मसँग थिएन । उसलाई थाहा नहुने गरी मोबाइलमा भिडियो रेकर्ड गरे । हरेक रोज म भिडियो हेरेर दङ्ग पर्थे । लाग्थ्यो कि मैले उसलाई जिन्दगी भरको लागि पाए । जब म उनीसँग हुन्थे म आनन्दित हुन्थे र खुशी पनि ।

३४
प्रिया शिवा,
             मलाई माफ गरिदेऊ । हुन त म माफीको लायक छैन तर आशा गर्छु कि तिमीले मलाई माफ गर्ने छौ ।

            वास्तवमा भन्ने हो भने म तिमीलाई मामय गर्दिन । तिमी मान्छे राम्रो छौ तर तिमीलाई मैले माया गर्न सकिन । धेरै प्रयास गरे तिमीलाई माया गर्न सकिन । सायद मैले आफ्नो अतित बिर्सेन नसकेर तिमीलाई माया गर्न सकिन ।

           हो, शिवा मेरो अतित छ जुन नराम्रो छ । तिमीले मलाई सोधेकी थियौ कि म कसैलाई माया गर्छु कि भनेर ।  मैले तिमीलाई झूटो बोलेको थिए । मैले तिमीलाई पूरै साँच्चो भनेको थिइन ।

         म आरतीलाई मन पराउछु तर उनीले मलाई मन पराउदिनन् । उनको र मेरो भेट नेपालमा भएको हो । म र आरतीसँगै एउटै अफिसमा काम गथ्यौ । उनीसँग म धेरै नजिक हुन खोजेको थिए तर सकिन । म आरतीलाई धेरै नै जिस्काउथे । मैले उनीलाई धेरै नै जिस्काउथे । मैले उनीलाई जिस्काएको मन पर्दैन थियो । उनीले मलाई नजिस्कनको लागि धेरै आग्रह गर्थिन् तर पनि म नसुनेको नसुनै गर्थे । मेरो बानीले आरती दूर भइन् । अन्यमा उनी पढ्नको लागि अमेरिका आइन् । म पनि के कम, म पनि  अमेरिका आए उनीलाई भेट्न । धेरै महिनासम्म मैले उसलाई पिछा गरे र धेरै महिनापछि हामी दुई  बीच संवाद भएको थियो । उनको मन मप्रति बदलिएको रहेनछ । पछि मैले यही भेटेको मान्छेसँग उसको प्रेम बस्यो । मेरो मनले यो कुरा पचाउन सकिन ।

       अनि म न्यू योर्क आए । मेरो र तिम्रो भेट भयो । मैले आरतीलाई बिर्सेन न्यू योर्क आएको थिए । सोचे तिमीसँग हुँदा आरतीलाई बिर्सेने छु । तिमीलाई माया गर्ने छु तर सकिन । जति जति तिम्रो नजिक आउथे म 
आरतीलाई  सम्झन्थे । म जब तिमीसँग शारिरीक सम्बन्धमा हुन्थे तब लाग्थ्यो म आरतीसँग छु । म उसलाई बिर्सेन सकेको छैन ।

     आरतीभन्दा अगाडि मेरो सम्बन्ध धेरै सँग थिये तर आरती जस्तो कोही भेटिन न त भेट्ने वाला नै छु । म आरतीलाई आफूभन्दा धेरै माया छु । आरतीको लागि म पागल प्रेमी नै छु । म उसलाई पाउन जे पनि गर्न तयार छु ।

     मलाई माफ गर्न शिवा । म तिमीसँग बिहे गर्न सक्दिन । मलाई नै थाहा छैन कि मैले तिमीलाई किन नाँइ भनिन । चाहेको भए रोक्न सक्थे तर सकिन । हुन त मैले यी कुराहरु बिहेको दिन गर्नु हुँदैन थियो तर मैले यी कुराहरु मनमा राख्न सकिन ।

  आशा छ तिमीले मेरो मनको कुरा बुझ्ने छौ ।
                                                                                                                                               तिम्रो साथी
                                                                                                                                            अमित दाहाल

मैले पत्र लेखिसकेपछि एक पटक पढे । आज हाम्रो बिहेको दिन । बेलुकाको ७ ः०० बजेको साइत थियो । म हतार गर्दै शिवाको घर पुगे । मैले मुहार छोपेर गएको थिए । त्यसको साथ साथै मैले सुडकेश पनि लिएर पनि गएको थिए । दिउँसोको ३ः०० बजेको हुनुपर्छ म उनको घर पुगेको थिए । म उनीको कोठा कहाँ छ, मलाई राम्ररी थाहा थियो । म यता उता हेर्दै थिए । मानिसहरु भए पनि मैले वास्ता नगरि शिवाको रुममा छिरे र यता उता हेरे । भाग्य बस् कोठामा कोही थिएन । मैले पत्र बाया छेऊमा भएको टेबुलमा राखे अनि आफू जसरी आएको थिए, त्यसरी नै गए । ट्याक्सीलाई रोके र एयरपोर्टतिर गए । आज म नेपाल फर्कैदै छु । मेरो फाइल्टको समय ६ः०० बजेको थियो । म हतारिदै ४ः३० बजे पुगे । चेकिङ्ग गर्दै ५ः२० जस्तो भएको थियो । एयरपोर्ट भीड थियो । त्यसैले समय निकै नै लागेको थियो । चेकिङ्ग गरेपछि केहीबेरपछि बोडिङ्गको लागि बोलाइयो र म प्लेनमा चढे ।

प्लेनमा चढ्न त चढे तर मन चाँहि अमेरिकामा थियो । मैले त आरती र शिवा दुवै  जनाको जिन्दगी बर्बात गरे । आफ्नो स्वार्थको लागि मैले दुवै जनाको जिन्दगी नै बर्बात गरे । मैले आरतीको सामना गर्न सकिन । मैले उनको नजरमा गिरेको थिए । अहिले उनको अवस्था कस्तो छ मलाई नै थाहा छैन । यति थाहा छ कि आरतीले मलाई हेला गर्नै छिन् र मलाई माफ गर्ने छैन । शिवाले पनि मलाई माफ गर्ने छैन । मेरा मित्रहरुले पनि मलाई माफ गर्ने छैन । मेरो मनले धेरै कुराहरु खेलिरहेका थिए । अमेरिकामा त मैले केही गर्न सकिन र अब नेपालमा गएर के चाँहि गर्ने र आफ्नो आमा बुवालाई के अनुहार देखाउनु ?अमेरिकाको बसोबास बारे मैले के जवाफ दिने ? न त अमेरिकामा गएर मास्टस् डिग्री नै पढेर सके न त राम्रोसँग काम गरे । म नेपाल फर्केने कुरा मैले मेरा आमा बुवालाई भनेको थिइन ।

मनमा कुरा खेलाउदा खेलाउदै प्लेन कति बेला टेक अफ गयो मलाई थाहा पाइन । मेरो मन शान्त छैन । नेपाल फर्केने निर्णय ठीक थियो वा थिएन मलाई नै थाहा छैन तर म भाग्न चाहन्थे । म मेरो हरर्कतबाट बच्न चाहन्थे ।
१४ घण्टापछि म कतारमा पुगे । मेरो ट्रान्जिट कतारमा थियो । कतारमा आफ्नो चेकिङ्ग सकेर म एकछिन बसे । कतारमा चाँहि त्यति भीड थिएन । छिटै काम सकियो । ट्रान्जिट तीन घण्टाको थियो । समय हेरे दिउँसोको ३ः३० बजेको थियो । म घर राति नै पुग्थे । एयरपोर्टमा यता उता गर्दै बित्यो  र मेरो ट्रान्जिटको समय पनि सकियो । अनि म जवाईजहाजमा चढे । कतारबाट नेपाल पुग्न ४ घण्टा ५ मिनेट लाग्छ । म रातिको १२ः३० बजे पुग्थे । म सिधै घर नगइ एयरपोर्टको छेउमा बस्ने योजना गरे । बुवा आमालाई राति नउठाउने योजना गरे । अन्त्य म नेपाल आइपुगे । एयरपोर्टको काम सकेर म एयरपोर्टको होटलमा गए । होटलको नाम सुमित थियो । धन्नले एउटा रुम खालि थियो र रिसेक्ष्सन्लाई धन्यवाद दिँदै म आफ्नो साँचो लिएर आफ्नो रुमतिर लागे । लुगा पेरेर म सिधै खाँटमा पल्टे र कति बेला सुते म आफूलाई नै थाहा छैन ।

म सुमित होटल तीन दिन जस्तो बसे । शुक्रबारको लिन थियो । मैले खाना खाएर घर जान तयार भए । १२ ः३५ बजेको थियो र म होटल सुमितबाट चेक आउट गरे र होटलबाट निस्के । ट्याक्सीमा चढेर म आफ्नो घरतिर लागे । मनमा धेरै प्रश्नहरु साथ साथै खुल्दुली थियो । बुवा आमाले के सोच्ने हो ; गाली गर्ने हो वा अरु केही मलाई थाहा छैन । मनमा धेरै प्रश्नहरु लिएर म घरतिर, चावहिल पुगे । ट्याक्सीलाई घर अगाडि रोक्न लगाए । ट्याक्सीबाट निस्के । गुरुजीलाई पैसाको साथ साथै धन्यवाद दिए । मनको धड्कन बढ्न थाल्यो र ढोका छेऊमा गए र घण्टी बजाए । म पछाडि फर्के । आमा को भन्दै तल झर्नु भयो । आमा सायद टि.भी कोठामा हुनुहुन्थ्यो होला । तल ढोकामा आइसकेपछि आमाले अनुहार नदेखेपछि भन्नुभयो,“तपाईले कसैलाई खोज्नुभयो ?”

म्नको धड्कनको साथ साथै मैले आमालाई ढोकाबाट हेरे । आमाले छक्क पर्दै ढोका खोल्नुभयो । आमाको आँखा रसाए । आमाले ढोका खोलेपछि म भित्र पसे । आमा पछि पछि आउनुभयो । मैले घर जस्तो छोडेको थिए, त्यस्तै थियो । आफ्नो कोठा हेरे, धेरै मिस गरे जस्तो लाग्छ । आफ्नो कोठा धेरै मिस गरेको रहेछु । आफ्नो कोठा हेर्दा हेर्दै हराए छु । भित्ताहमा आफ्नो तस्बिरहरु हेरेर हराए छु । कुनामा भएको आफ्नो खाटलाई हेरे । यो खाटमा बसेर म धेरै कामहरु गर्थे ; खानेदेखि ल्यापटप चलाउनेदेखि पढ्ने इत्यादि । अनि भित्तामा भएकाके गितारलाई सुमसुमाए । म कति गिताए बजाउथे । मेरा आँखा रसाउनुको साथ साथै म मुस्कुराए । म हराएको र मुस्कुराएको देखेर आमाले भन्नुभयो,“बाबु, तिमी कता हराएको र किन मुस्कुराएको ?”

ऋामा बोलेपछि मात्र म होस्मा आए । म त धेरै बेर हराए छु । आफूलाई नै थाहा भएन कि म धेरै बेर हराए छु ।
“आमा, म केही बेर आराम गर्छु ।”

आमाले हुन्छ भनेर मेरो कोठाबाट निस्कनु भयो । आमा निस्केपछि म सुते । म निकै बेर सुते छु । म साँझको ८ः०० बजेसम्म सुते छु । म थाकेको छु भनेर होला आमाले मलाई उठाउनु जरुरी सोच्नुभएन । म उठे र नुहाउन गए । नुहाइसकेपछि म किचेनमा गए । मैले कसैलाई पनि देखिन । अनि बैठक कोठामा गए । बुवा र आमा गफ गर्दै हुनुहुन्थ्यो र मलाई देखेपछि मौन हुनुभयो । बुवा आज अफिसबाट छिट्टै घर आउनुभएको रहेछ । आमाले म सुतेपछि बुवालाई फोन गरेर म आएको बताउनुभए छ र बुवा छिट्टै आउनुभयो । मलाई हेरेर बुवा अचम्म हुनु भएको थियो ।

अनि मलाई हेरेर बुवाले भन्नुभयो,“तिमीले हामीलाई खबर नगरिकन आयौ ? तिम्रो पढाई त सकेको थिएन । किन यति छिट्टै आयौ ? एक दुई वर्ष अझै बसेको भए हुन्थ्यो नि ।”

म सोफामा बसे  र भने,“मलाई त्यहाँ बस्न मनै लागेन । त्यसैले म फर्केर आए । तपाईहरुलाई के दुःख दिनु भनेर मैले नभनिकन आए । साह्रै गाह्रो रहेछ बाहिर गरेर पढ्न र काम गर्न । त्यसैले फर्केर आए ।”

मेरो कुरा सुनेर बुवा मौन हुनुभयो । एक पलको लागि मेरो अनुहार हेर्नु भयो ।  केही भन्न खोज्दै हुनुथ्यो तर भन्नुभएन । सायद मनमा धेरै प्रश्नहरु थिए । त्यसको साथ साथै मबाट धेरै अप्रेक्षा गर्नुभएको थियो तर त्यो पूरा भएन । सायद मनमा लिनुभयो । केही समयपछि हामी खानन खान थाल्यौ । खाना खाने क्रममा आमाले मेरो अमेरिकाको अनुभव सेयर गर्न आग्रह गर्नुभयो र आफ्नो अनुभव सुनाए तर आरती र शिवाको बारेमा केही भनिन । कसरी भन्नू आफ्नो प्रेम कहानी ? बुवा र आमाले गर्व गर्न लायक काम गरेको भए गर्व गर्नु ।

खाना खाइसकेपछि बुवा आमा समाचार हेर्न थाल्नु भयो र म चाँहि आफ्नो कोठामा गए । अनि मैले फेसबुक खोले । केही बेर चलाएपछि फेसबुक बन्द गरे । फेसबुक चलाउन अल्छी लागेर आयो । मेरो मन त अमेरिका मै थियो । शिवाको भन्दा मलाई आरतीको याद आएको थियो । पुजन कति भाग्यमानि । आरतीको साथ पाएका थिए । मेरो भाग्य बलियो छैन रछ । यो रात उसैको यादमा बित्यो ।

