मान्छे आफु कहाँ हो

एक्कासी सहमति जुटिदियो । त्यो सायद शुक्रबारको दिन थियो । भोलिपल्ट दक्षिणकाली जाने कुरामा सबै सहमत भए । कुरा मैले नै उठाएको थिएँ, तर त्यसरी एकैदिन अगाडि टुङ्गो लागिहाल्लाजस्तो लागेको थिएन । कीर्तिपुरको युनिभर्सिटिको मैदानमा बदम खाँदा खाँदै सहमति जुट्यो । सबैको सहमति जुटि सकेपछि मलाई आनाकानी मिश्रित प्रश्न चिन्ह तेस्र्याउन मन लागेन । त्यसैले हो मा हो मिलाएँ । बिहान ६ बजे भेट्ने सहमति जुट्यो ।

अब मलाई समस्या के थियो भने त्यो मध्य जाडोको बेला थियो र त्यसरी कीर्तिपुरमा बिहान ६ बजे भेट्नलाई मैले घरबाट कम्तीमा पौने पाँच बजे ननिस्की सम्भव थिएन । यातायात सजिलै उपलब्ध भइ दिनेृ हो कि होइन त्यो अर्को ठाउँमा छ । अतः आफ्नो समस्या सबैका अघिल्तिर स्पष्ट भनि दिएँ । कीर्तिपुर निवासी साथीहरुले त्यस रात त्यतै बस्ने आग्रह गरे । त्यसपछि त के थियो । घरमा एककल फोन गर्दिएँ आउन्न भनेर ।

मलाई कीर्तिपुर अन्तभन्दा अलिक बढ्तै चीसो लाग्छ । चीसो स्याँठ हिमालबाट सिधै आएर शरीरलाई जोडजोडले हिर्काउँथ्यो मानौ बर्षौदेखिको प्रतिशोध छ उसमा । साँझ झमक्क परिसकेको थियो । हतनपत बिलम्ब नगरी जाऔं भनेँ साथीहरुलाई । मसँगसँगै त्यो रात सबैले कीर्तिपुर बस्ने निम्तो पाए । सबै खुसी भयौँ ।

बेलुकी कीर्तिपुरका साथीहरुले सादा दाल भात तरकारी ख्वाए । अघिपछि भैदिया भए मदिरा पान पनि हुन सक्थ्यो तर भोलिपल्ट त्यसरी अप्रत्यासित लघु—यात्राको योजना बनेकाले हामीले खल्तीमा भएका केही रकमलाई जोहो गर्नुपर्ने ठानेर बडो सादा बसाइ बस्यौ त्यो रात । अनि त्यसरी स्वाद मानीमानी भेज खाना खाएपछि हाम्रो गफगाफ नन भेजतर्फ उन्मुख हुन थाल्यो । सबै आ—आफ्ना जीवनमा घटेका यौनिक अनुभवहरु अलिक तेल मसला खुर्सानी हालेर सुनाइ रहेका थिए । सबै जनाका रोमान्चक अनुभव सुनि सकेपछि त्यतिन्जेलसम्म मूक श्रोता भएर बसिरहेको यौटा साथीले आफ्नो जिब्रो चलायो ‘यार मेरो पनि उद्दार गर्देओ न ।’

एकछिन हाँसोको वातावरण सिर्जित भयो । उसको त्यस किसिमको याचना पश्चात् सबैले उसलाई बोका भने । बिचरा विवश ऊ सबैको हाँसोसित अनिच्छित हाँसो बडो टीठ लाग्दो पारामा मिसाइरहेको थियो ।

अनि यस्तै नन भेज र कक्षाका केटीहरुको सुन्दरता, प्रेम प्रसङ्ग आदिका बारेमा कुरा गर्दा गर्दै ९ बज्यो १० बज्यो, ११ बज्यो र १२ पनि बज्यो । सबै बिउँझै छन् । तर सिरकभित्र गुट्मुटिएर यौटा खाटमा तीन जनाको दरले ढल्किइ ढल्किइ गफ गरिरहेका थियौँ ।

‘यो खुट्टा चैँ नबोकान’ यौटा साथी अर्कोले खुट्टा बोकायो भनेर यसरी झर्किन्छ ।
‘खुट्टा नबोकाएर के पेट बोकाउँ त ?’ ऊ आफ्नो खुट्टा बोकाइ रहेकै स्थितिमा यसो भन्छ ।
फेरि हाँसोका वातावरण बन्छ ।

