सोलुखुम्बु

सन् २०१८ मेरो लागि भ्रषण वर्ष भएको थियो । अफिसको कामको शिलशिलामा म विभिन्न जिल्लाहरु भ्रषण गर्ने मौका पाएको थिए ; रामेछाप, सिन्धूपाल्चोक, दोलखा, रसूवा, धादिङ, ओखलढुङ्गा र सोलुखुम्बु । यी जिल्लाहरु मध्ये मलाई मन परेको चाँहि सोलुखुम्बु हो ।

मलाई मन पर्नुको कारण  चारैतिर हरियाली र शान्त त्यसको साथ साथै यो ठाउँको खाने कुरा मन परेको थियो । यस ठाउँमा चिया विशेष थियो ।  । त्यस चियामा ध्यू, पिठो, पानी, चिनी हुँदो रहेछ जुन जिउलाई तातो बनाउदो रहेछ ।

मलाई आलु मन पर्ने हो र त्यस ठाउँ आलु विशेष रहेछ । सबै खाने कुराहरु आलुको भएपछि मलाई के चाहियो र । मलाई मीठो लागेर मज्जाले खाए ।

ठाउँ चिसो भए तापनि मलाई मन परेको थियो । यहाँ हरेका कुरा राम्रो लागेको थियो ; चाहे यो ठाउँ मानिसहरु होस्, खाने कुराहरु हुन् वा प्राकृतिक रुपमा । यो ठाउँ एक पटक जानु नै पर्ने हो ।

सोलुखुम्बु जिल्लाको बारे 
सोलुखुम्बु जिल्ला  नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको उत्तरी भागमा अवस्थित हिमाली जिल्ला हो। विश्व सम्पदा सूचीमा सुचिकृत नेपालको पहिचान सगरमाथा हिमाल यसै जिल्लामा पर्दछ। पूर्वाञ्चलमा सडक सुविधासँग आवद्ध भएको मात्र जिल्ला भएतापनि यहाँका मनोरम हिमशिखर र उच्च पर्वतीय क्षेत्र विश्व मानचित्रमा नै प्रसिद्ध रहेको छन। यस जिल्लालाई पर्यटकहरूको सांग्रिला भनेर पनि चिनिन्छ। विश्वका साहसी तथा प्राकृतिक तथा सांस्कृतिक विषयमा चाख राख्नेहरूको लागि यस जिल्लाले सधै आकर्षित गरिरहेको पाइन्छ। यस जिल्ला पूर्वाञ्चलका जिल्लाहरूमा सबभन्दा कम जनघनत्व भएको जिल्लामा पर्दछ। यो जिल्लामा ३१ वटा गाउँ विकास समितिहरू छन् र १ नगरपालिका छ ।

जिल्लाको नामाकरण
जब नेपाल उपत्यकाबाट किंरातहरु पराजित भए त्यसपछि तिनीहरु पुर्वतीर लागे । त्यसबखतमा पुर्वका तीन गुफामा बसी सिकार खेली आफ्नो जिवीकोपार्जन गर्न थाले । किंरात राई “थुलुङ्ग” भाषा अनुसार “स्युले” भन्नाले तीन र “खोम बु” भन्नाले गुफा छ भनेको हो, जुन “स्युले खोम बु” भन्ने वाक्य पछि अपभ्रंश भई सोलुखुम्बु हुन गएको हो ।

किराँती भाषामा पश्चिम तर्फबाट आई माँझ किराँतमा बस्नेलाई खुम्बुङवा भनिन्थ्यो र तिब्बती भाषाको शर शब्द थपिदा शरखुम्बु भएको र सो शब्द अपभ्रश भएर सोलुखुम्बु बनेको विश्वास गरिन्छ।

सोलुखुम्बु जिल्लाको सदरमुकाम क्षेत्रमा बग्ने सोलु नदी र उत्तरस्थित खुम्बुला हिमालको काखमा खुम्बु उपत्यका रहेको र सो शब्दबाट नै सोलुखुम्बु नामकरण भएको किम्बदन्ती पनि पाइन्छ।

तिब्बती र शेर्पा भाषामा (ཤར་ཁུམ་བུ།) शर(खुम(बु भन्नाले पूर्व तर्फको पवित्र भूमि जनाउँछ र यही शब्द अपभ्रंश भएर सोलुखुम्बु भएको मानिन्छ।