अर्को दिन, म ढिलै उठे । बुवा आमा छिट्टै उठ्नु भएको थियो । म आँखा मिन्दै आफ्नो टेबुलमा भएको घडी हेरे । ओहो ! बिहानको १० ः३० भइसकेको रहेछ । म मिठो निद्रामै थिए र मलाई निद्रा नपुगे जस्तै भएको थियो र म फेरि सुते । म दिनभर जस्तो सुतेरै बिताए । आमाले म थकित् छु भनि उठाउने कस्ठ गर्नुभएन । म दिउँसोको ३ः३० बजेतिर मात्र उठे । उठिसकेपछि ओछ्यान मिलाए र बाथरुममा गए र प्रेस भए । अनि म किचेनमा गए । कोही पनि देखिन र आमालाई बोलाए । केही बेरपछि आमा किचेनमा आउनु भयो । खाना बिहानै पकाइसक्नुभएको रहेछ । बुवाले खाएर अफिस जानु भए छ र आमाले मलाई खाना कुरेर बस्नुभएको रहेछ । धेरै समयपछि मैले नेपालमा खाना खाएको थिए । अमेरिका हुँदा घरको खाना धेर मिस गर्थे । पाउन त सबै कुराहरु पाउथ्यो तर नेपालको जस्तो स्वाद कहाँ हुनु ।

म खाना स्वादले खादै थिए र मेरी आमा मलाई निहालेर हेदै हुनुथ्यो । उहाँको आँखामा धेरै प्रश्नहरु थिए तर उहाँले सोध्न सक्नुभएको थिएन । मैले पनि सोध्न आँट गरिन । यदी सोधेको भए मेरो नराम्रो व्यवहारको बारे थाहा पाउनु हुन्थ्यो । मैले कसरी भन्नू ? उहाँको नजरमा म गिर्ने थिए ।

३५
म अमेरिकाबाट नेपाल फर्केर आएको एक महिना भइसकेको थियो । म जागिर खोज्दै थिए तर जागिर नपाएकोमा दुखि थिए । म चिन्तित थिए । जागिरको त चिन्ता थियो नै तर आरतीको पनि चिन्ता थियो । मैले त आरतीलाई पाउन सकिन । पुजन सम्झेर मलाई डाहा भएको थियो । अहिले दुवै जनाले बिहे गरे पनि होला र राम्रोसँग बितेको होला । दुवै जनाको फेसबुक हेर्न मन लागे पनि मैले हेर्न सकिन । दुवै जनाको तस्बिर म कसरी हेर्नु ? मनमा ईष्याले डेरा जमाएको थियो ।

जागिर खोज्दा खोज्दै मैले तीन महिनापछि मात्र जागिर पाए । मैले एजियोमा जागिर पाए । खुशी नै थिए । अनुगमन तथा मूल्याङ्कक विभागमा मैले जागिर पाएको थिए । नाम चलेकै एजियो थियो । महिनाको रु. ५०,००० तलब थियो । म खुशी नै थिए । मसँगै काम गर्नको लागि अर्को पनि छानिएको थियो ।

एजियोमा जोइन गएको दिनको कुरा हो । पहिलो दिन थियो । म बिहान उठेर रेडी भएर ८ १० घरबाट निस्के । मेरो अफिस ललितपूरमा थिो र म माइक्रोमा चढे । म आधा घण्टामा पुगे । गेट खोलेको थिएन । म कुरेर बसे । २० मिनेट बाँकी थियो । म नजिकैको पसलमा छिरे । एक कफ कालो चिया अर्डर गरे । अर्डर गरिसकेपछि मैले आफ्नो मोबाइल निकाले र टेम्पल रन खेल्न थाले । टेम्पल रन मेरो मनपर्ने खेल मध्ये एक हो । म खेल्दै थिए । केही बेरपछि मैले समय हेरे । ९ः०० बज्न एक मिनेट बाँकी थियो । म हतारिदै पैसा तिरेर अफिस छिरे । ढोका खोलिसकेको रहेछ । म सिधै मिटिङ्ग हलमा गए । स्टिाफहरु मिटिङ्ग हलमा थिए । म मुस्कुराए मात्र । मिटिङ्ग हलमा ४ जना पत्रिका पढ्दै थिए । केही बेर पछि अरुहरु आफ्नो काममा वेस्त भए । म चाँहि के गरौ भएको थियो । म पत्रिका पढ्न थाले । १०ः ३० बजे तिरको कुरा हो । सबै जना मिटिङ्ग हलमा आए । विजय शाक्य, अक्ष्यक्षज्युले सबै जनालाई बोलाउनुभएको थियो । सबै जना आईसकेपछि विजय सरले भन्नुभयो,“तपाई सबै जनालाई स्वागत छ । तपाईलाई थाहा छँदै छ कि तपाईहरुलाई किन यस मिटिङ्गमा बोलाइएको हो भनेर । आज रिफुजिको लागि भनि दुई जना अनुगमन तथा मूल्याङ्ककनको लागि नयाँ कर्मचारी राखेका छौ । आज उहाँहरुलाई स्वागत गरौ । उहाँहरु अनमोल शाक्य र अमित दाहाल हुनु हुन्छ । अमितजीले पहिले एक संस्थामा एक वर्ष काम गर्नु भएको छ र उहाँ अमेरिकाबाट पढेर नेपाल फर्केर आउनु भएको छ । अनमोलजीले यस संस्थाभन्दा अगाडि तीनवटा संस्थामा काम गरिसकेकी छिन् । उहाँहरुलाई फेरि स्वागत गरौ ।”

हामी दुै जनाले आफ्नो कुर्सीबाट उठेर नमस्ते गयौ । आफ्नो परिचय दियौ । मैले अनमोललाई ध्यान दिएको थिइन तर बसेको केही बेरपछि मैले अनमोललाई हेरे । उनलाई हेरेपछि मलाई आरतीको याद आयो । उस्तै अनुहार, उस्तै उचाई, बोल्ने तयारी पनि उस्तै । यस्तो लाग्यो कि मेरो सामु आरती नै उभेकि छिन् । म त उसलाई हेरेको हेरै भए । 
परिचय सकिएपछि मेरो र अनमोलको चार्मेर देखाउनु भयो । भाग्य बस हामी दुवै जनाको चार्मेर एउटै थियो । सायद आरतीको याद मेटाउन उनी आएकी थिइन् जस्तो लाग्छ तर मलाई थाहा थियो कि यदी अनमोलसँग मेरो सम्बन्ध भयो भने यसको अन्त्य राम्रो हुने वाला थिएन तर पनि म यो सम्बन्धमा पर्न चाहन्थे र आरतीलाई बिर्सेन चाहन्थे ।


३६
काम गरेको चार महिना भइसकेको थियो । घरमा बुवाआमाले बिहेको लागि दबाब दिदै हुनुथ्यो । म भने बेवास्ता गरेको थिए । मलाई बिहे गर्ने मन थिएन । आफूलाई बिहे गर्ने रहर नहुँदा  बुवा आमाको रहर हुँदो  रहेछ । मैले बुवा आमालाई दुई÷तीन महिना पर्खेन अनुरोध गरे । सुरुमा त मान्नु भएको थिएन तर मैले मेरो गर्लफ्रेन्ड छ भनेपछि । अनमोलको बारेमा सोध्नुभयो र मैले सबै कुराहरु भने । सुरुमा त अनुहार बिगा्रनु भएको थियो तर मैले सम्झाएपछि केही व्यक्त गर्नुभएन । मनले त मान्नु भएको जस्तो लागेन तर पनि मेरो खुशीको लागि भए पनि मौन रहनु भयो । वास्तवमा भन्ने हो भने अनमोलको मनमा के छ मलाई नै थाहा थिएन । हुन त मलाई मेरो मनमा उसको लागि केही थिएन । अनमोललाई हेर्दा आरतीको याद दिलाउथ्यो त्यसैले म उनीसित थिए ।

दुई हप्ताको कुरा हो । हामी सबै जना खाना खाएर हामी बाहिर बसेका थियौ । सबै जना एक अर्कोसँग गफ गर्दै थिए भने म अनमोललाई हेर्दै थिए । केही बेरपछि म अनमोलकाके छेऊमा गए ।

“अनमोलजी, म तपाईसँग केही कुरा गर्नु छ ।”

“हुन्छ ।”

अनि हामी एक कुनामा गयौ । केही क्षण मौन भएका थियौ । अनि मौनता तोड्दै अनमोलले भनिन्,“के कुरा गर्न चाहन्नु हुन्छ ?”

“खासमा, म आफ्नो मनको कुरा व्यक्त गर्न चाहन्छु ।” म आत्तिदै भने ।

“के कुरा ? छिटो भन्नुहोस् ।”

“म तपाईलाई मन पराउन थालेको छु ।” मैले एकै सासमा भने ।

हामीले एक अर्कोलाई हेरौ । हामी मौन थियौ । अनमोलले मलाई हेरिन् मात्र र केही बोल्न मन पराइनन् । केही बेरपछि उनी आफ्नो काबिनमा गरिन् । म उनी गएको हेरि बसे । यो दिन उनी केही बोलिनन् । मेरो मन चिसो प¥यो ।

३७
उनी मसँग नबोलेको एक हप्ता भइसकेको थियो । म यो प्रेम कहानी कतै आरती जस्तै त हुने होइन । मनमा डरले डेरा जमाउन थालेको थियो । उनलाई सोध्न मन थियो तर सकिन । उनको मनमा के छ मलार्ई नै थाहा छैन ।

हेर्दा हेर्दै दुई हप्ता बितिसकेको थियो । हामी बीच केही संवाद भएको थिएन । मेरो मनमा अशान्ति छाएको थियो तर एक दिनको कुरा हो । म आफ्नो काम गर्दै थिए । त्यही क्रममा अनमोल मेरो काम गर्ने रुममा छिरिन् । मेरो टेबुलमा एउटा सानो नोट राखिन् । मुस्कुराइन् र गइन् । म हतारिदै नोट पढ्न थाले । म नोट पढ्न थाले । म नोट पढेर दङ्ग परे । उनले लेखेकी थिइन् ः— म पनि तपाईलाई मन पराउछु ।

म त यो संसारमै छैन जस्तो भएको थियो । मैले आरतीलाई सम्झे । यदी आरतीले मेरो मायालाई स्वीकारेको भए, आज मेरो संसार बेग्लै हुन्थ्यो र मनको सन्तुष्टिको लागि शिवा र अनमोललाई प्रयोग गर्नु पर्दैन थियो तर के गर्नु आफ्नो मनलाई चिन्त बुझाउन अनेक गर्नु पर्ने । ममा पछुतो थिएन । सोच्थे मैले के गल्ती गरे र । आफूले गलती अनुभव गरेको छैन । आफैदेखि अचम्म लाग्छ ।

३८
अनमोलले मेरो माया स्वीकारेपछि हामी धेरै चोटि भेट्न थाल्यौ । कहिले बाहिर भेट्थ्यौ त कहिले काँही कोही नभएको बेला एक अर्कोको घरमा भेट्थ्यौ । अनमोल घरमा एक्लै भएको बेला बोलाउथिन् । उनी कान्छी छोरी हुन् भने उनको दाजु अमेरिकामा बस्दा रहेछन् । उनको दाजु अमेरिका बसेको धेरै वर्ष भएको थियो । अनमोललाई जाने इच्छा हुँदा हुँदै जान पाइनन् । अमेरिकाको भिसा नै रिजेन्ट भएको रहेछ । अनमोलले दुई चोटि प्रयास गरिन् तर भएन । नभएपछि जाने इच्छा नै भएन ।

एक दिनको कुरा हो । शनिबारको दिन थियो । हामी अफिसमा त भेट हुन्थ्यो तर अफिस बाहिर नभेटेको धेरै भइसकेको थियो । म घरमै थिए र टि.भी हेर्दै थिए । त्यही क्रममा मेरो मोबाइलको घण्टी बज्यो । मोबाइल हेरे अनमोलको रहेछ र फोन उठाए ।

”हेलो ।” मैले भने ।

”हेलो, के छ तिम्रो खबर ?” अनमोलले भनिन् ।

”ठीक छ । तिम्रो ?”

“हामी बाहिर नभेटेको धेरै भइसक्यो । आज भेट्ने हो ?”

“हुन्छ तर कहाँ ?”

“तर तिम्रो बुवा आमा ?”