‘ए एकछिन चुप लाग केटा हो π’ कीर्तिपुर निवासी साथी बोल्छ जसकहाँ हामी बसेका छौँ ।
‘के भो ?’ अर्को उत्सुकता देखाउँछ किञ्चित झर्कंदै ।
‘मेरो फोन गर्ने बेला भो ।’ ऊ भन्दै थियो ‘राती बार कटेपछि मैले एकठाउँ फोन नहानी हुँदैन ।’

अब मलाई एकछिन हाँस उठ्यो । उसको र मेरो आ—आफ्नो बानीको समय तालीका ठ्याक्कै मिल्दिन पुगेछ । जस्तो १२ कटेपछि मलाई चिया पिउन मन लाग्छ तर दिउँसोको । मनमनै हाँसे ।
यसपाली मैले नै सोधेँ—त्यो एकठाउँ भन्या कुनै माल हो कि π
त्यस माहौलमा अपरिचित वा परिचयोन्मुख स्त्रीलाई ‘माल भन्ने गरिन्थ्यो ।’
‘त्यस्तै त्यस्तै हो ।’ उसले भन्यो ।

अब केटाहरुको उत्सुकता झन् बढ्यो । कारण ऊ माललाई फोन हान्न लागि रहेको थियो । सबैले आ—आफ्ना कान ठाडा पारे । सबैको सुबिधाको लागि उसले मोबाइल ह्याण्डस फ्रिमा राखि दियो ।

अनि त्यसपछि फोन लाग्नासाथ उठ्यो पनि । उताबाट मसिनो नारी स्वर प्रवाहित भयो ‘हेलो π’
यता त्यो साथी भनिरहेको थियो ‘मान्छे आफु कहाँ हो ?’

केटीको मसिनो मीठो बोली सुन्नासाथ केटाहरु मन्त्रमुग्ध भएर सुन्न थालेका थिए, मानौ केटी केहीबेरमा फोनबाट खुत्रुक्क ओर्लेर त्यो कोठामा टुप्लुक्क आइ पुग्छे । अघि सबै मिलेर त्यो यौटा साथीलाई बोका भनेर बिल्ला गरि राखेका थिए अब त्यहाँ सबै बोकैबोका लाग्न थाले ।

उता फोनकी केटी भनिराखेकी थिइ—म त यैँ घरमै छु नि, तपाइँ पो कहाँ हराउनु भो π
यता त्यो साथी भनिरहेको थियो—के हो हजुरको दर्शन पाउनै गाह्रो भो π यसो भन्दो ऊ आफ्नो बोलीलाई सक्दो नाटकीय बनाइराखेको थियो, ठीक पिउन वा खरदार वा सुब्बाहरुले अफिसरहरुसित बोले जस्तो गरी । अझ त्यो भन्दा पनि माथ्लो किसिमको चाकरीको बोली जस्तो बोली भन्दा पनि हुन्छ । उप—सचिव वा सह—सचिव स्तरको चिप्लो भन्दा पनि हुन्छ ।

अनि जब उनीहरु कुरा गर्दै जान थाले उनीहरुको दुबैको आवाज पातलो हुदै जान थाल्यो । कोठामा पनि भनिन्छ नि ‘पिनड्रप साइलेन्स’ त्यो स्थापित भैसकेको थियो । केटाहरु पराकाष्ठै नाघेर अनुशासित भैसकेका थिए । यत्तिको अनुशाशन सायद तिनीहरुले डिग्री पढुन्जेलसम्म कुनै पनि कक्षामा देखाएका थिएनन् । अनि उनीहरु दुबैको आवाज पछि पातलोबाट केवल साउतीमा रुपान्तरित भैसकेको थियो । हो, तिनीहरु अब साउती मार्न थालिसकेका थिए । उसले अन गर्दिएको ह्याण्डस फ्री पछि त वान वे मात्र कामचलाउ हुन थालेको थियो । अर्थात् केटीको आवाज सुन्न अत्याधिक श्रवण शक्तिको आवश्यकता पर्न जान्थ्यो ।

बिस्तारै उसले युवतीस“ग गरेका वार्तालापका मोडपनि अब भेजबाट ननभेजतर्फ जान थालेको थियो । जस्तो, उसले सोध्यो—अनि तिमी कोठामा एक्लै कि अरु कोही पनि छ ? उसले एक्लै भएको बताई ।