भौगौलिक अवस्था 
अक्षांश —२७ डिग्री २०’ ३९’ देखि २८ डिग्री ६’ २४’ उत्तर
देशान्तर— ८६ डिग्री ०’ २१’ देखि ८७ डिग्री ०’ १’ पूर्व
सिमाना— पूर्व(सङ्खुवासभा र भोजपुर जिल्ला,पश्चिम(दोलखा र रामेछाप जिल्ला,उत्तर(चीनको तिब्बत, दक्षिण(ओखलढुङ्गा र खोटाङ जिल्ला
क्षेत्रफल— ३,३९,७७६ हेक्टर
भौगोलिक विभाजन— हिमाली क्षेत्र
सबभन्दा अग्लो स्थान— ८८४८ मिटर सगरमाथा हिमाल
सबभन्दा होचो स्थान—६०० मिटर तुइनटार
सदरमुकाम —दुधकुण्ड

विश्वको सबैभन्दा अग्लो भूभाग ८,८४८ मिटर उचाई देखि ६०० मिटर उचाईको तुइनटार भूभाग यसै जिल्लामा पर्दछ। विभिन्न उच्च पर्वतीय हिमाली श्रृखला डाँडापाखा खोंच, वेशी, खोल्सा, ताल तलैया विभिन्न किसिमका जडीबुटी खानी कस्तुरी दुर्लभ वन्यजन्तु र सांस्कृतीक सम्पदाको धनी जिल्ला हो। यस जिल्लाको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने पूर्वमा भोजपुर र संखुवासभा पश्चिममा दोलखा र रामेछाप दक्षिणमा ओखलढुंगा र खोटाङ जिल्लाहरू पर्दछन। यस जिल्लाको कूल क्षेत्रफल ३३९७७६ हेक्टर रहेको छ। यस मध्ये १९२५११ हेक्टर उच्च हिमाली क्षेत्र र १४४४६४ हेक्टर उच्च पहाडी क्षेत्रले ओगटेको छ ।

हावापानी 
हावापानीको वर्गीकरण अनुसार यस जिल्लाको हावापानीलाई २ भागमा विभाजन गरिएको छ। न्यूनतम ९०० मिटरदेखि अग्लिन शुरु भै विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४८ मिटर सम्मको उचाईमा फैलिएको यस जिल्लाको आधाभन्दा वढी ५७ प्रतिशत भूभाग उच्च हिमाली क्षेत्रमा पर्ने हुँदा मुख्यतया यस जिल्लाको हावापानी चिसो रहेको छ। यस जिल्लाको दक्षिणी भूभागमा अवस्थित मध्य पहाडी क्षेत्रमा समशितोष्ण हावापानी पाइन्छ। यस जिल्लाको वार्षिक औसत वर्षा सरदर १६६१.१ मिलिमिटर रहेको छ भने वार्षिक अधिकतम तापक्रम सरदर ११.५ डिग्री सेल्सियस र न्यूनतम तापक्रम सरदर १.८ डिग्री सेल्सियस रहेको छ ।

जल सम्पदा 
यस जिल्लामा रहेका प्रमुख नदीनालाहरू दुधकोशी नदी, इङ्खुखोला, सोलुखोला, बेनीखोला, हँगाखोला, चिम्दिङ्गखोला, सिसाखोला, साथै नुब्चे, ल्होचे र खुम्बु हिमनदी प्रमुख छन। त्यस्तै यस जिल्लाका मुख्य ताल कुण्डहरूमा दुधकुण्ड, दुधपोखरी, जालिमपोखरी, पाँचपोखरी र साल्पापोखरी आदि पर्दछन् ।

व्यापाकि महत्वका स्थानहरु
सदरमुकाम सल्लेरी बजार यस जिल्लाको दक्षिण भागमा पर्ने मुख्य वजार हो। यस स्थानमा दैनिक उपभोग्य वस्तुका साथै विदेशी सामान र मुलत गलैचाको समेत व्यापार हुने गर्दछ। जिल्लाको अर्को प्रमुख वजारका रूपमा सगरमाथाको प्रवेश द्वारको रूपमा रहेको नाम्चे बजार पर्दछ। पर्यटकीय बजारको रूपमा रहेको यस बजारमा सुविधा सम्पन्न होटलहरू रहेका छन्। यहाँ मुख्य रूपमा उत्तरी सिमा क्षेत्र तिब्बतबाट समेत व्यापार गरिन्छ। यस बाहेक यस जिल्लाका अन्य साना बजारहरूमा नेचाबेतघारी गाविसमा पर्ने नेचा बिहिबारे बजार, नेले बजार, सोताङ्ग बजार, टाप्टिङ्ग गाविस खाम्दिङ् हाट, भाकाञ्जेको किन्जा बजार, बासाको सोमबारे हाट, सल्यान गाविसको बुधबारेहाट, चौंरीखर्कको लुक्ला बजार, बुङ्ग गाविसको बुङ्ग बजार पनि व्यापारिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ ।

Comments

Popular Posts