“उहाँहरु दुई दिनको लागि पोखरा जानु भएको छ । त्यसैले मैले तिमीलाई बोलाएको हूँ ।”

मैले हुन्छ भने र साँझको ६ बजेतिर उनीको घर गए । अनमोल कंलकीमा बस्थिन् । मैले घण्टी बजाए । मैले घण्टी बजाउने बितिकै अनमोलले ढोका खोलिन् । उनीले मलाई देख्ने बितिकै मुस्कुराइन् र भित्र आउन आदेहश दिइन् । म भित्र छिरे । अनि सोफामा बसे । उनी मेरो छेऊमा आएर बसिन् । अनि आफ्नो टाउको मेरो छातीमा राखिन् र भनिन्,“अमित ।”

“हजुर ।”

“कहिले काँही मलाई कि तिमीले केही कुराहरु लुकाएका छौ । तिम्रा आँखाहरुले केही भनिरहेका छन् । त्योभन्दा पनि मलाई लाग्छ कि तिमीले मलाई माया नै गर्दैनौ र मसँग टाइम पास गर्दै छौ । तिमीले अरु कसैलाई माया गछौ जस्तो लाग्छ ।”

हाम्रो आँखा जुध्यो । मसँग जवाफ भए तापनि केही जवाफ दिन सकिन । अनमोललाई सत्य भन्न सक्थे तर भन्न सकिन । अनमोलले भनेका कुराहरु सत्य थिए र ती कुराहरुलाई मैले हो, भन्न सकिन र म आरतीको यादमा डुबे । म मौन नै रहे । अनमोलले मलाई निहालेर हेरिरहिन् र आफ्नो टाउको मेरो छातीबाट निकालिन् र भनिन्,“मेरो कुराले तिम्रो चित दुखे जस्तो छ । याइ एम सरी ।”

“होइन, त्यस्तो होइन । मलाई नै थाहा छैन कि तिमीले किन त्यस्तो सोच्यौ । तिमीलाई म माया गर्छु तर .................. ।” त्यसपछि मैले बोल्न रुचाइन । सत्य यही हो कि मैले आफ्नो प्यास मेटाउन अनमोललाई प्रयोग गर्दै थिए।

मौनता तोड्दै अनमोलले फेरि भनिन्,“म त तिमीसँग रोमान्स गर्न चाहन्थे तर मैले त तिम्रो मुड नै खराब गरे । हामी मेरो कोठामा जाऊ ।”

म र अनमोलको कोठामा गयौ । म त खाटमा बसे । उनी मेरो नजिक आइन् । उनी मुस्कुराएकी थिइन् । आफ्ना लाएका लुगाहरु एक एक गरेर पुकाइन र म पनि के कम मैले पनि पुकाले ।

हामी एक अर्कोको शरीरसँग खेल्दा रमाएका थियौ । उनीभन्दा म धेरै रमाएको थिए । म उनीको शरीर खेल्न पाउँदा मेरो मन आनन्दित हुँदै थियो । जब म उनीलाई चुम्बन गर्थे तब मलाई लाग्थ्यो कि मैले आरतीलाई गर्दै छु । जब म अनमोलको स्नत खेलाउदै थिए, तब मआरतीको स्नत खेलाउदै छु भन्ने भयो । अनमोल थाकिसकेकी थिइन् तर म थाकेको थिइन । म आफै अचम्म भएको थिए । सायद आरतीको यादले होला म अनमोलसँग रमाएको । मलाई खै किन हर युवतीहरुको अनुहार आरतीको जस्तो लाग्थ्यो । मलाई आरतीको यादले कहिले पिछा छोडेन ।

३९
हेर्दा हेर्दै काम गरेको एक वर्ष भइसकेको थियो र घरमा मेरो बुवा आमाले मलाई बिहेको लागि दबाब दिनुभयो । उहाँहरुलाई अनमोलको बारेमा थाहा थियो र उनीसँग बिहे गर्न भनि दबाब दिनु भएको थियो । अन्त्यमा आएर मैले हुन्छ भने । मैले हुन्छ त भने तर बिहे गरेपछि मेरो र अनमोलले जिन्दगी कुन रुप लिन्छ, मलाई थाहा छैन । बुबा आमा अनमोललाई भेटेर आएपछि मेरी आमा धेरै खुशी हुनुथ्यो ।

साझँको बेला थियो । म अफिसबाट घर ६ः३० बजे पुगेको थिए । म प्रेन्स भएपछि आमा मेरो कोठामा आउनुभएको । अनि आमा खाटमा बस्नुभयो र भन्नुभयो,“मलाई अनमोल मन प¥यो । तिम्रो बुवालाई पनि मन प¥यो । पण्डिजीलाई तिमी र अनमोलको चिना देखाएर तिमी र अनमोलको बिहेको लगन हेर्नु छ ।”

म मौन थिए । अनि आमा आफ्नो कोठामा जानुभयो । केही दिनपछि हामी दुईको चिना देखाउनुभयो ।  असार २२ गतेको दिन, मेरो र अनमोलको विवाहको लगन जुरेको थियो अर्थात् दुई महिनापछि जुरेको थियो । बिहेको लागि तयार गर्न थाल्नुभयो । कसलाई बोलाउने, बिहे कहाँ गर्ने, पार्टी कहाँ दिने विषयमा तयार गर्दै हुनुथ्यो । त्यसको साथ साथै कामको जिम्माको बारे तयार गर्दै हुन्थ्यो ।

४०
अन्त्यमा आएर मेरो बिहेको दिन आयो । बिहेको साइत बिहानको ११ः४० बजेको थियो । सबै जना तयार हुँदैे थिए । म पनि तयार हुँदै थिए । दौरा सुरुवालमा सजिदै थिए । त्यही क्रममा आमाको साथ साथ आफन्तहरु मेरो कोठामा आउनुभयो । मेरो काम धेरै खुशी हुनुहुथ्यो । मलाई धेरै बेर हेरिरहनुभयो । अनि भन्नुभयो,“आज म धेरै खुशी छु ।” 

उहाँको आँखामा खुशीको आँसुले भरिएको थियो ।

अनि फेरि आमाले भन्नुभयो,“छिटो गर न । साईतको लागि हतार भइसकेको छ । छिटो तयार हौ ।”

११ः०० बज्न १० मिनेट बाँकी थियो ।अनि सबै जना तयार भएर गाडीमा चयौ र हामी सिधै बिहा मण्डमा आइपुग्यौ । विवाहको मण्डप नयाँ बानेश्वरमा थियो । हामी ११ः३० मा पुग्यौ र मण्डप तयार हुँदै थियो । मण्डपको साथ साथै बेहुली पनि तयार हुँदै थिइन् ।

म चाँहि गाडीमै थिए । मेरो मन घड्किन थालेको थियो । एक पलको लागि यो मण्डपबाट भाग्यौ जस्तो भयो तर मनले मानेन । सोचेकी आरतीले मलाई प्रेम अस्वीकार गरेकोमा अनमोललाई सजाय दिँदै छु । आफूलाई पनि सजाय दिँदै थिए । कमजोर मनलाई दरो बनाउदै थिए र लामो सास लिँदै थिए । जिन्दगी यस्तै रहेछ भन्ने सोचे । अनि आफ्नो हातमा भएको घडी हेरे र ११ः४० बजिसकेको थियो र मण्डपको लागि कसैले बोलाएनन् । एक छिन कुर्ने निर्णय गरे । २० मिनेटपछि फेरि घड्री हेरे । १२ः०० बज्यो । साईतको समय त नागिसक्यो तर कोही आएनन् । त्यसैले म गाडीबाट निस्के । निस्किने बितिकै अनमोलको भाइ मेरो नजिक आए र भने, “दिदी तयार भइसक्नु भयो । मण्डपमा भर्खेर आउनुभएको हो त्यसैले मैले तपाईलाई लिन आएको हो ।”

अनि म अनमोलको भाइसँगै पछि लागे र मण्डपमा बसे । पण्डितले मन्त्र पढ्न थाले र उनको आदेश अनुसार म गर्दै थिए । अनमोल बेला बेला मुस्कुराउदै थिइन् भने मेरो दिमागमा चाँहि कति लामो समय लगाएको जस्तो भयो । बल्ल ४ः३० घण्टापछि विवाह सम्पन्न भयो । जिन्दगीमा यति लामो विवाह कसैको नहोस् लागेर आयो ।  विवाह सम्पन्न भएपछि आफ्नो घरतिर लागियो । अरु बेला एक्लै घर आउथे भने आज श्रीमती लिएर आउँदै थिए ।

घर आइसक्दा बिहेको काम नै भयो । बुहारी भिक्राउने काम, कोठा दिदी बहिनीहरुले ढोका छेकेर पैसा माग्ने काम, टिक लगाउने काम आदि भए । राति सुत्दा अबेर भइसकेको थियो । हामी दुवै जना केही नबोलीकन सुत्यौ ।

भोलिपल्ट हामी ढिलै उठ्यौ । हामी दुवै जनाले ४ दिनको छुट्टी लिएका थियौ । अनमोल नुहाएर किचेनतिर लागिन् भने बाथरुमतिर छिरे । बुवा चाँहि पार्टीको लागि तयारी गर्दै हुनुथ्यो । विवाहको पार्टी भोलिपल्ट थियो । पार्टी नयाँ बानेश्वरको अनमोल पार्टीको पालेसमा थियो ।

म नुहाएर निस्के । म निस्केपछि अनमोल मेरो नजिक आइन् र भनिन्,“खाना खाएपछि हामी निस्किनुपर्छ ।”

“कहाँ ?”

“आज हाम्रो फोटो सूट छ । तिमीले  बिर्सेको ?”

मैले साँच्चिकै बिर्से छु र मैले हो भनि टाउको हल्लाए । मलाई फोटो सूट गर्न मन नै छैन । फोटो खिच्नु जति अल्छी मलाई केही लाग्दैन । मानिसहरुले फोटो खिच्छन् जस्तो लाग्छन् । हामी खाना खाइसकेपछि, म केही समयमै तयार भएको थिए भने अनमोललाई धेरै समय लगाएकी थिइन् । केटी मान्छेहरुलाई तयार हुन किन धेरै समय लाग्दछ ? अनमोललाई तयार हुन दुई घण्टा लाग्यो र हामी नक्साल गयौ फोटो सूट गर्नेको लागि । म चाँहि सेतो सट कालो सूटमा थिए भने उनी रातो साडीम थिइन् ।

हामी नक्सालको फोटो स्टूरियोमा थियौ । हामी दुई घण्टा जति फोटो खिच्न अल्छी लागेको थियो भने अनमोललाई चाँहि रमाइलो लगेको थियो फोटो खिचिसकेपछि हामी घर फर्कियौ । फोटो खिच्दै म गले छु ।

अर्को दिन, पार्टी थियो । हामी बिहानदेखि नै हुन तयार थालेका थियौ । हामी सबै परिवार पार्टी पालेस पुग्यौ । हामी पार्टी पालेस पुग्दा ३ः३० बजेको थियो । अनमोलको परिवार र मेरो परिवार थियौ । खासमा छिटो जानुको कारण सन्दि सम्दिनी भेट थियो । पार्टी चाँहि ५ः३० बजे सुरु हुने थियो । भेट घाट १ घण्टामा सकियो । भेट घाट सकिएपछि हामी खानतिर गयौ र सबै सेट गरौ । अनि म र अनमोल कुर्सीमा बस्यौ । बिस्तारै बिस्तारै पाहुना आउन थाले । गिफ्ट दिए र फोटो पनि खिचे । मेरो मुस्कानको पछाडि धेरै पीडा थियो ।

आउने पाहुनालाई स्वागत गर्दै र फोटो खिच्दा भोक लागिसकेको थियो । आफन्तहरुले खाने कुराहरु टेबुलमा राखेका थिए तर खान त्यक्ति फुर्सद नै भएन । केही घण्टापछि डान्स गर्न थाले । हामी खाना खाइसकेका थियौ र आफ्नो ठाउँमा जान आटरदै थियौ र त्यही क्रममा हामीलाई डान्स गर्न आग्रह गरियो । अनि हामी नाच्न थाल्यौ । अनमोल धेरै खुशी थिइन् तर म थिइन । पार्टीभरि अनमोल मसँग बोल्दै थिइन्  र म होमा हो मिलाउदै थिए तर वास्तवमा मैले उनको कुरा सुनेको थिइन । रमाइलो गर्दै गर्दा १०ः३० बजिसकेको थियो । सबै जना आफ्नो घर फर्किसकेका थिए र हामीले पार्टीको पैसा तिरेर घर फर्कियौ । म लुगा फेरेर सुत्न गरे ।       


४१
पार्टी सकेको तीन दिनपछि मात्र हामी अफिस गएका थियौ । अफिस गरेपछि सबै जनाले हामीलाई जिस्काउन थाले । सबै जनाले कस्तो छुता रुन्तम  भनि जिस्काए । हामी अफिसमा हाम्रो बारेमा भनेका थिएनौ र कसैलाई पनि हामी दुई जनाको बारेमा सङ्का पनि भएन । यही क्रममा विशालले हामी जिस्काउदै भने,“अनमोलले त हामीलाई भन्ने कुरा भएन तर अमित तिमीले भनेको भए हुन्थ्यो । अब त हनिमुन कता जाने हो ?”

सबै साथीहरु हाँसे । म पनि मुस्कुराए मात्र । मुस्कुराउनुको साथ साथै अनमोल लजाइन् । त्यसै क्रममा विशालले भने,“साथीहरु त के साह्रै लजाएको । विवाह र हनिमुन त सामान्य हो । यस्तो कुरामा पनि लजाउने हो ।”
सबै जनाले होमा हो मिलाए । यही क्रममा सुजिताले भनिन्,“हामीलाई अस्तिको पार्टीले पुगेको छैन् । अरुको थाहा छैन मलाई छुट्टै पार्टी चाहिन्छ ।”

”हो, हामीलाई छुट्टै पार्टी चाहिन्छ ।” सबै साथीहरुले पार्टीका लागि पहल गरे । अन्त्यमा आएर मैले भने,“ठीक छ । आज मंगलबार भो । शनिबारतिर गरौ न त पार्टी । कता गर्ने सल्लाह तिमीहरु गर । यति अनुसार पार्टी हुन्छ ।”
सबै जनाले हुन्छ भने । अनि सबै जना आफ्नो काम गर्न थाले । म र अनमोल पनि आफ्नो काम गर्न थाल्यो । 

४२
शनिबारको दिन थियो । आज अफिसको साथीहरुलाई पार्टी दिने दिन थियो । हामी सबै जना नयाँ बानेश्वरमा ५ः३० बजे भेट्यौ । सबै साथीहरु खु्शी थिए । हामी सबै जना गरेर १५ जना थियौ । संचिन बाहेक सबै जना खु्शी थिए । संचिनले अनमोललाई हेरिरहेका थिए । किन हेरिरहेका थिए ? अनमोलले त आफ्नो बारेमा भनेकी थिइन् तर सचिनको बारेमा चाँहि भनेकी थिइनन् । जब सचिनको आँखा मसँग जुध्यो, उनले झूटो मुस्कान दिए र मैले पनि ।

अर्को दिन अर्थात् आईतबारको दिन थियो । हामी फिल्म हेर्न गयौ । मलाई खासै फिल्म हल गएर फिल्म हेर्न मन पर्दैन थियो तर पनि अनमोलसँग गए हेर्ने । मलाई २० मिनेट पछि मलाई निद्रा लागेर सुते भने फिल्म हेर्दै रमाएकी थिइन् । उनीले फिल्म सकेपछि मलाई उठाइन् ।

हामी बाहिर निस्कियौ । बाहिर निस्किएपछि अनमोलले भनिन्,“तिमी किन हलमा सुतेको ? त्यस्तो राम्रो फिल्ममा पनि तिमी सुतेको ?”

