अधुरो सपना र एउटा नयाँ सुरुवात
काठमाडौको
एउटा सानो गल्लीमा एउटा पुरानो चिया पसल थियो । त्यहाँ हरेक बिहान एउटा वृद्ध मानिस
आउने गर्थे । उनको हातमा सधै एउटा पुरानो डायरी र कलम हुन्थ्यो । सबैले उनलाई मास्टर
बा भनेर बोलाउथे ।
मास्टर
बा धेरै वर्षसम्म एउटा सरकारी विद्यालयमा शिक्षक थिए । उनको एउटै सपना थियो –एउटा सानो
पुस्तकालय खोल्ने, जहाँ गाउँका गरिब बालबालिकाले निःशुल्क पढ्न पाउने । तर, छोराछोरीको
पढाइ र घरको जिम्मेवारी पूरा गर्दा गर्दै उनको उमेर बित्यो, तर सपना पूरा हुन सकेन
।
एक
दिन, चिया पसलमा बसिरहँदा एउटा सानो बालक उनी भएको ठाउँमा आइपुगे र भने, “हजुरबुवा,
तपाई यो डायरीमा के लेख्नु हुन्छ ?”
मास्टर
बा मुस्कुराए र सानो बालकलाई हेर्दै भने,“म मेरा अधुरा सपनाहरु लेख्छु, बाबु ?”
सानो
बालकले मास्टर बालाई हेर्दे भने, “मेरो बाबा भन्नु हुन्छ कि सपना कहिल्यै अधुरो हुँदैन,
केवल समय अलि ढिलो हुन सक्छ । मलाई पढ्न सिकाउनु हुन्छ ?”
त्यो
सानो बालकको कुराले मास्टर बाको मनमा एउटा नयाँ आशा पलायो । उनले भोलिपल्टैबाट त्यही
चिया पसलको कुनामा बसेर टोलका केटाकेटीहरुलाई पढाउन सुरु गरे । बिस्तारै–बिस्तारै मानिसहरुले
किताबहरु दान गर्न थाले र चिया पसलको त्यो सानो कुरा एउटा सुन्दर पुस्तकालयमा परिणत
भयो ।
मास्टर
बाले बुझे कि आफ्नो सपना ठूलो भवनमा मात्र होइन, कसैको भविष्य उज्यालो बनाउनुमा पनि
लुकेको हुँदो रहेछ ।
Comments
Post a Comment