अनि त्यसपछि उसले भन्यो—तिमीलाई पछाडिबाट कसैले आएर च्याप्प समातेजस्तो लाग्या छ कि छैन ?
केटी अलिक आनाकानी लवजमा ‘अ“ छैन खै थाहा छैन ’ वा त्यस्तै अष्पष्ट थिइ र त्यति खुल्न थालेकी थिइन । बारम्बार उसले यौटै यही प्रश्न गरेर ¥याख्¥याख्ती पारेपछि मात्र अलिक खुलस्त हुन चाही र भनी—अ‘ अलिअलि ।

यता केटाहरु सास फेर्दापनि बडो सतर्कता अपनाएर फेरि रहेका थिए । खुट्टा बोकाउने आरामसाथ अर्कोलाई खुट्टा बोकाइरहेको थियो र बोक्ने पनि प्रतिबादबिना आरामसाथ यसरी खुट्टा बोकि दिइरहेको थियो मानौ त्यो खुट्टा नभएर कुनै देवताको पवित्र पाउ होस् ।

उता त्यो साथी स्त्री आवाजको सुख लिइरहेको थियो । अ“ध्यारोमा लठ्ठी हान्यो एकपल्ट । भन्यो ‘आज नुहाएकी ?’

केटीले संयोग बस् त्यो दिन नुहाएकी रैछ । भनी—कसरी थाहा पाउनु भो ?
‘स्याम्पुको मगमग बास्ना आइराख्या छ नि π’ उसले भन्यो ।
‘छ्या म त सॉच्चै भन्ठान्या’ केटी पनि इत्तरिरहेकी थिइ ।

जब स्पष्ट बोली साउतीजस्तो हुन लाग्यो तब केटाहरु खोरभित्रका बाख्रापाठा झै“ घिच्रो तन्काइ तन्काइ उसको मोबाइलतिर आफ्नो अनुहार लगेर आवाजलाई सुन्ने यत्न गरिरहेका थिए ।

त्यसपछि उसले केटीलाई सोध्यो—यतिखेर तिमीले के लुगा लगाएकी छ्यौ नढा“टी भन त, म त्यसको कलर गेस गर्छु ।

अस्पस्टै भएपनि थाहा पाइयो केटीले कुर्ता सुरुवाल लगाएकी रैछ ।

त्यसपछि ऊ केटीको कुर्ता सुरुवालको कलर गेस गर्न थाल्यो । भन्दै गयो—ग्रीन, ब्लु, ब्ल्याक । तर रेडमा पुगेपछि मात्र उसको अनुमानले अढेस लाग्ने मौका पायो ।

अनि उसले केटीको भित्री वस्त्रहरुको रङ्गपनि गेश गर्ने मौका छोप्यो । पैला ब्राबाट शुरु ग¥यो । ब्राको कलर सेतो रैछ । उसले आफैं भनिन तर उसले गरेको प्रश्नमा ‘अ‘’ भनेर अड्कि दिइ । अनि अण्डरवेयर चैं पिङ्क रैछ भन्ने जानकारी पनि प्राप्त भयो ।

केटाहरु सम्पूर्ण मनोरञ्जन लिइरहेका थिए । उसको बोली नै यति मीठो थियो कि लाग्थ्यो को केटी यस्तो बोलीप्रति सम्मोहित नहोला ? फेरि शब्द संयोजन, तिनीहरुको सिलसिलाबद्ध र बान्कीको स्वाभाविक प्रवाह अनि शैली यति उत्कृष्ट थियो कि त्यहा“ कुनै पनि केटीमान्छेलाई नचाह“दा नचाह“दै बग्न कर लाग्छ । उसको गफ र बोलीको भुमरीमा केटीमान्छेलाई परि सकेपछि मात्र आफ्नो हालतको चेत आउ“दो हो । अनि त्यस अवस्थामा आएको चेतनाको के औचित्य ?