“राम्रो फिल्म होस् वा नराम्रो, म फिल्म हलमा फिल्म हेर्न सक्दिन ।”

उनीले मलाई अचम्म परेर हेरिन् मात्र । अनि हामी धुम्न भनि वसन्तपूरमा गयौ । धेरै बेरसम्म हामी त्यहि थियौ । उनीलाई फोटो धेरै खिच्नु पर्ने । मलाई चाँहि उनीको फोटो खिच्दा खिच्दै दिक्क भएको थियो तर मैले देखाइन ।

४३
अर्को दिन, सोमबारको दिन हामी अफिस गयौ । हामी आफ्नो काम गर्दै थियौ । त्यही क्रममा संचिन हाम्रो छेऊमा आए । उनी नर्भेस् भएका थिए । हामी दुवै जनाले संचिनलाई हे¥यौ र संचिनले पनि हामीलाई हेरे । अनि संचिनले कुरा निकाले ।

“आ एम सरी । मैले अस्ति राति त्यस्तो व्यवहार देखाउनु हुँदैन थियो । मैले कसैलाई मन पराउथे र रिस देखाउने ठाउँ पाएको थिइन । त्यसैले हिजो रिस पोखे । त्यसको लागि आइ एम सरी ।”

म आफ्नो कुर्सीबाट उठे । अनि मैले भने,“यस विषयमा हामी अफिस सकिएपछि कुरा गरौ न ।”

उनले हुन्छ भने र आफ्नो काबिनमा गए । अनमोलले मलाई हेरिन् र मेरो नजिक आइन् । मेरो नजिक आएर भनिन् “भरै तिमी संचिनलनई किन भेट्ने ?”

“म उसलाई सम्झाउछु । म एक पल्ट संचिनसँग कुरा गर्न चाहन्छु । तिमी नआत्तियौ न ।”

अनमोल मौन थिइन् र केही नभनिकन आफ्नो कुर्सीमा बसिन् र काम गर्न थालिन् । म पनि काम गर्न थाले ।
साँझ काम सकेर म र संचिन नजिकैको क्याफेमा बस्यौ । मैले अनमोललाई नबस्न आग्रह गरेको थिए । उनीलाई हाम्रो कुरा सुन्नु थियो तर मेरो आग्रहलाई नाँइ भन्न सकिनन् । हाम्रो संवाद घरमा आएर सुनाउने वाचा गरेको थिए । त्यसैले उनी घर जान तयार आएकी थिइन् ।

संचिन र म क्याफेमा बसेका थियौ । वातावरणमा केही क्षणको लागि मौनता छाएको थियो । केही क्षणपछि वेटर हाम्रो नजिक आए र हाम्रो अर्डर लिए । मलाई भोक लागेको थियो । मैले अर्डर एक पेट मःम र एक कप कफी अर्डर गरे । उनले चाँहि एक पेट चाउमिन र दूधको चिया अर्डर गरे ।

हामीले एक अर्कोलाई हेरौ । कुरा त कसैले त सुरु गर्नु पर्छ । त्यसैले मैले भने, “तिम्रो र अनमोलको सम्बन्धको बारेमा मैले थाहा पाए ।”

संचिन गम्भीर भए र भने,“तिमीलाई कसरी थाहा पायौ ?”

“मलाई थाहा पाए । कसरी थाहा पाए र कसले भयो त्यो जरुरी छैन । जरुरी के हो, त्यो तिमीले आफैले बुझ्नु पर्छ । तिमीले रक्सी पिएर आफ्नो बेइज्जत गर्नु हुँदैन थियो । तिमी त्यसो गरेर पायौ ? तिमीले अनमोलको नाम नलिए पनि साथीभाइहरुले तिमीले कसलाई भनेको थाहा हुँदैन र ?”

संचिन मौन नै थिए । म आफै अचम्म परेको  थिए कि मैले संचिनलाई सम्झाउदै थिए तर पनि मैले टेरिन । मैले त टेरिन, संचिनले के टेर्थे ।

अनि मैले फेरि भने,“हेर सचिन, अनमोलले तिम्रोे प्रेम अस्वीकार गरिसकेकी थिइन् । उनी खुशी छिन् । तिमी पनि आफ्नो जिन्दगीमा खुशी रहनु ।”

उनी मौन नै थिए । मलाई हेरिरहे । मलाई लाग्यो कि उनलाई केही बोल्न मन छैन । सायद मायाको अस्वीकारले होला उनलाई बोल्न मन थिएन । यो एक तर्फी माया गर्नु धेरै गाह्रो हुँदो रहेछ । दुई तर्फी माया गर्नु सजिलो हुन्छ तर मायाको अस्वीकार काँडा झै चुक्दो रहेछ । सहनै रहेछ । सहनै सकिदैन । यो ईगो किन बीचमा आउँछ ?

म केही भन्न खोज्दै थिए त्यही क्रममा संचिन क्यापेबाट निस्के । उनी निस्केपछि हामीले अर्डर गरेको खाना खाइपुग्यो । म संचिन गरेको हेरिरहे । केही बेर मःम खान थाले । चाउमिन प्याक गर्न लगाए । अनि बिल तिरेर घर गए । म गरपछि अनमोलले आजको बारे सोधिन् र मैले सबै कुरा भने । उनीले केही भनिनन् । यस मिटिङ्गपछि संचिन न त मसँग बोले न त अनमोलसँग । 

४४
हामीले विवाह गरेको दुई महिना भइसकेको थियो । शनिबारको दिन थियो । मेरो हरेक शनिबार पत्रिका पढ्ने बानी थियो । बिहानको ८ः०० बजेको थियो । म कान्तिपूरको कोसेली पढ्दै थिए । त्यही क्रममा मेरो आँखा एउटा कथामा पुग्यो जसको लेखक थिए पुजन थिए । उनको फोटो पनि थियो जसले गर्दा मैले उसलाई  चिने । अनि म कथा पढ्न थाले । कथा त मेरो र आरतीको कथा पो रहेछ । म अचम्म परे । मेरो अनुमति नलिइकन कसरी लेखे ? अनि अगाडिको पेजमा उनको पुस्तकको विमोचन रहेछ, त्यो पनि आजको दिन । दिउँसोको २ः३० बजे, प्रज्ञा भवनमा रहेछ । उपन्यासको नाम ‘उतरको खोजी’ रहेछ । यो देखेर म जाने निदो गरे । मलाई पुजनसँग कुरा गर्न मन लाग्यो । उपन्यासभन्दा पनि मलाई आरती र पुजनको प्रेम कहानी सुन्नु थियो । म नेपाल आएपछि आरतीलाई के  भयो भन्ने भयो । उनले हाम्रै बारेमा नै किन उपन्यास लेखे ? अरु कसैको बारेमा लेखेनन् ? मेरो प्रश्नको उतर सिर्फ उनले दिन सक्छन् ।

मलाई कति बेला निस्कियौ भयो, मलाई हतार भएको थियो । १ः३० बजेतिर म हतारिदै लुगा लगाएर घरबाट निस्के । म निस्केको देखेर अनमोलले भनिन्, “तिमी कता निस्किन आँटेको हो ?”

“एउटा काम आयो, म निस्किए । म छिट्टै आउँछु ।” म यति भनेर घरबाट निस्किए ।

म प्रज्ञा भवन छिट्टै पुगे । म २ः १५ बजे पुगे । भवन भरिएको थिएन । मानिसहरु आउने क्रम थियो । मलाई पुजनसँग भेट्न हतार भइसकेको थियो । मेरो आँखा हर पल घडीमा थियो । पुजन कतिबोला आउँछन् भन्नेमा थियो । हेर्दा हेर्दै ३ः०० बज्यो । दर्शकहरु आईसकेका थिए । पुजन चाँहि आएका थिएनन् । म हतारमा थिए । ३ः१५ बजेतिर कार्यक्रम सुरु भयो । पुजन आईसकेका थिए । प्रस्तुतकर्ताले पुजनको बारेमा भन्दै थिइन् र उपन्यसको बारेमा पनि भइन् । १५ मिनेटपछि पुजनको हातमा माइक थियो । अनि पुजनले भने,“सबै जनालाई स्वागत छ यो किताब बिमोचनमा र सबै जनालाई मेरो नमस्कार छ ।

उपन्यासको कुरा गर्ने हो भने, यो पनि रोमाटिक उपन्यास हो तर रोमाटिक भन्दा पनि यो थ्रिलर धेरै छ । जति पहिला लेखे, ती विशुद्ध रोमाटिक थिए तर अहिले थ्रिलर र रोमाटिक पनि छ । यो उपन्यास मैले धेरै मिहिनेत त गर्नुको साथ साथै धेरै समय लगाएर लेखेको उपन्यास हो । आशा छ कि यो उपन्यासले धेरै सफलता र माया पाउने छ । धन्यवाद ।”

उनले बोलेपछि प्रस्तोतकर्ताले दर्शकहरुसँग प्रश्न र उतरको लागि सुरु गरिन् । सुरुमै मैले हात उठाए र मलाई माइक दिइयो । माइक लिदै म उठे । मलाई देखेर पुजक छक्क परे । अनि मैले भने, “यो तवाईको उपन्यास ‘उतरको खोजी’ कसैसँग मेल त छैन नि । यदी छ भने अनुभति त लिनु भएको छ होला नि । यदी उपन्यासको पात्र तपाईको सासु आएर मलाई अनुममति नलिईकन उपन्यास छाप्नु भयो भने के गर्नु हुन्छ ?”

उनले झुटो मुस्कान दिए र भने,“यो उपन्यास जोसँग पनि मेल खान सक्छ । यो उपन्यास मैले रिसर्ज गरेको हूँ । पात्रहरुलाई थाहा छ यो उपन्यासको बारेमा ।”

हाम्रो आँखा जुधेको थियो । मनमा प्रश्नहरु थिए । उनले मेरो प्रश्नको उतर राम्रोसँग दिएका थिएनन् । मलाई चिन्त बुझेको थिएन । अरुलाई चिन्त बुझेको थियो वा थिएन तर मलाई वाइयात लागेको थियो । मलाई कति बेला पुजनसँग भेट हुन्छ जस्तो भएको थियो ।

६ः०० बजे कार्यक्रम सकियो । सबै हतारिदै बाहिर निस्के । पुजनलाई कहि कतै देखिन । ४५ मिनेटसम्म खोजे र कुरे तर उनलाई कहि देखिन । पछि कहि न कहि उसलाई भेट्छु भन्ने आशा थियो । मैले पुजनलाई नदेखेपछि उनको उपन्यास ‘उतरको खोजी’ किने र म त्यहाँ निस्के ।

४५
किनेको दिनदेखि यो उपन्यास पढ्न थाले । नाम मात्र परिवर्तन गरेका थिए । उपन्यास जति जति अगाडि बदै गयो, त्यति नै राज खोलिदै गयो । पढ्दै जाँदा आरतीले आत्महत्या गरेको र पुजनले सत्य थाहा पाएपछि आरतीलाई छोडेको थाहा पाए । म पागल झै भए । मेरै कारणले आरतीको जिन्दगी बर्बाद भएको थियो । मलाई एक चोटि भए पनि पुजनलाई भेट्न मन लाग्यो । मलाई सत्य जान्नु थियो कि साँच्चैनै आरतीले आत्महत्या गरेकी हुन् कि होइन ।

उपन्यास पढिसकेपछि मैले फेसबुक खोले । पुजनलाई म्यासेज पठाउछु भनेको उनले मलाई फेसबुक ब्लक गरेका रहेछन् । मैले उनको उपन्यासमा उनको ईमेल ठेगाना देखे र ईमेल पठाए ।

पुजन, म तिमीलाई भेट्न चाहन्छु । तिमीसँग धेरै कुराहरु गर्नु छ ।

मैले ईमेल पठाए तर पुजनले जवाफ दिएनन् । दुई हप्तासम्म जवाफ दिएनन् । जवाफ नदिएपछि म ‘उतरको खोजी’ उपन्यास छाप्ने घरमा गए । सुरुमा त ठेगाना थिएनन् तर धेरै पापड बेलेपछि ठेगाना र फोन नम्बर दिए । ठेगाना र फोन नम्बर पाएपछि मैले कसरी भेट्ने भन्ने भयो । आवाज त उनले चिन्छन् । उसले सुरुमा पुजनलाई पीछा गरे । पुजन कता जान्छन् सबै जानकारी लिए ।

धेरै दिनसम्म उनलाई पिछा गरेपछि, एक दिन मैले उनलाई फोन गरे । सुरुमा त उनले फोन उठाएनन् । पनि तीन चोछि फोन गर्दा मात्र उनले उठाए ।

“हेलो ।” मैले भने ।

“हेलो । तपाईले कसलाई फोन गर्नुभएको हो ?”

“मैले तपाईलाई नै खोजेको हूँ । ”

“तपाई को बोल्नु भएको हो ?”

“म अमित दाहाल बोलेको हूँ । म तपाईलाई भेट्न चाहन्छु ।” मैले बोलिसक्दा उनले फोन नै काटि दिए । मलाई रिस उठ्यो । रिस उठे पनि आफूलाई समाले र उनलाई एसएमएस पठाए ।

म तिमीलाई रोड हाउस क्याफे, बौद्धमा ५ः३०  बजे भेट्छु । तिमी त्यहाँ आज आऊ । म तिम्रो प्रतिक्षामा हुने छु ।
मैले एसएमएस पठाए तर उनले केही जवाफ दिएनन् । म अचम्मित भए । केही गड्बडी छ जस्तो लाग्यो । मेरो रिसको सिमा थिएन । रिस उठे पनि म आफ्नोे काम सकेर म बौद्ध गए । म हतारिदै रोड हाउस क्याफे गए । मैले यता उता हेरे तर मैले पुजनलाई देखिन । अनि मैले घडी हेरे । समय भएको थियो ६ः१५ भइसकेको थियो । सोचे । कि पुजन आएर पनि फर्किए । मलाई नदेखेर फर्किने हुन सक्छन् । यदी आएका रहेन रछन् भने, मलाई सायद टाप्रिक जाममा पसे होलान् । म कुनाको कुर्सीमा बसे । केही बेर कुर्ने निर्णय गरे । आधा घण्छा कुर्दा पनि पुजन आएनन् । अनि मैले फोन गरे । फोन त बन्द गरेका रहेछन् । अनि म त्यस क्याफेबाट निस्के । 

४६
अनमोल र म कोठामा थियौ । म उपन्यास पढ्दै थिए भने अनमोलले मलाई हेर्दै थिइन् । केही समयपछि अनमोलले भनिन्,“अमित ?”

“हजुर ।” म उपन्यासमै केन्द्रीत थिए ।

“तिमीलाई आजकाल के भएको छ ?”

“केही भएको छैन त ।” मैले उसलाई हेरेको थिइन ।

“तिमीलाई केही  भएको छ । तिमी आजकल मसँग कम बोल्न थालेका छौ । त्यसभन्दा पनि तिमी घरभन्दा बाहिर समय बिताउछौ । केही भएको छ भने मन । कि तिम्रो अफेयर चलेको छ ? ”

मैले पढ्दै गरेको उपन्यास टेबुलमा राखे । हामीले एक अर्कोलाई हेरौ र मैले भने,“त्यस्तो केही भएको छैन । मेरो अफेयर चलेको छैन तर समय आएपछि म तिमीलाई सबै कुरा भन्छु ।”

वातावरणमा मौनताले छाएको थियो । उनीले मेरो कुरामा विश्वास गरिन् कि गरिनन् त्यो त मलाई थाहा भएन तर मलाई डर छ कि मैले भन्नुभन्दा अगाडि कसैबाट थाहा पाइन् भने । मनलाई सम्झाए कि जे हुन्छ त्यो टरेर नै छाड्छ । जे हुन्छ त्यति बेला नै थाहा हुन्छ । अनि म उपन्यार्स उतरको खोजी’ पढ्न थाले । मैले यो उपन्यास तीन चोटि पढिसके तर अहिले चौथो चोटि हो । चौथो चोटि पढ्दा मेरो दिमागमा एउटा आईथा आयो र मैले पुजनलाई मयासेज पढाए ।

यही तपाई मसँग नभेट्ने हो भने, म सबै जनाको अगाडि तपाईको बारेमा भन्ने छु । मलाई मेरो इज्जतको मतलब छैन । मलाई थाहा छ कि तपाईको उपन्यास उतरको खोजी कसको बारेमा हो र तपाईले मलाई नसोधीकन यो उपन्यास लेख्नुभयो । मैले चाहे भने तपाईलाई मुद्दा लगाउन सक्छु । म भोलि तपाईलाई रोड हाउस, बौद्धमा साँझको ६ः३० बजे भेट्ने छु । आशा छ, तपाई आउनु हुने छ ।

मैले म्यासेज त पठाए तर उताबाट केही जवाफ आएन । उनले गर्न खोजेको के हो मैले बुझ्न सकिन । म अचम्म परे । मलाई शङ्का भयो कि उनी भोलि मलाई भेट्न आउदैन भनेर ।

भोलिपल्टको कुरा हो । म आफ्नो काम सकेर हतारिदै बौद्ध पुगे । म रोड हाउस क्याफे ६ः०० बजे पुगे । पुगेपछि मैले यता उता हेरे । उसलाई देखिन । म निकै बेर उसलाई कुरेर बसे तर उनी आएनन् । म आठ बजे त्यहाँबाट निस्के । न त उनले फोन उठाए न त मेरो म्यासेजको जवाफ दिए । मसँग केही जवाफ थिएन । मेरो दिमाग शून्य भएको थियो । मेरो जिन्दगीमा के भइरहेको छ आफैलाई थाहा छैन ।

म ८ः३० बजे घर पुगे । अनमोलले ढोका खोलिन् र भनिन,“तिमीले मेरो फोन किन नउठाएको ?”

“सरी ।” मैले भने र भित्र छिरे ।

उनी मेरो पछि आइन् र भनिन्,“आजकाल तिमी मलाई अफिसबाट नकुरिकन कता जान्छौ ? घर पनि ढिलै आउँछौ । तिमी ढिलो आउँदा र मलाई कम समय दिँदा मलाई शङ्का छ कि तिम्रो अफेयर चलिरहेको छ । आखिर तिमीलाई के भएको छ ?” अनमोल रिसाउद खोज्दै थिइन् ।

म चाँहि उनलाई वास्ता गरेको थिइन । म आफ्नै सूरमा थिए । उनी मेरो नजिक नै थिइन् र मेरो जवाफको लागि कुरिहरेकी थिइन् । म लुगा पेरेर खाटमा पल्टे । उनी पनि मेरो छेऊमा आइन् । छेऊमा आइसकेपछि उनीले फेरि भनिन्,“तिमीले किन जवाफ नदिएको ? तिमी पहिला जस्तो छैनौ तिमीले आफ्नो घर परिवारलाई वास्ता गर्न छोडिसकेका छौ । तिमी कम बोल्न थालेका छौ । आजकल तिम्रो समय बाहिर हुन थालेको छ । तिमीलाई के भयो ? मलाई जान्न मन छ । तिमी यस।री बेलुका घर फर्केदा मनमा धेरै प्रश्नहरु आउँछन् । तिम्रो व्यवहारको मनमा धेरै शङ्का हुन्छ । तिम्रो मनमा के छ, मलाई भन न ।”

म मौन नै थिए । म लुगा पेरेर सुत्न भनि खाटमा पल्टे । अनमोलले मलाई हरिन् । उनी मदेखि आजित भएकी थिइन् । मौन भएको देखेर  उनीलाई के गरौ भएको थियो । यो हर रोज हुन थालेको थियो । मेरो बुवा आमालाई हाम्रो संवाद बारे केही थाहा थिएन भने पुजन मसँग भेट्न चाहेका थिएनन् । न फोन उठाउछन् न त म्यासेज नै पठाउछन् ।

४७
आज शनिबारको दिन थियो । मैले फेरि पुजनलाई पिछा गरेको थिए । आज पनि मैले बिहानदेखि नै उनलाई पिछा गरे । बिहान उठेर उनी मडिङ्ग बार्कमा गएका थिए र मटिङ्ग बार्कमा घरमा गए । धेरै बेरसम्म घरबाट निस्किएनन् । मलाई उनीसँग भेट्नु जरुरी थियो । म लुकेर बसेको थिए । धेरै बेर कुरेरे बसे र उनी साँझबो ६ः०८ बजेतिर घरबाट निस्के र मैले मोटरसाइकलमा उनलाई पिछा गरे । पुजन सिदै होटल अन्नपूर्ण, दरबार मार्गमा पुगे । उनी एक कुनामा  बसे । म नदेख्ने ठाउँमा बसे । उनलाई निहालेर हेर्दै थिए । २० मिनेटपछि म पुजन भएको ठाउँमा गए । उनी उपन्यास पढ्दै थिए । म कुर्सीमा बसे र भने,“हेलो ।”

पुजनले आफूले पढ्दै गरेको किताबबाट नजर हटाएर हेर्छन् र मलाई देख्छन् र छक्क पर्छन् । किताब टेबुलमा राख्छन् र भन्छन्,“तिमी यहाँ ?”

“हो, म यहाँ । तिमी मलाई भेट्न मन पराएका थिएनौ । अनि तिमीलाई भेट्न म आए । तिमी मसँग भागेको भागै थियो र तिम्रो पछि पछि ।”

“तिमीले मेरो पिछा किन गरेको ?”

“मसँग अरु केही उपाय थिएन । तिमीसँग भेट्न जरुरी थियो । मलाई मेरो जवाफ चाहिरहेको थियो ।”

वातावरणमा मौनताले छो¥यो । हामीले एक अर्कोलाई हेरौ । उनको अनुहारले बताएको थियो कि उनले केही लुकाइ रहेका छन् । उनको अनुहारले यो पनि बताएको थियो कि उनी मसँग बोल्न रुचाएका थिएनन् । यता उता पनि हेर्दै थिए ।

मौनता तोड्दै मैले भने,“तिमी किन मौन छौ ? केही त बोल ।” म रिसाउदै भने ।

उनले मलाई हेरे र भने,“तिमीलाई मैले के भन्नू । तिमीले नै गरेर सबै जना जिन्दगी बर्बाद भयो । आफ्नो त गरौ गरौ हाम्रो पनि गयौ । तिमीले गर्दा मेरो र आरतीको जिन्दगी बर्बाद गयौ । तिम्रो कारणले गर्दा मैले आरतीको जिन्दगी बर्बाद गरे ।”

“आरतीलाई के भयो ?”

“तिमीले आरतीलाई रेप गरेपछि उनी मसँग धेरै दिनसम्म भेटिनन् । मैले उनलाई धेरै चोटि फोन पनि गरे । उनीले पनि उठाइनन् । धेरै दिनहरुसम्म यो क्रम चल्यो । अन्त्यमा आएर म उनलाई भेट्न भनि उनीको अपार्टमेन्ट गए । त्यहाँ पनि मैले उनलाई भेटिन । धेरै दिनसम्म म बेचेन थिए । मनमा धेरै प्रश्नहरु उठ्न थालेको थियो । मलाई मेरो मन र दिमागमा नराम्रा कुराहरु खेल्न थाले । आरतीलाई नभेटेपछि मैले सुरक्षालाई फोन गरे । सुरक्षाले निकै बेरपछि फोन उठाइन् ।   

“तिमीले किन फोन ढिलो उठाएको ? तिमी ठीक त छौ ?”

“म ठीक छु ।”

“सुन न । आरतीले फोन उठाएको छैन । मैले धेरै चोटि प्रयास गरे तर सकिन । उनको घर पनि गए । उनलाई मैले भेटिन । तिमी त उनको मिल्ने साथी हौ र तिमीलाई आरतीले केही त भनिन् होला । आरती अहिले कता छिन्, तिमीर्ला थाहा छ ?”

उनी मौन थिइन् । म उनको कुरेर बसेको थिए । मैले धेरै चोटि हेलो हेलो भने तर उनीले जवाफ दिइनन् । अनि मेरो मनमा चिसो प¥यो । चिसो पस्नुको साथ साथै सङ्का लाग्न थाल्यो । अनि मैले फोन काटे र सिधै सुरक्षा बसेको अपार्टमेन्टमा गए ।  डोर बेल बजाए र सुरक्षाले ढोका खोलिन् । उनीको अनुहार सधैझै उज्जालो थिएन । मलाई देखेर मौन नै थिइन् । म भित्र छिरे । मैले यता उता हेरे र कसैलाई पनि देखिन । मैले कसैलाई नदेखेपछि, मैले सुरक्षालाई भने,“मैले त आरतीलाई देखिन । खोहि त आरती ?”

सुरक्षा मौन नै थिइन् । उनको भाव नै अर्को थियो । उनी दुःखी थिइन् । उनको बताएको नि उनले केही लुकाइरहेकी थिइन् । अनि उनलाई हेर्दै भने,“आखिर, तिमीले केही नबोलेको ? आरती कहाँ छिन् ?”

सुरक्षा माथिको कोठामा जाँदै थिइन् र म पनि पछि लागे । उनको कोठामा पुगे । आरती कोठामा थिइन् । उनी खाटमा सुतेकी थिइन् । म उनको नजिक गए । उनलाई सुमसुमाए । उनले आँखा खोलिन् । मलाई देखेर आँसु झारिन् र अर्को छेऊमा फर्किन् र आफ्नो मुख सिरकले छोपिन् । उनीले नबोलेको देखेर म छक्क परे । उनलाई एक्कासि के भो, मलाई अचम्म लाग्यो । सबै कुरा सेयर गर्थिन् तर यस पालि चाँहि के भयो मलाई केही भनिनन् । म अचम्म परेको थिए । अनि मैले सुरक्षा सोधे । मैले रिसाउदै सोधेको थिए र सुरक्षाले मेरो रिस थाहाह पाएर होला, मलाई सबै कुराहरु व्यक्त गरिन् । म आकाशबाट झरेझै भए । म निःशब्द भएको थिए । मसँग केही शब्द नै थिएनन् । म हेरेको हेरै भए । म केही नभइकन सुरक्षाको अपार्टमेन्टबाट निस्के ।

त्यस दिनदेखि धेरै दिनसम्म मैले उनीलाई फोन गरिन । मलाई नै थाहा भएन नि म त्यस अवस्थामा के गर्थे भनेर । मैले उनलाई वास्ता गरिन ।

दुई हप्तापछिको कुरा हो । आरतीले मलाई फोन गरिन् । म आफ्नो साथीको घरमा थिए । मैले फोन उठाउन जरुरी सोचिन । मलाई नै थाहा छैन कि त्यति बेला मैले फोन उठाउन पथ्यो या उठाउनु हुँदैन थियो । उनीले मलाई धेरै चोटि फोन गरिन् तर मैले उठाउन सकिन । चाहेर पनि मैले उठाउन मन गरिन । यो धेरै दिनसम्म चलिरह्यो । हामी बीच संवाद हुन बन्द भयो ।

एक महिनापछिको कुरा हो । शनिबारको दिन थियो । म सुतेको थिए । मेरो ढोकाको बेल बज्यो । अनि म उठे । घडी हेरे । बिहानको ९ः०० बजेको थियो । म अल्छी गर्दै ढोका खोल्न गए । ढोका खोल्दा आरती रहेछिन् । मलाई अप्ठ्यारो लाग्यो । उनको अनुहार निराश थियो । हामी केही पलको लागि मौन नै थियौ । हामी एक अर्कोलाई हेरिरहेका थियौ । केही पलपछि मौनता तोड्दै आरतीले भनिन्, “मलाई भित्र बोलाउदैनौ ?”