अनि उसले प्रस“ग मिलाएर उही पूर्ववत् चिप्लो र आकर्षक शैलीमा भन्यो—अनि तिमी आफ्नो ब्राभित्र मेरा हत्केलाको श्पर्श अनुभव गर न ल πयो कुरा पश्चात पनि केटी पूर्ववत् शैलीमा आनाकानी वा त्यस्तै दोधारे पारामा बोलीरहेकी थिई । यसपाली ठाडै ‘हुन्छ’ वा सो सरहका प्रतिक्रिया दिनभन्दापनि नबुझेको स्वाङ गरी । भनी—ह“ π उसले आफ्नो कुरा दोहो¥यायो । उसलाई अलिक आपत्तिजनक कुराहरु दोहो¥याइ रहनु पथ्र्यो । किनकि केटी पहिलोपल्टमै उसका जिज्ञासा या आव्हानहरुलाई ग्रहण गर्दिनथी । यो उसको बानी नै रैछ । यसर्थ यो बानी राम्रैसित उसलाई परिसकेको रैछ र यौटै कुरालाई दोहा¥याइ दोहो¥याइकन भन्न ऊपनि तयारै देखिरहन्थ्यो । यो पछिल्लो वाक्य दोहा¥याइ सकेपछि पनि केटी अलिक लजाएर होला आनाकानी नै गरिराखेकी थिइ । उसले पुनः ग¥यौ त ? भनेर सोधिसकेपछि मात्र साउतीको स्वरमा ‘अ“’ भन्थी । त्यसपछि त झन् ऊ के छोड्थ्यो र π अझै अगाडि बढ्थयो—दाया“ कि बाया“ ?

केटाहरु आफ्ना आ“खालाई साबिकभन्दा दोब्बर पारेर यी वार्तालाप सुनिरहेका थिए मानौ सुन्ने काम कानले हैन आ“खाले गर्छ । त्यसबेला हरेकका आ“खामा हेर्दा लाग्दथ्यो सब उकुसमुकुस छन् । मनभरि, पेटभरि, जिज्ञासा र कौतुहलले दह्रो अड्डा जमाइसकेका थिए । उसको यो वार्तालापका आधारहरु, उसको केटीसित भएको सम्बन्ध, सुरुवात, केटीको कोटी वा यस्तै यस्तै कौतुहलता सबैका मनभित्र साउन भदौको पानी चुहुनुभन्दा अगाडिको बादल झै“ मडारिरहेका छन् । र धैर्यताको बा“धपनि जबरजस्ती जोगाएर राखेका छन् । अघि ‘मेरो उद्दार गर्देओ न ’ भन्नेपनि यस्तै भावभङ्गीमा थियो र केही आशायुक्त आ“खाले उसलाई हेरिरहेको थियो मानौ अब फोनको वार्तालाप सकिने बित्तिकै ऊ उसको उद्दार गर्नेतर्फ सचेत हुनेछ । अब उसको दाया“ कि बाया“ भन्ने प्रश्नमा केटी फेरि आनाकानी गर्न थाली । तैपनि केटीले दुइटा मध्ये यौटा भन्दिइ । त्यो कुन चै“ भनी भन्नेमा यसकारण जानकारी भएन किनकि त्यो अब साउतीभन्दापनि मसिनो भैसकेको थियो र कमसेकम भनी चै“ भन्नेमा यसकारणले विश्वस्त भयौ“ किनकि त्यसपछि उसले ‘ए हो’ भनेर भनेको थियो । र अर्को कुरा के भने उसले दा“या भनेपनि या बाया“ भनेपनि दुबैको मजामा कुनैभन्दा कुनै कमी रहन्न थियो त्यो उसका लागि होस् या हामी सुन्नेहरुका लागि । हुन त ऊपनि सुनिमात्र रहेको थियो बिचरो उपभोगबाट बञ्चित हु“दै । त्यो यदि कसैले उपभोगै गरिरहेको भएपनि त्यो उपभोगकर्ता र हामी श्रोताको रमाइलोमा असररहित छ ।

त्यतिबेला उसको मोबाइल काटिएछ । अब भो π सब केटाहरुलाई भात खाइराखेको बेलामा ढुङ्गो लागेजस्तै भयो, त्यो पनि पेट नभरिएको अवस्थामा ।

उसले पनि मौकाको सदुपयोग गर्दै हामी केटाहरुतर्फ हेर्दै आग्रह ग¥यो—फ्रिकल पनि सकियो, ब्यालेन्स पनि सकियो, कसैकोमा छ भने देओ न π