उनी भित्र छिरिन् । हामी सोफामा बस्यौ । हामी सोफामा बस्यौ । हामी एक अर्कोलाई हे¥यौ मात्र । अनि मौनता तोडेदै भने,“तिमी चिया, कफी लिछौ ?”

“केही पर्दैन ।” अनि मलाई हेरिन् । मलाई हैर्दै भनिन्,“तिमीलाई के भएको छ रु मेरो फोन किन नउठाएको ? मेरो म्यासेजको जवाफ किन नदिएको ? मसँग रिसाएको हो ?”

म मौन नै थिए । म उनलाई हेर्ने सकेको थिइन । उनले चाँहि मलाई निहालेर हेरिरहेकी थिइन् । मसँग शब्द नै थिएन । मेरो दिमागमा शून्यताले भरिएको थियो ।

“प्लिज केही त भन न । ”

मैले उनलाई हेरे र भने,“मसँग बोल्नको लागि केही शब्द नै छैन । सुरक्षाले तिम्रो बारेमा भनेपछि मसँग केही शब्द थिएन र अहिले पनि छैन । म के भन्नू ?”

म उनीसँग आँखा जुधाउन सकिन । उनीले मलाई हेर्दै थिइन् । उनी मेरो नजिक आइन् । नजिक आएर भनिन्,“तिमी मलाई माया गछौ नि होइन ? मसँग बिहे त गछौ नि ?”

म मौन नै रहे । म मौन भएको देखेर मलाई भनिन्,“केही त भन न ?”

“म तिमीसँग बिहे गर्न सक्दिन ।”

“किन ?”

“कारण त तिमीलाई नै थाहा छ ।”

“अमितको कारणले तिमीसँग बिहे नगर्न खोजेको ?”

“म तिमीसँग कसरी बिहे गरौ ? मेरो इज्जतमा दाग लाग्छ । म आफ्नो समाजमा के जवाफ दिनु ? मेरो बुवा आमालाई के जवाफ दिनु ? मैले मनपराएको केटीको बलात्कार धेरै चोटि भएको छ र म उनीसँग  बिहे गर्न चाहन्छु भन्दा मेरो परिवारले अस्वीकार गर्नु हुनेछ । मलाई परिवार र समाजले अस्वीकार गर्ने छ । मलाई समाजले मलाई तुन्ने छ । मैले आफ्नो मुहार समाजको अगाडि कसरी देखाउने ? जब म घरबाट निस्किनने छु, मलाई बलात्कारको श्रीमान्  भनि जिस्काउने छन् । नेपालमा मेरो इज्जत छ । त्यसैले म तिमीलाई अपनाउन सक्दिन ।”

“तिमीले मलाई माया गरेका रहेन छौ ।”

“माया गर्थे तर अमितसँग सम्बन्धमा बसेपछि तिम्रो विश्वास हुन छोडेको छ । सुरुमा त सोचे सक अमितको पक्षबाट मात्र होला तर तिमीले पनि उसलाई मन पराउदो रहेछौ । यही एक तर्फी मात्र भएको भए, तिमी अमितसँग त्यसरी सम्बन्ध राख्ने थिएनौ । मलाई सुरक्षाले सबै भिडियो देखाइन् । तिमीले मलाई पहिले नै न त सबै कुरा भनिनौ न त भेट्यौ । तिमीले भिडियोहरु पनि आफ्नो मोबाइलमै राखेको छौ । मेटाएकी छैनौ । यसको मतलब म के बुझ्नु ?” मैले रिसाउदै भने ।

आरती उठिन् र मलाई हेरिन् । उनको आँखामा आँसुले भरिएको थियो । उनी भनिन्,“मैले पनि तिमीबाट यस्तो अप्रेक्षा गरेको थिइन । मैले सोचेको थिए कि तिमीले मेरो मनको कुरा बुझ्ने छौ तर अपसोस्को कुरा तिमीले मेरो परस्थिति बुझेनौ । तिमी मेरो मायाको लायक छैनौ ।”

उनी रुँदै मेरो अपार्टमेन्टबाट निस्किन् । म मौन भए । मलाई मेरो परिवार र समाजको डर थियो । मेरो इज्जतको पीर थियो । माया त गर्थे तर अपनाउन सक्दिन थिए । मनमा धेरै सङ्काहरुले भरिएको थियो ।

यस भेटपछि हामी दुईबीच संवाद वा भेट हुन छोडेको थियो । म नेपाल फर्केन सूर सार गर्दै थिए । मलाई यहाँ बस्न मन भएन । जसको कारणले म अमेरिका बसेको थिए, त्यही कारणले म अमेरिका छोडेर जाँदै छु । नेपाल पर्केन दुई हप्ता बाँकी थियो ।

दुई दिनपछिको कुरा हो । म सपिङ्ग मलमा थिए । दिउँसोको ३ः३० बजेको थियो । त्यही क्रममा मेरो मोबाइलमा घण्टी बज्यो । मोबाइल हेरे । सुरक्षाको रहेछ । मैले उठाउन उचित सोचिन । धेरै चोटि मेरो मोबाइलको घण्टी बजिरह्यो तर मैले वास्ता गरिन । पछि म्यासेज आयो र म्यासेज पनि बेवास्ता गरे ।  आरतीको बारेमा कुरा गर्नको लागि फोन गरेकी थिइन् होला तर मैले त्यस दिन बेवास्ता नगरेको भए हुन्थ्यो । त्यस बेला मलाई रिस उठेको थियो ।

म नेपाल फर्केने चार दिन अगाडिको कुरा हो । म अपार्टमेन्टमा थिए । मेरो सामानहरु मिलाउनु पर्ने थियो । मेरो सामानहरु धेरै नै थियो । नेपाल फर्केने भनेपछि मन खुशी हुनुपर्ने तर मेरो मन खुशी थिएन । सायद आरतीको कारणले होला मन अशान्ति थियो ।

म सामानहरु मिलाउदै थिए र यही क्रममा मेरो अपार्टमेन्टको ढोका बेल बज्यो । म हतारिदै ढोका खोल्न गए । ढोका खोल्दा सुरक्षालाई देखे  । उनको भाव हेर्दा उनी रिसाएकी थिइन् । उनलाई देखेर मैले भने,“भित्र आउन ।”
उनी भित्र पसिन् । मैले ढोका बन्द गरे र सोफामा बसे । उनले मलाई रिसाउदै भनिन्,“तिम्रो काराण्ले गर्दा आरतीले आत्महत्या गरिन् ।”

“के ? यो तिमी के भन्दै छौ ?” म सोफाबाट उठे ।

“हो ।” उनी पनि सोफाबाट उठिन् ।

“तिमीसँग भेट भएपछि उनी रुँदै मलाई भेट्न आएकी थिइन् । उनीले मलाई सबै कुराहरु व्यक्त गरिन् । उनीले तिमीलाई पहिले सबै कुरा व्यक्त गर्न चाहन्थिन् तर डरले भन्न सकिनन् । तिमीले उनको मनको कुरा बुझ्न सकेनौ । अमितले जर्बरजस्ती गरेका थिए । आफ्नो त बनाउन सकेनन् न त तिमीलाई हुन दिए । त्यस घटनापनि अमितलाई भिडियो हटाउन आग्रह गरिन् तर मानेनन् । हर रोज ब्ल्याकमेल गरिरहे । आरतीको मन कमजोर हुनुको साथ साथै मनस्थिति पनि कमजोर हुँदै गएको थियो । तिमीलाई गुमाउने डरले नै तिमीलाई केही भन्न सकिनन् । अमितसँग नचाहेर पनि सम्बन्ध भयो जुन जर्बरजस्तीको थियो तर मनदेखि नै तिमीलाई माया गर्छिन् तर तिमीले उनको मनको कुरा बुझ्न सकेनौ । तिमीलाई सम्झाउन धेरै कोसिस गरिन् तर तिमीले उनको मायालाई बुझ्न सकेनौ । तिमीलाई आफ्नो इज्जतको मात्र ख्याल गरौ तर आरतीके भावना र मायालाई बुझ्न सकेनौ । उनको आँसु पुस्न सकेनौ । अमितको कारणले तिमीले आरतीलाई सङरका गरौ । पूरै कहानी बुझेनौ र सुनेनौ । खासमा तिमीले सबै कुरा बुझेको भए हुन्थ्यो । उनको साथ नछोडेको भए आज आरतीले आत्महत्या गर्ने थिइनन् । तिमीले उसलाई चोसो माया गरेका रहेन रछौ । अब तिमी हर रोज पछुताएर बस्ने छौ । मानिसहरुले आफूले माया गरेको व्यक्ति नजिक हुँदा  त्यसको महत्व थाहा हुँदैन तर टाढा भएपछि मात्र महत्व थाहा हुन्छ । तिमीले अब आरतीको महत्व बुझ्ने छौ । तिमीलाई आरती बचाइन् । आत्महत्या गर्दा आरतीले आफूलाई दोष देखाइन् ।”

मन भारि भएर आयो । मेरा आँखाहरुमा आँसुहरुले भरिएका थिए । अनि म सोफामा बसे । उनलाई नहेरिकन मैले भने,“आज कति दिन भयो ?”

“दुई हप्ता भयो ।”

मैले उनीसँग आँखा जुध्दाउन सकिन । म मौन नै बसे । उनी मेरो अपार्टमेन्टबाट निस्किन् । मैले उनीलाई अन्तिम पल्ट भेट्न सकिन । आज मैले आफ्नो गल्ती महशुस गरे । आज उनको महत्व बुझे । इज्जतभन्दा पनि माया ठूलो रहेछ । मैले उनलाई साथ दिएको भए हुथ्यो । आरतीको दुः ख  कसैलाई नभइकन विवाह गरेको भए पनि हुथ्यो तर मेरो बुद्दिको ढोका ढिलै खोल्यो ।

मन दरो पार्दै म नेपाल त फर्किए तर आरतीको यादले पिछा छोडेन । मलाई हर रोज पछुतोले सताएको छ । सपनामा पनि आरतीलाई देख्ने गर्छु । मेरो सजाय यही हो कि मैले उनलाई पाउन सकिन र म हर रोज उनको रोज उनको यादमा डुबेको छु ।”

पुजनको तर्फबाट सुनेपछि मलाई पछुताए । यो मेरै कारणले भएको थियो । पुजनदेखि रिस उठेको थियो र मारि दिनौ कि जस्तो लाग्यो तर सबैभन्दा धेरै रिस आफूदेखि रिस उठेको थियो । मैले उनलाई एक तर्फी माया गर्थे र अहिले पनि गर्छु तर मेरै कारणले आत्माहत्या गरिन् । मैले उनलाई ब्ल्यामेल नगरेको भए, उनीले आत्महत्या गर्ने थिइनन् । मेरो पागल प्रेमले हामी सबै जनाको जिन्दगी बर्बाद गरिदियो । मेरा आँखामा आँसुले भरिएको थियो । म केही नभइकन यस ठाउँबाट निस्के ।

राति निद्रा पनि लागेन । मेरो ध्यान नै आरतीको मै थियो । आरतीको मुहार मेरो सामु नाचिरहेको थियो । उनीसँग बिताएका पलहरु सम्झिन थाले । पहिलो दिनदेखि अन्तिम क्षणसम्मको पलहरु सम्झे । मैलेआरतीलाई कहिले पनि खुशी दिन सकिन हरपल उनीलाई दुःख मात्र दिइरहे । मन छटपटी हुन थाल्यो । आफैदेखि रिस उठेको थियो ।

४८
म प्राय घरमा बस्न छोडेको थिए । मलाई आफूदेखि त रिस उठेको थियो त पुजनदेखि पनि रिस उठेको थियो । उनको पनि दोष थियो । उनको कारणले पनि आत्महत्या गरेकी हुन् । मलाई बदला लिन मन थियो तर कसरी ? जबसम्म म उसलाई मारिन भने, मेरो मन शान्त हुने छैन । हरपल दिमागमा उनलाई मार्ने बाहेक केही आउँदैन थियो । म छटपटीन थाले । कसरी मार्ने भनि योजना बनाउदै थिए । ईन्टनेन्टमा उपायहरु खोज्दै थिए । मैले प्राकृतिक मृत्युबारे ईन्टरनेटमा उपायहरु खोजे र भेटे पनि । मैले कसरी गर्ने बारे पनि सोचे र मैले दुई हप्ता लगाए । मैले क्राइम फिल्महरु र सिरियलहरुबाट धेरै आईथा लिए । सबै कुरा योजना गरेर, उसलाई भेट्ने मात्र काम थियो । मैले पहिला नै उनलाई पिछा गरेको थिए उनको सबै तालिका थाहा थियो तर जोखिम लिन चाहन्न थिए र मैले उनलाई पिछा गरे । यसपालि म अचम्म परेको थिए किनभने उसलाई बाहिर निस्केको देखिन । सुरुमा सोचेकी ऊ घरमै छन् तर धेरै दिनसम्म बाहिर ननिस्केपछि मनमा शङ्काले डेरा जमायो ।

शनिबारको दिन थियो । म उसको घर गए । बिहानको ८ः०० बजेको थियो । म उनको घर जान त गए तर बाहिरबाट नै बन्द थियो । उनी कहाँ गए छन् त ? फोन नम्बर डायल गरे तर फोन बन्द रहेछ । यही क्रममा एक जना व्यक्तिले मलाई देखे र भने,“तपाईले कसलाई खोज्नु भएको हो ?”

“म पुजनको साथी हो । उनीले मलाई भेट्न भनि बोलाएका थिए । उनले मेरो फोन पनि उठाएका छैन ।”

“तपाईलाई पुजनको बारेमा केही थाहा छैन ?”

“अहँ, के भो पुजनलाई ?”

“पुजनले आत्महत्या गरे । उनले तीन दिन अगाडि आत्महत्या गरेका थिए ।”

“के ?” म अचम्म हुँदै भने ।

“किन र कसरी ?” मैले फेरि भने ।

“खै, कसैलाई थाहा छैन किन पुजनले आत्महत्या गरे । साहै« राम्रा मान्छे थिए । मलाई लाग्दैन थियो कि उनले आत्महत्या गर्छन् भनेर ।”

म केही नभनिकन त्यस ठाउँमा निस्के । मेरो योजना फेल भयो । मैले मार्नेु अगाडि नै उनले आत्महत्या गरे । म आफ्नै हातले मार्न चाहन्थे तर यो हुन सकेन । म अशान्ति नै छाएको थियो । म पागल झै भए ।

पुजनको रहस्य आत्महत्यापछि मेरो मन बेचेन भयो । मलाई जान्नु थियो कि पुजनले किन आत्महत्या गरे । आरतीले आत्महत्या गरेको कारण थाहा थियो तर पुजनले किन गरे भन्ने दिमागमा आइरह्यो ।
 
४९
पुजनको घरको ढोकाको नक्कली साँँच्चो बनाउन दिएको थिए । मसँग साँच्चो त थिएन तर लकको फोटो खिचेर पसलको मान्छेलाई बनाउन थिए । सुरुमा त मानेका थिएनन् तर मैले अलिकति पैसाको लालच्च देखाए र माने । केही समयमै उनले बनाए पनि । म खुशी भए । साँच्चो शनिबारको दिन नै बनाइदिए । म हतारमा थिए । बिहान कहिले हुन्छ भनेर । मनमा धेरै प्रश्नहरु थिए र त्यसैको उतर भोलि पाउने छु । पुजनका कोठामा केही त राज छ ।

भोलिपल्ट आईतबारको दिन थियो । म मडिङ्ग वार्कको बहानामा आफ्नो घरबाट निस्के । बिहानको ७ः३० बजेको थियो । म चाबहिलबाट निस्के र गाडी चढेर कंलकी पुगे र ४० मिनेटमा म कंलकी पुगे । कंलकीको भाटभटेनीबाट ५ मिनेटमा म पुजनको घरमा पुगे । यता उता हेरे कसैलाई पनि देखिन । अनि ढोका खोलेर म भित्र छिरे ।

म यता उता हेर्ने थाल्छु । बेडरुममा केही भेटिन । लाइबे्ररीमा गए । धेरै किताबहरु रहेछन् । किताबहरुको साथ साथै डायरीहरु पनि थिए । मैले डायरीह आफ्नो झोलामा राखे । अरु केही भटिन्छ कि भनेर खोजे तर अरु भेटिन र घर फर्किए ।

घर पुगेपछि फ्रेस भए र खाना खाए । खाना खाइसकेपछि म सिधै आफ्नो कोठामा छिरे । आफ्नो कोठाको ढोका बन्द गरे र खाटमा बसे । झोलामा भएको डायरीहरु पढ्न थाले । अगाडिको डायरी त्यति हेरिन र पछाडिको मात्र हेरे । आत्महत्या गर्नु केही दिनहरु हेर्न खोज्दै थिए । अन्त्यमा मैले अन्तिम वेज पल्टाए । मर्नु केही दिन अगाडिको जस्तो छ र पढ्न थाले ।

 म जिन्दगीदेखि आजित भएको छु । मलाई बाच्न मन छैन । मलाई मनदेखि नै पछुताएको छु । मनमा बोद छ । अशान्ति छाएको छ । मलाई केही गर्न मन छैन । आरतीले आत्महत्या गरपछि मनमा अशान्ति छाएको छ । मेरो अमितको सजाय आरतीलाई दिए । मेरै गल्तीको कारण उनीले आत्महत्या गरिन् । आरती मेरो सपनामा नआएको कुनै दिन छैन । हरपल सपनामा उनी रोएको सपना देख्छु । उनीले मलाई सपनामा बोलाएको देख्छु । हरपल म छटपटीन थालेको छु । मन आरतीतिरै थियो । मलाई गुट्न भएको छ । म हर रोज कमजोर हुँदै गएको छ । त्यसैले म आफ्नो जिन्दगी लिदै छु । म आत्महत्या गर्दै छु र त्यसको साथ साथै म अमितलाई बचाउदै छु ।

मैले हामीबीचको संवाद मेटाइसकेको छु । अमितले पनि थाहा पायोस् कि छटपटी र पछुताउनु भनेको के हो । अमितले थाहा पायोस् कि उसले के गल्ती गरेका छन् । अमित पनि हर रोज तड्पिने छन् । जसरी म छटपटीएन आफ्नो जान लिदै छु, त्यसरी अमितले आफ्नो गल्तीको महशुस गरुन् ।

यो पढिसकेपछि मसँग केही शब्द थिएन । म के गँरु ? मेरै कारणले आज पुजनले आफ्नो जान गुमाए । म अब छटपटीन थाले । म अब कहाँ जाऊ, के गँरु भयो ? मैले आफ्नो जिन्दगी बर्बाद गरे र उसको पनि । त्यसको साथ सागै आफ्नो परिवारको पनि । मेरो परिवारले मेरो बारेमा थाहा पाए भने मेरो के हालत हुन्छ ?

५०
अनमोल ६ः३० बजे उठिन् । मलाई खाटमा देखिनन् । सुरुमा त सोचिन् म ट्वाइलेटमा छु तर ट्वाइलेटमा पनि देखिनन् । यता उता पनि खोजिन् तर देखिनन् । सोचिन् यो हर रोजको नाटक हो । त्यसैले वास्ता गरिनन् । सुरुमा त सोचिन् कि म बेलुका मात्र आउछु तर म घर फर्केको थिइन । म घर नफर्केकाले मलाई धेरै चोटि फोन गरिन् तर उनी असफल भइन् । मैले फोन बन्द गरेको थिए । मैले घर छोडेको थिए तर मेरो घर परिवारलाई थाहा थिएन । मैले चिट्ठी लेखेर टेबुलमा राखेको थिए र सुरुमा त उनको आँखा पुगेको थिएन ।

म आजको दिन फर्किएको थिइन । म नआउँदा सुरुमा त अनमोल त्यति वास्ता गरिनन् । मलाई फोन गरिन् तर अपसोस् मेरो फोन बन्द थियो । अफिसमा मलाई देखिनन् । अफिसका साथीहरुलाई मेरो बारेमा सोधिन् तर मेरो बारेमा कसैलाई थाहा थिएन ।

तीन दिनसम्म अफिस र घरमा नआएपछि उनी आत्तिन थालिन् । उनी मात्र होइन, बुवा आमा पनि चिन्तित हुनुभएको थियो । सबैभन्दा बढी चिन्तित आमा हुनु भएको थियो । अनि आमाले अनमोललाई भन्नुभयो,“अनमोल ।”

“हजुर ।” उनी खाटमा उदास भएर बसेकी थिइन् । आमा नजिक आउनुभयो र भन्नुभयो,“तिम्रो र अमितको झगडा परेको हो ? तिमीलाई त अमितले केही भनेको छ ?”

अनमोलले आमालाई हेर्दै भनिन्,“आमा, हाम्रो झगडा परेको थिएन तर उनको मनमा धेरै कुराहरु थिए जुन उनले व्यक्त गरेको थिएनन् । मैले धेरै चोटि उनलाई सोधिरहे तर पनि उनले व्यक्त गरेनन् । उनी घर धेरै चोटि ढिलो आउथे । मैले सोध्दा मौन नै हुन्थे । अफिसबाट मलाई नपखि कहाँ जान्थे, मलाई व्यक्त कहिले गरेनन् । समय आएपछि भन्छु भनेका थिए तर उनीले कहिले व्यक्त गरेनन् । म अचम्म परेको थिए उनको व्यवहार परिवर्तन भएको देखेर । धेरै कोसिस गरेको थिए उनको मनको कुरा बुझ्न तर मैले सकिन ।”

वातावरणमा मौनता छाएको थियो । दुवै जना एक अर्कोलाई हेरे मात्र । केही बोल्न सकेका थिएनन् । अनमोलले मेरो पत्र भेटेकी थिइनन् । उनको मनमा धेरै प्रश्नहरु थिए ।

दुवै जनालाई टेक्सन थियो । घर छोडेको एक हप्ताभन्दा धेरै भइसकेको थियो । म पागल खानामा थिए । मेरो दिमागको हालत बिग्रिदै गरेको थियो । आरती र पुजनले आत्महत्या गरेपछि म बिस्तारै अर्को भएको थिए । म बरबराउन थालेको थिए । म एक्लै बोल्न थालेको थिए जुन अनमोलले याद गरेकी थिइन् र उनले मलाई भनेकी थिइन् ।

५१
दुई हप्तासम्म म नआउँदा घरमा धेरै टेन्सन भएको थियो । आमा र बुवालाई टेन्सन भएको थियो तर धेरै जसो टेन्सन अनमोललाई थियो । बुवा आमाको जवाफ दिँदा दिक्क भएकी थिइन् । उनलाई मेरो अतितको बारेमा केही थाहा थिएन र अहिलेसम्म उनीले मेरो चिट्ठी पढेकी थिइनन् ।

उनी खाटमा थिइन् । अनमोल हराएकी थिइन् । केही समयपछि उनी यता उता हेर्दै थिइन् । त्यही क्रममा उनीले छेऊमा भएको ‘उतरको खोजी’ उपन्यास देखिन् ।

“यो त मैले अमितका हातमा देखेको थिए ।” अनि अनमोलले पढ्न थालिन् । जब जब उनी यो उपन्यास पढ्न थालिन् तब अमितको कहानी जस्तो अनुभव भइरहेको थियो । अमितले आफ्नो प्रेम कहानी कहिले व्यक्त गरेका थिएनन् । यो उपन्यास किन अमितले धेरै चोटि पढे, अब थाहा पाउन थालिन् । अनमोलले उपन्यास एकै दिनमा पढिसकिन् ।

“कतै यो कथा अमितको त होइन । अमितले घरमै केही छोडेका त छैनन् ?” अनि अनमोल खाटमा उठिन् र सबैतिर खोज्न  थालिन् र अन्यमा आएर खाटको छेऊमा भएको टेबुलमा अनमोलको आँखा पुग्छन् । त्यस टेबुलमा चिट्ठी थियो र अनमोल हतारिदै पढ्न थालिन् ।

अनमोल,
         मेरो मनमा धेरै कुराहरु छन् जुन मैले न त आफ्नो परिवारलाई व्यक्त गरे न त तिमीलाई । ‘उतरको खोजी’ किन धेरै चोटि पढ्दै थिए भने त्यो मेरो आफ्नै कथा हो । मैले आरतीलाई मन पराएको थिए तर त्यो एक तर्फी थियो । मैले उसलाई कहिले बिर्सेन सकिन । उनी अमेरिका गईन् र म पनि गए । उनीलाई भेटे पनि तर मेरो जवाफ नकरात्मक नै आयो । पछि बारमा पुजनसँग भेट भयो जो उतरको खोजीका लेखेका हुन् । हाम्रो दोस्ताी भयो । उनलाई सबै कुरा व्यक्त गरे । पछि उनको र आरतीको प्रेम बस्यो । दुवै जनालाई मैले बारमा देखेको थिए । मैले यो देख्न सकनि । पुजनले पछि सबै कुरा व्यक्त गरे । मैले आरतीलाई हर रोज ब्लाकमेल गर्थे । उनीको नरा्रम्रो तस्बिरहरु र भिडियो लिएको थिए र हर रोज उनीलाई जर्बजस्ती गर्थे ।

उनीलाई बिर्सेनलाई शिवालाई प्रयोग गरे र विवाहको दिन शिवालाई छोडेर नेपाल फर्किए । नेपाल आएपछि तिम्रो र मेरो भेट भयो । तिमीलाई देखेपछि आरतीको याद आउथ्यो । त्यसैले मैले तिमीसँग विवाह गरे ।  विवाह त गरे तिमीसगँ तर आरतीको यादले कहिले मलाई पिछा छोडेन ।

पछि पत्रिकामा उतरको खोजीको विमोचन देखे र पुजनलाई भेट्ने आशामा म किताब विमोचनमा गए तर त्यस दिन उनीसँग भेटिन । उनीलाई भेट्न धेरै कोसिस गरे तर भेटिन । पनि उनीको पिछा गरे पछि मात्र उनीसँग भेट भयो । उनी बाटै थाहा पाए कि आरतीले आत्महत्या गरिन् । त्यो पनि मेरै कारणले । मैले उनलाई पाउन सकिन ।
पछि पुजनले पनि आत्महत्या गरे । मेरो कारणले दुवै जनाले आत्महत्या गरे । मलाई पछुतो छ । त्यसैले म तिमीबाट दूर जाँदै छु । मबाट तिमीलाई केही हानी नहोस् भनि म दूर जाँदै छु । म माफीको लायक छैन । म आफूलाई माफ गर्न सक्दिन । त्यसैले म दूर जाँदै छु र म कहाँ जाँदै छु मलाई नै थाहा छैन । 

सक्छौ भने मलाई माफ गर ।
                                                                                                                                               अमित

पढिसकेपछि अनमोलले यो चिठ्ठी आमा बुवालई देखाइन् । बुवा आमा अचम्म हुनुभयो । बुवा भन्दा आमा हुनु भएको थियो । बुवाले भन्दा आमाले मलाई धेरै माया गर्नु हुन्थ्यो । बुवा कहिले काही भन्नु हुन्थ्यो कि आमाले गर्दा म धेरै फुर्केको । हुन पनि हो । आमाले धेरै मायाले हुर्काउनु भएको थियो मलाई ।