यहा“ यौटा कुरा के जानकारी गराउ“ भने त्यो त्यतिबेलाको समय हो जुनबेला मेरो मोबाइलले महिनाको एकघण्टा फ्रिकल उपलब्ध गराउने गर्दथ्यो । काठमान्डा“ैका अधिकांश युवायुवतीले यै फ्रिकल सदुपयोग गरेर आआफ्ना प्रेमी—प्रेमिका बनाइसकेका थिए । र बिडम्बनाको कुरा के भने ऊ बाहेक त्यहा“ कोहीपनि मेरो मोबाइलको प्रयोगकर्ता थिएनन् । भए यसमा सन्देह नै थिएन त्यो उसलाई खुशीखुशी उपलब्ध गराइन्थ्यो । त्यहा“माथि एन.टि.सिको सिममा केटाहरुको ब्यालेन्स पूर्ण अङ्कमा समेत नभएर शून्य दशमलब समथिङ जस्तोमा हुने गथ्र्यो । कोहीकोही दुइ वा पा“च वा बढीमा दश रुपिया“ ब्यालेन्स राखेर पनि बसेका हुन सक्थे । र तिनीहरुको ब्यालेन्स इन्क्वायरी गरेको दोस्रो साथीले भन्न सक्थ्यो—बाफ रे कति ब्यालेन्स हो यसको π
संयोगबस् नै भनू“ त्यसदिन यौटा साथीले रु ५० को ब्यालेन्स हालेको रैछ र ऊ केही अग्रसर हुन खोजिरहेको थियो त्यो कृपा गर्नलाई । तर भोलिपल्ट तिर्ने हिसाबकिताबमा । ऊ पनि भोलिपल्ट तिर्छु, तैपनि अहिले एकपल्ट बाइ मात्र भन्ने हो, बढीमा ५, वा १० रुपिया“ भन्दा खर्चिन्न भन्ने कबोलेर तयार भो । तर दुर्भाग्यबस् त्यहा“ के भो भने दोस्रोपल्ट केटीले फोन उठाइन ।

अनि केटाहरु चुकचुकाउन थाले । ‘क्लाइमेक्समा पुगेर ध्वस्त भो’ केटाहरुको प्रतिक्रिया थियो यस्तो । अनि त्यसपछि केटाहरुको जिज्ञासा र प्रश्नहरुको शिलशिला शुरु भो । र पचास प्रतिशत जिज्ञासाहरु के भए भने ती जिज्ञासामा मात्र सीमित भए । कारण ऊ स्वयम् केटीसित कहिल्यै भेटको रैनछ । ‘यो सब फोनमा मात्र सीमित छ’ ऊ सुनाउ“दै थियो । ‘अर्को आइतबारतिर भेट्ने योजना छ । म प्रतीक्षारत् छु त्यो समयको ।’
अब यहाँ केटाहरुको अधिकांश जिज्ञासा त्यो केटीको रुप र सौन्दर्यको विषयलाई लिएर उठेको थियो । जब उसले नै केटी देखेको छैन भने अरुले जानकारीसम्म मात्र भएपनि कसरी पाउन सक्थे ।

‘अनि फोनमा कुरा भएको भरमै यत्रो अगाडिसम्म बढ्न कसरी संभव भयो त ?’ यौटाले सोध्यो ।
‘त्यो सब कला हो ।’ ऊ आफ्ना नाकका पोरा फुलाउँदै यसो भनिरहेको थियो ।

सबै छक्क परिरहेका थियौं । यो यौटा आश्चर्यजनकै कुरा थियो हाम्रा लागि । सबैका आँखा आपस्तमा ठोक्किएका थिए यौटै प्रश्नका साथ ‘के यस्तोपनि संभव छ ?’ ऊपनि लाग्थ्यो झुठ बोलिरहेको थिएन । तर त्यो रातबाट सम्पूर्ण उसैको प्रेरणाले म पनि कुनै केटीमान्छेलाई फोन गर्दा गफको शुरुवात यसरी गर्न थाले“—मान्छे आफु कहाँ हो ? उताबाट जे जवाफ आएपनि दोस्रोपल्ट पनि उही संबाद जस्ताको तस्तै सापटी मागेर काम चलाउन थाले“—के हो हजुरको दर्शन पाउनै गाह्रो भो  तर त्यसपछिका संबादहरु भने मैले कहिल्यै कसैसित पनि प्रयोग गर्ने हिम्मतै गर्न सकिनँ ।   
(२०६६ पुस)



From the short stories collection “Katha Ki Patra” of Subin Bhattarai
 

Comments

Popular Posts