चिठ्ठी पढिसकेपछि आमाले भन्नुभयो,“कहाँ गयो होला मेरो बाबु ?” आमाको आँखामा आँसु झरेको थियो । त्यही क्रममा बुवाले आमालाई भन्नुभयो,“यस्तो काम गरेपछि जासुकै जाहोस् । अमित घर आयो भने, म त्यसलाई घरमा बस्न दिन्न । घरबाट निकादिन्छु । मलाई आफ्नो छोराको भन्दा पनि अनमोलको पीर छ ।” अनि बुवाले अनमोललाई हेर्नु भयो । अनमोलमौन नै थिइन् ।

म चाँहि पागल खानामा आरतीको नाम लिइरहन्थे । भिताभरि उनकै मात्र नाम हुन्थ्यो । आसपासका व्यक्तिहरु मलाई अचम्म हुन्थे । घर परिवारलाई म पागल खानामा छु भनेर । मेरो गल्तीको सजाय मैले आफूले पाउनुपर्छ ।

५२
अमेरिका, न्यू योर्क
शनिबारको दिन थियो । एक समुद्रको छेऊमा पूजन र आरती थिए । दुवै जना समुद्र हेर्दै थिए । केही समयपछिको कुरा हो, आरतीले पुजनलाई हेर्दै भनिन्,“तिमीले मलाई धेरै खुशी दिएका छौ । तिमीलाई सम्झायौ र बुझायौ । तिमी नभएको भए, म आत्महत्या गरिसक्थे । तिम्रो मायाले समाल्यो ।”

पुजनले आरतीलाई हेर्दै भने,“मलाई थाहा थियो कि अमितले मलाई पिछा गर्छन् भनेर ।  त्यसैले म नेपाल गए । हाम्रो प्लान अनुसार उनीले मलाई पिछा गरे । धेरै दिनसम्म अमित मेरो पिछा गरिरहे र पछि हाम्रो भेट भयो । उनीलाई सबै कुरा व्यक्त गरे तर तिमीले आत्महत्या गरौ भने । दोष जति अमितलाई लगाए । उनी म बसेको घरमा आए र मैले आत्महत्या गरेको छिमेकीले भने जो मैले भन्न लगाएको थिए । पुलिसको सिन र नक्कली डायरीहरु मिलाए । आत्महत्या गरेको दोष उसलाई दिए ।

अहिले उनी पछुताएका होलान् । उनीलाई आफ्नो गलती महशुस भयो होला । उनीले तिमीलाई माया गर्दैन थिए । उनीको पागलपन थियो । उनीले तिमीभन्दा अगाडि धेरैसँग सम्बन्ध राखेका थिए जुन लामो समयसम्म टिकेको थिएन । उनीले आफ्नो सजाय पाइरहेका छन् । अमित हर रोज पछुताउने छन् ।”

“जब तिमीलाई मैले अमितले ब्लाकमेल कुरा र जर्बजस्ती गरेको कुरा व्यक्त गरे, तिमीले मलाई स्वीकारेनौ । सोचे तिमीले मेरो परिस्थितलाई बुझ्ने छौ । म धेरै दिनसम्म तिम्रो यादमा डुबेको थिए । सोचे कि तिमी कहिले फर्किर आउदेनौ । मेरो दिमागमा सबै केटा मान्छेहरु उस्तै हुन्छन् भन्ने भयो । सधैको लागि मैले विश्वास र माया गुमाएको थिए । तिमी प्रतिको विश्वास गुमाएको थिए ।

पछि तिमीले माफी माग्न आएपछि मैले एक मौका दिने निर्णय गरे र आज म धेरै खुशी छु ।”

“मैले त्यस बेला ठूलो गल्ती गरेको थिए । पछि तिमीसँग छुटेपछि मात्र तिम्रो मायाको महशुस भएको थियो । सोचेकी त्यो तिम्रो गल्ती थिएन । तिमीलाई मैले छोडे भने, मैले आफ्नो मायालाई छोड्नु हो । आफ्नो विश्वासलाई छोड्नु हो । तिमीलाई त मलाई साँच्चो माया गरेकी थियौ । त्यसैले तिमीले सबै कुरा व्यक्त गयौ । तिमीले सबै कुरा लुकाउन सक्थ्यौ तर तिमीले हाम्रो सम्बन्ध नबिग्रियोस् भनेर तिमीले सत्य भन्यौ । त्यसैले मैले तिम्रो साथ दिए । म तिमीलाई धेरै माया गर्छु र तिम्रो साथ दिइरहन्छु ।”

अनि दुवै जना मुस्कुराए र सूर्य उदाएको हेर्न थाले । दुवै जना धेरै खुशी थिए । विश्वास र मायाको साथमा दुवै जना आफ्नो जिन्दगी बिताएका छन् ।
...................................................................................................................................................................
जिन्दगी पनि अचम्म लाग्छ । मलाई जिन्दगी कहिले काही अनौठो लाग्छ । आफूलाई जे चाहियो त्यो नपाइने र जुन कुरा हामीलाई चाहिदैन त्यो हामीले पाउछौ । यो कस्तो अचम्म । सबभन्दा अचम्म हामीले जसलाई आफ्नो सोच्छौ, त्यो व्यक्ति आफ्नो कहिले आफ्नो हुँदैन र जसालई आफ्नो सोच्दैनौ, त्यो व्यक्ति आफ्नो हुन पुग्छ । आफूले चाहेको कुरा हामीले पाए, यो संसार कति रमाइलो हुन्थ्यो । खुशीले भरिथ्यो र दुखले भरिदैन थियो । मेरो जिन्दगीमा मैले प्रेम गरे तर आफ्नै कारणले असफल भए । मैले उनीको मन दुखाए ।

मेरो जिन्दगीमा पनि यस्तै भनेको छ । मैले आरतीलाई मन पराएको थिए तर उनीलो मन पराइनन् । शिवा र अनमोलले मलाई मन पराए तर मैले उनीहरुलाई मन पराएको थिइन । मैले आफ्नो रिस उनीहरुमा पोखे ।
मैले आरतीलाई आफ्नै सोचेको थिए तर उनीले मलाई आफ्नो सोचिनन् । मैले उनीको माया त पाइन तर असल मित्रको रुपमा हेर्थे तर आरतीले कहिले त्यस्तो सोचिनन् । उनीलाई म असामान्य र अनौठो लाग्थ्यो । उनीले मलाई धेरै चोटि सामान्य हुन आग्रह गरेकी थिइन् तर म हुन सकिन । म उनीलाई धेरै जिस्काउथे र मज्जाक गर्थे । त्यसको अर्थ यो होइन कि म नराम्रोसँग जिस्काउथे । म उनीलाई आफूभन्दा माया गर्थे  अहिले पनि गर्छु किनकि म उसलाई आफ्नै ठान्छु । उनीले यो संसार छोडे पनि म उनीलाई कहिले बिर्सिएको छैन ।

म चाहन्थे कि उनी मेरो हरपल मेरो साथ रहोस् । मेरो दुःख सुखमा सथा दियोस् तर मेरै कारणले उनी मबाट दूर गइन् । त्यस समय उनीले मलाई मनदेखि आफ्नो सोचेकी थिइनन् ।

म उनीलाई सोध्न मन थियो र सोधे पनि तर राम्रो जवाफ आएन । के म साँच्चिकै नराम्रो थिए ? के म चाँहिकै असामान्य र अनौठो थिए । भन्न मन लाग्थ्यो कि म जे छु ठीक थिए र परिवर्तन हुन सक्थे । भन्न मन थियो कि तिमीले मलाई मनदेखि अपनाएको भने, मलाई राम्रो लाग्थ्यो ।

जब उनी मसँग बोल्दिन थिइनन्, मेरो चित्त दुख्थ्यो । मलाई उनीको मुस्कानको जरुरत थियो र उनीको खुशी चाहिएको थियो । जब आरती मसँग गर्दिन्, आफ्नो जस्तो लाग्थ्यो । जब उनी दुःख र सुखका गर्दिन थिइन्, म उनीको दुश्मन जस्तो लाग्थ्यो ।
...................................................................................................................................................................
जिन्दगी एक चलचित्र जस्तै हो । कहिले काँही लाग्छ मेरो कहानी त्यस्तै भएर आयो । चलचित्रमा हिरो हुन्छ । उसको अनेकसँग प्रेम बस्छ । पछि उनको जिन्दगीमा एक जना आउँछिन् जसले गर्दा हिरोको जिन्दगी नै परिवर्तन भएर आउँछ । उसले आफ्नो साँच्चो माया पाउन धेरै कुराहरु गुमाउनु पर्छ । कहिले काँही आफ्नो माया पनि गुमाउनु पर्छ । मायाको अर्थ बुझ्छ ।

तर मैले मायाको अर्थ कहिले बुझिन । मैले सिर्फ जिद्दि र पागलपन मात्र देखाए । आफ्नो पागलपनले गर्दा मैले आफ्नो परिवार, पुजन, आरती र अनमोलको जिन्दगी बर्बा गरे । मैले साँच्चो मायालाई कहिले बुझ्न सकिन । त्यसको साथ साथै मैले न त आफ्नो जिन्दगीको इज्जत गरे न त परिवारको न त मायाको ।

म पागल खानाबाट त निस्के तर म आफ्नो परिवारमा जान सक्थे । यो ३ वर्षमा के भयो मलाई नै थाहा छैन । अनमोलको जिन्दगी कसरी चलिरहेको छ, आफूलाई थाहा छैन । बुवा आमा के गर्दै हुनुहुन्छ, थाहा छैन । सायद अनमोललाई आफ्नो छोरी सोचर विवाह गराइदिनु भयो होला । मैले गरेको गल्तीलाई माफ गर्नु भएको छैन होला । गर्न पनि मिल्दैन ।

म पागल खानाबाट निस्के तर जाने ठाउँ छैन । हर रोज पछुताएको छु । म कहाँ जानु ? जाने बाटो पनि छैन । म हर रोज भौतारिएको छु । अन्तिम पटक सबैसँग माफी माग्न मन छ ।
...................................................................................................................................................................
पुजन र आरतीले विवाह गरे । उनीहरु अहिले धेरै खुशी छन् । अहिले दुवै जनाको तीन महिनाको छोरी छ । आफ्नो अतीत बिर्सिएर सुनौलो भविष्य बनाउदै छन् । पुजनले अङ्ग्रेजीमा पीएडीको छात्रवृति पाए भने आरतीले आफ्नै ब्युटी पार्लर खोलेकी छिन् जुन राम्रो चलेको छ । ब्युटी पार्लरको ६ महिनाको तालिम लिएर काम गरिन् र पछि आफै खोलिन् । आफू पहिला बसेको ठाउँ छोडेर न्यू योर्क आएका छन् । उनीहरु विवाह गरेपछि नेपाल फर्किएका छैन र जान मन भए तापनि सकेका छैन् । कहि कतै अमितसँग भेट हुन्छ कि भनेर । त्यसैले अमेरिका बस्ने निर्णय गरे । आफ्नो जिन्दगी नबिग्रियोस् भन्ने छ ।
...................................................................................................................................................................
पुजन र आरती आफ्नै संसार खुशी थिए भने अनमोल पनि खुशी थिइन् । अनमोललाई आफ्नै छोरी सम्झेर विवाह गराइ थिए अमितको बुवा आमाले । सुरुमा त मानेकी थिइनन् तर सबैले सम्झाएपछि मात्र विवाह गर्न मानिन् । अनमोलको विवाह भएको मात्र एक वर्ष मात्र भएको छ । अनमोलले पहिला अफिस छोडेर अर्केममा गर्न थालिन् । पहिलाको अफिसको अध्यक्षले नछोड्न आग्रह गरेका थिए तर अमितको यादको कारणले छोडिन् । सुरुमा दिनहरुमा धेरै गाह्रो भएको थियो । धेरै जनाले अमितको बारे सोधिरहन्थे र कुरा पनि काट्थे । धेरै चोटि लुकेर रुथिन् । सोचेकी थिइन् अमितसँग राम्रो संसार हुन्छ तर उनको मनमा के छ थाहा पाउन सकिनन् । पछुताइन् ।

अमितको बुवा आमाले अनमोललाई आफ्नो छोरी सम्झेर डाक्टरसँग विवाह गराइदिनु भयो । अहिले उनी धेरै खुशी छिन् । उनका पतिले सबै कुरा सेयर गर्छन् र उनी पनि गर्छिन् ।

अमितको बुवा आमालाई छोरोको बानी व्यवहारक कारणले पछुताउनु भएको छ । खास गरी आमाले । हर रोज अमितको आमा छोराको फोटो हेरेर रुनु हुन्छ । मनमा धेरै पीडाहरु छन् र प्रश्नहरु पनि । भेट भए किन यसो । गरिस् भनेर सोध्न पाए हुन्थ्यो भन्ने छ । जवाफ खोजिरहेकी छिन् । 

..................................................................................................................................................................
शिवा अमित गएपछि उनले कसैलाई माया गर्न सकिनन् । अमितले छोडेपछि उनी निराश भएकी थिइन् । वास्तमा भन्ने हो भने शिवाले विवाहको लागि धेरै कुरा गर्नुको कारण उनी गर्भवती थिइन् । जब विवाहको महिना थियो, उनी तीन महिना गर्भवती थिइन् । उनी धेरै खुशी थिइन्  तर अपसोस् यो कुरा व्यक्त गर्न नपाउँदै अमितले छोडेर गए । जब अमितले छोडेर गए शिवा धेरै रोएकी थिइन् । धेरै चोटि सोचिन् तर बच्चाको के दोष भनि बच्चालाई जम्म दिइन् । छोरा भएको थियो । उनीले छोराको नाम अमित राखिन् । अनुहार पनि अमित कै आउथ्यो । छोराको अनुहार हेरेर चिन्त बुझाउथिन् । बाँच्नको सहारा भएको छ छोरा ।



Comments

Popular Posts